Tumgik
#१४५०
bharatlivenewsmedia · 2 years
Text
शेअर बाजार कोसळला; सेन्सेक्स १४५० अंकांनी घसरला, गुंतवणुकदारांना ५ लाख कोटी रुपयांचा फटका
शेअर बाजार कोसळला; सेन्सेक्स १४५० अंकांनी घसरला, गुंतवणुकदारांना ५ लाख कोटी रुपयांचा फटका
शेअर बाजार कोसळला; सेन्सेक्स १४५० अंकांनी घसरला, गुंतवणुकदारांना ५ लाख कोटी रुपयांचा फटका भारतीय शेअर बाजाराची सुरुवात मोठ्या घसरणीसह झाली आहे. अमेरिकेतील वाढत्या चलनवाढीमुळे फेडरल रिझव्‍‌र्हकडून व्याजदरात मोठी वाढ केली जाण्याच्या चिंतेने जगभरातील भांडवली बाजारात मोठी घसरण झाली. त्याचा परिणाम देशांतर्गत भांडवली बाजारावर होऊन सेन्सेक्स १४५० अंकांनी कोसळला. तर निफ्टीतही १५,८०० अंकाची घसरण दिसून…
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि
लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए । महिलातर्फको एलिट विधामा लक्ष्मीले १४०० अंक सहित…
Tumblr media
View On WordPress
0 notes
amhikastkar · 3 years
Text
पशुखाद्याच्या दरात मोठी वाढ 
सांगली : दुधाला दर मिळत असताना पशुखाद्याच्या दरात मात्र मोठी वाढ झाली आहे. एप्रिल महिन्यात पशुखाद्याच्या दरात ४० किलोच्या पोत्यामागे ५० ते १५० रुपयांची वाढ झाली. मे महिन्यातही तेवढेच दर वाढले. म्हणजेच केवळ दोन महिन्यांत पशुखाद्याच्या दरात १०० ते ३०० रुपयांची वाढ झाली. एप्रिलमध्ये सरकी पेंडचे ४० किलोचे पोते १३०० रुपयांना मिळत होते, तेच आता १४५० रुपयांना मिळत आहे. या दरवाढीमुळे शेतकऱ्यांचे आर्थिक…
Tumblr media
View On WordPress
0 notes
indialegal · 4 years
Photo
Tumblr media
Mumbai water supply: Mumbai Water Supply: मुंबईकरांसाठी महत्त्वाची बातमी; ‘या’ भागांत २ दिवस पाणी येणार नाही – no water supply in mumbais dadar prabhadevi mahim and other areas on december 2 and 3 मुंबई:मुंबई महापालिकेच्या वरळी ‘जी दक्षिण’ आणि दादर ‘जी उत्तर’ विभागातील गावडे चौक, सेनापती बापट मार्ग येथील ब्रिटिशकालीन १४५० मिमी व्यासाच्या तानसा (पूर्व) मुख्य जलवाहिनीवरील गळती दुरुस्त करण्याचे काम २ व ३ डिसेंबर रोजी हाती घेण्यात येणार आहे.
0 notes
rakeshjeeinc · 4 years
Text
तीन महीने पहले गुजरात में हर दिन कोरोना के मरीज़ों की संख्या १४५० आती थी और आज भी १४५० ही मरीज़ों के आँकड़े जनता के सामने रखे जाते है तो फिर तीन महीने पहलें कर्फ़्यू या लॉकडाउन क्यू नहीं किया अभी ऐसा क्या है की कर्फ़्यू और रात्रि लॉकडाउन किया गया हैं। आँकड़े ग़लत है या फिर सरकार।
0 notes
onlinekhabarapp · 4 years
Text
एकैदिन थपिए ���६६ जना कोरोना संक्रमित
१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
0 notes
onlinekhabarapp · 5 years
Text
शुक्रबारदेखि हराएको एक ट्रक बियर रौतहटमा फेला पर्‍यो
४ चैत, रौतहट । रौतहटमा चोरीको एक अनौठो घटना सार्वजनिक भएको छ । गोर्खा ब्रुअरी प्रालि नवलपरासीबाट १४५० कार्टुन बियर र १० कार्टुन जुस लिएर जनकपुरका लागि हिँडेको ट्रक बाटो बाटै हराएको थियो ।
फागुन ३० गते शुक्रबार नवलपरासीबाट हिँडेको सो ट्रक आइतबारसम्म पनि जनकपुर नपुगेपछि ट्रान्सपोर्ट कम्पनीका मह्मद शादिकले गाडी र सामानको खोजी सुरु गरेका थिए ।
जनकपुरको कदमचोकस्थित राजेश डिष्ट्रिब्युटर्सबाट अडर भए अनुसार कम्पनीले ना. ५ ख. २६८६ नम्बरको ट्रकमा उक्त सामान जनकपुर पठाएको थियो । तर, चालकको मिलोमतोमा उक्त सामान लोड भएको ट्रक रौतहटको गरुडा नगरपालिका-६ अमरपटीस्थित उमेश यादवको घरमा पुगेको थियो ।
ढुवानी कम्पनी शुभ ट्रान्सपोर्टका प्रतिनिधिको सहयोगमा प्रहरीले उक्त मालसामान रौतहटको गरुडा नगरपालिकाबाट सोमबार राति बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिका-२ घर भएका ट्रान्सपोर्टका प्रतिनिधि पूण्यकुमार श्रेष्ठले दिएको किटानी उजुरीका आधारमा यादवको घरमा रहेकोे गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उनले बताए ।
ट्रक चालक र बिचौलियाबीचको आर्थिक चलखेलको आधारमा ८ लाख ३२ हजार मूल्य बराबरको १४५० कार्टुन बियर गरुडासम्म आइपुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।
गरुडामा व्यापार गर्ने भारतीय नागरिक विकास साहले भाडामा लिएको गोदामबाट प्रहरीले चोरी भएको १४१५ कार्टुन वियर बरामद गरेको थियो । सामान बरामद भए पनि व्यापारी विकास साह तथा ट्रकका मालिक कटहरीया-२ का शेख फहिमुलहक फरार रहेको डीएसपी महतोले बताए ।
हेटौंडामा चालक फेरिएको र चालक फेरिएपछि उक्त ट्रक जनकपुर जानुको साटो विचौलियाको गोदामसम्म आइपुगेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए । फरार रहेका व्यापारी र तथा ट्रकको खोजी कार्य जारी रहेको उनले बताए ।
0 notes
onlinekhabarapp · 5 years
Text
नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न
१३ माघ, काठमाडौं । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेतमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७६ सोमबार सम्पन्न भएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष कार्यक्रमकाबीच सम्मेलनको समापन गरेका हुन् । सम्मेलनको समापन गर्दै प्रधानसेनापति थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीलाई अडिग र अविचलित रहँदै पुर्खाको रगत, पसिना र बलिदानबाट प्राप्त नेपाली सेनाको गौरवमय इतिहासलाई जीवन्त राख्‍न सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेको र रहनु पर्ने बताए ।
अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको उनले बताए ।
“शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार” भन्‍ने मूल नाराका साथ सञ्चालन भएको सम्मेलनमा हुम्ला, जुम्ला, डोल्पा, मुगु, दैलेख, सुर्खेत र जाजरकोट जिल्लामा बसोबास गर्ने नेपाली सेनाका १४५० जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागिता रहेको थियो ।
0 notes
digimakacademy · 5 years
Text
Bandra Dharvi Today No Water akp 94 | वांद्रे, धारावीत आज-उद्या पाणी बंद
Bandra Dharvi Today No Water akp 94 | वांद्रे, धारावीत आज-उद्या पाणी बंद
[ad_1]
मुंबई : धारावी येथे १५०० मि.मी. व्यासाची जलवाहिनी १४५० मि.मी. व्यासाची अप्पर वैतरणा मुख्य जलवाहिनी यांच्या जलजोडणीचे काम १८ जानेवारी रोजी हाती घेण्यात येणार आहे. त्यामुळे या धारावी आणि वांद्रे येथील काही भागातील पाणीपुरवठा १८ आणि १९ जानेवारी रोजी बंद ठेवण्यात येणार आहे.
या जलवाहिन्यांच्या जोडकामानिमित्त जी उत्तर विभाग कार्यालयाच्या हद्दीतील धारावीमधील गणेश मंदिर रोड, धारावी मेन रोड, ए.…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years
Text
टुनामुना गरी चोरी गर्ने दश महिनापछि पक्राउ
६ वैशाख, विराटनगर । शिवजीको प्रसाद भन्दै टुनामुना गरी चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार १७ गते मोरङ लेटाङ नगरपालिका ५ कि सुनिता लिम्बुको घरमा पुगेर शिवजीको प्रसाद भन्दै रातो टीका लगाएर बेहोस बनाई चोरी गर्ने दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो ।
पानी परेको बेला ओत लाग्न भनी पुगेर चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने २५ वर्षीय हजरा खातुन, सोही स्थान बस्ने २९ वर्षीय महमद अलीलाई विराटनगर महानगरपालिकाको बरगाछीबाट पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
तत्कालीन समयमा ओत लाग्न पुगेका उनीहरुले मोवाइल मागेर आफन्तलाई फोन गर्दै आफूसँग भएको पाँच लाख राखि दिन भनेका थिए ।
फोन गरिसकेपछि घर धनी सुनिता लिम्बु र उनका श्रीमान प्रेम लिम्बुलाई शिवजीको प्रसाद हो फलिफाप हुन्छ भन्दै रातो टीका लगाइदिएका थिए ।
रातो टीका लगाएपछि उनीहरु अर्धचेत भएका थिए । सोही समयमा सुनिता लिम्बुले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला र नगद ५ हजार रुपैयाँसमेत गरी २ लाख रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी गरी लगेका थिए । घटनामा संलग्न व्यक्तिहरुको बारेमा अनुसन्धान गर्ने क्रममा लामो समयको प्रयास पछि बुधबार पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको हो ।
चेक चोरेर नक्कली हस्ताक्षर
प्रहरीले लेटाङबाटै चेक चोरेर कीर्ते हस्ताक्षर गरी चोरी गर्ने एक व्यक्तीलाई पक्राउ गरेको छ । गत फागुन ५ गते राती लेटाङ नगरपालिका ३ कमलपुर स्थित हर्क राई घरमा रहेको को १६ प १४५० नम्बरको कालो स्कुटीको डिकी भित्र राखेको ४५ हजार नगद र एनएमबी बैकको चेकबुक चोरी गर्ने लेटाङ नगरपालिका ३ का २८ वर्षीय अशोक राईलाई पनि पक्राउ गरेको छ ।
नगद र चेक चोरी गरेका राईले चेकको दुरूपयोग गरी बैंकको बिभिन्न शाखाबाट २ लाख ३२ हजार रकम निकालेको प्रहरीले बताएको छ । पक्राउ परेका तीन जनालाई नै जिल्ला अदालत मोरङमा मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
0 notes
onlinekhabarapp · 7 years
Text
‘बाहुवली’का भिलेन, जो रेल वेको नोकरी खोज्दा खोज्दै फिल्ममा प्रवेश गरे
‘बाहुबली-२’ ले रिलिज अहिलेसम्म विश्वभरबाट १४५० करोड कमाइ सकेको छ । उक्त चलचित्रको पहिलो भागमा खलनायक ‘कालकेय’ को भुमिका निर्वाह गरेका तेलुगु नायक प्रभाकरको अभिनयलाई धेरै दर्शकले मन पराए ।
‘बाहुबली’का अतिरिक्त दक्षिण भारतका अन्य केही चलचित्रमा पनि उनले अभिनय गरेका छन् । लगभग ४० चलचित्रमा अभिनय गरेका प्रभाकर सन् २०१० मा एसएस राजामौलीकै चलचित्र ‘मर्यादारमन्ना’बाट डेब्यु गरेका थिए ।
६ फुट ४ इन्च अग्ला प्रभाकर खासमा क्रिकेटर बन्न चाहन्थे । तर, जागीर खोज्ने क्रममा उनी कलाकार बने । १२ कक्षा उतीर्ण गरेपछि प्रभाकर एउटा वैवाहिक कार्यक्रममा हैदराबाद पुगेका थिए । उनको शारीरिक बनावट देखेर उनका नातेदारले रेलवे प्रहरीमा जागीर खान सुझाब दिए । त्यसपछि ६ वर्षसम्म विभिन्न कार्यालयमा जागीरकै लागि भौतारिएका प्रभाकरले कुनै जागीर पाएनन् ।
एकदिन प्रभाकरले थाह पाए कि निर्देशक राजामौलि चलचित्र ‘मगधीरा’का लागि नयाँ कलाकारको खोजीमा छन् । उनी अडिसन दिन भन्दै राजामौलिको अफिस पुगे । ३० सेकेण्ड अडिसन दिएपछि निर्देशक राजामौलिले सुटिङ देखाउन भन्दै उनलाई राजस्थान लिएर गए ।
केही दिन राजस्थानमै बिताएपछि फेरि जागीरकै तलास���ा भौंतारिए । एकदिन बिहान राजामौलिका सहायकले फोन गरेर आफ्नो घरमा बोलाए । घरमा पुगेपछि थाह पाए ‘मर्यादारमन्ना’मा साइन गर्नका लागि बोलाएका रहेछन् ।
प्रभाकर भन्छन्-‘त्यतिवेलासम्म मलाई अभिनयको कखरा थाहा थिएनँ ।’ त्यसपछि उनले राजामौलिकै सहयोगमा देवदास कनकलासँग अभिनय सिके । चलचित्र ‘मर्यादारमन्ना’मा प्रभाकरले काम गरे । उनको अभिनयको निकै तारिफ भयो । उनले चलचित्र ‘बाहुबली’मा पनि झनै राम्रो गरे ।
प्रभाकरकै भनाइ अनुसार ‘बाहुबली’मा ‘कालकेयी’को भुमिका निर्वाह गर्न सजिलो थिएन । हरेक दिन बिहान ३ बजे उठ्नुपथ्र्यो भने हरेक दिन क्रिएटेड ‘किलकिली’ भाषा सिक्नुपथ्र्यो । भाषा सिक्नलाई उनकी श्रीमतिले निकै सहयोग गरेकी थिइन् । ‘बाहुबली’पछि उनले ‘सराइनोडु’ नामक चलचित्रमा काम गरे, जुन चलचित्र अहिलेसम्मकै धेरै कमाई गर्ने तेलुगु चलचित्रको रुपमा चिनिन्छ ।
0 notes
onlinekhabarapp · 7 years
Text
पुस्तकबारे अनमोल ३५ विचार: को के भन्छन् ?
विश्व सभ्यता आजको समयमा प्रविधिको जतिसुकै नयाँ आविष्कारमा पौडिए पनि पुस्तकको अझैसम्म विशिष्ट स्थान देखिन्छ । पुस्तकको इतिहास हेर्दा सन् १४५० तिरै पहिलो पुस्तक तयार भएको र १६४० मा विश्वको पहिलो पुस्तक छापिएको देखिन्छ । यति लामो यात्रा तय गरेको पुस्तकले आफ्नो उपस्थिति अझै दह्रो रुपमा देखाइरहेको छ ।
सामान्य रुपमा हेर्दा पुस्तकबाट हामी थरीथरीका ज्ञानका कुरा थाहा पाउँछौं । पुस्तक ज्ञानको भकारी त हुँदै हो, यसलाई हामी मनोरञ्जनको आलमारी पनि मान्न सक्छौं ।
संसारको पल्लो कुनाको यथार्थ कुरा जति थाहा पाउन सकिन्छ, स्वैरकल्पनाको अलौकिक दुनियाँको सयर पनि पुस्तकबाट गर्न सकिन्छ । व्यक्तिका रुपमा चरित्र निर्माणको सबैभन्दा उत्तम साधन मानिने पुस्तकले सर्वश्रेष्ठ विचारको प्रवाहबाट संसारलाई नै नयाँ दिशा दिन सक्छ ।
यस्तो महिमा भएको पुस्तकको महत्ताबारे संसारका ख्यातिप्राप्त चिन्तक, लेखक, राजनीतिज्ञ लगायतले के भनेका छन् त ? विश्व पुस्तक दिवसको सन्दर्भमा पढौं पुस्तकबारे विभिन्न हस्तीका ३५ विचार:
  विचारहरुको युद्धमा नै पुस्तक अस्त्र बराबर हुन्छ । – जर्ज बनार्ड शा
किताबहरुमा यति धेरै खजाना लुकेको हुन्छ, जसलाई कुनै लुटेराले कहिल्यै लुट्न सक्दैन । – वाल्ट डिज्नी
म सधैं यो कल्पना गर्छु, स्वर्ग भनेको एक प्रकारको पुस्तकालय हो । – जर्ज लुइस
यदि कुनै पुस्तक पटकपटक पढ्ने आनन्द उठाउन सकिँदैन भने त्यसलाई पढ्नुको कुनै फाइदा छैन । – ओस्कर वाइल्ड
यदि आफूले पढ्न चाहेको किताब आजसम्म लेखिएको छैन भने तपाईंले त्यो किताब लेख्ने प्रयास अवश्य गर्नुपर्छ । – टोनी मोरिसन
यदि तपाईं अरुहरुले पढिरहे जस्तै किताबहरु पढ्नुहुन्छ भने तपाईं त्यस्तै सोच पाउनुहुन्छ, जुन अरु मानिस सोचिरहेका छन् । – हारुकी  मुराकामी
राम्रो किताब त्यो होइन, जुन हामी पढ्छौं– राम्रो किताब त्यो हो, जसले हामीलाई पढ्छ । – डबल्यू एच आदेन
पुस्तक एक फूलबारी हो, जसलाई खल्तीमा राख्न सकिन्छ । – अज्ञात
किताब नपढ्नु भनेको किताब जलाउनुभन्दा ठूलो अपराध हो । – रे ब्रेडबरी
यदि कुनै असाधारण प्रतिभा भएको व्यक्तिसँग हाम्रो जम्काभेट भयो भने हामीले उसलाई सोध्नुपर्छ, ऊ कस्ता खालका पुस्तकहरु पढ्ने गर्छ । – एमर्शन
किताब यस्तो शिक्षक हो, जो कुनै कष्ट नदिई, कुनै आलोचना नगरी र कुनै परीक्षा नलिई हामीलाई शिक्षा दिन्छ । – अज्ञात
मलाई टीभी निकै निकै शिक्षाप्रद लाग्छ । जब कसैले टीभी खोल्छ, तब म अर्को कोठामा जान्छु र किताब पढ्छु ।  – ग्रुशो मार्क्स
स्वास्थ्य सम्बन्धी पुस्तकहरुमा यति धेरै भरोसा नगरौं, छपाइमा हुने सानो त्रुटिले ज्यान समेत जान सक्छ । – मार्क ट्वेन
किताब बिनाको कोठा आत्मा बिनाको शरीर समान हो । – मार्कस टुल्लिअस सिसरो
यस्तो मानिसमा कहिल्यै पनि भरोसा नगर, जसले साथमा किताब बोकेको छैन । – लेमनी स्निकेट
एउटा किताब जस्तो वफादार कुनै साथी हुँदैन । – अर्नेस्ट हेमिंग्वे
‘क्लासिक’ – यस्तो किताब, जसलाई मानिसहरु प्रशंसा गर्छन् तर पढ्दैनन् । – मार्क  ट्वेन
बालबालिकाहरुले जस्तै आनन्द लिनका लागि मात्र नपढ, महत्वाकांक्षी व्यक्तिले जस्तै कुनै खास निर्देशन र गुदी प्राप्त  गर्नका लागि पनि नपढ, जीवन बाँच्नका लागि पढ । – गुस्ताव फ्लौबेर्ट
शब्दहरु बिनाको किताब चुम्बन बिनाको प्रेम जस्तै हो, एकदम खाली ! – एन्ड्र्यू उल्फ
केही किताब चाख्नुपर्छ, केही किताब निल्नुपर्छ । केहीलाई मात्रै चपाएर पचाउनुपर्छ । – कोर्नेलिया फङ्की
यो नियम बनाउनुस्, कहिल्यै पनि बच्चालाई त्यो किताब नदिनुस्, जुन आफैंले पढ्नुभएको छैन । – जर्ज बनार्ड शा
बोल्नुभन्दा पहिलो सोच । सोच्नुभन्दा पहिले पढ । – फ्रैन लेबोवित्ज 
पुस्तक भनेको हवाईजहाज, रेल र सडक हो । त्यो गन्तव्य हो, यात्रा हो र घर पनि । – एना क्विनडलेन
किताब ऐना जस्तै हो: यदि कोही मूर्खले भित्र हेर्‍यो भने तपाईं कुनै बुद्धिमान व्यक्तिले बाहिर हेर्ने आशा गर्न सक्नुहुन्न । – जे.के. रोलिङ
मेरो सबैभन्दा राम्रो मित्र त्यो व्यक्ति हो, जसले मलाई यस्तो किताब हेओस्, जुन मैले नपढेको होस् । – अब्राहम लिङ्कन
नयाँ पुस्तकहरुको सबैभन्दा खराब पक्ष के हो भने, तिनीहरु हामीलाई पुराना पुस्तकहरु पढ्नबाट टाढै राख्छन् । – जोसेफ जोबर्ट
मेरो लागि त किताबको गन्ध पनि प्रिय छ । – ऐड्रिएना त्रैजियेनी
फिक्सन (आख्यान) ले त्यो सत्य देखाउँछ, जुन यथार्थले लुकाउने गर्छ । – जस्मिन वेस्ट
विश्व एक किताब हो,  जो घुमफिर गर्दैनन्, उनीहरु केवल एक पेज पढ्छन् । – औगसटिन
के तपाईंले साँच्चिकै आफ्नो कोठामा राखेका सबै किताब पढ्नुभएको छ ?  – जान ग्रीन
उसले भन्यो- निद्रा मीठो छ, किताब त झन् असाध्यै मीठो छ । – जर्ज आर. आर. मार्टिन
तपाईं कुनै कुरा नजानीकन किताब पल्टाउन सक्नुहुन्न । – कन्फ्युसियस
सबभन्दा राम्रो किताब त्यो हो, जुन तपाईंलाई तपाईंले पहिल्यै जानिसकेका कुरा बताउँछन् । – जर्ज अरवेल
सधैं यस्तो चिज पढ्नुस्, जुन पढिरहेको बेला तपाईं मर्नुभयो भने पनि मान्छेहरुले तपाईंलाई राम्रो सोचून् । – पी.जे. ओ रुरके
0 notes