Tumgik
#रकसल
nepal123 · 7 years
Photo
Tumblr media
आलीयाका बडिगार्ड रक्सीले मात्तिएपछि जागिर चट् बैशाख ६ । बलिउड अभिनेत्री आलीया भट्टकी आमा सोनी राजदानले आलीयाका एक बडिगार्डलाई जागिरबाट निकालिदिएकी छिन् । सुरक्षाको जिम्मेवारी उठाउनुपर्ने सुरक्षागार्डले नै रातको ३ बजे रक्सी खाएर बसेको अवस्थामा भेटेपछि आलीयाकी आमाले उनको जागिरबाट निकालिदिएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार आलीया आफ्ना कथित प्रेमी सिद्धार्थ मलहोत्राको घर गएकी थिइन् । आलीया जब बान्द्रास्थित सिद्धार्थको घर […] The post आलीयाका बडिगार्ड रक्सीले मात्तिएपछि जागिर चट् appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
१ सय भन्दा बढी यात्रु बोकेर उड्नै लागेको विमानका चालक रक्सीले झ्याप भएको अवस्थामा फेला परेपछि… काठमाडौं । विमान चालकले विमान भित्रै बसेर रक्सी खाए के हुन्छ ? यस्तै तथ्य बाहिरिएको छ । क्यानडामा सय भन्दा बढी यात्रु सवार स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चले ककपिटमा नै बसेर रक्सी सेवन गरेपछि उनी अप्ठ्यारोमा परेका छन् । चालक मिरोस्लाभ ग्रोइन्चले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएपछि उनलाई १ वर्षको जेल सजाय सुनाइएको छ । अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको भन्दै माफी समेत मागेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
यहाँका किसान, जहाँ विदेशी रक्सीले खेतबारी सिचाईं गर्छन् ! फागुन २१ गते- रक्सीले खेतबारीमा सिचाईं ? अचम्म मान्नुपर्दैन । हो, भारतको जयपुरका किसानले बर्षौंदेखि रक्सीले खेतबारीमा सिचाईं गर्दै आएका छन् । हामी सुन्नेलाई अचम्म लागेपनि यहाँको यथार्थ नै यही हो । यो ठाउँका किसानले खेतबारीमा बालीनालीलाई रोग तथा किराबाट बचाउनका लागि किटनाशक औषधिको साटो रक्सीको प्रयोग गर्दै आएका छन् । किटनाशक औषधिको भाउ निकै महङ्गो हुने र रक्सी प्रयोग गर्दा बालीनालीको उत्पादन समेत बढ्ने उनीहरुको विश्वास छ । तर विज्ञहरु भने रक्सीको प्रयोगले उत्पादन बढ्ने तर्कसँग भने सहमत छैनन् । घरेलु साथै विभिन्न विदेशी रक्सी स्प्रेको बोतलभित्र राखी पानी हालेर किसानहरुले बालीनालीमा छर्किने गर्छन् । – एजेन्सी
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा वीरगन्ज, ९ फागुन- रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ । भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताउनुभयो । भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ । यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताउनुभयो । रक्सौल परवानीपुर प्रसारण लाइन चालु भएपछि विद्युत्भार कटौतीको भार खेपिरहेका वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत्भार कटौती नहुने प्राविधिकहरुको भनाइ छ । भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ । नेपाल–भारत दुवै देशबीच विगतमा भएको विद्युत् सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत् प्रसारण लाइनमा उत्पादित विद्युत् वीरगन्ज क्षेत्रका लागिमात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोडी अन्यत्रसमेत उपयोग गरिने आयोजनाले जनाएको छ ।
0 notes
nepal123 · 8 years
Text
रक्सीले मातेर सिंघानियालाई गोली हानेंः लामा
रक्सीले मातेर सिंघानियालाई गोली हानेंः लामा
३ जेठ, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य सुटर मानिएका मनक लामाले रक्सीले मातेपछि गोली हानेको बयान दिएका छन् । (more…)
View On WordPress
0 notes