Tumgik
#आरटलर
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास १२ वैशाख, एजेन्सी। आफ्नो सेनाको वार्षिकोत्सवको दिन पारेर उत्तर कोरियाले ठूलो ‘लाइभ-फायर’ अभ्यास गरेको छ। सम्भावित उत्तर कोरियाली कदम मध्यनजर गर्दै दक्षिण कोरियाको तटमा आज अमेरिकी पनडुब्बी पुगेको खबरसंगै उत्तर कोरियाले फायरिङ गरि अभ्यास गरेको खबर आएको हो। अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको र अमेरिकाले आजै युएसएस मिचिगन पनडुब्बी दक्षिण कोरियाको तटमा उतारेसंगै सेनाको वार्षिकोत्सव मनाउन उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । आजै उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा छलफल गर्न दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा छलफल गर्दैछन्। उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गर्ने डर यो हप्ता विश्वव्यापी छाएको छ। दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीको अनुसार ‘लाइभ फायर’ अभ्यासको लागि उत्तर कोरियाले ठूलो सङ्ख्यामा लामो दुरीका आर्टिलरी युनिट आफ्नो पूर्वी तट स्थित वोनसन क्षेत्रमा तैनाथ गरेको छ। यो अभ्यासमा उत्तर कोरियाली शासक किम जोङ उन सहभागी हुने बताइएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले भने यो रिपोर्ट तत्काल पुष्टि गर्न नसक्ने बताएका छन। उनले आफ्नो सेनाले उत्तर कोरियाको वनसन इलाकाको गतिविधि नियालिरहेको र सेना तयारी अवस्थामा राखिएको बताएका छन्। उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो सेनाको शक्तिमा कुनै सिमा नभएको बताउँदै सबमरिनबाट लञ्च गरिने मिसाइल र परमाणु बमले सुसज्जित भएको बताएको छ। यता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु आक्रमण गरेपछि त्यसलाई रोक्ने प्रण गरेका छन् भने सैन्य आक्रमण सहित सबै बाटो अमेरिकासंग खुल्ला रहेको बताएका छन्। जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै चिनियाँ परमाणु दुत वु दवइले पनि जापानी विदेशमन्त्रालयका अधिकारीहरुसंग छलफल गर्ने बताएका छन्। वुले भोली आफ्ना जापानी परमाणु समकक्षीसंग भेटगर्ने पनि बताइएको छ। उत्तरी एसियामा बढेको गतिविधिसंगै अमेरिका विदेशी मन्त्री रेक्स टिलरसनले सोमबार भनेका छन्, ‘उत्तर कोरियाको विषयमा शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष मिटिङ बोलाएको छ।’ उनीसंगै रक्षा सचिव जिम म्याटिस, नेशनल इन्टिलिजेन्सका निर्देशक डान कोट्स र जोइन्ट चिफ प्रमुख जनरल जोसेफ डुनफोर्ड पनि यो मिटिङमा भागलिनेछन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विश्वव्यापी खतरा भएको र यो समस्या अन्तत: हामीले नै समाधान गर्नुपर्ने भन्दै प्योङयांगलाई संयुक्त राष्ट्रसंघले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए। यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’ The post उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes