Tumgik
#मनउन
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास १२ वैशाख, एजेन्सी। आफ्नो सेनाको वार्षिकोत्सवको दिन पारेर उत्तर कोरियाले ठूलो ‘लाइभ-फायर’ अभ्यास गरेको छ। सम्भावित उत्तर कोरियाली कदम मध्यनजर गर्दै दक्षिण कोरियाको तटमा आज अमेरिकी पनडुब्बी पुगेको खबरसंगै उत्तर कोरियाले फायरिङ गरि अभ्यास गरेको खबर आएको हो। अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको र अमेरिकाले आजै युएसएस मिचिगन पनडुब्बी दक्षिण कोरियाको तटमा उतारेसंगै सेनाको वार्षिकोत्सव मनाउन उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । आजै उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा छलफल गर्न दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा छलफल गर्दैछन्। उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गर्ने डर यो हप्ता विश्वव्यापी छाएको छ। दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीको अनुसार ‘लाइभ फायर’ अभ्यासको लागि उत्तर कोरियाले ठूलो सङ्ख्यामा लामो दुरीका आर्टिलरी युनिट आफ्नो पूर्वी तट स्थित वोनसन क्षेत्रमा तैनाथ गरेको छ। यो अभ्यासमा उत्तर कोरियाली शासक किम जोङ उन सहभागी हुने बताइएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले भने यो रिपोर्ट तत्काल पुष्टि गर्न नसक्ने बताएका छन। उनले आफ्नो सेनाले उत्तर कोरियाको वनसन इलाकाको गतिविधि नियालिरहेको र सेना तयारी अवस्थामा राखिएको बताएका छन्। उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो सेनाको शक्तिमा कुनै सिमा नभएको बताउँदै सबमरिनबाट लञ्च गरिने मिसाइल र परमाणु बमले सुसज्जित भएको बताएको छ। यता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु आक्रमण गरेपछि त्यसलाई रोक्ने प्रण गरेका छन् भने सैन्य आक्रमण सहित सबै बाटो अमेरिकासंग खुल्ला रहेको बताएका छन्। जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै चिनियाँ परमाणु दुत वु दवइले पनि जापानी विदेशमन्त्रालयका अधिकारीहरुसंग छलफल गर्ने बताएका छन्। वुले भोली आफ्ना जापानी परमाणु समकक्षीसंग भेटगर्ने पनि बताइएको छ। उत्तरी एसियामा बढेको गतिविधिसंगै अमेरिका विदेशी मन्त्री रेक्स टिलरसनले सोमबार भनेका छन्, ‘उत्तर कोरियाको विषयमा शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष मिटिङ बोलाएको छ।’ उनीसंगै रक्षा सचिव जिम म्याटिस, नेशनल इन्टिलिजेन्सका निर्देशक डान कोट्स र जोइन्ट चिफ प्रमुख जनरल जोसेफ डुनफोर्ड पनि यो मिटिङमा भागलिनेछन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विश्वव्यापी खतरा भएको र यो समस्या अन्तत: हामीले नै समाधान गर्नुपर्ने भन्दै प्योङयांगलाई संयुक्त राष्ट्रसंघले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए। यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’ The post उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मोर्चालाई मनाउन प्रधानमन्त्रीले कांग्रेस एमालेसँग छलफल गर्दै २० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा��े उठाएका मागमा सहमति खोज्न आज सत्तारुढ र प्रतिपक्षी दलहरुसँग छलफल गर्दैछन् । प्रचण्डले आज कांग्रेस, एमाले र राप्रपासँग अनौपचारिक छलफल गर्न लागेका हुन् । तर छलफलका लागि समय भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मधेसी मोर्चालाई चुनावमा सहभागी गराउनका लागि प्रधानमन्त्रीले छलफललाई तिब्रता दिन लागेका हुन् । यसअघि मधेशी मोर्चासँग शुक्रबार भएको छलफलमा काँग्रेस सभपाति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा सहभागी नभएपछि उनीहरुसँग पनि मोर्चाका माग सम्बोधनबारे प्रधानमन्त्रीले छलफल लागेका हुन् । सिमांकनको विषय टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने र बाँकी विषयका लागि अर्काे संसोधन प्रस्ताव ल्याउने गरी सहमति खोज्न प्रधानमन्त्रीले छलफल गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मधेशी मोर्चाले यस विषयमा पहिला प्रतिपक्षी एमालेसँग छलफल गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले सत्ता पक्ष सहित प्रतिपक्षी दलका शीर्ष नेतासँग छलफलको तयारी गरेका हुन् । The post मोर्चालाई मनाउन प्रधानमन्त्रीले कांग्रेस एमालेसँग छलफल गर्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
विश्व मानवशास्त्र दिवस नेपालमा पनि मनाउन सुरु पोखरा, ६ फागुन – विश्व मानवशास्त्र दिवस यस वर्षदेखि नेपालमा पनि मनाउन थालिएको छ । यसैक्रममा पोखरामा विहीबार पहिलोपटक विश्व मानवशास्त्र दिवस मनाइएको छ । पृथ्वीनारायण क्याम्पस मानवशास्त्र विभाग मानवशास्त्र दिवस समारोह समितिले आयोजना गरेको कार्यक्रममा पोखराका मानवशास्त्री तथा मानवशास्त्र विषयका प्राध्यापक, विद्यार्थी तथा सरोकारवाला सहभागि थिए । कार्यक्रममा मानवशास्त्री डा. प्रकाश उपाध्यायले समकालिन समाजको विश्लेषणमा मानवशास्त्रीय सिद्दान्तको उपयोगिता र अर्का मानवशास्त्री रुद्र तिमिल्सिनाले दैनिक जीवनमा मानवशास्त्रको उपयोगिताको विषयमा आ– आफनो प्रस्तुती राखेका थिए ।  कार्यक्रममा बोल्ने बक्ताहरुले मानव समाज र यसको अवस्थाको बारेमा अध्ययन गर्न मानवशास्त्रीहरुको विशेष जोड रहनुपर्ने बताए । मानवशास्त्र विषय प्रति आममानिसको ध्यान केन्द्रीत गर्नुपर्नेमा सबैको जोड थियो । मानवशास्त्र दिवस समारोह समिति संयोजक तथा समाजशास्त्र तथा मानवशास्त्र विभाग पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक विभागीय प्रमुुख हरिकुमार ओझाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा, सहायक क्याम्पस प्रमुख विश्वराज अधिकारी, समाजशास्त्र विभागका विभागीय प्रमुख विश्वकल्याण पराजुली, विद्यार्थीहरु कृष्ण विश्वकर्मा, बलराम तिवारी, सुदिप त्रिपाठी प्रतीक र पुष्प का‡इराला लगायतले मानवशास्त्र विषयका महत्वका सन्र्दभमा जिज्ञासा राखेका थिए । सन् २०१६ फेब्रुबरी महिनाको तेस्रो विहीबार पहिलो पटक अमेरिकामा यो दिवस मनाइएको थियो । पृथ्वीनारयण क्याम्पस मानवशास्त्र विभागका सदस्य शरदकुमार पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम सदस्य अमृतकुमार भण्डारीले संचालन गरेका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाउने काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । उक्त दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनुहुने छ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ । दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताउनुभयो । निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ ।
0 notes
nepal123 · 8 years
Text
दशैं बिदा मनाउने मुस्ताङ पर्यटकले मुस्ताङका होटल भरिभराउ
दशैं बिदा मनाउने मुस्ताङ पर्यटकले मुस्ताङका होटल भरिभराउ
  २७ असोज, मुस्ताङ । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् । दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
बादलले वैद्यलाई मनाउन सकेनन्
बादलले वैद्यलाई मनाउन सकेनन्
३१ वैशाख, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य अन्तत एमाओवादीसँग पार्टी एकता प्रक्रियामा नआउने भएका छन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
पूर्वराजपरिवार बिदा मनाउन थाइल्याण्ड जाँदै
पूर्वराजपरिवार बिदा मनाउन थाइल्याण्ड जाँदै
मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
मार्क्सको शतवाषिर्की मनाउन एमाले र एमाओवादी एकै ठाउँ
मार्क्सको शतवाषिर्की मनाउन एमाले र एमाओवादी एकै ठाउँ
आयोजक समितिमा गृहमन्त्री र शिक्षामन्त्री पनि
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
देश संकटमा छ, सरकारलाई हनिमुन मनाउन दिन्नौंः कांग्रेस
देश संकटमा छ, सरकारलाई हनिमुन मनाउन दिन्नौंः कांग्रेस
संविधान संशोधन विधेयक अघि नबढाए संसद अवरुद्ध गर्ने
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
मधेसलाई मनाउन प्रचण्ड अघि सरे
मधेसलाई मनाउन प्रचण्ड अघि सरे
प्रधानमन्त्रीलाई भेटेपछि मोर्चासँग छलफल गर्दै
(more…)
View On WordPress
0 notes