Tumgik
churenews · 1 year
Text
धिरज र सुरेन्द्र बने उदयपुरका उत्कृष्ट करदाता
धिरज र सुरेन्द्र बने उदयपुरका उत्कृष्ट करदाता
उदयपुर, १० मंसिर करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सेवा कार्यालयले ११ औं राष्ट्रिय कर दिवसको अवसरमा सिद्धिचरण मल्टीपर्पोज प्रालि र एसके ट्रेडर्सलाई सम्मान गरेको हो । सेवा कार्यालयका अनुसार सिद्धिचरण मल्टीपर्पोजले एक वर्षमा ४५ करोड ४१ लाख कारोबार गरेर ६४ लाख ३२ हजार कर दाखिला गरेको छ । एसके ट्रेडर्सले ३४ करोड ९३ लाख कारोबार गरेर ३७ लाख ३०…
View On WordPress
0 notes
churenews · 1 year
Text
बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित
बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित
बारा, ९ मंसिर बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले ८ हजार ३ सय २३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका पारस प्रसाद साहले ८ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।
View On WordPress
0 notes
churenews · 1 year
Text
इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै
इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै
इलाम, ८ मंसिर इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फ���ाकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।  
View On WordPress
0 notes
churenews · 1 year
Text
मेटमणिलाई झण्डै पाँच हजार मतको अग्रता
मेटमणिलाई झण्डै पाँच हजार मतको अग्रता
दाङ, ८ मंसिर दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।
View On WordPress
0 notes
churenews · 1 year
Text
गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता
गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता
काठमाडौं, ८ मंसिर नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले पन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् । खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् । खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।
View On WordPress
0 notes
churenews · 1 year
Text
अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन
अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन
पोखरा, ८ मंसिर मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् । कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट…
View On WordPress
0 notes
churenews · 1 year
Text
सप्तरी १ प्रतिनिधिसभामा जसपाका साह निर्वाचित
सप्तरी १ प्रतिनिधिसभामा जसपाका साह निर्वाचित
सप्तरी, ८ मंसिर सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित भएका छन् । साहले २३ हजार ५६४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे । मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह २०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
View On WordPress
0 notes
churenews · 1 year
Text
रौतहट ३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित
रौतहट ३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित
रौतहट, ८ मंसिर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।
View On WordPress
0 notes
churenews · 1 year
Text
नुवाकोट १ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी
नुवाकोट १ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी
नुवाकोट, ८ मंसिर नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पराजित गरे । महतले १३ हजार सात सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र…
View On WordPress
0 notes
churenews · 1 year
Text
सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार विन्दमान विष्ट निर्वाचित
सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार विन्दमान विष्ट निर्वाचित
सुर्खेत, ८ मंसिर सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत ल्याए । यो उनको दोस्रो जित हो ।
View On WordPress
0 notes
churenews · 1 year
Text
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको 'क्लिन स्वीप'
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’
धनगढी, ८ मंसिर कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका…
View On WordPress
0 notes
churenews · 1 year
Text
सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी
सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी
काठमाडौं, ८ मंसिर सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् । २०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका…
View On WordPress
0 notes
churenews · 1 year
Text
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र
काठमाडौं, ८ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।
View On WordPress
0 notes
churenews · 1 year
Text
निर्वाचन आयोगको कल सेन्टर बन्द
निर्वाचन आयोगको कल सेन्टर बन्द
काठमाडौं, ७ मंसिर निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको आयोगले जनाएको छ ।
View On WordPress
0 notes
churenews · 1 year
Text
तनहुँ-२ मा कांग्रेस नेता भण्डारी विजयी
तनहुँ-२ मा कांग्रेस नेता भण्डारी विजयी
तनहुँ, ७ मंसिर नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे ।
View On WordPress
0 notes
churenews · 1 year
Text
तनहुँ-२ मा कांग्रेस नेता भण्डारी विजयी
तनहुँ-२ मा कांग्रेस नेता भण्डारी विजयी
तनहुँ, ७ मंसिर नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे ।
View On WordPress
0 notes
churenews · 1 year
Text
मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या
मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या
बुटवल, ७ मंसिर पश्चिम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन् । मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५÷४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल…
View On WordPress
0 notes