drsandeshdahal
drsandeshdahal
Dr Sandesh's Blog
4 posts
Neurosurgery Resident
Don't wanna be here? Send us removal request.
drsandeshdahal · 5 years ago
Photo
Tumblr media
0 notes
drsandeshdahal · 5 years ago
Photo
Tumblr media
0 notes
drsandeshdahal · 5 years ago
Photo
Tumblr media
0 notes
drsandeshdahal · 5 years ago
Text
सुरक्षा जोखिममा रहेको स्वास्थ्यकर्मिको कोरोना याचना
डा सन्देश दाहाल
 यो लेख लेख्दासम्म ब्रिटेनको प्रधानमन्त्रीलाइ कोरोना संक्रमण पुस्टी भइसकेको छ। बिभिन्न देशमा भएका कोरोना संक्रमितका बिभिन्न कथाहरु आएका छन। इटाली, अमेरिका लगायत देशमा स्वास्थ्यकर्मीहरु ठुलो सन्ख्यामा सन्क्रमित भएर ज्यान गुमाएका कथाहरु आएका छन। यही प्रसंगमा आज साँझ एक महिला आउनु भयो इमरजेन्सीमा ज्वरो र निल्न समस्या भएर। हेर्दा त न्युरोलोजीकै समस्या देखिन्थ्यो। जाँच गराएर भर्ना गर्ने निर्णय गरियो। तर ज्वरो र खोकी भएकोले कोरोना हो होइन भन्न मुस्किल भयो। वहाँलाइ टेकु अस्पतालले कोरोना जाँच्नु नपर्ने भनेर पठाएको रहेछ। तर हालको अवस्थामा अनुमान कै भरमा उपचार गर्नु त काल निम्त्याउनु नै हो। भर्ना गरेपछि कहाँ राख्ने भनेर सोच्नु पर्यो। कोमल मन, दुइ जना सिस्टरहरु राजी हुनुभयो ड्युटी गर्न, उपलब्ध सामान्य स्रोत लिएर। चिन्ता होला भनेर घरमा फोन पनि गर्नुभएन। यो आजको एक अस्पतालको एक घटना मात्र नभइ भोलिको दिनमा देशका सबै अस्पतालको नियती बन्ने वाला छ।
 तथ्यांक केलाउँदा सन्सार भर नै आम मानिसमा गम्भिर संक्रमण र मृत्यु बुढोपाको उमेरमा हुने भएपनि स्वास्थ्यकर्मीमा कम उमेरमा नै पाइएको छ, र उनीहरुमा रोग झन घातक देखिएको छ। अमेरिकामा सुरक्षा सामग्री नपाएर प्लास्टिक बेरेर उपचार गरेर नर्सको मृत्यु भएको र सयाैँ संक्मित समाचार आएको छ। त्यसैले यति सरल कुरा सरकार र सरोकारवाला किन बुझ पचाएको अभिनय गर्दैछन, क��रा बुझेर बुझिनसक्नु छ।
 नेपालको सरोकारवालाहरुको स्थिति के छ त?
नेपालको सारोकारवालाहरुको चेतना स्तर निकै दयालाग्दो अवस्थाको छ। कोरोना महामारीको सुरुवाती दिनमा नेपालको पर्यटनमन्त्रीको भाषण आजपनि छापामा छ,”नेपाललाइ कोरोना मुक्त भनेर सन्सारमा प्रचार गरेर नेपालमा पर्यटक भित्र्याउने।" आजकै छापामा स्वास्थ्यमन्त्रीको बक्ततब्य छ,”नाम पनि नजान्ने पिइपी (सुरक्षा सामग्रीलाइ पिइपी भनिन्छ) नभइ किचनमा नि काम गर्न नमिल्ने भनेर हल्ला गरिँदैछ रे।" अर्को समाचार प्रकासित भएको छ, “पाल्पामा चौधरी ग्रुपले स्वास्थ्यकर्मीलाइ भनेर पठाएको सुरक्षा सामग्रीको सिल तोडेर जनप्रतिनिधी र प्रसासनका कर्मचारीले मास्क चोरी गरे।" त्यस्तै सुदुर पस्चिमका एक मन्त्रीले भनेको समाचार छ, “अर्को साल कोरोना परिक्षणको लागि बजेट छुट्याएर राख्ने।"  कोरोना नियन्त्रणको तयारी पुरा भयो भनेर अनेकाैँ मन्त्रीले महिनाैँदेखि गफ गरेर पाकेको कानमा हिजो अर्थमन्त्रीको बक्तब्य कानमा पर्यो, जसले स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाइ अनुरोध गरेका छन्। कमजोर ब्यवस्थापनबिच काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल गिर्ने कामको पराकास्ठा त्यो दिन भयो, जुन दिन एक कोरोना पोजिटिभ बिरामीको रिपोर्ट उनकै उपचार गरिरहेका टेकु अस्पतालका डाक्टरले रिपोर्ट आएको अर्को दिन टिभीमा मन्त्रिको मुखबाट सुने। आम मानिसलाइ अचम्म लाग्ने तर वास्तबिकता के हो भने कोरोना महामारी नियन्त्रण समितिमा स्वास्थ्यका कोही पनि बिज्ञ सामेल छैनन।
समग्रमा भन्दा हामी अज्ञानी, देखावटी र लोभीपापीहरुको नेत्रित्वमा आँखाले देख्न नसक्ने सन्सारलाइ थला पारेको महामारीसँग निशस्त्र भिड्ने सपना बुनिरहेका छौ, जुन मुर्खता जस्तोमात्र लाग्छ।
 कोरोना उपचार नहुने अस्पतालमा उपचारमा मलाई किन समस्या त?
कोरोना उपचार गरिने तोकिेएका केन्द्रमा त सुरक्षा उपकरण किन चाहियो भन्न नपर्ला अब। यो देशका धेरै स्वास्थ्यकर्मी कोरोनाकै प्रत्यक्ष उपचारमा संलग्न नहुन सक्छन। यति हुँदा पनि अन्य बिरामी हेर्न  किन गार्हो त? आम मानिसको नजरमा यो प्रश्न आउनु सामान्य हो।
आज पत्ता लागेको धनगढीको बिरामीको कुरा गरौँ एकछिन। त्यो बिरामी केहि दिन अघि काठमान्डौ आयो, बिदेशबाट जतिबेला संसारका करिब १५० देशमा कोरो���ा महामारी भइसकेको थियो। अर्को धादिंगको केटा। दिमाग भएको गम्भिर सरकारले गर्��ुपर्ने के थियो भने, उनीहरु लगायत बिदेशबाट आउने सबैलाइ आएकै समयमा १४ दिन क्वारन्टाइनमा राखेर जाँच गर्नुपर्थ्यो। अब उनीहरु नेपाल आए, साथीभाइ भेटे, पार्टी गरे, कति दिन सम्म साझाबस र ट्याक्सीमा पुरा काठमान्डु घुमे, अनि बुद्द एयर र माइक्रोबस चढेर घर गए। यसको अर्थ, रोगको लक्षण देखिनु अघी नै उनीहरुले सयाैँलाइ सारिसके। यी थाहा भएका पात्रमात्र हुन, यस्ता हज्जारौँ  छन नेपालमा।
अब नेपालको परिक्षणको पोलिसी के छ? बिदेसबाट आएको संग संगत भएको र कोरोनाको लक्षण मिल्नेको मात्र जाँच गर्ने। अब बिदेशबाट आएको मानिस साझाबसमा सँगै यात्रा गरेको थियो भन्ने कुरा रुघाखोकि लागेको आम मानिसलाइ कसरी थाहा हुन्छ र जाँच गराउने? यसरी सरकारी लापारबाहीको कारणले सन्क्रमित भएर पनि जाँच नभएको ठुलो जमात छ यहाँ जसलाइ पत्ता लगाइएको छैन।
अर्को बुझ्नुपर्ने कुरा, जति नै राम्रो गरेपनि घाँटीमा स्वाब लिएर गरिने परिक्षण करिब ७०% मात्र सेन्सिटिभ हुन्छ। यस्को अर्थ  भनेको, १०० मा ३० जना संक्रमित रोगीको पनि रिपोर्ट नेगेटिभ हुन्छ। अर्थात, ३० जनामा रोग भएपनि रिपोर्टमा रोग नभएको देखिन्छ। बिदेशमा ती ३० जना नछुटाउन छातीको सिटी स्क्यान र पुन: परिक्षण गरिन्छ। समग्रमा नेपालमा रिपोर्ट नेगेटिभ आएका मानिस पनि सबै संक्रमित होइनन् भन्ने अवस्था छैन। यो कुरा मनन गरेर सरकारलाइ अझ जाँच गर्न सुझाव दिनुपर्ने जनस्वास्थ्यका केहि प्याथोलोजिस्टहरु ३ करोड जनसंख्यामा ५०० वटा टेस्ट गरेर "भाइरस लुकाएर लुक्दैन" भनेर मिडीयामा प्रचारबाजी गर्न लालयित देखिन्छन।
रोकथाम तयारीको प्रसस्त समय र उपायको नजरअन्दाज गरेर देशमा कोरोना स्वागत गरेको लठुवाहरुको सरकारले ठुलो गल्ति गरेको छ। यसको ठुलो मुल्य समग्र देशले, र अझ फ्रन्टलाइनमा स्वास्थ्यकर्मीहरुले चुकाउनुपर्ने भएको छ। बाटोमा, भिडमा, अस्पतालमा संक्रमित कति छन कसैले भन्ने अवस्था छैन।
यस्तो तितो यथार्थमा सेवा भन्दै जे पायो त्यहि गर्नु भनेको सेवा नभइ आफ्नो र आफुले उपचार गरेको बिरामीको जीवनसंगको खेलवाड गर्नु बाहेक अरु केहि हुन सक्तैन।
  सुरक्षा सामग्री उपलब्ध नगराइ मुर्खतापुर्ण जवरजस्ती भए के हुन्छ?
तलका मध्ये केहि हुनसक्ला।
१. दवाव थेग्न नसकी काम छोड्ने अवस्था।
२. आफु संक्रमित हुने, हजारौँ अरु सामान्य मानिसलाइ नि सार्ने। महामारी रोक्न होइन, फैल्याउन र झन बिकराल गर्न मद्दत गर्ने।
३. देशमा महामारी फैलिनु अगाडी नै सबै स्वास्थ्यकर्मी संक्रमित भएर देशको स्वास्थ्य प्रणाली नै फेल ��ुने।
४. माथी लेखिएका सम्भावनाका मिस्रित रुप।
 आवस्यक सुरक्षा सामग्री भएमा देशका सबै स्वास्थ्यकर्मी सेवामा दिन रात उत्रिने नै छन्। यसमा कुनै दुइ मत छैन। स्वास्थ्यकर्मीको लगाव आफ्नो कर्तब्यप्रति हुन्छ, यस्ता सरोकारवाला कति आउँछन् कति जान्छन्। तर कसैले आफ्नु बुद्दिहीनताको प्रदर्शन गर्दै जवरजस्ती बिना सुरक्षा स्वास्थ्यकर्मीलाइ पेलाउँला भन्ने सोचेको भए त्यो झन प्रत्युत्पादक हुन्छ।
कसैले बिना सुरक्षा मलाइ काम गर भन्छ भने, त्यसको अर्थ घरमा लकडाउनमा बसेर मेरो बाटो हेरीरहेका निर्दोस बुबाआमा, श्रीमान वा श्रीमति र मेरो छोराछोरीलाइ समेत सबै परिवारलाई रोग सारेर 'बलिदान गर' भनेको हुन्छ। मेरो पेसाको लागि मेरो आफ्नो बलिदान त स्वीकार्य होला। तर क्वारन्टाइन नगरेर रोग भित्र्याउने बेवकुफ सरोकारवालाहरु, स्वास्थ्यकर्मीको मास्क चोरी गर्नेहरु, र बिसयगत ज्ञान नभइ कामको सट्टा गफ गरेर तयारी समय खेर फ्याँक्नेहरुको बेवकुफीको लागि मेरो परिवार कसरी बलिदान गर्ने मैले?
लकडाउनमा घरमा बसेर बियर र बार्बिक्यु खाँदै फेसबुके बिद्वता छाँटेर क्याच्च टाइप गरेर गाडी नपाएर २ घन्टा हिँडेर ड्युटी पुगी दिनरात काम गर्ने स्वास्थ्यकर्मीलाइ गाली गर्न जति सजिलो छ, वास्तविकता अलि फरक छ। फेसबुके बिद्व्तामा डाक्टरलाइ गाली गर्ने त्यही दरिद्रले आफ्नु घरबहाल बसेको डक्टरलाइ घर ख़ाली  गर्ने उर्दी जारी गरिरहेको छ ।  यस्ता निर्बुद्दि कसैको मुर्खताले मलाई रोग लागीहाल्यो भने, भोलि मैले परिवारसँग बस्न पाउने छैन, मेरो मृत्युमा परिवारले दागबत्ती दिन पाउनेछैन, मेरो मृत्यु भइहालेमा मेरो परिवारको बिचल्ली हुनेछ, मेरो सबै परिवार संक्रमित हुनेछ र उनीहरुले पाउने उपचार र ब्यबहारको केहि भरोसा हुनेछैन,  आज मैले काम गरेको अस्पताल र साथीहरु नै मलाइ टाढा लखेट्न रुचाउनेछन। त्यो दिन मेरो पिडामा सहानुभुति दिने आज मैले निको पारेको बिरामीसम्म पनि हुनेछैन। कर्तव्यको नाम दिएर लापरबाही गरेर मेरो ज्यान र परिवार नास्ने अधिकार कसैलाइ छैन चाहे त्यो जो सुकै किन नहोस ।
त्यसैले स्वास्थ्यकर्मीको सुरक्षा भनेको नै बिरामीको सुरक्षा र समग्र देशको सुरक्षा हो।
   धन्यवाद
1 note · View note