manishpraja
manishpraja
Untitled
4 posts
Don't wanna be here? Send us removal request.
manishpraja · 4 years ago
Text
बूढो रक्सी
........................
एउटा निर्जीव शरीरको सजीव छाँया झुमिरहेछ - आनन्दमयमा। आनन्द यसकारण कि उसको मस्तिष्क अचेत छ। यसको श्रेय पक्कै पनि बूढो रक्सीलाई दिनै पर्छ। समयभन्दा अगाडि पुग्न पाए भन्ने उहीँ हो, अब बदल्न असक्षम भए, बल मात्र दिन्छु भन्ने पनि उहीँ हो। आफूभित्रको बुतालाई शुष्कतातिर धकल्ने गिरोह पनि ऊ नै हो। त्यसले त ऊप्रति शब्दको मल्हम मात्र घस्रण गरिन्छ। जसअपजस र ऊभित्रको विरोधाभास अहिले छताछुल्ल छ। युवा जोशको महत्त्व बुज्न वृद��ध हुनैपर्छ। त्यसैले आज ऊ बूढो रक्सी गिलासमा रित्याउदै छ। अब म यो शुन्य चेत बोकेर कहाँ जाऊ? ` कुमुदिनी चुडेर प्रियलाई दिऊ कि? या युद्धमा होमिएर वीरचक्र प्राप्त गरूँ या जीवनभरिलाई पुग्ने गोलीका छर्रा बोकेर...आऊ?´
- मनिष
Tumblr media
0 notes
manishpraja · 4 years ago
Text
तिमी र म
................
तिमी म
अनि म र तिमी
जुनेली रातको उज्यालोमा
अनि साथ तिम्रो
मायाको शीतल छहारीमा
अनि हात तिम्रो
तिम्रो मुस्कान मेरो प्रेम
एकान्तमा एक्लै, तिमी म
अनि म र तिमी
तिमी म
अनि म र तिमी
मध्यरातका ती पल
मात्र जुन अनि, चिसो बतास
मिठो मौनता अनि, न्यानो स्पर्श
सुस्तरी ढल्किदै, तिम्रो समीप��ा
मेरो सिरानी तिम्रो काख
एउटै पछ्यौरीको जालभित्र
दुई मुटुमा एउटै सास
अनि, अङ्गालोमा बेरिएका हजारौं सपना
खोज्दछु सधैं तिमीसँग नजिक हुने बहाना
बेरिएको धागोमा अजम्बरी माया
छुट्टिने छैन जुनीभर, तिम्रो मेरो छाँया
मन मिल्ने दौँतरी, तिमी म
अनि म र तिमी
तिमी म
अनि म र तिमी
कलकल खोलाको आवाज सँगै
तिम्रै मुस्कान र प्रीत सबै
हेर्दछु तिम्रा आँखामा, ओठ
अनि, सुन्दर त्यो चाँदनी मुहारमा
चोखो निश्छल छ, तिम्रो माया
भुलाइदिने सारा ओझेल छाँया
प्रेमको सार, तिमी
जीवनको अर्थ, तिमी
प्रेमको मालाको
एउटै धागोमा, तिमी म
अनि म र तिमी
र केबल, म र तिमी ...।।
- मनिष
Tumblr media
0 notes
manishpraja · 4 years ago
Text
`एक साँझ´
....................
एक साँझ
तिमी र म भेट्नेछौ
जहाँ सन्ध्याकालीन घामका किरण आउँनेछन्
हावाको स्पर्शले धानका बालाहरु झुल्नेछन्
अनि, खोलीले भेटाइदिएको किनारमा तिमी र म हुनेछौं
तिमी जून बनेर आउनु
म तिम्रो दागको परिकल्पना गर्नेछु
तिम्रो चोखो कौमार्य पुरुषार्थसँग साट्नपर्दैन
तिम्रो बै��स यो समाजको अगाडि झुक्नुपर्दैन
तिमी आफैंमा एउटा कविता हौ
अक्षरको बिजले तिम्रो कुमारीत्व कहिलै मर्ने छैन
यौनपिपाशुले चिमोठेका छातीका दागहरु अब ढाक्नुपर्दैन
तिमीले ऐना अगाडि कृतिम श्रृङ्गार पनि गर्न पर्दैन
तिम्रो छाँयामा अब लक्ष्मी होइन, कालीको बाँस हुनेछ
धरातल मात्र होइन, सारा क्षितिजमा तिम्रो नाम हुनेछ
यी किनारमा तिमी स्वतन्त्र छौ
बग्दै बग्दै समुद्रलाई भेटाउनेछौ
म,
मेरा झुत्रा पुस्ताका सपनाहरू बोकेर आउनेछु
जन्मसिद्ध गह्रौं भारी बिसाएर आउनेछु
खोक्रो पुँजीवादको गरिबी खाडलमा पिल्सिएर
उत्थान र क्रान्तिका पत्र च्यातेर आउनेछु
आऊ,
तिमी र म मिलेर
एउटा सुन्दर आदिम युगको सुरुवात गरौ
एक साँझ
तिमी र म भेट्नेछौ
जहाँ डुबुल्किएका घामको किरण तिम्रो केशमा पर्नेछ
म तिम्रो लागि मनपर्ने गीत गुनगुनाउनेछु
तिमी मेरो चालसँगै
नतमस्तक भएर अंगालोमा झुमिरहनु
जसरी झुल्छन् हावाको न्यानो स्पर्शले
धानका बालाहरु
एक साँझ...।।।
- मनिष
Tumblr media
1 note · View note
manishpraja · 4 years ago
Text
`भत्केको आँगन´
----------------
प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ
पहाडको काखमा हुर्केको सानो मेरो घर छ
घर माथी वरपिपल
अनि,
आँगन मुनि अमिलोको फे��मा
लड्दै चढेका ती लहरा अनि, तोरणमा
कहिले बासँगै मिलाउँदै खेतका आलीमा
कहिले आमासँगै घाँसदाउराका भारीमा
सबैसँग प्रित छ, नछुट्टिने मीत छ
उकाली ओराली भञ्ज्याङ् अनि, चौतारीमा
संगीसँगै बग्दैबग्दै नागबेली खोलीमा
भाइको पछिपछि ती चिसा बगरमा
कहाँ छ र स्वर्गको टुक्रा...
रातो माटोले लिपेको सानो संसारमा
रातो माटोले लिपेको सानो संसारमा
बर्खा होइन
धेरै हिउँद गए
कोहि राष्ट्रवादी गन्दै आए
कोहि लम्पसारवादी भन्दै आए
कोहि गुटगुट मिलेर आए
कोहि विदेशी दानापानी लिएर आए
कहिले सिंहदरबारको नाउँमा
कहिले विकासको तगारोमा
कहिले झुठो दुरदर्शीको जालमा
कहिले सुखी नेपालीको नारामा
मेरै खोलाको बगर नाप्न थाले
ढुङ्गामाटो केहि नराखी सबै बेच्न थाले
घर माथीको वरपिपल ढलाएर
मेरै आँगन खन्न थाले
खन्न थाले
जबसम्म
उसका अस्थिपन्जर थाक्दैनन्
माटोले पुरिएर दुईचार चौपाया मर्दैनन्
सहरमा ठुलाठुला महल बन्दैनन्
साना ठुला मरे कसैलाई टेर्दैनन्
बर्खे झरीमा मात्र हो हिउँदमा चल्दैनन्
बर्खे झरीमा मात्र हो हिउँदमा चल्दैनन्
दुईदिन मात्र भो, साँइला दाइ
त्यो पातलो आकाशमा बादल बसेको
माथिबाट घरीघरी चिहाउने मेघ गर्जेको
बर्षाका कणकणले मलाई जिस्का'को
छानोमाथी रुँदैरुँदै न्याउली उडेको
मेरै खोलीनाली उठेर मलाई हेरेको
रोपाइँको भाका भोलिलाई, साँइला दाइ
बीउ बाँधेर बुवा सपनामा हराउनु भो
रोपार बाउसे हली आमाले खोज्नु भो
`भोलि खेल्ने है,बाबू´
आहा! भोलि बिहानीको पर्खाइमा
साथिभाइ सँगै रमाइलो रोपाइँमा
बाबू पनि लुटुपुटु आमाको काखैमा
आधा जिन्दगी कटिसक्यो
नाता कुटुम्ब जोडिसक्यो
झरीसँगै फुलिसक्यो
सपनाको बिजनमा
मानो रोपी मुरी फलाउने सानो खेतैमा
मानो रोपी मुरी फलाउने सानो खेतैमा
तर त्यो रातले बिहानी समात्नै पाएन
झरीले रोपेको त्यो फूल फुल्नै पाएन
सपनीबाट त्यो संसार बिपनीमा आएन
रोपेर आफ्नो खुशी गोड्दागोड्दै
शीतल सुनौलो बिहानी कुर्दाकुर्दै
भविस्यको मिठो नक्सा कोर्दाकोर्दै
आफ्नै आँगन भासिन थाल्यो
ढुङ्गामाटो सबै हल्लिन थाल्यो
अनि, त्यो सानो संसारले
ठुला पराकम्पन थेग्नै सकेन
गाईवस्तु, मेरो खुशीले
रात��� घरको त्यो भित्ताले
बगेका ती भेल रोक्नै सकेन
कति खेर आफ्नै आँगनमा मिसिसकेछ
बुवाका सपना अनि, आमाको मिठो काख
कति खेर निर्दयी भेलसँगै बगिसकेछ
भाइसँगै मेरा सासले
तीतामिठा हाम्रा आशले
निन्द्रा देवीसँगै बैकुण्ठ तरिसकेछ
निन्द्रा देवीसँगै बैकुण्ठ तरिसकेछ
रुवाएर गयो, साँइला दाइ
बगेका ती किसानहरुले
उसका आँसु, उसका सपनीले
छिमेकीका बलिया बाँधहरुले
चुनाव ताका झुल्किने छाँयाहरुले
हो!
त्यही छाँया आकाश थर्काउदै आए
टाई सुटमा सजिएर
परैबाट हाम्रो दुर्दशा हेरेर
आकाश थर्काउदै फेरि उतै फर्किए
भिजेका ती मकै गेडी सम्झ्दै
कहिले रुँदै, कहिले भक्कानिदै
अझै आश सिँघार्दै छु, साँइला दाइ
शरीरमा एक सर्को लुगा भिरेर
मनभरी यादको भारी बोकेर
मरेको त्यो देशको बाटो हेरेर
मरेको त्यो देशको बाटो हेरेर
मरेको त्यो देशको बाटो हेरेर...।।
- मनिष प्रजा
Tumblr media
2 notes · View notes