Text
संबिधान बनेको मौका खेर नफालौ ।
सेतोपाटीमा छापिएको दिपेन्द्र झा को लेख माथी मेरो टिप्पणी
अबहामीसँग एकथान संविधान छ, अबत सरकारसँग सेना पनि खोजेकै बेलामा उपल्बध हुने भयो। प्रधानमन्त्री र राष्ट्रपति एउटै दलका व्यक्ति। भनेपछि प्रधानमन्त्रीले सिफारीस गर्ने अनि राष्ट्रपतिले त्यसलाई वैधानिकता दिने। मन लागेको बेलामा प्रधानमन्त्रीले संकटकाल लगाउन सिफारिस गर्ने र राष्ट्रपति वा राष्ट्राध्यक्षले त्यसलाई वैधानिकता दिने अवस्था भयो। भनेपछि सेना पनि सजिलै चलाउन पाइने।
आन्दोलन देखी डराएर जाबो तेल, र नेल को त ब्यबश्था गर्न असक्षम ओली सरकार देखि तपाईहरु कति डराएको ? सात्तो त हाम्रो पो गएको छ । एकातिर नालायक सरकार , अर्को तिर संयुक्त राष्ट्र संघमा सुरक्षा परिषदको सदस्यता प्राप्त गर्ने प्रयासरत शक्तिराष्ट्र ! भुपरिवेष्ट्रित राष्ट्रका नागरिकहरुको बाँच्न पाउने अधिकारको सम्म सम्मान गर्न नसक्ने छिमेकी, अनि मौन र मुकदर्शक सरकार । मधेशी होस वा पहाडे - बाहुनहरु संस्कारले नै अलि डरछेरुवा हुन्छन । त्यसैले होला तपाईलाई सेनाको नाम सम्झिने बित्तिकै सातो गएको । नआत्तिनुस - कम्तीमा नेपालमा सेनाले “पावर युटिलाईजेशन प्राक्टिस ” गर्दैन । गर्थ्यो भने यो भन्दा पहिले पात्र र परिस्थीले अवसर दिएको थियो भनिन्छ ।
प्रचण्डजी तपाईँले जनयुद्वबाट हासील गर्न नसक्या जनसरकार वा सबै शक्ति प्रमुखमा कम्युनिष्टलाई नै बनाइ छाडनु भयो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उच्च स्तरीय राजनीतिक समितिको प्रमुख सबै कम्युनिष्ट। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका सवै माहत्वपूर्ण पदहरु नामधारी कम्युनिष्टको पोल्टामा गएपछि नेपाल अब कतै राजनीतिक प्रणालीको हिसावले ‘मिनी चाइना’ त हुने होइन भन्ने डर हामीजस्तालाई लाग्ने नै भयो। केही छैन बनाउन��स तर मधेशलाई पाखा पार्नेगरी होइन। मधेशलाई पनि साथै लिनुहोस्। यो आन्दोलनकारीलाई गलाउने नीतिमा नजानुहोस्।
नेपालको बिध्यमान राजनैतिक अवश्थाबारे बेखबर कसैलाई (“मिसगाईड” गर्ने अभिप्रायले) यो कुरा भन्नु भो भने ‘अरे वाह! नेपालको राजनितिको बारेमा बढो भित्रि ज्ञान राख्ने बिद्वान हुनुहुदो रहेछ’ भन्दा हुन तर तपाईले थाहा पाउने खबर पछ्याउने धैरै मान्छेहरु छन भन्ने कुराको हेक्का राख्ने हो भने तपाईको यो काइते तर्क हो । मधेशी दल देल्हीको एजेन्डा बोकेर नाकामा , काँग्रेस ‘कथित’ सहमती भाडेर एक्लै ! अनि बचा कौन ? मधेशी दललाई पनि बोलाएकै हुन । गच्छेदार त आए पनि , उनको बारेमा केही बोल्नु भएन नि ?
गोल गर्नु पर्ने बेलामा सबै मैदान छोडेर हिडे पछी जसले बल पाउछ उसैले त गोल गर्ने हो नि । फलानो जस्तो खेलाडी छैन भनेर हुदैन झाजी । (अब यसो भनिरहदाँ मैदानमा झ्याली भो भन्नुहोला , यसको बारेमा छुट्टै तर्क गर्नुपर्छ । अहिलेले रुन्चे कुरा नगरुम । )
तर, सत्ताधारीले आन्दोलनकारीलाई थकाउने र गलाउने रणनीति लिएको छ। आन्दोलनकारी थाकेर बिराम लिए भने मधेसका युवामा सदा सर्वदाका लागि नेपाल राज्यप्रति बितृष्णा उत्पन्न हुन्छ जसलाई काठमाडौंले बुझ्न ढिलाई गरिरहेको छ । उच्चस्तरीय राजनीतिक समिति, चित्रबहादुर केसी, सिपी मैनाली, झलनाथ खनाललगायतका संघीयता नरुचाउने कम्युनिष्ट नेताहरू, जो अतिवादी राष्ट्रवादी धारका हुन्, तिनको वर्चस्व छ यतिखेरको राजनीतिमा।
जारी मधेश आन्दोलनले मधेशी मागप्रति साहानुभुती राख्ने तप्काका पहाडियाहरुलाई पनि आजित पारिदैछ । नेतृत्वले समयमै यस बारे बिचार गरेन भने समग्र मधेशी समुदाय प्रति पहाडेहरुको मनमा एक प्रकारको घृणा उत्पन्न हुने खतरा छ । जसलाई नाकामा बसेर ईण्डीयाको पेट्रोल ट्याङ्कर छेक्नेहरुले बुझ्न ढिलाई गरीरहेका छन ।
त्यहाँबाट सीमांकनको विषयमा गठित वार्ता समितिलाई आन्दोलनकारीको फेस सेभिङसहित माग सम्बोधन हुने गरी पुर्नविचार गर्ने म्यान्डेट देला जस्तो लाग्दैन। तर बुझ्न के जरुरी छ भने माग सम्वोधन नहुनु भनेको मधेसलाई कमजोर गरेर देशलाई अतिवादी धारमा पुर्याउनु हो । र मधेस अतिवादी धारमा गयो भने समग्र देशलाई त्यसको असर त हुने नै छ, तर क्षेत्रगत हिसाबले भन्दा मधेसमा अतिवादको पीडा पहाडी र हिमाली भेगका बासिन्दाभन्दा त्यहाँ बस्ने हामी मधेसीहरुले बढी भोग्नुपर्ने चिन्ता हामीजस्तालाई छ।
मधेशका सिधा सोझा सर्वसाधरणलाई “मिसगाईड” गरेर नयाँ संविधानमा मधेशीहरुलाई कुनै अधिकार नै छैन भन्ने पारेकोमा पोल खुल्ला भन्ने डर लाग्न थाल्यो कि क्या हो झा जी ? नाकामा धर्ना बस्ने बाहेक मधेशमा उठेका कुनैपनि ‘जेन्युन‘ कुरामा बहस गरेर निष्कर्षमा पुग्न कुनै समस्या छैन । अलिकति पनि पुर्वाग्रह नराखी सोच्ने हो भने मधेशको बारेमा निर्णय गराँउदै हिड्ने नेतृत्वले पनि अनुहार लुकाउनु पर्ने गरी यो देशमा यही अवस्थामा केहि नहोला । तर शक्तीराष्ट्रको ‘नियत’को पक्षपोषण गर्दै हिड्ने जमातलाई आज नभए भोली उनिहरुकै सन्तान दरसन्तानको अगाडी मुख लुकाउनु पर्ने अवश्था नआउला भन्न सकिन्न । हदै भए के होला त मधेशमा ?
लेखेर राख्नुस - मधेश अतिवादी धारमा गयो भने सबभन्दा बढी घाटा मधेशलाई नै हुन्छ । नपत्याए Eritrea (अहिले नै क्लिक गरे हुन्छ । ) को ईतिहास पढ्नुस ।
अतिराष्ट्रवादी राष्ट्रवादी धार, जुन अहिलेको सम्पूर्ण समस्याको कारक हो, त्यसले उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाई डोमीनेट गर्नु हुँदैन। आन्दोलनकारी र सरकार दुवै पक्षको जीत हुनेगरी चार मुद्दाहरु निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकन र नागरिकताको सवाल सम्बोधन हुने गरी निर्णयाक वार्ता गरी देशलाई निकास दिन जरुरी छ। लगभग ९० जना काँग्रेस र एमालेबाट जितेका सांसदज्यूहरु मधेश पस्न सक्ने अवस्था छैन विचरा भारतीय ट्यांकर चालक त कसरी हिम्मत गरोस्। पूर्व राजा ज्ञानेन्द्र र महेन्द्रले पनि चाइना कार्ड प्रयोग गरेकै थिए त के परिणाम आयो? निकास मधेशमा छ, हाम्रा नेताहरुले किन दिल्ली र बेइजिङतिर समय खेर फालेका? वार्ता र संविधान संशोधन एकमात्र उपाय हो, जुन काम जति चाँडो गर्यो उति सहज हुन्छ।
सिराहामा बसेर झापा माग्नु भो भने निर्वाचन क्षेत्रको समस्या सामाधान हुने देखीदैन । भारतको आडमा लिम्बुवान र अखण्ड सुदुर पश्चीमको मागलाई बेवास्ता गरे भोलि अरुणपारिका जिल्लाको अवश्था मधेशको जस्तै नहोला भन्ने ग्यारेण्टी गर्न सक्ने अवश्था छ त ?
झा जी , कुरा के छ भने अढाई सयमा ज्ञानेन्द्रको जयजयकार गर्ने जनताहरु नै हुन लोकतन्त्र ल्याउने । मधेश कसैको ठेक्का हैन । उपेन्द्र यादवको दोस्रो चुनावमा कसरी पत्ता साफ भो दुनियाले देख्या छन । काँग्रेस, कम्युनिष्ट���ा ९० जना सांसदको चिन्ता नगर्नसु । बरु मधेशवादी दलहरुलाई नफुटी ‘राज’ सल्लाह दिनुस ।
हैन यो देश भनेको भुगोल मात्र हो की जनता पनि हुन्, माटो ढुंगाको माया लाग्ने तर समतल क्षेत्रमा बस्ने आधा जनसंख्या माया नलागने यो राष्ट्रलाई! वाह रे हाम्रो राष्ट्रवाद!, काठमाडौंले साठी दिनसम्म मुहान थुनेर मधेशमा रगतको खोलो बगाएको बेलामा पनि यस्तै दुःख मनाउ गरिदिएको भए हुन्थ्यो। हुन सक्छ, बाढी आउँदा दुई चारवटा फोहर पनि बगेर आउनु स्वभाविक हो, आँखा बाढीतिर लगाउँ, फोहर आफै बगेर जान्छ। यसकारण आन्दोलनको कमजोर पक्षको चियो गरेर सयम खेर फाल्नु व्यर्थ छ। दशैँमा जनताले पाएको दुःखमा हामीलाई पनि पीडा भएको छ । यसकारण तार्किक र जायज मागहरुको यथासिघ्र सम्बोधन गरौँ र निकास निकालौँ।
दशैमा पहाडे , शोषक , सामान्ती पहाडेहरुले दुख पाए भने चिन्ता नगर्नुस । समतल क्षेत्रमा बस्ने आधा जनसंख्याको दिवाली र छैट आउन बाँकी छ । रोजिरोटी गरेर जिविकोपार्जन गर्ने मधेशीहरुले हातमा हँसिया बोकेर आन्दोलन गरेको दिन थाहा लाग्नेछ - यो बन्दले काठमान्डौ मात्र आक्रान्त भयो कि मधेश पनि ।
एमालेले मैथली र भोजपुरीको संरक्षणको लागि के गर्यो, संविधानसभामा अनिवार्यरुपमा दौरा सुरवाल लगाउन जारी गरेको आदेश अझै पनि ताजै छ, यसकारण अतिवादी राष्ट्रवादी जो मुलत पहाडी, पहाडी भेषभूषा, संस्कार र भाषालाई मात्र राष्ट्रवादी ठान्छ, यो समूहले मधेशलाई कर्नर गर्ने सोच लिनु अस्वाभाविक होइन। त्यहाँ रामचन्द्र झाहरुले पहाडी नेताहरुलाई समर्थन गरेर बस्नुपर्छ होइन भने तिनीहरुले त्यहाँ स्थान पाउने छैनन्।
एमाले त खत्तमै पार्टि हो । नरेन्द्र मोदि धोती लगाएर राष्ट्रसंघमा भाषण गरिरहेको देखिन्छन । हाम्रा उपेन्द्र यादव बिदेशमन्त्री रहुञ्जेल टाइसुटमा बिदेशै घुमे । वहाँलाई सोध्नु न - मधेशी हुँ भन्न लाज लाग्या थ्यो ?
हैन यो देश भनेको राजमार्ग मुन्तिरका जनताहरुको मात्र हो कि हिमाल पहाडको पनि हो ? सुनसरीमा बस्ने राईलिम्बुलाई गनेर कहिले सम्म राज्यको आधा जनसंख्या आधा मधेशी छन भन्दै बस्ने हो ? कुन जात र संप्रदायको अस्तित्व कति प्रतिशत छ र कहा कहाँ फैलिएका छन कहिले अध्ययन गर्नु पर्दैन ?
'मर्निङ सोज द डे' भन्ने अंग्रेजी उखानलाई सम्झिने हो भने एमाले, मसाल माले र राजावादीको गठबन्धनले नेपालमा साझा राष्ट्रियताको पहिचान बन्न दिदैन भने लग��ग पक्का छ। उल्टै आन्दोलनलाई मधेशको आन्दोलन जमिन्दारको हो भन्नेहरुले ४० जना मृतकका थर र आर्थिक अवस्था हेरे हुन्छ, अधिकांश दलित, रिक्सावाला, गरीब र मजदुर छन् ।
'मर्निङ सोज द डे' भन्ने अंग्रेजी उखान सम्झिने हो भने वा भनौ अहिले सिमामा बसेर भारतिय नाकाबन्दीलाई सजिलो पार्ने नेताहरुको बिगत सम्झीने हो भने यो लडाई “कुर्सिको सुनिश्चितताको” लागि हो । म पनि त्यही सोच्छु , पहिचान र अधिकारको यो लडाँईमा काठमाण्डौको एक करोडको झुपडी हुने ‘महतो, यादव’ हरु किन मरेनन । स्याला , आन्दोलनमा ‘शोषक सामान्ती पहाडे बाहुन‘ पुलिसहरु ताकि ताकि अधिकांश दलित, रिक्सावाला, गरीब र मजदुरहरुलाई गोली हान्दा रहेछन ।
पहिला ६ प्रदेश, फेरि ६ बाट ७ प्रदेश बनाउँदा कुनै विज्ञताको जरुरी परेन। त्यसका लागि दाहाल, सिटौला र खरेलहरु सर्वविज्ञ थिए। अहिले मधेशी र थारुको बेलामा बिज्ञ चाहिने! यो दोहरो मापदण्ड किन हो हजुर? हाम्रो अनुहार कालो भएर हो त? कि तपाईँ बलिया भएर हो। प्रदेश के हुने भन्दा पनि तपाईको मापदण्डमा हाम्रो चित्त दुखाई हो। नवलपरासीदेखि बर्दियासम्मको भागलाई माथि रोल्पा र बाग्लुङ्गसँग कुन विज्ञान र आधारमा जोडनु भएको हो हजुर! माग्दै न मागिएको अखण्ड लुम्बनी काँहाबाट आयो हजुर? जान्न पाए चित्त बुझाउन हुन्थो कि।
मधेशको आन्दोलनका नेतृत्व गरेका भनिएका नेताहरुले छातिमा हात राखेर मधेशका जनता सामु भन्न नसकेको कुरा के हो संविधानले पहाड र हिमालमा १०० सीट, तर मधेशमा ६५ मात्र द्या छ - यसले हाम्रो भाग पुग्दैन । यहाँलाई जानकारि रहोस - _सरकारले २१ असोजमा संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले ‘मुख्य रूपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी’ निर्धारण गरिने उल्लेख छ । यसरी क्षेत्र निर्धारण हुँदा तराईका २० जिल्लाले ७९ (४८ प्रतिशत) सिट पाउछन । _
यही राष्ट्रवादी धारले पहाडमा मधेशप्रति भम्र फैलिएको छ, कृष्णप्रसाद भट्टराईले लाखौं लाख भारतीयलाई नागरीकता बाँडे र नँया संविधानमा नागरिकताको प्रावधान खुकुलो पारी ४५ लाख भारतीयलाई नागरिकता दिने र अंगीकृत नागरीकलाई देशको प्रधानमन्त्री र राष्ट्रपति बनाई नेपालाई फिजी बनाउनका लागि भारतले गरेको यो नाकाबन्दी हो भनी पहाडति�� मधेशको बारेमा भम्र फैलाइएको छ।
शुरुमा मधेशलाई पहाडमा मिसाउन नहुने , नमिसाई सिमानङ्क गरी दिए पछी पहाड चाहियो । आखिर चाहिएको तपाईहरुलाई के हो ? हिजो मधेशको धानले राज्य पालेको फुँई लगाउनेहरुलाई आज सिङ्गो संम्बृद राज्य पाउदाँ के को डर लाग्यो ? गरि खाने हिम्मत छैन ? अंगीकृत नागरीकलाई देशको प्रधानमन्त्री र राष्ट्रपति बनाई नेपालाई फिजी बनाउने अभिप्राय हैन भने अंगिकृत बाउलाई “नेपालको कार्यकारी” बन्ने किन यत्रो लोभ । बंशजको नागरीकता पाउने छोरोको अधिकार छदैछ नि । हैन हाम्रा मधेशी दाजुभाईहरुलाई बिहारबाट चुनाव हारेर आएका मान्छेलाई सांसद बनाउने कस्तो लालसा !
मधेशी र पहाडीको बीचमा फाटो बढाइ आफ्नो राजनीतिक भोट बैंक दरो गर्ने राष्ट्रवादी कम्युनिष्ट धारले देशलाई द्वन्द्वमा मात्र धकेल्ने हो भनी पहाडी दाजुभाइले पनि बुझ्नु पर्दछ । जब दल वा नेताहरुसँग जनतालाई आफूप्रति तान्ने खास एजेण्डा हुँदैन, तब उनीहरुले राष्ट्रवादको नारा दिन्छन्, त्यसले जनतालाई केहीबेर दिग्भ्रमित त पार्न सक्छ, तर त्यो दीगो हुँदैन । यस्ता नारा दिने प्रायः तानाशाहीहरु हुन्छन्, र विश्वमा तिनको अन्ततः नराम्ररी पराजय भएको छ।
माथिका तपाईका अमृत बचन अक्षरश मनन गर्नुहोस । तपाईलाई धोती र टोपीमा कुनै समस्या हुन्न । तपाईको यो चाँही कुरा मननिय छ ।
त्यसमा पनि प्रधानमन्त्री ओलीजी नै ए अंगीकृतलाई नागरिकता लिएको भोलिपल्ट नै राष्ट्रपति चाहिने जस्ता भ्रामक कुरा गरेपछि जनताले के बुझ्ने हुन? नत अंगीकृतलाई आएको भोलिपल्ट राष्ट्रपति बनाउने माग छ नत ६५ लाख भारतीयले नागरीकता लिएका हुन्। मधेशी त सदासर्वदादेखि राजा जनक, सिम्रनगढ र विराट प्रदेशका भुमिपूत्र र पुत्रीहरु हुन्। फेरि गृह मन्त्रालयको तथ्यांक हेरे हुन्छ। २०४६ साल पछि कतिजनाले अंगीकृत नागरीकता पाएका छन्, एक सय पनि पुग्दैन होला। प्रतिनिधित्व र अंगीकृतको सवाललाई मिसाउनु नै रंगको विभेद हो। यदि गलत मान्छेले नेपाली नागरिकता लिएका हुन भने ती नागरिकतामा हस्ताक्षर गर्ने सिडीयो साहेवहरु को हुन तर सर? लिने गलत तर दिने सबै सही भए होइन त? अवसर प्राप्त गर्ने कतिजना अंगीकृत छन् त? खोजौं न डाटा, जनतालाई भड्काउनका लागि अँध्यारोमा तीर नचलाउ।
मधेशीले जन्मौ जन्म राष्ट्रपती , प्रधानमन्त्री , सभामुख बन्न पाउदैन भन्ने हौवा पिटाउदै हिड्ने हो भने मधेशका जनताले के बुझ्ने ? उपेन्द्र यादव, बिजय गच्छेदारलाई , महन्थ ठाकुरलाई राष्ट्रपती , प्रधानमन्त्री , सभामुख बन्न कसले रोकेको छ ? अँ मलाई तपाईको चिन्ता लाग्यो । तपाईलाई सर्वोच्च अदालतको प्रधानन्याधि�� बन्नको लागी यो संविधानले कहाँ निर रोकेको छ ? तर राजेन्द्र महतोको नागरिता अंगिकृत नै हो भने उनले राष्ट्रपती , प्रधानमन्त्री , सभामुख कुनै पनि हालतमा बन्न पाउनु हुदैन बरु हाम्लाई नेपाल भन्दा २२ गुणा ठुलो देशको नागरिकता स्वीकार छ । त्यो त्यही अवश्थामा मात्र स्वीकार्य छ ।
हुन त अंगिकृतको मुद्दा ठुलो स्वर गरेर बनेको तपाईको पहिचानमा गार्हो पर्ला तर गहिरिएर सोच्ने हो भने **अंगिकृत नागरिकता भनेको अवसर खोज्दै कुनै अर्को देशबाट आयातित हुने नागरिक हो जस्ले त्यहीका स्थानीयको अवसरलाइ हत्याउने हुन्छ **। यती कुरा बुझिदिए हुने ।
जब यो बीस वर्षमा अंगीकृत नागरिकता हाम्रा वामदेव गौतम, भीम रावल र कृष्ण सिटौली (पूर्व गृहमन्त्रीहरु भएका कारण भन्न खोजिएको हो) जीहरुले दिनु नै भएको छैन उनीहरुले अवशर कसरी प्राप्त गरे। अंगीकृतहरु राष्ट्रपति हुन्छन् भन्ने भम्रपूर्ण सूचना संप्रेषण नगरौँ किन भने पाहाड तिर पछि सम्हालन गाह्रो होला ।
झा जी , मुद्दाको छिनोफानो गरे जस्तो दिगभ्रमित गर्ने काम नगरौ । गृहमन्त्रीले नागरिकता दिने वा दिएको नागरिकता कसको हो भनेर खोजिनिति गर्ने हैन । यसको लागि छूट्टै निकाय हुन्छ । त्यो काम तिनिहरुले नै गर्ने हो । राजेन्द्र महतोले नागरीकता लिए पछी राजेन्द्र महतोको बाबुले नागरिकता लिएको देश हो । तराईमा जस्तै बैचारिक जागरुकता पहाडमा पनि छ । अंगिकृतलाई त संसदिय चुना���मा पनि भोट हाल्न दिनु हुदैन भन्नै ठान्छौ हामी राजमार्ग मास्तीरका सोसक सामन्ती पहाडे बाहुनहरु । संसारमा कुन चाही देशमा अंगिकृतले पाएको अधिकार भन्दा कम छ नेपालको संविधान ?
प्रचारमा आएको पैंतिस बुँदे माग मधेसी दलहरुको माग होइन। बुझ्नुपर्ने कुरा के हो भने त्यो चारवटा माग– मधेसको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकनमा संशोधन र नागरिकतासँग सम्बन्धित धारा र उपधाराहरुमा गर्नुपर्ने संशोधनहरु नै प्रमुख मागहरु हुन्। त्यसकारण कसैले ३५ बुँदे कसैले १०२ बुँदे माग भनी गरेको व्याख्या उपयुक्त होइन्। बडो स्पष्ट चारवटा माग छ त्यसलाई सम्बोधन गर्न प्रतिनिधिको सिहाबले गरिने संशोधन ३५ ठाउँमा हुन्छ भनी स्पष्ट हुन आवश्यक छ।
यदी तपाईहरुले अंगिकृत नागरिकलाई समेत कार्यकारी पदमा समेत पदमा पुग्न बाटो खोजेको हो भने - त्यसको मुल्य चुकाउनु पर्ने छ । शोषक , सामान्ती , पहाडे, बाहुनहरुको दानापानी मात्र बन्द गरेर हुदैन बाँकी रहेको एक मुट्ठी श्वास पनि लिनु पर्छ । बाँकी कुरामा आपत्ति छैन । सिंङ्गै नेपाललाई मधेश प्रदेश बनाए हुन्छ । हकदावी गरेर दुई अढाई सय बर्ष शाशन गर्न लिजमा लिए पनि हुन्छ ।
तपाईको लेखको पाँचौ प्याराग्राफमा तपाईले भनेको “हाम्रा नेताहरुले किन दिल्ली र बेइजिङतिर समय खेर फालेका?“ भन्ने प्रश्नको उत्तर नै हो तपाईले सरलीकरण गरेको चारवटाँ बुदाँ मध्येको अन्तिम बुदाँ = “ नागरिकतासँग सम्बन्धित धारा र उपधारा“ सम्बन्धीत बिबाद ।
जतिनै बुदाँमा माग राखेपनि “अंगिकृत लाई कार्यकारी बनाउने माग“ स्वीकार्य हुदैन । सबैलाई चित्त बुझाएर नेपाललाई जति चोक्टा टुक्र्याए पनि हुन्छ ।
सरकार र संयुक्त प्रजातान्त्रिक मधेस मोर्चाबीच कात्तिक १५ गते हुने सम्भवतः अन्तिम वार्ता ( मधेशी मोर्चाले बताइ सकेको अवस्थमामा) यसलाई अवसरको रुपमा प्रयोग गरौं र बीचको बाटो निकालौं जसले सबैको लागि जित्ने समाधान (विन विन सलुसन) सिर्जना गर्न सकोस। अन्ततः जस ओलीजीलाई नै जाने हो, देशलाई निकास दियो भनेर। प्रधानमन्त्री भएको बेलामा ऐतिहासिक नेतृत्व गर्ने र सम्पूर्ण नेपाललाई खुसी तुल्याउने अवसरको सिर्जना गर्नबाट नचुक्नुहोस् भन्ने मेरो उहाँलाई सदशयता र सुझाव। हुन त ओलीजीलाई पनि मधेसी भनेपछि काउसो लागेजस्तो हुन्छ, उता मधेसमा पनि ओली भनेपछि मान्छेहरुलाई खाना नै नपच्ने स्थिति बन्दैछ, यी सबै कुराको समाधान ओलीजीको अबको रबैयामा भर पर्नेछ। उहाँले प्रधानमन्त्रीमा निर्वाचित हुने दिन दिनुभएको भाषणलाई सँधै सम्झेर काम गर्नुभयो भने समाधान टाढा छैन । त्यसकारण आजको मौका खेर नाफालौं ।
0 notes
Text
मधेश आन्दोलनका हिलो : दिपेन्द्र झालाई उत्तर
सेतोपाटीमा छापिएको दिपेन्द्र झा को मधेश आन्दोलनमा हिलो नछ्यापौं, छिटो निकास खोजौं भन्ने लेखमा मेरो टिप्पणी मधेशमा यत्रो मान्छे मारिएकोमा वामदेवजी र सुशीलजीका लागि पनि महजोडी र मनोज गजुरेलहरूले क्षमायाचना गरेर पापमोचन गरेको भए हुन्थ्यो। यो देशमा कलाकार र जोकरहरू पनि जातीवादी रहेछन् त?
महजोडी र मनोज गजुरेल पेशैले जोकर हुन । तपाईको आशयलाई मध्यनजर गरेर भन्दा एउटा पहाडिया जोकरले उसको समुदायको दैनिकि अस्तब्यस्त पा��्ने छिमेकी देशको प्रधानमन्त्रीको धज्जी उडायो । यसमा यहाँलाई चित्त दुख्नु पर्ने कुरा के छ ? उसो त राम्रो काम गरे भनेर वाहवाही पाएका मधेसी मुलका मन्त्री लालबाबु पन्डितको कामको प्रशंसा गर्दै गरेको गजुरेलको प्रहसन सबैले रुचाएकै हुन ।
मारिँदा रहस्यमय मौनता देखाउने । आफ्ना देशका नागरिक मारिँदा पाप मोचन गर्न नपर्ने हो त? कि काला अनुहारका ती मधेसीहरू मानव नै होइनन्? हाम्रो राष्ट्रवादको उमंग पनि भारतले जुराइदिँदो रहेछ। तेल र ग्यास पाउन छोडेपछि राष्ट्रवाद जाग्दो रहेछ। त्यसो हो भने हामीले भारतलाई धन्यवाद दिनुपर्दछ हाम्रो राष्ट्रवाद पनि भारतबाटै आयत गर्ने अवसर जुटाइदिएकोमा।
तपाईको कुरामा म आधा सहमत छु । कसैको राष्ट्रियता भारतले जुराईदो रहेछ , कसैको राष्ट्रबाद भारतले जुराईदो रहेछ। यहाँ भारत बिना केही नहुने भो । उसो त सुर्खेत र जुम्लामा पनि आन्दोलनकारीको मृत्यु नभएको होइन । हुन त जहाँका भएपनि नागरिकको मृत्यु हुनु किमार्थ राम्रो होइन, तर राज्यले छानीछानी मधेसीलाई मात्र दमन गरेको छ भन्ने तर्कसँग सहमत हुन सकिन्न । मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई उत्तेजित पार्न के कस्ता करतुतहरु गरिएका छन् भन्ने कुरा सम्झाइरहन नपर्ला । गोली भन्दा बोली प्रयोग गर्न चाहने एसएसपीलाई हिंसक तारिकाले मारिनुलाई त हजुरले पहाडे राज्य सत्ताको दलाललाई गरिएको गौरवपुर्ण सफाया भन्नुहुन्छ होला हैन ??
कति परनिर्भर रहेछौँ त हामी! भारतीय दूतावास अगाडि भारतबाटै आएको पेट्रोलको बोतल देखाएर राष्ट्रवाद भइँदैन। यो सस्तो लोकप्रियताले केही हुँदैन। देशलाई आत्मनिर्भर बनाउन कति पसिना बगाइयो र देश कति आत्मनिर्भर भयो भने मुल राष्ट्रियताको प्रश्न हो। त्यसका लागि हाम्फाल्नु पर्यो नि राजनीतिमा। आउनु पर्यो नि अगाडि। उँट पहाड निर आएपछि उसलाई आफ्नो उचाई थाह हुन्छ।
“आप करेतो चमत्कार , हम करे तो बलत्कार ? “ तराईमा ईण्डीया वेलकम लेखेर जुलुस गर्दा राज्यप्रति असहमति जनाएको हुने काठमाण्डौमा चाँही भारतिय दुतावासलाई एउटा बोत्तल सम्म देखाउन नहुने ? कहिलेकाँही तपाईहरु जस्ता क्षेत्रिय बिचार राख्नेहरुको पहाडियाहरुको भन्दा बाईस गुना ठुलो छात्ति देखेर डाह लाग्छ ! सामरिक हिसाबमा भारतसँग नेपालको तुलना हुन नसक्ला, तर उताबाट आउने कुनै पनि कुरा उसले अनुदान सहयोग दिएको त होइन नि । अन्तराष्ट्रिय सन्धी, समझौता र कानुनको अनुसार एउटा भुपरिवेष्ठित देशले पाउने सुबिधा हो भन्ने कुरा हजुर जस्तो कानुनको दिग्गजलाई म नाथेले के सम्झाउँ ।
भारतलाई प्रश्न सोध्दा हामी मधेसीको अनुहारतिर नहेर्नुस्, हाम्रा आफ्नै पीडा, आन्दोलन र मुद्दाहरु छन्। हामी त काठमाडौलाई दाइ भन्छौ र दाइको पनि दाइ हाम्रा लागि माहादाइ हुने नै भयो। तपाईँ पनि माहादाइसँग भिड्न सक्नुहुन्न अनि अनायास सवै दोषको भारी जति हामीलाई बोकाउनु हुन्छ। यस्तो परिस्थितिलाई बुझाउन मधेसमा एउटा उखान प्रचालित छ - ‘भैया सनै जिते त भउजी खोँचा फाँडे।’
हामी जतिको राष्ट्रवादी त को नै होला र? विचार गर्नुस् त सीमा विवाद तराईको सीमा क्षेत्रमा पनि छ, तर कालापानी र लिपुलेक जस्तो विवाद त्यहाँ छैन। सिक्किममा हाम्रा जस्ता अनुहार भएकाहरू धेरै भएको भए सायद तपाईँहरूले भने जस्तो सिक्किमीकरण पनि हुँदैन थियो कि? अलि फरक ढंगले पनि सोच्ने कि? कोशी, मेची, माहाकाली लगायतका सम्झौता गर्नेहरूको थर हेरे हुन्छ र राजूदतहरूको डिनर पार्टीमा जानेहरूको नाम पाँचतारे होटलहरूबाट लिए हुन्छ। नेपालमा टे्रन्ड नै के देखियो भने जे आफू हुन्छ त्यो आरोप अरूलाई लगाएपछि आफू चोखिने भयो। मधेसीहरुलाई भारतका दलाल र भारतीय भनेपछि नेपालका जस्तोसुकै राष्ट्रघातीहरूले खाँटी राष्ट्रवादीको परिचयपत्र पाउने रहेछ। होइन यो भारतीय दलाल भन्ने शब्दावलीलाई राष्ट्रिय थेगो नै बनाइ देऊ, अझ यसलाई संवैधानिक मान्यता दिन संविधान संशोधन गरेर नयाँ संविधान नै यो शब्दावलीलाई राखि देऊ। मधेसीहरू जन्मिदाँ खप्पर मै भारतीय दलाल लेखाएरै ल्याउँछन् कि क्या हो? टोपी लगाएर जति अराष्ट्रिय काम गरेपनि राष्ट्वादी कहलिने र धोती लगाएकाहरू प्रत्येक मिनेट राष्ट्रवादी हुनलाई परीक्षा पास गर्नुपर्ने कस्तो मापदण्ड हो?
उसो त मलाई यि पुरातन धार्मिक घटनाक्रममा उति बिघ्न विस्वास छैन । तर पनि तपाईले यसै लेखमा रामायणको कुरा उठाउनु भो । मलाई माहभारको कुरा याद आईरहेको छ । माहाभारतको कथा अनुसार भिष्मपितामह लाई मार्न सकिदैन भनेर शिखण्डीलाई अगि सारेर पान्डवले युद्द जितेका थिए । संविधानको विषयबस्तु पनि सार्वजनिक नभै सल्किएको मधेश आन्दोलनामा प्रारम्भिक दिनमा “धैरै मधेशी साधीहरु” उपेन्द्र यादव सँग गिरिजाले गरेको १६ बुँदे सम्झौता हाम्रो माग हो भन्थे । भारतको रिजर्वेशन भनिएका सात वटा संसोधनका बुँदा बाहिर आए पछी हामीलाई संविधान सँग मधेशीदलहरुको माग थाहा भो । अहिले तेर्स्याईएका ३५ वटा मागहरुमा क्रमसंख्या बिगारेर तिनै सात��टा माग पनि परेका छन ।
मधेशीदलका नेताहरु वार्ताको लागि काठमान्डौ नआउदै भारतिय विदेश सचिव (अघोषित) नाकाबन्दी लम्बिन्छ भन्छन । भारत नाकाबन्दी गरेको हैन सिमामा अवरोध भएको भन्छन । मधेशवादी दलका नेताहरु रातोरात एउटा नाकाबाट अर्को नाकामा धर्ना दिन पुग्छन ।
आउनुहोस । बिना पुर्वाग्रह भारतको कुरा गरौ । उसलाई पनि गार्हो छ नि ठाडै घोषण गरेर नेपालको आन्तरिक मामलामा हस्तक्षेप हुने गरि घोषणा गरेर नाकाबन्दी गर्न । तर हाम्रो दुर्भाग्य , द्वापरयुग होस वा कलियुग शिखन्डीहरुक कमि नहुदो रहेछ ।
पारी यूपीको अयोध्यामा विवाह भएकी सिताको रामसँग डिर्भोस भएर नेपाल फर्किदा धनुषाको सिडियो कार्यालयले लवकुशलाई दिने नागरिकता भनेको अंगीकृत हो। लौ लवकुशजी तपाईँकी आमा नेपालको राष्ट्रविभूती हुने तर तपाईँ अंगीकृत नागरिक हुने भएकोले यतापट्टी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभाभुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखमा समेत नियुक्त हुन पाउनु हुन्न। अर्थात नेपाली नागरिकका सन्तान देशमा दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने अवस्था छ । फेरि अहिले आएर तपाईँको भोट पनि काउन्ट हुँदैन। निर्वाचन क्षेत्रको पूनरावलोकन २० वर्षमा मात्र हुने भनेको छ। चार चुनाव पछि चार जेनरेशनको मतको गणना नै नहुने भयो यो देशमा। पुरूषको बंशावली मात्रै चल्ने देशमा छोरीको सन्तानलाई दोस्रो दर्जाकै नागरिक मान्या देश हो। यसकारण लवकुशजी माफ गर्नुहोला।
भान्जाभान्जीको बाहानामा यहाँ पुस्तौ देखी नेपालमा बसेको एउटा "झाँगड"को 'राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभाभुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखमा ' हुन पाउने अधिकार एउटा अङ्गिकृत नागरिकता धारी झारखण्ड (भारत) को झाँगडले खोस्ने भयो नि त ?
२००२७ सालमा नेपाल पसेका सोनपर्षाका अँगिकृत नागरिकताधारी नव नेपालीको लागी आदीवासी थारुहरुको अधिकार किन कुन्ठीत पार्ने ? यसको प्रत्यक्ष फाईदा कसलाई पुग्छ ? भान्जाभान्जीको दुहाई दिएर हजुरआमाको मन पगाल्न सकिन्छ तर यसो गरदा भुसतिन्डे छिमेकीले आफ्नै आमा माथी गिद्दे नजर पो लगाएको हो कि ? त्यो चाँही नजरअन्दाज गर्न सकिन्न । संसारमा कुन चाँही देशमा अँगिकृत नागरिकताधारीलाई राजकाज सुम्पेको छ ? उदारण दिदाँ यहाँलाई चित्त दुख्ला तर भारतमै पनि सोनिया गाँन्धीले कहिले नागरिकता लिईन र कार्यकारी पदमा पुग्ने बेलामा के कस्ता कुरा उठे थाहै होला ।
आउनु होस , तपाईहरुले बुझेर पनि ��ुझ पचाई रहेको एउटा कुराको खुल्ला छलफल गरौ । फिजीमा सन् १८८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरुको जनसंख्या नेपालको जस्तै अस्थीर राजनैतिक अवसस्थआको कारण सन् १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यहाँ तपाईहरुले चाहेको जस्तै अंगिकृता नागरीकताको आडमा भारतीय नागरीक महेन्द्र चौधरीले प्रधानमन्त्रीमा विजय हासिल गर्न सफल भए भने संसदमा ७१ सिट मध्ये ३७ सिट भारतीय नागरीकहरुको हातमा गयो । बिजय गच्छेदारलाई सोध्नुहोला । यो कुरा उनलाई स्वीकार्य छ ?
भन्ने बेलामा मधेशको ९० प्रतिशत मत हामीले पाएका छौं, मधेशवादी दलहरूले ५ प्रतिशत मत मात्रै पाएका छन् भन्छन् ठूला दलका नेताहरू। तपाईँहरुलाई लाग्छ, हाह भोट दिने मधेसी जनता तपाईँसँग अझ पनि छ, भने तपाईँहरू जनतामाझ नयाँ संविधानको प्रतिरक्षा गर्न किन गर्न सक्नुहुन्न? मधेसबाट चुनाव जित्ने ठूला दलका सांसदहरू यतिखेर मधेस पसेर जनताको चित्त बुझाउन किन सक्नुहुन्न? मधेस जान उहाँहरू किन डराउनुहुन्छ?
तपाईले भने झै म पनि भन्छु कथित ठुला दलका नेताहरु मधेश जान डराई रहेका छन । तर जो डराएनन तिनको हवीगत के भयो ? बर्षौको राजनिति दाउमा राखेर मधेशि दाजुभाई सँग हिड्छु भनेर जनकपुर पुगेका बाबुराम भट्टराईको अवश्था के भयो ? कैलालीमा आन्दोलनकारी लाई सम्झाउन पुगेका एसपीको के हविगत भयो ? तराईको आन्दोलन कस्को नियन्त्रणमा छ ? नेतृत्वविहिन भन्दा चित्त दुख्ला तर सुझबुझ बिनाको नेतृत्वले सम्हालेको “भिड” देखी परै बस्न पर्छ ।
अर्को कुरा , हिंसाको र हिँसक जत्थाको आकार हुदैन । कसैले बिसजना मान्छेहरु जम्मा गरेर काठमाण्डौ कै बिसठाँऊमा एकै पटक बिस्फोट गर्यो भने १५ लाख जनसंख्या भएको काठमाण्डौ एकाएका आक्रान्त बन्छ । यसको हल्ला र प्रभाव दुईलाख मान्छेले बिद्रोह गरेको जस्तो देखीन्छ । राष्ट्रीय अन्तराष्ट्रीय सञ्चार माध्यमले राजधानीलाई बिद्रोहीलाई कब्जा गरेको खबर फूक्दीन्छन । तर वास्तवीकता ? यो कुरा नभुलौ ।
जसले ९० प्रतिशत मधेसी जनता हामीसँग छ भन्ने दाबी गर्छ, उसले भने मधेशमा रहेको समाजिक कुरितिको सबै बोझ ५ प्रतिशतवालाल राजेन्द्र महतो, उपेन्द्र यादव जस्ताले हटाइ दिनुपर्ने भन्दैछन्।
कुनै पहाडियाले सदिक्ष्या राख्दैमा राजेन्द्र महतोको पार्टि टुक्रा टुक्रा हुनबाट बच्दो रहेनछ । तराईका सिमान्तकृतहरुको दुहाई दिएर राजनिति गर्नेहरु ले पनि ठाँउ पाउदा अरुलाई सोच्दा रहेनछन । टोपी लगाउने त छोपी खाने नै भए तपाईका राजेन्द्र महतो , उपेन्द्र यादवहरु हिजो सत्तामा रहदाँ तराईको लागी के मेखो ��ारे ? राजेन्द्र महतोले कतिवटा अस्पताल खोलिदिए ? तराईमा कतिवटा दरबन्दी थपे ? तराईवासीको निशुल्क औषधीमुलोको लागी कहाँ के गरे ? उपेन्द्र यादव हिजो परराष्ट्र तथा उपप्रधानमन्त्री हुदाँ तराईवासीहरुको लागी के गरे जसले तपाईहरुले भन्ने गरेको वर्षौ देखि राज्यबाट उपेक्षित मधेशीहरुको जिवनस्तर उकास्न सहयोग गरोस ।
होइन यो ९० प्रतिशतवाला र राज्यको सबै कर प्रयोग गर्नेवालाको समाजिक कुरित हटाउने कुनै हुँदैन की क्या हो। ‘जो होचो उसको मुखमा घोचो’ भनेको यही हो।
मधेशीहरुले राज्बाट १० प्रतिशत मात्र राज्यको स्रोत साधन प्रयोग गरेको तथ्याङ्क उपलब्ध गराई दिनु भए तपाईको अधिकारको लडाईमा पहाडेहरु पनि पछि लाग्छन । केही मधेशवादी नेताहरुले भन्ने गरेको “पाहडे, शोषक, सामन्ती , एलिट” वर्गमा पर्ने अर्थविद अच्युत वाग्लेको भनाईमा तराई नागरिकहरुलाई पहाडी क्षेत्रका भन्दा डेढी लगानी गरेको छ ।
विदेशी धर्तीबाट आफ्नो देशमा ढुंगा हान्ने रहर कस्को पो हुन्छ र यहाँ त आफ्नो देशले नै नागरिकलाई विदेशीको जस्तो व्यवहार गर्छ र पो त। मधेसी जताकै अगाडि ४५ जनाको टाउको र छाति ताकी ताकी राज्यका सुरक्षा अधिकारीहरुले गोली हानेपछि मधेसीहरुको मन छिया छिया भएको छ। फेरि हिर्काउँछन् भन्ने डर छ उनीहरुमा । आफ्नै भूमीमा परायाको व्यवहारले आजित भएर अहिलेको सबै कुरा भइरहेको हो बोर्डरमा। मधेसीहरुको पीडामा विचार न गरी पारिबाट ढुंगा हिर्कायो भने समाचार लेख्नेले कहिले हाम्रो मनको पीडा पनि लेखिददिए हुने नी। आफ्नो घरलाई आफ्नै ठान्न नसक्ने हाम्रा मनोदशाका कारणहरु के के होलान् त?
राज्य सँग माग्नेहरुले गुमाएको कुरा गर्दा अहिले मरेका ५४ जनाको मात्र कुरा गरेर नहुने रहेछ । २०५२ सालबाट शुरु भएको १७ हजार नेपाली दाजुभाई मार्ने माओवादी आन्दोलन मात्र हैन त्यो भन्दा पहिलेको राजतन्त्र बिरु्द बिद्रो गर्ने झापा देखि छिन्ताङ्ग सम्मको बलिदानी सम्झनु पर्ने रहेछ ।
आउनुस् हेर्नुस् एउटा मात्रै उदाहरण धनुषाका अहिलेसम्म भएका ४५ जना सिडिओहरुमा ४३ जना भट्टराई, ढकाल, ज्ञवाली, नेपाल, कोइरालाहरू मात्रै छन् हजुर। त्यो सिडिओ अफिस् बोर्ड हेर्दा नै लाज लाग्छ। गोली खाने र गोली चलाउनेको फरक अनुहारले पनि दमन गर्न प्रोत्साहन गरेकै हो।
अब मैले स्वास्थ्य र ईन्जीनियङ्ग मा मधेशीहरुको बाहुल्यता छ भन्न थाले भने स्वास्थ्य तथा बिज्ञान प्रविधिमन्त्रि को छ भन्नुहोला । राष्ट्रपतिलाई हामीले एकताका प्रतिक मानेकै छौ । साच्ची तपाईले वकिल बन्नको ��ागी कुनै पहाडियाले समस्या त पारेन नि ? सबभन्दा मुख्यकुरा , प्रदेशलाई पनि कानुन बनाउने अधिकार छदैछ । तराईबासी , झाँगड , डुम , चमार हरुलाई कति अधिकार दिनु हुदो रहेछ हेरुम्ला ? मलाई त कहिलेकाँही लाग्छ , दुई नम्बर प्रदेशको न्याधिश कानुनको एउटा किताब पनि नछिचोलेको डुम हुन्छ । शोषित , पिडितहरुक अधिकारको कुरा जो छ ।
भावनात्मक होइन तार्किक बहस गरौं, संविधानको विषयमा कसले भम्र फैलाउन खोजेको हो आफैं छताछुल्ल हुन्छ। संविधानमा भएका राम्रा विषयको स्वामित्व लिइन्छ र नराम्रा संसोधनका लागि कलम, अदालत र सडकवाट संघर्ष गरिन्छ।
सहमत । यो हो नि नेपाली स्प्रिट झा जी ! यसभन्दा अगाडी पनि हामी यस्तै कुराको अपेक्षा गर्छौ ।
तपाईँहरूले राजेन्द्र महतो छिमेकीको महल देखाएर उनलाई जति भ्रष्ट भनेपनि वा श्रीमतिलाई सभासद्को पद बाँडेको व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिए पनि राजनीतिक आन्दोलन कम भएर जादैन, बरु झन बढेर जान्छ। हामी जति जति बेला सामूहिक राजनीतिक मुद्दाका कुरा उठाउँछौं, तपाईँ व्यक्तिगत कमजोरी केलाउँनमा समय खेर फाल्नु हुन्छ। अनि कसरी निस्किन्छ, निकाश।
महतोको महलसँगै देउवा र ओलीजीको दरबारलाई देखाएको हुन्थ्यो नि। अनि थाहा हुन्थ्यो, विचरा महतोजीको त झुपडी रहेछ। काठमाडौंमा घर बनाउने प्रतिलिपि अधिकार पनि एउटै समुदायको रहेछ कि क्या हो? यस्तो सोँचले कसरी बन्छ विवधतायुक्त देश।
पहाडे शोषक सामन्तिहरु त कहिलेकाँही आफ्ना नेताहरुलाई हिजो “ चप्पल लगाएर हिड्नेहरु “ भनेर टेलिभिजनमै दुत्तकार्छन । तपाईहरु राजेन्द्र महतोले त्यो बिशालकाय “झोपडी” (हरु) बनाउने पैसा कहाँ बाट ल्याए सोध्नु हुन्न ?
ओलीजी, जसलाई तपाईँ माखो सांङ्लो भनुभएको छ, त्यसमा म के भन्छु भने म काठमाडौंमा भएकोले जान पाइनँ। तर, मेरो दिदी जानु त्यो विशाल मानव सांग्लोमा जानुभएको रहेछ, तीन घण्टा हिंडेर शान्तिपूर्ण अधिकारको आन्दोलनमा आफ्नो परिवारको सहभागिता जनाउन । म कदापी बर्दास्त गर्न सक्दिनँ तपाईँले मेरो परिवारको सदस्यलाई माखे सांग्लो भनेको। यत्रो ठूलो जनसंख्यालाई माखो अर्थात झिंगा भने ब्यक्ति देशको प्रधानमन्त्री बन्ने योग्यता कसरी राख्न सक्छ? लौ प्रधानमन्त्री भएपछि माँखोलाई दुई हातले किचिने डर हटाइदिनुस् हाम्रो मनबाट।
अोलीले यसो भन्नु हुन्थेन । यसो भनिरहदाँ यहाँले यो नबिर्सिई दिनुहोला कि “शोषक, सामन्ती , पहाडे ” बाहुनहरु केपी ओली लगायत टोपी लगाउने नेताहरु��ो कार्यकर्ता हुन त तिन्ले जे गरे पनि धोती नलाउनेहरुले भने जस्तै गरेका हुन भनेर । केपी ओलीले बोलेका कुराको हिसाबकिताब सबैसित लिन पाईन्न ।
आन्दोलनरत मधेशी र थारूको माग सम्बोधन गर्न भन्दै सरकारले नेपालको संविधान (पहिलो संशोधन) संशोधनको विधेयक दर्ता गर्यो। सरकारले आन्दोलनरत पक्षहरुसँगको छलफल तथा राजनीतिक सहमतिको आधारमा यो विधेयक ल्याएको भए उपयुक्त हुन्थ्यो। एकतर्फी रूपमा आन्दोलनरत पक्षको सहमति बेगर ल्याएको संशोधनको विधेयकको स्वामित्व सबै पक्षले सहजै ग्रहण गर्दैन।
मधेशवादीहरुले चाहे जस्तो भए नत्र बेठिक ? हेर्नुस राजनितिलाई पेशा बनाएका समुहहरु सँग डिल गर्न त्यती सजिलो छैन । २ नम्बर प्रदेशको क्षेत्रमा बिजय गच्छेदार, उेपन्द्र यादवले सोलोडोलो जित्ने स्थान छैन । यसको लागी सुनसरि र मोरङ्ग र सुनसरी टुक्र्याउनु पर्छ । उपेन्द्र यादव एमालेमा छदाँ देखि एक समुहले अरुणपारिका जिल्ला लिम्बुवान हुनुपर्छ । टुक्र्याउन पाईदैन भनेर त्यत्रो बन्द हडताल भए । टुक्र्याए पनि नहुने नटुक्रयाए पनि नहुने । कुरा के छ भने नि झाजी ! समस्या मधेशी नेतृत्वमा छ । भएका पार्टि चोईटिदा चोईटिदा दुई दर्जन नेता तयार भएका छन । नेपाल जस्तो सानो देशमा भाग पुग्दैन ।
साथै उक्त संसोधन प्रस्तावमा अन्तरिम संविधानमा रहेको मधेशमा जनसंख्याको प्रतिशतको आधारमा भन्ने शब्दावली राखिएको छैन। यसकारण यो संशोधन विधेयकमा मधेशको जनसंख्याको प्रतिशत भन्ने शब्दावली राख्नमा के को आपत्ति?
तपाईहरुको सबै माग पुरा गर्दै गएर बढेको जनसंख्याको आधारमा प्रतिनिधित्वको गराउदै जाने हो भने कर्णालीका केही जिल्लाबाट प्रतिनिधित्व शुन्य बराबर हुने देखीन्छ । हक अधिकार सबै मधेशीहरुलाई मात्र दिएर अरु चाँही बाबाजी का ठुल्लु ? भारतमै हेर्नुस त्यहाँ पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुने ब्यबश्था छैन ।
होइन यो मधेश शब्दसँग यत्रो प��हेज किन त? अझ सीमांकन जुन मधेशको मुल मागहो यसको सम्बोधनको विषयमा सरकार र तीन दलले देख्याएको मौनता आफैंमा रहस्यमय छ। लगभग दुई महिना भइसक्यो यत्रो लामो बन्दको भावनालाई पनि बुझ्न नसक्ने कस्तो सरकार हो? वार्ता गर्ने तर सीमांकनको विषयमा नछिर्ने प्रवृत्तिले कुनै पनि निकाश देला जस्तो लाग्दैन।
यो बिषयमा माथि भनि सकेकोले धेरै बोली रहन परेन ।
यसकारण काठमाडौंमा मञ्चन गरिएको सत्ताको कृत्रिम किचलोले संशोधन प्रस्ताव तुहिने र मधेश आन्दोलनमा हिलो छ्याप्नेभन्दा पनि निकास खोजौँ। हाम्रा गाँउतिर पनि बैंक र मनि ट्रान्सफरबाट पैसा झिक्न पाएका छैनौं। मालपोतमा जग्��ा नामसारी गरेर बिदेश जाने, छोराछोरीको विवाहका तयारी गर्ने काम गर्न पाएका छैनौं। परीक्षा दिने विद्याथीहरु परीक्षा दिन पाएका छैनन्।
हो नि मधेश आन्दोलनले मधेशीहरु पनि उत्तिनै पिडित छन । मधेशमा स्कुल बन्द छ । सिनेमा घर र भट्टीहरु धैरै ठाँउमा खुल्लै छ । सवारीसाधनका पँहुचवालाहरु लाई जय मधेश भन्दा यो शहर र त्यो शहर गर्न कुनै बन्देज छैन । तराईका जमिन्दारहरु बाहेक सबै नै पिडित छन ।
ड्राइभर, खलासी, पसलेहरू जसले बैंकबाट लोन लिएका छन् किस्ता तिर्न नसक्ने अवस्थामा अब आत्महत्या गर्न मात्र बाँकी छ। यसकारण हाम्रा पिडा पनि सयममै चेतना भएको राम्रो। हामीलाई सत्तासँग केही लिनुदिनु छैन। चाहे ओलीजी प्रधानमन्त्री बन्नुहोस् वा कोइरालाजी वा देउवाजी हाम्रो ठूलो सरोकारको विषय होइन। तर सत्ताको लडाईँमा दुई तिहाई पुग्न नदिने, संविधानकको संशोधन हुनबाट रोक्ने र सीमांकनको टुंगो लगाउन नदिने जस्ता कार्यले देश र मधेश कसैलाई पनि हित गर्दैन्।
यसपाली त्यस्तो नहोला । सरकारमा राजेन्द्र महतो आपुर्ती मन्त्री भए पनि हाम्रो लागी ठुलो सरोकारक बिषय हैन। तपाईले मेरो छालाको रङ्गलाई जती दुत्कारे पनि झा जी म पनि तराईका बहुसंख्यक जस्तै राज्यसत्ता सँग पहुँच नभएको आम नेपाली हुँ ।
तिमी कुटे जस्तो गर म रोए जस्तो गर्छु जस्ता काम गर्नुभन्दा समयमै संविधान संशोधन गरी मधेशका जायज मागहरुको सम्बोधन गरी देशलाई निकास दिनु अहिलेको प्रथम प्राथमिकता हुनुपर्छ।
हो जायज मागहरुको सुनवाई हुन पर्छ ।
0 notes
Photo





मिडयाले देवत्वकरण गर्न खोजीरहेका नारायणकाजीलाई तिनै मिडियामा देखीएको फोटोको आधारमा पनि भन्न सकिन्छ - उनि ढोङ्गी हुन । भुतपुर्व मन्त्रीको हैसियतमा पाउने कुनै सुबिधा लिन्न । सर्वसाधरण झै सार्वजनिक यतायत प्रयोग गर्छू भन्छन तर
उनि पैदल हिड्दा पनि उनको झोला उनको साहायकले बोकी दिनु पर्छ ।
पानी पर्दा साहायकलाई उनको छातामा ओत लाग्न सम्म दिदैनन ।
उनको पानी पर्दा ओड्ने छाता उनको साहायकले बोकी दिनु पर्छ ।
सबभन्दा रमाईलो कुरा त आफ्नो झोला साहायकलाई बोकाउने हैसियत राख्ने उनि हामी जस्ता अर्काको भारी बोकेर सार्वजनिक यतायत चढ्ने मध्यमबर्गिय सर्वसाधरणको तेजोबध गर्न आफ्नो झोला साहायकलाई बोकाएर हाम्रो सिटको छेउमा टुसुक्क बस्छ ।
हाम्रो गरिबीको यो भन्दा ठुलो उपहास के हुन सक्छ ? :(
2 notes
·
View notes
Text
गुगल प्लसको भविष्य
फेसबुकलाई टक्कर दिने अभिप्रायले गुगलले सञ्चालनमा ल्याएको सोसल नेटवर्किङ्ग वेबसाईट गुगल प्लस बन्द हुदैछ भन्ने हल्लाले गत सप्ताह ठुलै चर्चा पायो । गुगलले आधिकारीक रुपमा यसबारे कुनै जानकारि सार्वजनिक नगरेको भएता पनि गुगलबाट गुगल प्लसका प्रमुखले बिदा लिनु , गुगलको मुख्यालयमा गुगल प्लसको सञ्चालनमा कार्य���त कर्मचारीहरु सरुवा गरेर अन्य उत्पादन शाखामा सरुवा गरिन लागेको कुराले यस हल्लालाई बल पुगेको थियो ।…
View On WordPress
0 notes
Text
उसो त छिमेकी जिल्लाको नेता भएर होला । लालबाबु पण्डीतको नाम पहिल्यै नै सुनेको थिए । मन्त्��ी भएपछी त छापाहरुमा छाउने नै भए । उनको चर्चा सँगै गैरआवशिय नेपालीहरुको बारेमा उनले ब्यक्त गरेको धारणाले चर्चा पायो । त्यस बिच शायद मैले ABC टेलिभिजनमा होला उनको अन्तर्वाता हेरेको थिए । मान्छे अलि घामड (अब्यबहारीक) हुन कि जस्तो लागेको थियो ।
समाचार बेच्नु थियो । पत्रिकाले उनको बोलीलाई अलि क्रान्तीकारी तरीकाले उचाली दिए क्यार। मैले पहिले नेपालबाट सरकारी तलब खाएर बिदेशमा पिआर लिएर बसीरहेका प्रति उनको रिस हो भन्ने बुझेको कुरा अब जुनसुकै कारणले बिदेशपुग्ने नेपालीहरु राष्ट्रघाती (देशको माया नभएको भन्ने अर्थमा होला ) हुन भने जस्तो भो ।
यसबिच पण्डीतको मिडीया पण्डीत्याँई खुबै भो । बिदेशबाट नेपालीहरुले म फलानो र चिलानो भएर बिदेश आँए मलाई किन गाली गरिस भनेर खुल्ला पत्र लेखे । कुरोको चुरो भगवान जानुन । यस बिच न पण्डीतले मेरो आशय यो हो , यसो भनेको हैन भने । न सम्पुर्ण गैरआवशिय नेपालीहरुलाई लालछ्ना लगाई रहदाँ गैरआवशिय नेपाली संघले ' भन्न खोजेको के हो ?' भनेर खोजीनिति गर्यो । बिदेशी प्रगती सँंग कुनै सम्बन्धमा नभएकोले हुन सक्छ । यो कुरा नै वाहियात बकबास भने जस्तो लाग्न थाल्यो मलाई । खासमा कुरा बकबास नै त कहाँ थियो र ? कुरोको चुरो नबुझेकोले बिखलबन्दमा परियो ।
हिजो मात्र अन्नपुर्णपोष्टमा कृष्णप्रसाद भण्डारीको एउटा लेख पढीयो । त्यसपछी पण्डीतको पण्डीत्याँईको बारेमा यही लेखको आशय अन्तीम सत्य हो भन्ने लागेको छ । खासमा मोही माग्ने ढुङ्रो लुकाउने गरेर कहाँ मोही खान पाईन्छ र ?
शुरुमा पण्डीतले यसखालका मान्छेलाई निशानामा पारेका थिए होला भन्ने लागेको थियो ।
त्यस बिच यसखालका लेखहरु आउन थाले पछी बिखलबन्दमा परियो ।
यो लेखपढे पछी अब मलाई खासै यसबारे खोजीनिती गरी रहन मन छैन । कुरोको चुरो यही हो भन्ने मेरो पनि मान्यता रहेको छ ।
0 notes
Photo

सम्झनामा कम्बोडिया (अन्नपुर्ण पोष्ट , २०७० चैत्र २२, शनिबार )
1 note
·
View note
Link
In this tutorial, we're going to create some slide and push off screen menus that transition into view using CSS3 transitions.
0 notes
Text
खुट्टा नहुनेलाई जुत्ता
खासमा सन्सरा बार नभई मेरो दिमागले खासै फुर्सद पाउदैन त्यसैले म अरु दिन हम्मेसी यहाँ आउदिन । यहाँ भन्नाले यस ब्लगमा । आज दिनभरी मेरो मनमा एउटा कुरा खेली र���यो । यो कुरा शेयर गर्नको लागि उपयुक्त मान्छे नि भेटिन । जसलाई पायो त्यसलाई जुन पायो त्यही कुरा सुनाउदा के रियाक्सन होला भन��र मलाई बढो डर लाग्छ । त्यसैले म रिक्स लिन्न । त्यसैले मैले यो कुरा दुनियाँलाई सुनाउने बिचार गरे ।
भुमीका
म फुच्चे थिए । नेपाल टेलिभिजनमा बिजयकुमारले एउटा कर्यक्रम चलाउथे । दिशा निर्दैश भन्ने चाही हैन । सम्भवत उनले एक पटक बिनोद चौधरीलाई कार्यक्रममा ल्याएका हुनु पर्छ - बढो टेश पर्दो कुरा गर्या थिए उनले । " लङ्गडोलाई खुट्टाको आश हुन्छ रे , भगवानले चमत्कार गरेर उसलाई खुट्टा दिए भने उसले चप्पल खोज्छ रे । चप्पल लाउन थाले पछी जुत्ता , जुत्ता पाए पछी हिड्न नपरे हुन्थयो भन्ने सोच्छ रे ..... "
सन्दर्भ
एउटाले यसो भनसुन गरेर जागीर भेट्या थियो । जागिर खान थालेको महिना दिन नबित्दै उसको नियुक्तीपत्रमा हस्ताक्षर गर्ने हाकीमले अड्डामा माल पड्काई रहेको छ भनेर उसै सँग निहुँ खोजेछ ।
उपसंहार
म स्तब्ध छु । मुलालाई मैले किन ङिच्च दाँत देखाएर जागीरको लागी सिफारिस गरे भनेर :(
1 note
·
View note
Text
ट्वीटर नमुनाहरुको शहर हो ।
नमुना १ : फलोब्याक देउ ।
नमुना २ : फलोब्याक दिए पछी अनफलो नगर ।
नमुना ३ : ब्लक गर्दिन्छु ।
नमुना ४ : कति वटा रिट्वीट भएछन ?
नमुना ५ : यती रिट्वीटले कहाँ पुग्छ र ? यसलाई डिलीट गरेर टाईमलाईन चलायमान भएको बेला फेरी गर्छु ।
नमुना ६ : के छ बुने ? (बुने भन्नाले यहाँ प्रतिकात्मक रुपमा कुनै युवती बुझ्नु पर्छ ।)
नमुना ७ : डिएम पठाएको छु #bune
नमुना ८ : बजार रक्सी र बोक्सीले तातेको छ ।
नमुना ९ : फूली
नमुना १० : हाईकिङ्ग
नमुना ११ : मेरो ब्लग पब्लीस भा छ हेरेर कमेन्ट गर्द्याओ न (सके सम्म डिएममा)
नमुना १२ : क्रिकेट
नमुना १३ : फुटबल (अझ म्यानचेष्टर र चेल्सी )
नमुना १४ : आज मौसमले च्यालेन्ज गरेको छ ।
नमुना १५ : धरधरी साहित्य
नमुना १६ : फूलीबाद ( फुली भनेको एस्ट्रीक हो । एस्ट्रीकलाई "समाज", "माओ" आदीले प्रतिष्थापन गर्दा हुन्छ । )
नमुना १७ : ब्लग लिङ्क (?अटोलिङ्क?) (लाग्छ दुनियाको सब ��माचार तिनैले पढ्छन र त्यही शेयर गर्या हुन । )
नमुना १८ : बाबुराम को ट्वीट
नमुना १९ : नुनदेखी सुन सम्म को बिज्ञता
नमुना २० : चलचित्र समिक्षा
नमुना २१ : अन्तरा !
नमुना २२ : स्त्रीलम्पट
नमुना २३ : झ्याप !
नमुना २४ : राष्ट्रीयता
नमुना २५ : बुद्द नेपालमा जन्मेको हो ।
नमुना २६ : मेन्सनको रिप्लाई दिएन अनफलो गर्दिन्छु ।
नमुना २७ : बरिष्ठ
नमुना २८ : यती जनाले अनफलो गरेछन ।
नमुना २९ : फलोईङ्ग र फलोवरको डिफरेन्स धेरै भो - बरिष्ठ
नमुना ३० : नम्सकार गरे है सबैलाई (उक्त दिनको पहिलो ट्वीट)
नमुना ३१ : फेसबुकको फोटो पोष्ट गरेको लिङ्क
नमुना ३२ : हावाछेकुवा
नमुना ३३ : रुन्चे साहित्य
नमुना ३४ : धरहराको म:म:
नमुना ३५ : ईन्ष्टाग्राम फोटो
नमुना ३६ : बियर ईन्जीन
.............................
.............................
उत्कृष्ट नमुना : ट्वीटर नमुनाहरुको शहर हो र म पनि त्यसको एउटा बासिन्दा
5 notes
·
View notes
Text
खासमा मैले कहिले देखी ब्लगिङ्ग गर्न थाले ? किन गर्न थाले ? भनेर कसैले सोधे भने म सँग त्यसको सहि उत्तर छैन किन भने मैले ब्लगिङ्ग शुरु गर्दा ताकाको ब्लग मैले उहिल्यै डिलीट गरी सकेको छु । त्यसको केही समय पछी फेरी बनाए अनि फेरी त्यसलाई डिलीट गरे । एक पटक त आफ्नै डोमेनमा होष्ट पनि गरे । त्यसलाइ कन्टेन्ट स्ट्याण्डर्ड नभएको , नियमित नभएको , भाषिक शुद्ता नभएको आरोपमा मैले त्यसलाई डिलीट गरे । तर म नेपालको नेपाली भाषामा लेख्ने पहिलो ब्लगर चाहि छैन । कुरा किन लम्ब्याउने - म सँग प्रमाण छैन तर अलि अगाडी देखि नै लेख्थे भने जस्तो लाग्छ मलाई । माथी मैले कहिले देखी ब्लगगिङ्ग गर्ने थाले भन्ने कुराको उत्तर दिए । अब किन गर्ने थाले भन्ने कुराको उत्तर भन्छु । रुची , वेब डिजाईनमा - तर शुद्द वेब डिजाईन बाहेक कहिले काँही सुचना प्रविधीका घटना क्रमको बारेमा विश्लेश्णतात्मक लेख पढ्न पनि खासै अल्छी नमान्ने र चिने जानेका मान्छेहरुले सोधे पनि नाजवाफ हुन नपरोस भनेर आईटी रिलेटेड ब्लगहरु पढ्न थालिएको थियो । अझै पनि समय मिले सम्म पढ्छु तर आजकल समयले मलाई पछी पारेको छ । त्यसैले यो क्रम अलि कम भयो कि भन्ने पनि लाग्छ । तर आफ्नै ब्लगको कुरा गर्दा जानेक��� कुरा अरुलाई आफ्नो भाषामा सुनाउने रहर भएर ब्लगिङ्ग गरियो र यो क्रम जारी छ ।
अब म मैले माथी उल्लेख नगरेको प्रश्नको उत्तर लेख्छु । आक्कल झुक्कल ब्लग लेख्न थाले पछी एक पटक मलाई एक पत्रकार मित्रले पत्रिकाको लागी लेख्न भने । तर मलाई यो प्रश्ताव मेरो हैसियत अनुरुपको हैन भन्ने लाग्यो । समयक्रम बित्दै गयो । एक दिन मैले ब्लाष्ट दैनिकका सम्पादकलाई अब म लेख्छु मलाई स्पेश देउ भने । भन्ने बित्तिकै मेरो लागी एउटा कोलम नै तयार भयो ब्लाष्टको लागि । खासमा म लेख लेख्न योग्य भै सके भनेर मैले मलाई स्पेश देउ भनेको थिईन । त्यस बिच मलाई म अल्छे हुदै गईरहेको छु । केही कुरा पनि गहन अध्ययन हुन छाड्यो भन्ने लागी सकेको थियो । अनि मैले अचानक यदी मैले पत्रिकाको लागी आर्टिकल लेख्न थाले भने खिसीट्वयुरी बाट बच्न भए पनि अलि मेहनत गरेर कुनै बिषयको गहिराईमा पुग्छु भन्ने आभास भएको थियो । त्यो मेरो सोचाई वा भनु योजना पुरै त लागु भएको छैन तर " सके सम्म त्यसै गर्ने गरेको चाही छु । नियमित ब्लग अपडेट गर्न भनेर पत्रिकामा लेख्न थाले पछी मलाई विषयबस्तुको अभाव हुन थाल्यो । खासमा त्यो अभाव मेरो नितान्त ब्यक्तिगत थियो किन भने सयौ बिषय बस्तुमा लाखौ ब्लगहरु चलीरहेको छन तर सामग्री बिश्लेशणात्मक , निचोड निस्कने र पढ्नेले आफुले भन्न खोजेको कुरा प्रष्ट बुझोस भन्ने हिसाबले बिषयबस्तुको ज्ञान हुन जरुरी देखीयो र त्यो कुरा कहिले काँही लेख लेख्न बस्दा कमि भएको महशुश हुन्छ । तर प्रयास जारी छ । अब यो ब्लग लेख्नुको मुख्य कारण तिर जाँउ - मैले मेरा केही ब्लगहरुमा ठुला आईटी कम्पनीहरुले साना किन्नुको कारण "प्रतिष्पर्था सिमित" गर्नको लागी हो भनेर लेखेथे । ट्वीटरमै एक मित्रले मेरो धज्जी उडाए । त्यस बिषय सँगको बिभिन्न टेकपण्डीतहरुको बिचार पढेर मेरो अध्ययनले त्यही निचोड निकालेको थियो । त्यसैले म बहस गरेर उनलाई कन्भीन्स पनि गराउन सक्थे । तर सधै भरी ट्वीटरमा बुकुर्सी मार्ने फुर्सद हुन्न अनि "भलादमी शब्दले धज्जी उडाए" पछी आफु मौन रहनु नै उचित देखीयो । यस्तै खालको कुरा अर्को एउटा साथीले पनि गरेथ्यो तर मैले उत्तर दिए उसले बहस गरेन । यहाँ मैल भन्न खोजेको कुरा "नेपालका सुचना प्रविधीका ब्लग/वेबसाईटहरुमा" खासै घटनाक्रमको निचोड उल्लेख गरिएको हुन्न र यसका पाठकहरु पनि यस कुरालाई बिचार गरीरहेका हुन्न अनि ठाँउको ठाँउ धज्जी उडाई दिन्छन ।
नेपाली ब्लग , ��िडियाहरुले कुनै ठुलो कम्पनीले साना कम्पनीहरु अधिग्रहण गर्नुको कारण नलेखेर आफुलाई ति ट्वीटेको नजरमा "लाटो देशको गाँडो तन्नेरी" बनाई रहेको अवश्थामा आजको कान्तीपुरले मेरो मैले उहिले लेख्ने गरेको "प्रतिष्पर्था सिमीत" गर्नको लागी ठुला कम्पनीले साना कम्पनी किनीरहेका हुन्छन निष्कर्ष सहितको लेख निकालेछ । कम्तीमा कान्तिपुरका पत्रकार नै सही मेरो जस्तो निश्कर्ष त अरुको पनि रहेछ नि भन्ने भै रहेछ । नबोलीकनै ति ट्वीटे मित्रलाई जिते जस्तो भैरहेको छ । खुच्चीङ्ग ! कुरा त त्यही हो - "फेसबुक / गुगल जस्ता कम्पनीलेहरुले ईन्ष्टाग्राम । स्काईप ह्वाट्सएप किनेको पैसा धेरै भएर हैन । कुनै दिन तिनीहरुले आफ्नो ठाँउ नओगटुन भनेर हो । आफ्नो मैलिक उत्पादन चल्न छोडेपछी आफ्नो बजार नसकियो भनेर हो । खासमा उनिरहरुले अस्तीत्वको बचाई राख्न लगानी गरेका हुन"

4 notes
·
View notes
Text
प्रसंग - १ साहिलो भने पछी दुईजना दाजुहरु थिए भन्नै परेन । तिनै दुई मध्ये जेठो दाजु सँग बस्न भनेर मलाई बुबाले साथै लएर काठमाण्डौ लानु भएको थियो । उसबेला काठमाण्डौको डेरा बसाई रमाईलो हुन्थ्यो । एउटा फ्लाटभरी केटै केटा बस्थे । मेरो दाजुको रुम पार्टनर एक जना न्यौपाने थरका पत्रकार थिए । उनले आफ्नो पेशामा धेरै दिमाग लगाएकोले अलपत्रकार बनेर गाँउ फर्केका थिए । तिनै अलपत्रकारका एक जना दाई थिए । सौतानी दाई थिए क्यार ! तिनी पनि महिनामा ८, १० दिन काठमाण्डौ आउथे । दाईहरु सँग��� बस्दा रहेछन । मलाई पुर्याएर बुबा फर्कि सक्नु भएको थिएन । कुरै कुरामा मैले ति रुमपार्टनर दाईको दाई लाई मैले "दाई" भने । मेरो बा ले के सोच्नु भो कुन्नी - 'दाजु भन भनेर झपार्नु भो !' त्यो घटनाको बारेमा अहिले मलाइ यती मात्र याद छ । तर बा को गालीको प्रभाव ! म हम्मेसी आफुभन्दा सिनीयरलाई दाई भन्दीन । मेरो अफिसमा पनि म धेरैलाई दाजु (कसै कसैलाई दाई नै भन्छु । मेरो मनले तिनिहरुलाई दाइ नै धैरै भा छ दाजु नभन भन्छ :P ) नै भन्छु । मेरो एक सहकर्मीले मेरो यो शैलीलाई "तेल घसे"को भनेर बुझ्या रहेछ । मैले अर्थ्याई दिए । अझै पनि नर्मल्ली दाजु नै भन्छु । प्रसंग - २ मेरो परिवारमा नजिकका नातामा साख्ये दाजुभाई नभएका । बहिनीहरु ३ - ३ वटी ! हाम्रा परिवारमा ४ जना दाजुभाई । तिनीहरु हामीलाई साख्यै दाजु जस्तो मान्थे । उमेरले सबै म भन्दा साना । मेरो पनि बहीनि नभएको उनिहरुको माया लाग्थ्यो । खासमा मेरो ईज्जत गर्थे । वरिपरि झुम्मीन्थे । माया गर्छन मलाई भने जस्तो लाग्थ्यो । म उनिहरु प्रति ईमान्दार थिए । प्रसंग - ३ उनिहरुको बिदेश गए । अझ भनौ नेपाल छोडे । किनभने ति मध्ये एउटी बेलायत , अर्की अमेरिका ! अर्की सानी ���नि भर्खरै उतै गईछ । यसबिच तिनीहरुको परिवारमा सानोतिनो उथलपुथल भो । मैले कसैको काँध थाप्न नसक्ने भए । म आफै स्ट्रगल गर्दै रहेकोले म ब्यस्त हुन थाले । उनिहरु सँग सम्पर्क हुन छाड्यो । ब्यस्त रहेको किनभन्ने ? एकाथपटक उनिहरुको कुरा सुन्दा " म चाही नेपालमा छु भने जस्तो फिल भो । ' त्यसपछी म खासै उनिहरुको सम्पर्कमा रहीन । बेप्रसंगको प्रसङ्ग २ महिना जस्तो पहिले सानीले मलाइ फोन गरी - यस बिच मैले गोडाचार एक सिम फेरी सकेथे होला । उसले कताबाट नम्बर पत्ता लगाएर फोन गरी । कुराको सन्दर्भमा उसले मलाई "दाई" भनेर सम्बोधन गरी । त्यतीबेलै मलाई पारो ताती सकेको थियो । मैले केही भनिन । यस बिच उ पनि अमेरिका गइछ । मुख्य प्रसङ्ग केही दिन अघी उसले मलाइ भाईबरमा म्यासज गरीथि "दाइ, फोन गर्नु भा थियो हो ?" । फेरी मेरो दिमाग तात्यो । भर्खरै भाईबरमा मिसकल आयो । नम्बर अमेरिकाको हो । उसले मलाई अब " दाजु " भनेर सम्बोधन गर्दिन भन्ने डरले मैले उसको फोन उठाईन ।
2 notes
·
View notes
Link
jQuery Plugins are not only essential for lazy web designers, but also for web design companies which get a lot of web design projects. Who would like to s
1 note
·
View note