safarpokharel-blog
safarpokharel-blog
Safar Pokharel's Blog
2 posts
Don't wanna be here? Send us removal request.
safarpokharel-blog · 5 years ago
Text
तिमी जति टाढा गए पनि
आँखाबाट ओझेलै भए पनि
हृदयमा अलकति आश साँचेर
छातीले केही अरु सास ढाकेर
पर्खूँला प्यारी
हेरुँला घरिघरि
तिमी आउने बाटो
पर परसम्म
कहिले सागर बनेर
कहिले सगर बनेर
तिम्रो मीठो सम्झनाले
पुलकित हुन्छ यो मन
फेरि तिम्रै सम्झनाले
भक्कानिन्छ यो मन
हर साँझ आशाको दीप बालेर
आँखाका पानी आँखैमा गालेर
सम्झुँला प्यारी
मुस्काउँदै गहभरि
तिमीसँगका यी पल
जीवन यो रहेसम्म
कहिले बादल बनेर
कहिले पर्वत बनेर
। मायामा ।
0 notes
safarpokharel-blog · 5 years ago
Text
तिम्रो परेली
मेरो मनको दैलो
हरेक बिहान म
तिम्रा आँखाहरुमा खुल्छु ।
हराउँदै
भेट्छु आफैलाई
हरेक रात म
तिम्रा सम्झनाहरूमा घुल्छु ।
संसारभित्रको सानो संसार
तिम्रै साथले उज्यालो छ ।
बाटो देखाउन एक अर्कालाई
आफ्नै मनको दियालो छ ।
तिम्रो सुसेली
मेरो मीठो सरगम
हरेक सासमा
तिम्रा आरोह अवरोह बुन्छु ।
खेल्छन् बयली
हजार सपना
चिसो बतासमा
तिम्रा स्पर्शहरूमा झुल्छु ।
1 note · View note