Tumgik
#करयक
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाको मिसाइल ‘रुस तर्फ बढेपछि विस्फोट’ २० वैशाख, एजेन्सी। परीक्षणको क्रममा मिसाइल रुस तर्फ उडेपछि उत्तर कोरियाले आफैले मिसाइल डेटोनेट गरेको दाबी गरेको छ। परीक्षण लगतै केही समयमै हावामा विस्फोट भएपश्चात अमेरिकी अधिकारीहरुले ‘असफल’ भनेको आफ्नो पछिल्लो परीक्षणबारे उत्तर कोरियाले यस्तो बताएको हो। अमेरिकी चेतावनीको वास्ता नगरी उत्तर कोरियाले अघिल्लो शनिबार एक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। विस्फोट हुनुअघि मिसाइलले ३० माइल यात्रा गरेको र उत्तर कोरियाकै जमिनमा झरेको थियो। मिसाइल प्रहार भएपछि रुस तर्फ अघि बढेकाले दुर्घटना हुनसक्ने बताउँदै सो KN-17 मिसाइललाई आफुहरुले नै डेटोनेट गरेको उत्तर कोरियाले दाबी गरेको हो। यदि यो ‘असफल’ नगराइएको भए मिसाइलले रुसी क्षेत्रको तट ध्वस्त गर्ने दक्षिण कोरियाली वेवसाइट एसई डेलीले लेखेको छ। शनिबार जापानले यो मिसाइलले ३० माइल यात्रा गरेपछि उत्तर कोरियाली भुमIमै झरेको बताएको थियो। KN-17 उत्तर कोरियाले विकास गरेको नयाँ स्कुड मिसाइल हो। यस्तै एक मिसाइल उत्तर कोरियाले अप्रिल १६ मा, ‘द डे अफ द सन’ को भोलीपल्ट पनि परिक्षण गरेको थियो। अमेरिकी अधिकारीहरुले सो मिसाइल परीक्षण असफल भएको बताएका थिए। यो पढ्नुस्। कोरियाली आकाशमा अमेरिकाको बमर विमान सबै चिनियाँलाई उत्तर कोरिया छोड्न निर्देशन, स्वदेश फर्कन चीनको आदेश The post उत्तर कोरियाको मिसाइल ‘रुस तर्फ बढेपछि विस्फोट’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाको मिसाइल परीक्षण पश्चात चिनियाँ मिडियामा यस्ता खबर १७ वैशाख, एजेन्सी। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले अमेरिका र उत्तर कोरियाबीच चलेको द्वन्दलाई ‘कुखुराको खेल’ संज्ञा दिदै प्योङ्गयांगको प्राविधिक दक्षतालाई मजाक उडाएको छ। शनिबार उत्तर कोरियाले व्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो जुन केही सेकेन्डमा नै हावामा विस्फोट भयो। संयुक्त राष्ट्रसंघ सुरक्षा काउन्सिलमा उत्तर कोरियाको परमाणु मुद्दाबारे उच्चस्तरिय बैठक चलिरहेको समयमा परीक्षण भएको थियो। अन्तराष्ट्रिय समुदायलाई आफु पछि नहट्ने सन्देश दिने यो उत्तर कोरियाली तरिका हो। उत्तर कोरियाले तीन कारणले मिसाइल परीक्षण गर्ने गरेको ग्लोबल टाइम्सले लेखको छ। पहिलो, मिसाइलमा अनुसन्धान र विकास कार्यको लागि परीक्षण आवश्यक पर्छ, तर त्यस्तो परीक्षण पटक-पटक आवश्यक पर्दैन। दोस्रो, उत्तर कोरियाले मिसाइल परीक्षण गरेर आफ्नो असन्तुष्टी व्यक्त गर्दै आएको छ, पछिल्लो परीक्षण यसैको एक उदाहरण हो। तेस्रो, आफ्ना नागरिकको मनोबल उच्च राख्न उत्तर कोरियाले मिसाइल परीक्षणको सहयोग लिने गर्छ, र यी परीक्षण अधिकांस समय देशका प्रमुख वार्षिकोत्सवको दिन गर्दै आएको छ। शनिबारको उत्तर कोरियाको मिसाइल परीक्षणलाई चिनियाँ मिडियाले ‘outdated confrontational mentality’ (पुरानो टकराउनेवाला मानसिकता) बताएको छ। परीक्षण असफल भएकाले उत्तर कोरियाको  मिसाइल प्रविधि परिपक्क नभएको टाइम्सले लेखेको छ। यदि उत्तर कोरियाको मिसाइल परीक्षण यसरी नै असफल भइरहने हो भने, अमेरिका, जापान र दक्षिण कोरियाले अवमूल्यन गर्ने र प्योङ्गयाङले अमेरिकी जमिनसम्म प्रहार गर्न सक्ने मिसाइल विकास गर्न नसक्नेतर्फ व��शिङ्टनले सोच्ने छ। कोरियाली प्रायद्विपमा स्थिति जटिल बनेको छ। वाशिङ्टन र प्योङ्गयाङले ‘कुखुराको खेल’ खेलेको र दुवैको कदम र सन्देश बुझ्न गाह्रो भएको ग्लोबल टाइम्सले लेखेको छ। साथै संयुक्त राष्ट्रसंग सुरक्षा परिषद्को प्रस्तावलाई चीनले सहयोग गरेको र उत्तर कोरियामाथीका प्रतिबन्ध लागु भइरहेको जनाइएको छ। चीनले कोरियाली प्रायद्विपको अवस्थामा अमेरिकालाई पथप्रदर्शन गर्नु पर्ने लेख्दै ग्लोबल टाइम्स लेख्छ, ‘यदि उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण वा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण नगरेसम्म प्रायद्विपमा आशा बाकीँ रहनेछ।’ यो पढ्नुस्। ‘विश्व ध्वस्त गर्न लागेका किमलाई नियन्त्रण गर्न’ ट्रम्पलाई डुटेर्टेको आग्रह The post उत्तर कोरियाको मिसाइल परीक्षण पश्चात चिनियाँ मिडियामा यस्ता खबर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
आखिर किन उत्तर कोरियाको पक्षमा बोल्यो चीन, बाहिरियो यस्तो रहस्य बर्लिन । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ । बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन्। कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रमलाई रोक्नुपर्ने बताए। The post आखिर किन उत्तर कोरियाको पक्षमा बोल्यो चीन, बाहिरियो यस्तो रहस्य appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास १२ वैशाख, एजेन्सी। आफ्नो सेनाको वार्षिकोत्सवको दिन पारेर उत्तर कोरियाले ठूलो ‘लाइभ-फायर’ अभ्यास गरेको छ। सम्भावित उत्तर कोरियाली कदम मध्यनजर गर्दै दक्षिण कोरियाको तटमा आज अमेरिकी पनडुब्बी पुगेको खबरसंगै उत्तर कोरियाले ��ायरिङ गरि अभ्यास गरेको खबर आएको हो। अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको र अमेरिकाले आजै युएसएस मिचिगन पनडुब्बी दक्षिण कोरियाको तटमा उतारेसंगै सेनाको वार्षिकोत्सव मनाउन उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । आजै उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा छलफल गर्न दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा छलफल गर्दैछन्। उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गर्ने डर यो हप्ता विश्वव्यापी छाएको छ। दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीको अनुसार ‘लाइभ फायर’ अभ्यासको लागि उत्तर कोरियाले ठूलो सङ्ख्यामा लामो दुरीका आर्टिलरी युनिट आफ्नो पूर्वी तट स्थित वोनसन क्षेत्रमा तैनाथ गरेको छ। यो अभ्यासमा उत्तर कोरियाली शासक किम जोङ उन सहभागी हुने बताइएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले भने यो रिपोर्ट तत्काल पुष्टि गर्न नसक्ने बताएका छन। उनले आफ्नो सेनाले उत्तर कोरियाको वनसन इलाकाको गतिविधि नियालिरहेको र सेना तयारी अवस्थामा राखिएको बताएका छन्। उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो सेनाको शक्तिमा कुनै सिमा नभएको बताउँदै सबमरिनबाट लञ्च गरिने मिसाइल र परमाणु बमले सुसज्जित भएको बताएको छ। यता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु आक्रमण गरेपछि त्यसलाई रोक्ने प्रण गरेका छन् भने सैन्य आक्रमण सहित सबै बाटो अमेरिकासंग खुल्ला रहेको बताएका छन्। जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै चिनियाँ परमाणु दुत वु दवइले पनि जापानी विदेशमन्त्रालयका अधिकारीहरुसंग छलफल गर्ने बताएका छन्। वुले भोली आफ्ना जापानी परमाणु समकक्षीसंग भेटगर्ने पनि बताइएको छ। उत्तरी एसियामा बढेको गतिविधिसंगै अमेरिका विदेशी मन्त्री रेक्स टिलरसनले सोमबार भनेका छन्, ‘उत्तर कोरियाको विषयमा शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष मिटिङ बोलाएको छ।’ उनीसंगै रक्षा सचिव जिम म्याटिस, नेशनल इन्टिलिजेन्सका निर्देशक डान कोट्स र जोइन्ट चिफ प्रमुख जनरल जोसेफ डुनफोर्ड पनि यो मिटिङमा भागलिनेछन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विश्वव्यापी खतरा भएको र यो समस्या अन्तत: हामीले नै समाधान गर्नुपर्ने भन्दै प्योङयांगलाई संयुक्त राष्ट्रसंघले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए। यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’ The post उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
विश्व ध्वस्त पार्न आफ्ना तीनवटा बम नै काफी भएको उत्तर कोरियाको दाबी वैशाख १२ । उत्तर कोरियाले विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम नै पर्याप्त रहेको दाबी गरेको छ । पश्चिमी मुलुकका लागि उत्तर कोरियाका अनौपचारिक दूत आलेजान्ड्रो काओ डि बोनोसले केवल तीनवटा उत्तर कोरियाली बमले विश्व ध्वस्त हुने दाबी गरेका हुन् । आलेजान्ड्रो अन्य मुलुकसँग सांस्कृतिक सम्बन्धलाई लिएर उत्तर कोरियाको प्रतिनिधित्व गर्दछन् । पछिल्लो समय उत्तर […] The post विश्व ध्वस्त पार्न आफ्ना तीनवटा बम नै काफी भएको उत्तर कोरियाको दाबी appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
तीन वटा बमले मात्रै विश्वलाई ध्वस्त पार्न सक्ने उत्तर कोरियाको यस्तो डरलाग्दो धम्की एजेन्सी । उत्तर कोरीयाले तेस्रो विश्वयुद्धको विउ रोप्न लागेको संकेत दिएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार नेता किम जोङको धम्कीले तेस्रो विश्वयुद्धको संकेत गरेको बताइएको छ ।उत्तर कोरियाले चाहेमा तीन बलमे मात्रै विश्वलाई खतम बनाउन सक्ने धम्की उत्तर कोरीयाले दिएको बताइएको छ । जोङका नजिकका व्यक्ति काओ डि बेनोले एक समाचार वेबसाइटमा दिएको एक अन्तर्वातामा उत्तर कोरियालाई छुन कसैले नसक्ने बताउदै यदी कसैले उत्तरकोरियालाई चलाउ खोज्छ भने बन्दुक र मिसाइलले आफ्नो रक्षा गर्दा हुन्छ। किनकी हामीसँग शक्तिशाली परमाणु बम छन्, ती तीन बमले मात्रै विश्व खतम हुन सक्छ । उत्तर कोरिया एक आदर्श राज्य हो जहाँका व्यक्तिहरु इज्जतका साथ सुरक्षित जीवन जिउन चाहान्छन्। हाम्रो देशमा कुनै पनि व्यक्ति सडकमा पुग्नु नपरेको समेत बताएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । The post तीन वटा बमले मात्रै विश्वलाई ध्वस्त पार्न सक्ने उत्तर कोरियाको यस्तो डरलाग्दो धम्की appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाको ‘धम्की जारी रहदैन’: अमेरिकी सुरक्षा सल्लाहकार वासिङटन (अमेरिका)-अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ । उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभयो, उत्तर कोरियाको पछिल्ला क्रियाकलापका सम्बन्धमा चीनलगायत विश्व समुदाय एक किसिमको समाधान खोजिरहेको बताउँदै यस सम्बन्धमा अब अन्तर्राष्ट्रियस्तरमा सहमति बनिसकेको छ । अफगानिस्तानबाट अमेरिकी टेलिभिजन एबीसीसँग कुरा गर्दै उत्तर कोरियाको निकट सहयोगी मानिँदै आएको चीन पनि प्योङयाङको लगातारका हतियार परीक्षणबाट चिढिएको म्याक मास्टरले बताउनुभयो । अमेरिकी सुरक्षा सल्लाहका म्याक मास्टरले थप्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रष्ट रुपमा आफ्नो अडान प्रस्तुत गरिसक्नुभएको छ, अब आणविक हतियारधारी प्योङयाङले अमेरिका र यसका एसिया क्षेत्रीय सहयोगी राष्ट्रमा कुनै सुरक्षाको चेतावनी दिन सम्भव छैन । The post उत्तर कोरियाको ‘धम्की जारी रहदैन’: अमेरिकी सुरक्षा सल्लाहकार appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अमेरिकालाई उत्तर कोरियाको चेतावनीः परमाणु अस्त्रले जवाफ दिन नपरोस् २– वैशाख । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा उत्तेजनात्मक गतिविधि नगर्न अमेरिकालाई चेतावनी दिदैँ कुनै कारबाही गरिए परमाणु अस्त्रले जवाफ दिने बताएको छ । आफ्ना संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिन मनाइरहँदा उत्तर कोरियाको पछिल्लो धारणा सार्वजनिक भएको हो । उत्तर कोरियाले राजधानी प्योङयाङमा शनिबार सैन्य शक्ति प्रदर्शन गरेको थियो । हामी कुनै पनि […] The post अमेरिकालाई उत्तर कोरियाको चेतावनीः परमाणु अस्त्रले जवाफ दिन नपरोस् appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
ब्राजिलबाट दक्षिण कोरियाका लागि छुटेको पानीजहाज आन्ध्र महासागरमा बेपत्ता २० चैत, एजेन्सी । ब्राजिलबाट दक्षिण कोरियाका लागि छुटेको पानीजहाज आन्ध्र महासागरमा वेपत्ता भएको छ । २४ यात्रु सहित ठुलो परिमाणमा सामान बोकेको दक्षिण कोरियाली पानीजहाज ब्राजिल र उरुग्वेको सामुन्द्रिक सिमा क्षेत्रमा पुगेपछि सम्पर्क विहिन भएको हो । जहाजमा सवार २४ मध्ये २ जनाको आकस्मिक डुङ्गामा रहेको अवस्थामा उरुग्वेको सेनाले उद्दार गरेको छ । हराइरहेका २२ जनाको खोजी जारी रहेको बताइएको छ । दक्षिण कोरियाले ब्राजिल र उरुग्वेलाई जहाज खोजीमा सहयोग गर्न अनुरोध गरेको छ । उरुग्वेको सेनाले पानीजहाज सम्पर्क विहिन भएको स्थान वरपर इन्धनको गन्ध आइरहेको हुनाले इन्धन चुहिएर जहाज दुर्घटना भएको आशंका गरिएको जानकारी दिएको छ । २ सय ६० हजार टन वहन क्षमताको पानीजहाजमा १६ फिलिपिनो र ८ दक्षिण कोरियाली नागरिक सवार थिए । The post ब्राजिलबाट दक्षिण कोरियाका लागि छुटेको पानीजहाज आन्ध्र महासागरमा बेपत्ता appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अमेरिकामा जल, स्थल, हवाई क्षेत्रबाट आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी २ फागुन, एजेन्सी। उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यास नरोके अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएसले यस्तो जानकारी दिएको हो । अमेरिकी सेनाले सुरक्षा दिने बहानामा दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली र त्यसका लागि आवश्यक सेना तैनाथ गर्न सुरु गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास मार्च २४ तारिखसम्म चल्नेछ । आफूलाई घेर्न अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेको उत्तर कोरियाको दाबी छ । अमेरिका र दक्षिणले उत्तर कोरियाको सम्प्रभुतामाथि दखल दिन खोजेको बताउँदै उसले जल, स्थल, हवाई सबै क्षेत्रमा आक्रमण गरिने स्पष्ट पारेको हो । अमेरिकासँग भएका हतियारलाई उत्तर कोरियाली सेनाले तह लगाउने प्योङयाङको भनाइ छ । अमेरिकाले पनि आफ्नो तयारीलाई अन्तिम रूप दिँदै दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली तैनाथ गरेको छ । दक्षिण कोरियाली रक्षा विभागका प्रवक्ताले आगामी वर्षसम्म आक्रामक ड्रोन प्रणाली तैनाथ गरिनु सामान्य भएको जानकारी दिएका छन् । प्योङयाङले हालै चारवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेलगत्तै अमेरिकी ड्रोन तैनाथ गरिएको उनको भनाइ छ । The post अमेरिकामा जल, स्थल, हवाई क्षेत्रबाट आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइएकी राष्ट्रपति पदमुक्त सोल, २७ फागुन- दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ । उहाँलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गर्नु भएको हो । इजलाशको नेतृत्व गर्नुभएका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिको अधिकार सवै नयाँ राष्ट्रपतिमा सरेको छ । उहाँ अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति हुनुहुन्छ । महाअभियोग लाग्ने राष्ट्रपतिहरु मध्ये उहाँ दोस्रो हुनुहुन्छ । यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर झण्डै दुई महिनापछि उहाँलाई माफी दिइएको थियो । उहाँको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला भएको थियो । राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो । सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत प्रस्तावलाई पास गरेको थियो । यसपछि पार्कका वकीलले पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुग्नु भएको थियो । महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
तीन तहको प्रशासनिक कार्यको वाँडफाँड काठमाडौ ११ माघ । सङ्घीयता संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ । मुख्य सचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । समितिले तयार पारिएको तीनै तहको कार्यको बिश्लेषण गरि जिम्मेवारीको वाँडफाँडसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा रहेको उच्चस्तरिय सङघीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समिति हुदै मन्त्रीपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङगो लगाउन पठाइएको उहाँले बताउनुभयो । ‘‘संविधानले तोके अनुसार समितिले तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी तयार पारेका छन्’’ सचिव थपलियाले भन्नुभयो– ‘‘अव बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने छ ।’’ उहाँका अनुसार तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड गरिएको छ । जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानिय तहमा ३६० प्रशासनिक कार्य रहेका छन् ।
0 notes
nepal123 · 8 years
Text
उत्तर कोरियाको परमाणु परिक्षण क्षेत्र नजिकै भूकम्प
उत्तर कोरियाको परमाणु परिक्षण क्षेत्र नजिकै भूकम्प
२४ भदौ, एजेन्सी। उत्तर कोरियामा पाँच रेक्टर स्केलको भूकम्प गएको बताइएको छ। पाँचौ परमाणु परिक्षण तयारीको खबर आइरहँदा भूकम्प गएको समाचार उत्तर कोरियाको योन्हाप समाचार एजेन्सीले लेखेको छ। भूकम्प ‘कृत्रिक कम्प’ रहेको समेत एजेन्सीले उल्लेख गरेको छ। अमेरिकी भुगर्भ विभागले उत्तर कोरियाको उत्तर-पूर्वी इलाकामा कम्पन पत्ता लागेको जनाएको छ। यो इलाकामा एक परमाणु परिक्षण क्षेत्र समेत रहेको बताइन्छ। उत्तर…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
‘कोरियाको काम कठिन’
पोखरा, २९ बैशाख। ‘कोरियाको कामलाई थ्रीडी भनेर बुझ्नुस् : डिफिकल्ट, डेन्जर र र्डर्टी अर्थात् कठिन, खतरापूर्ण र फोहोर’-इपिएस नेपाल शाखाका निर्देशक डिल्लीराम बास्तोलाले यति भन्दा ताली पिट्दै हौसिएका युवाहरू मौन बसे। (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
यी हुन् उत्तर कोरियाका शासक किम जोङ उनकी रहस्यमयी श्रीमती
यी हुन् उत्तर कोरियाका शासक किम जोङ उनकी रहस्यमयी श्रीमती
एजेन्सी । उत्तर कोरियाली स्रोतहरुकाअनुसार किम जोङ उनको परिवारिक अवस्थाबारे निकै रहस्यात्मक तथ्यहरु छन्, जो बाहिर आएका छैनन् । सञ्चार माध्यमहरुकाअनुसार शासक उनले सन् २००९ मा उत्तर कोरियाकी एक पप गायिकासँग विवाह गरेका थिए । निकै सुन्दरी पप गायिका रि सोल जु र किम जोङ उनबीच सन् २००९ मा एक समारोहकाबीच विवाह भएको थियो । (more…)
View On WordPress
0 notes