Tumgik
#सयल
quickyblog · 4 years
Text
सियोल में अमेरिकी दूत विवादास्पद मूंछें बंद कर देता है
सियोल में अमेरिकी दूत विवादास्पद मूंछें बंद कर देता है
दक्षिण कोरिया में सबसे विवादास्पद मूंछें उस्तरा के ब्लेड का शिकार हो गई हैं, अमेरिकी राजदूत हैरी हैरिस के चेहरे के बालों की असामान्य आलोचना का उद्देश्य बनने के बाद एक पारंपरिक नाई की दुकान पर महीनों तक रहना।
सियोल और वाशिंगटन सुरक्षा सहयोगी और हैं अमेरिकी 28,500 सैनिकों को तैनात करता है देश में।
लेकिन हाल के वर्षों में उत्तर कोरिया के प्रति उनके दृष्टिकोण और लागत-साझाकरण की जिम्मेदारियों में…
View On WordPress
1 note · View note
studycarewithgsbrar · 2 years
Text
बीटीएस: जुंगकुक सियोल में सत्रह कॉन्सर्ट में दोस्त मिंग्यु का समर्थन करने के लिए भाग लेता है
बीटीएस: जुंगकुक सियोल में सत्रह कॉन्सर्ट में दोस्त मिंग्यु का समर्थन करने के लिए भाग लेता है
के-पॉप बैंड सेवेंटीन ने अपने बी द सन की शुरुआत की है दुनिया अन्य देशों में जाने से पहले, सियोल में दो शो के साथ भ्रमण करें। कई के-पॉप सितारे सियोल में गोचेओक स्काई डोम में अपने संगीत कार्यक्रम में आए, जिसमें बीटीएस सदस्य जुंगकुक भी शामिल थे। बीटीएस का सबसे छोटा सदस्य सत्रह के सदस्य मिंग्यु के साथ अच्छे दोस्त हैं, और ऐसा लगता है कि वे अपनी बेस्टी का समर्थन करने आए हैं। सत्रह 2013 में शुरू हुआ, उसी…
View On WordPress
0 notes
dailyhantnews · 2 years
Text
एलडीसी के बाद सियोल बांग्ला आयात को डीएफक्यूएफ लाभ नहीं दे सकता...
एलडीसी के बाद सियोल बांग्ला आयात को डीएफक्यूएफ लाभ नहीं दे सकता…
2026 में कम से कम विकसित देश (एलडीसी) की स्थिति से दक्षिण कोरिया के स्नातकों के बाद, बांग्लादेशी उत्पादों को दक्षिण कोरिया के साथ मुक्त या अधिमान्य व्यापार समझौते वाले अन्य देशों के विपरीत एकतरफा शुल्क-मुक्त और कोटा-मुक्त (डीएफक्यूएफ) बाजार पहुंच प्रदान करने की संभावना नहीं है। आपत्ति कर सकते हैं। सियोल में बांग्लादेश दूतावास को इस निर्णय के बारे में अनौपचारिक रूप से सूचित कर दिया गया है। पिछले…
Tumblr media
View On WordPress
0 notes
currentnewsss · 3 years
Text
किशोर एविएटर ज़ारा रदरफोर्ड ने सियोल में ऐतिहासिक उड़ान भरी
किशोर एविएटर ज़ारा रदरफोर्ड ने सियोल में ऐतिहासिक उड़ान भरी
टीन पायलट ज़ारा रदरफोर्ड शनिवार, 11 दिसंबर को रूस से सियोल में उतरी, दुनिया भर में अकेले उड़ान भरने वाली सबसे कम उम्र की महिला बनने के अपने प्रयास पर पहला एशिया पड़ाव। अगस्त में, 19 वर्षीय ब्रिटिश-बेल्जियम ने अपनी 51,000 किलोमीटर की यात्रा पर पश्चिमी बेल्जियम के कॉर्ट्रिज्क-वेवेलगेम हवाई अड्डे से प्रस्थान किया, जो संयुक्त राज्य अमेरिका, रूस और कोलंबिया सहित पांच महाद्वीपों और 52 देशों में फैला…
Tumblr media
View On WordPress
0 notes
satyakosh · 4 years
Text
अब तक 43.13 लाख संक्रमित: सियोल में संक्रमण की दूसरी लहर, यहां 102 नए मामले, 10 हजार लोगों का टेस्ट होगा
अब तक 43.13 लाख संक्रमित: सियोल में संक्रमण की दूसरी लहर, यहां 102 नए मामले, 10 हजार लोगों का टेस्ट होगा
दुनिया में कोरोनावायरस के अब तक 43 लाख 13 हजार 021 मामले सामने आ चुके हैं। दो लाख 90 हजार 956 की मौत हो चुकी है, जबकि 15 लाख 68 हजार 256लोग ठीक हो चुके हैं। दक्षिण कोरिया ने लॉकडाउन में ढील दी थी। राजधानी सियोल की नाइट लाइफ को फिर शुरू किया था। लेकिन, अब ये महंगा पड़ता नजर आ रहा है। यहां दो दिन में 102 नए मामले सामने आए। फिलहाल, सभी होटल, नाइट क्लब, जिम और बार बंद कर दिए गए हैं।75 मिनट के वीडियो…
View On WordPress
0 notes
sonita0526 · 5 years
Text
सॉयल हेल्थ कार्ड से किसान 30,000 रुपए प्रति एकड़ तक आय बढ़ा सकते हैं
सॉयल हेल्थ कार्ड से किसान 30,000 रुपए प्रति एकड़ तक आय बढ़ा सकते हैं
नई दिल्ली।सरकार के एक अध्ययन के मुताबिक, सैयल हेल्थ कार्ड के उपयोग से किसानों को लागत कम करने के साथ उपज बढ़ाने में भी मदद मिली है। अध्ययन के अनुसार फसलों के आधार पर किसानों को प्रति एकड़ 30,000 रुपए तक का फायदा हुआ है। नेशनल प्रोडक्ट्स काउंसिल (एनपीसी) ने यह अध्ययन 19 राज्यों के 76 जिलों में किया। इसके तहत 170 मृदा परीक्षण प्रयोगशालाओं की सेवाएं ली गईं। मृदा सोयल हेल्थ कार्ड योजना में किसानों…
View On WordPress
0 notes
acharya123himal · 4 years
Text
हरेक जीवनको एउटै खोज : सुख र शान्ति
हरेक जीवनको एउटै खोज : सुख र शान्ति
[ad_1]
मान्छेले जीवनभर जे–जति गर्छन्, त्यसको एउटै निचोड हो सुख र शान्तिको खोजी । तर, मृत्यु शैयामा पुग्दासम्म मान्छेले सुख र शान्ति प्राप्त गरेका हुँदैनन् । किन ? किनभने मान्छेले गलत बाटोबाट यसको खोज गरिरहेका छन् । यसै सन्दर्भमा हिन्दीमा प्रकाशित यो आलेखको भावनुवाद यहाँ साभार गरिएको छ । 
सुख र शान्तिको खोजी
आज मान्छे कुन कुराको खोजीमा छ ? सुख–सयल, भोग–विलास, ऐश–आरम, भौतिक उन्नती, उपलब्धी, यश,…
View On WordPress
0 notes
quickyblog · 4 years
Text
सियोल के मेयर को 'वसीयत की तरह' संदेश छोड़ने के बाद मृत पाया गया - टाइम्स ऑफ इंडिया
सियोल के मेयर को 'वसीयत की तरह' संदेश छोड़ने के बाद मृत पाया गया – टाइम्स ऑफ इंडिया
Tumblr media
पार्क जीता-जल्द (एपी फाइल फोटो)
SEOUL: लंबे समय तक सियोल सिटी के मेयर पार्क जीता-जल्द मृत पाया गया था, पुलिस ने शुक्रवार को कहा, उसकी बेटी ने उसे लापता होने की सूचना देते हुए कहा कि उसने “इच्छा की तरह” एक संदेश छोड़ा था। सियोल मेट्रोपॉलिटन पुलिस एजेंसी ने कहा कि सैकड़ों पुलिस से जुड़े एक खोज के बाद, महापौर का शव उत्तरी सियोल में माउंट बुगाक में आधी रात के आसपास मिला, जहां उसके फोन सिग्नल का…
View On WordPress
0 notes
rnewsworld · 3 years
Text
इंडियन आइडल सीजन 12: सेकंड रनरअप रहीं सायली कांबले को शो खत्म होते ही मिला ब्रेक, मराठी फिल्म में सिंगिंग का मिला ऑफर
इंडियन आइडल सीजन 12: सेकंड रनरअप रहीं सायली कांबले को शो खत्म होते ही मिला ब्रेक, मराठी फिल्म में सिंगिंग का मिला ऑफर
Hindi News Entertainment Tv Second Runner Up Of Indian Idol 12, Sayli Kamble Got A Break As Soon As The Show Ended, Records Song For Marathi Film एक घंटा पहले कॉपी लिंक ‘इंडियन आइडल सीजन 12’ की फाइनलिस्ट ‘मराठी मुलगी’ सायली कांबले का सपना पूरा हो गया है। जैसे ही इंडियन आइडल का ग्रैंड फिनाले खत्म हुआ दूसरे ही दिन सायली को फिल्म के लिए प्लेबैक सिंगिंग करने का ऑफर मिल गया। सायली फिल्ममेकर राजन की…
Tumblr media
View On WordPress
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
सैमसंग सियोल के रूप में फलता-फूलता है, कॉर्पोरेट उत्तराधिकार�� को क्षमा करता है https://tinyurl.com/yfe6sjn3 #उततरधकर #क #करत #करपरट #कषम #फलतफलत #म #रप #समसग #सयल #ह
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
सियोल में मानक दिवालियापन प्रक्रिया शुरू करने के लिए जीता 140 मिलियन का भुगतान SsangYong करता है https://tinyurl.com/yf3pdbhw #haah_automotive #mahindra #reserve_bank_of_india #seoul #ssangyong #ssangyong_motors #क #करत #करन #जत #दवलयपन #परकरय #भगतन #म #मनक #मलयन #लए #शर #सयल #ह
0 notes
onlinekhabarapp · 4 years
Text
उभौली पर्व र प्रकृतिसँगको मित्रता
हाम्रा पितापूर्खाले प्रकृतिसँग कसरी तालमेल मिलाउने भनेर सिकाउँदै आए । खोला, नाला, हावा, पानी, रुख–बुट्यान, किरा–फट्याङ्ग्रा सबै एकअर्काका परिपूरक हुन् भन्ने कुरा सिकाए । प्रकृतिबाट विच्छेद भएर होइन, एकाकार भएर बाँच्नुपर्छ भन्ने कुरामा अभ्यस्त गराए ।
भौतिक सुख–सयल र वैभवमा हराईरहेका वर्तमान समाज पनि प्रकृतिमै फर्कन थालेको छ । अहिलेका पुस्तालाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरिन्छ । प्रकृतिसँग जीवनको लय मिलाउनुपर्छ भनिन्छ ।
आदिवासी किरात समुदायलाई प्रकृति पूजक मानिन्छ । यस जातिले आफ्नो चाड-पर्वमा प्रकृतिको पूजा गर्छ । प्रकृतिसँगै एकाकार भएर बाँच्ने शैली खोज्छ ।
यस समुदायले भूमी, आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गर्छ । प्रकृतिको पूजा गर्नु भनेको यी सबैप्रति आभारी रहनु हो । कृतज्ञ रहनु हो । किरात समुदायको जीवन खेती किसानीमा आधारित छ । त्यही कारण बालीनाली लगाउने बेला र उठाउने बेला विशेष पर्व एवं उत्सव मनाउने गर्छन् ।
यी उत्सव एवं चाडहरुले बालिनाली लगाउने उपयुक्त समयको पनि संकेत गर्छ । मौसमी चक्र एवं हावापानी अनुसार कुन बेला कस्तो बाली लगाउने भन्ने कुरा यसैले निर्धारण गर्छ ।
बालीनाली लगाएपछि कुनैपनि प्राकृतिक प्रकोप नहोस्, खडेरी नलागोस्, बाढी पहिरो वा प्राकृतिक प्रकोपको सामना गर्नु नपरोस् भनेर कामना गरिन्छ ।
जब बालीनाली पाक्छ, तब यस समुदालय उत्सव मनाउँछ । बालीनाली घरमा भित्र्याइरहँदा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्छन् । अन्नबाली सप्रिएकोमा, कुनै विनास नआएएकोममा प्रकृति, हावापानी, पशुपंक्षीप्रति आभारी हुने गरिन्छ ।
उभौली पर्व : प्रकृतिको पूजा 
उभौली पर्व वसन्त ऋतुमा वालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तीहरुको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्छन् । यो पर्व प्रत्येक वैशाख पूर्णिमादेखि यी जातिले भव्य रुपमा मनाउँदै आएका छन् । उभौली पर्व अर्थात भूमी पूजा साकेला सिली नाच्दै एक महिनासम्म मनाउने गरिन्छ ।
किरातहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि बर्षेनी बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमामा मनाउँने गर्छ । यसैगरी बालीनाली पाकेपछि पनि खुसीयाली मनाउने गरिन्छ । यस पर्वलाई चाहि उधौली भन्ने गरिन्छ, जो मंसिरे पूर्णिमामा पर्छ ।
यस पर्वमा साकेला नाच नाच्दै रमाइलो गरिन्छ । शुद्ध तन, मनले ढोल, झ्याम्टा, धनुकाँडको अदुवा, मर्चा आदिले पूजा गरेपछि सृष्टिकर्ता र प्रकृतिको पूजा गरेमा सबैको कल्याण हुन्छ भन्ने मान्यता छ ।
0 notes
acharya123himal · 4 years
Text
उभौली पर्व र प्रकृतिसँगको मित्रता
उभौली पर्व र प्रकृतिसँगको मित्रता
[ad_1]
हाम्रा पितापूर्खाले प्रकृतिसँग कसरी तालमेल मिलाउने भनेर सिकाउँदै आए । खोला, नाला, हावा, पानी, रुख–बुट्यान, किरा–फट्याङ्ग्रा सबै एकअर्काका परिपूरक हुन् भन्ने कुरा सिकाए । प्रकृतिबाट विच्छेद भएर होइन, एकाकार भएर बाँच्नुपर्छ भन्ने कुरामा अभ्यस्त गराए ।
भौतिक सुख–सयल र वैभवमा हराईरहेका वर्तमान समाज पनि प्रकृतिमै फर्कन थालेको छ । अहिलेका पुस्तालाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरिन्छ ।…
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
सम्झनामा कविताराम : एक भौतिकवादीको देहत्याग
साहित्यकार कविताराम श्रेष्ठले आफ्नो जीवनकालमा एउटा यस्तो एकल संसारको निर्माण गरे, त्यो आफैंमा अद्भूत थियो र हम्मेसी कसैले अनुकरण गर्ने हिम्मत गर्दैनथ्यो । उनले जीवन पनि यस्तो बाँचे, त्यो पनि एकप्रकारले अद्भूत नै थियो । आफ्नो जीवनको अन्तिम क्षणमा उनले जीवनलाई बिश्राम दिनुअघि जसरी आफ्ना कुराहरु रेकर्ड गराए, त्यो कल्पनातीत थियो । कविताराम साँच्चै अद्भूत प्रतिभा थिए ।
पूर्वी नेपालको ओखलढुङ्गामा वि.सं.२००४ मा जन्मेका र स्कूले जीवनमा राम बहादुर श्रेष्ठका नामले बोलाइने त्यो बालक नै भविष्यको साहित्यकार कविताराम श्रेष्ठ हुन पुग्यो ।
उनी पढ्ने स्कूलमा रामबहादुर श्रेष्ठ नाम गरेका तीन विद्यार्थीहरु थिए । यी तीन विद्यार्थीको नाम जुधेर शिक्षकलाई सधैं हैरानी हुन्थ्यो । यी राम बहादुर श्रेष्ठचाहीं सानै उमेरदेखि कविता लेख्थे, त्यसैले स्कूलका शिक्षकले उनलाई बोलाउनु परे कविता लेख्ने राम भन्थे । त्यसरी कविता लेख्ने राम भन्दाभन्दै उनी कविताराम हुन पुगे । तर, संयोग कस्तो पर्यो भने कविताबाट लेखन शुरु गरेका उनी अलि गम्भीर भएर लेखनमा लागेपछि कविता लेखन छुट्यो । उनी बढी कथाकार भए । कति उनका समकालीनहरुले उनलाई कविता लेखेर कविताराम भयौ, अब कविता छाडेर कथा लेख्न थालेपछि कथाराम भन्नुपर्ला भनेर ठट्टा गर्न थालेका थिए ।
उनी प्रेम विवाह गरेर काठमाडौं आएका थिए । काठमाडौं आएपछि उनी साहित्यिक आन्दोलनहरुसँग जोडिए ।
उनी नेपाली साहित्यको यौटा प्रतिकात्मक विद्रोहात्मक बुट पालिस आन्दोलनमा सहभागी भए । यो आन्दोलन सरकारको साहित्यिक पत्रपत्रिकालाई दर्ता कसिकसाउ गर्ने र सामयिक साहित्य सङ्कलन प्रकाशनमा वन्देज लगाइएको र साहित्यिक रचना तथा पुस्तक प्रकाशनमा कडिकडाउप्रति लक्षित थियो । त्यतिबेलाका काठमाडौंका बिद्रोही तरुण साहित्यकारहरु शैलेन्द्र साकार, ध्रुव सापकोटा, नारायण ढकाल आदिका साथमा उनी पनि सामेल भएका थिए ।
अर्को साहित्यिक आन्दोलन “अस्वीकृत जमात” सँग पनि उनी संलग्न भए । सरकारले स्वीकार नगरेको भन्दै उनीहरुले आफूलाई अस्वीकृत जमातको रुपमा घोषणा गरेका थिए । यो आन्दोलनले वास्तवमा कवितारामको साहित्यिक जीवन नै कायापलट गरिदियो । शुरुमा यो आन्दोलन सामूहिक रुपमा भएको थियो ।
कवितारामले जीवनको उत्तरकालमा एउटा यस्तो निर्णय लिए, जुन धेरैका लागि आश्चर्यजनक थियो
अस्वीकृत जमातको रचनाहरुको पुस्तक वा दस्तावेज पनि प्रकाशित भयो । तर यो आन्दोलनको आयु लामो रहेन । सामुहिक रुपमा यो आन्दोलन टिकिरहन सकेन । यसमा संलग्न साहित्यकारहरु नेपालभूषण न्यौपाने, शैलेन्द्र साकार, पुष्कर लोहनी, भाउपन्थी, साकेत विहारी ठाकुर, प्रकाश प्रेमी, अन्जिर प्रधान, कनकद्वीप ब.आ., जगतरञ्जन, मोहन सिं थापा, प्रेम नारायण प्रेमी, ईन्द्र राजभण्डारी, नविनप्रकाशजङ्ग शाह, विष्णुलाल श्रेष्ठ, काशिनाथ तमोट विविध कारणले छिन्न भिन्न भए ।
तर, कवितारामले भने अस्वीकृत जमात छाडेनन् । साथीहरु छिन्नभिन्न भए पनि उनी एक्लैले यो अभियानलाई निरन्तरता दिन कम्मर कसे ।
उनको देब्रेपन्थमा झुकाव थियो । उनले अस्वीकृत मान्यताको विषयमा मष्तिष्क मन्थन गरे । अनि लामो बौध्दिक कसरतपछि तयार गरे “मेरा अस्वीकृत मान्यताहरु “ । यो उनको अस्वीकृत मान्यताहरुको सैध्दान्तिक धारणा थियो । यसलाई उनले अभिब्यक्ति द्वैमासिकमा पूरै पाठ प्रकाशित गरे र त्यसको बेग्लै पुस्तकसमेत निकाले । साहित्यिक बजारमा यसले सानो सानो तरङ्ग पैदा गर्यो ।
त्यतिखेर फविती अर्थात् फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठको सामूहिक नेतृत्वमा शुरुमा तरलवादी भनिए पनि पछि तरलतावादी भनिएको साहित्यिक आन्दोलन उत्कर्षमा थियो । उनीहरुले त्यस आन्दोलनलाई सकेसम्म ब्यापक र चर्चित बनाउन हरेक किसिमले गतिविधिहरु गरिरहेका थिए । लेखहरु लेख्ने, अन्तरवार्ताहरु दिने, अरुलाई लेख्न लगाउने, विवादहरु सिर्जना गर्ने समेत गरिरहेका थिए । यस आन्दोलनका मूल नायक फणीन्द्र नेपालले पाल्पामा सम्पन्न लेखनाथ पौड्यालको शतवार्षिकि समारोहमा मदनमणि दीक्षितले बोलेका सबै कुरा तरलवादी आन्दोलनको सिध्दान्तबाट चोरेर बोलेको भनी बितण्डा मच्चाएका थिए ।
त्यस्तै अस्वीकृत आन्दोलनका कुरा पनि तरलवादी आन्दोलनसँग मिल्छ भनेर फणीन्द्र न���पालले चर्चा गरेको कुरा मैले पनि सुनें । मैले त्यतिखेर राइटर्स क्लव नामक संस्था खोलेर त्यसबाट बिबिध साहित्यिक कार्यक्रमहरु गरिरहेको थिएँ । मलाई लाग्यो, बजारमा तातो तातो विषयको रुपमा चर्चामा रहेको कवितारामको “मेरा अस्वीकृत मान्यताहरु” माथि नै किन एउटा छलफल कार्यक्रम नगर्ने ? मैले कवितारामलाई यो प्रस्ताव नगेन्द्रराज शर्मामार्फत पठाएँ । उनी बहुत खुशी भएछन् मेरो प्रस्तावले र त्यस कार्यक्रमको जलपान उनकै तर्फबाट गर्ने समेत खबर पाएँ । म पनि दङ्ग । जागिरको तलवको पैसाले चिया बिस्कुट जलपान गराएर मैले राइटर्स क्लवको कार्यक्रमहरु गर्ने गरेको थिएँ ।
राइटर्स क्लवको आयोजनामा प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा कवितारामको “मेरो अस्वीकृत मान्यताहरु” विषयक अन्तरकृया कार्यक्रम भयो । सो कार्यक्रममा उनले अस्वीकृत मान्यताको विषयमा उनले नवनिर्माण गरेका अवधारणाहरुलाई खुलस्त रुपमा राख्न र छलफल गर्न पाए ।
काठमाडौंका वुध्दिजीवी एवं साहित्यकारहरुको सुन्दर उपस्थितिमा त्यो कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको शुरुमा मैले राइटर्स क्लवको तर्फबाट स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेको थिएँ । कवितारामले आफ्ना धारणाहरु राखिसकेपछि प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो । प्रश्न सोध्नेहरुमा अरुसहित फणीन्द्र नेपाल पनि थिए ।
यो कार्यक्रमको आयोजनापछि कवितारामको यो एकल अस्वीकृत मान्यताले गति लियो । चर्चा परिचर्चा बढ्यो र यसले ब्याप्ति पायो । त्यस उप्रान्त उनले लेखेका सबै रचनामा “अस्वीकृत” विल्ला लाग्न शुरु भयो । उपन्यास लेखे अस्वीकृत उपन्यास, नाटक लेखे अस्वीकृत नाटक । यसरी उनले पूरै अस्वीकृत रचनाको संसार निर्माण गरे ।
कवितारामले एउटा फिलिम बनाए-“रहस्यमय गुफा” । यो फिल्मका लेखक, निर्देशक, क्यामेरा म्यान, नायक, गीतकार सबै उनै थिए । यो फिलिमलाई उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्याए । कोरियामा यो फिलिम पुरस्कृतसमेत भयो ।
कविताराम आइएनजीओमा सम्बन्धित थिए । त्यो संस्थाको हेडक्वार्टर अमेरिकामा भएकाले उनी अमेरिका त्यस संस्थामार्फत आउने अवसरहरु पाइरहे । उनले अमेरिका आउँदा स्थानीय लेखिका साराह लाम्स्टेनसँगको सहकार्यमा एउटा पुस्तक अङ्ग्रेजीमा प्रकाशित गरे । त्यो पुस्तक “ फ्रम त म्याङ्गो ट्री एण्ड अदर फोक टेल्स फ्रम नेपाल”  थियो । यो सन् १९९७ मा प्रकाशित भएको थियो । यसलाई “ग्रीनउड पब्लिकेसन्स ग्रुप” ले प्रकाशनमा ल्याएको थियो ।
यसबेलासम्म अमेरिकामा व्यावसायिक अमेरिकी प्रकाशकबाट पहिलोपल्ट प्रकाशित हुने सम्राट उपाध्यायको आगमन भैसकेको थिएन ।
कवितारामले वाल साहित्यमा पनि कलम चलाए ।
कविताराम साहित्यको साथसाथै राजनीतिमा पनि सकृय हुन थाले । उनी देब्रे राजनीतिमा थिए । त्यो त ज्ञात यथार्थ थियो । तर, उनले देब्रेमा पनि उग्र देब्रेमा बढी विश्वास गर्न थाले र त्यही राजनीतिको आडमा सरकारी नियुक्ति पनि लिन सफल भए । उनी २०५२ सालमा नेपाल टेलिभिजको अध्यक्ष हुन पुगे । उनी २०५४ सालमा तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमको सल्लाहकार पनि बने । २०५८ सालमा जनजाती विकास समितिको उपध्यक्ष हुन पुगे ।
उनी लागेपछि मरेरै लाग्ने स्वभावका थिए । चाहे साहित्यमा होस्, चाहे राजनीतिमा, उपलब्धि हासिल गरेरै छोड्ने पनि । साहित्यमा सामूहिक रुपमा शुरु भएको आन्दोलनलाई पछि उनले एक्लै हाँके । त्यो उनको साहस र उपलब्धी दुवै थियो ।
राजनीतिमा पनि उनी जेजति पद पाउन सफल भए, त्यो पनि उनका लागि महत्वपूर्ण उपलब्धि नै थियो । यो समय उनी सिर्जनशील लेखनमा अलिक टाढिए जस्तो भए पनि अस्वीकृत पुरस्कार गुठीका कार्यक्रमलाई उनले निरन्तरता दिए । गुठीमा कृष्णचन्द्र सिंह प्रधान एवम् नगेन्द्रराज शर्माजस्ता व्यक्तित्व अध्यक्ष र सदस्यसचिव थिए ।
कवितारामले जीवनको उत्तरकालमा एउटा यस्तो निर्णय लिए, जुन धेरैका लागि आश्चर्यजनक थियो । उनले कैयन् दशक साथ बिताएकी पत्नीसँग पारपाचुके गरे । त्यसपछि उनी लण्डन गएर आफ्नो नयाँ जीवन, नयाँ दाम्पत्यलाई निरन्तरता दिए सन् २००८ पछि ।
उनी बेलायतमा आवर्डिन विश्वविद्यालयको मेडिकल स्कूलमा आगन्तुक प्राध्यापक पनि भए । बेलायत आएपछि पनि उनको सिर्जशीलतामा निरन्तरता रह्यो । उनी साहित्यका विविध गतिविधिमा निरन्तर संलग्न हुनुका साथै सिर्जनक्रममा जुटि नै रहे ।
अमेरिकाको वाशिंटन डिसीमा अनेसासको डिसी मेट्रो च्याप्टरको आयोजनामा वर्षेनी हुने भानु जयन्तीमा उनको सम्मान गर्ने अवसर मैले पाएको थिएँ । वाशिंटन डिसीमै अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न आधुनिक साहित्यकार वासु शशीको जन्म जयन्तीका अवसरमा पनि उनलाई सम्मानित गरिएको थियो ।
मृत्यु नजिकिँदै जाँदा पनि उनको सकृयता निरन्तर थियो । आफ्नी श्रीमतीमार्फत साहित्यकार मुलीबीर राईलाई बोलाएर उनले आफ्नो अन्तिम सन्देश पनि रेकर्ड गराए
उनले अस्वीकृत पुरस्कार अमेरिकासम्म पनि विस्तार गर्ने कुरा राखेपछि मैले त्यसका लागि सक्दो सहयोग गरेको थिएँ । भर्जिनियाको आर्लिङ्टन केन्द्रीय पुस्तकालयमा आयोजित पुरस्कार वितरण समारोहमा वाशिंटन डिसीलाई कर्म क्षेत्र बनाएर लेखिरहेका कवि वसन्त श्रेष्ठलाई अस्वीकृत पुरस्कार वितरणका लागि उनी अमेरिका पुगेका थिए ।
त्यसै समारोहका लागि निम्ता गरिएका कृष्णचन्द्र सिंह प्रधान र गोवर्धन पूजाचाहिँ भिसाका कारण उपस्थित हुन सकेका थिएनन् । उनी कृष्णचन्द्र सिंहले अस्वीकृत पुरस्कार गुठीको अध्यक्ष भएर लगाएको गुन अमेरिका घुमाएर तिर्न चाहन्थे । तर, त्यो पूरा भएन । त्यसको क्षतिपूर्ति उनले कृष्णचन्द्र सिंहलाई बेलायतमा घुमाएर, सम्मान गरेर पूरा गरे ।
उनको स्वास्थ्यमा गम्भीर समस्या आएको छनक आएको मैले उनी अमेरिका भ्रमणमा जाँदा नै पत्तो पाएको थिएँ । उनी अस्वाभाविक रुपले मोटाएका वा सुन्निएका देखिएका थिए । त्यो उनलाई औषधिको कारणले भएको थियो ।
बेला-बेलामा उनीसँग फोन बार्ता भइनै रहन्थ्यो । उनी सामाजिक सञ्जालमा निकै सकृय थिए । उनी आफ्नो आस्थाको राजनीति मात्र होइन, गुटको पक्षमा कमेन्ट शेयर गरिरहन्थे । तर, मलाई भने उनले यी सबै छाडिदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर, मैले प्रतिकृया भने कहिल्यै दिइनँ ।
तर,  ५ मे २०१७ का दिन उनको एउटा सन्देश आयो । त्यो एकदमै आश्चर्यलाग्दो नभए पनि दु:खलाग्दो अवश्य थियो । उनले लेखेका थिए-
 “मैले अति नजिक मानेका मेरा प्रिय मित्र गण ! मलाई सन २०१२ मा बोसेआन्द्रामा क्यान्सर भएको थाहा भयो र त्यस्लाई तत्काल अपरेशन गरी फालियो । तर, फेरि त्यो फोक्सोमा संक्रमित हुन पुग्यो र आजसम्म किमो लिँदै गरेको स्थिति छ। गत वर्ष जुलाईमा मलाई साढ़े ३ देखि ६ महिनाभित्र मेरो मृत्यु हुने आकलन डाक्टरले सुनाको थियो। तर, त्यसै बेलामा नयाँ खाले किमो आएको र त्यसको ऊपचारले मेरो आयु लम्बियो। अझै केही भइहाल्ने म देख्दिनँ। शरीरमा कुनै कतै पीड़ा छैन। कड़ा साइड इफेक्ट पनि छैन। ओछ्यान कहिल्यै परेको छैन र अहिले त्यस्तो सम्भावना पनि छैन। यो निको हुने भन्ने त होइन । तर, आयु त लम्बियो नै। डाक्टरले मिति तोकिदिएको घटनापछि मैले बाँकी रहेका पुराना काम र दायित्व सलट्याउने र नयाँ काम बन्द गर्ने काम गरें। त्यसैले हिजो आज मलाई तपाइँहरूले नयाँ केही गरेको देख्नुहुन्न । पब्लिकमा पनि अति छोटो समयमात्र ���ेख्दै हुनुहुन्छ। कुनै काम अधुरो नरहोस् भन्ने एकमात्र मेरो चाहना छ। यसैमा तपाई साथीहरूको समेत सहयोगको अपेक्षा छ। सम्झाइ दिनुहोला, कहीँ कतै मैले गर्न केही बाँकी देखिन्छ कि ?
 मलाई मर्नुसँग किञ्चित डर छैन। मर्न त जीवधारी सबैले पर्छ नै। ७० वर्षमा छु। मान्छेको आयु त्यस्तै त्यस्तै नै हो। यद्यपि बढी बाँच्ने छन् नै। बाँचुञ्जेल आफूले जानेसम्म सही ढंगमा बाँच्ने प्रयाश थ्यो र सफल छु भन्ने लाग्छ। केही कतै त्रुटि कमी कमजोरी छ भने ती नियतवश भएका गरेका होइनन् । मेरो क्षमताकै कमी कमजोरी हो। त्यता पनि पश्चात्ताप छैन।
मैले अहिलेसम्म मेरो यो रोगको अवस्था सार्वजानिक गरिनँ। यस्तो थाहा हुने बित्तिकै स्वजन रुने कराउने, हत्तासिने, अनि सहानुभूति दिने गर्न लागि हाल्छन्। म त्यस्तो हंगामा चाहन्न। ५ वर्ष बित्यो । बडो सरल र उस्तै ढंगमा बित्यो। डाक्टरले मिति तोकिदिँदा भने मैले सम्बन्धित नातागोतामा थाहा दिन आवश्यक सम्झें र तत्काल थाहा दिएँ। अहिले भरखर अब चाहिँ तपाई नजीकका अन्तरंगी साथीलाई पनि भन्न आवश्यक ठानें। केही त्यस्तो कुनै समस्या वा गाह्रो साह्रो भएर होइन । तर, मेरो आफ्नै गतिविधिमा कमी भइरहेको अवस्थामा यसको कारकतत्व यो थियो भन्ने थाहा दिने अवस्था आइसकेको मैले सोचें। 
मैले यो पत्र सार्वजनिक कतै गरेको छैन। तपाई जस्तै मेरा अन्य सीमित अंतरंगी मित्रको बक्समा मात्र छोड़ेको छु। यति थाहा दिए पछि मैले आफूलाई हल्का भएको महसूश गरेको छु। म यसरी सामान्य ढंगमा जीवितै रहेको अवस्थामा कुनै पनि समाजिक सञ्जालमा यो मेरो स्वास्थ्यको अवस्थाको हल्लीखÞल्ली नहोस् त्यति भने मैले तपाइँबाट अपेक्षा राखेको छु। धन्यवाद। 
–कविताराम श्रेष्ठ
यो सन्देश पाउनेवित्तिकै मैले फोन गरें । हामीवीच ३ मिनेट कुराकानी भो ।
त्यसपछि उनले आफनो बुध्द जीवनीमा आधारित उपन्यासको अङ्ग्रेजी अनुवाद अमेरिकाबाट “लाइट अफ द हिमालयाज” नाममा प्रकाशित भएपछि सन्देश पठाए । अनि मैले मेरो अखवारमा त्यसको समाचार बनाएर प्रकाशित गरें, “वुध्द जीवनमाथि कवितारामको उपन्यास अमेरिकाबाट प्रकाशित” शीर्षकमा ।
उनी अमेरिकामा त्यस किताबका बारेमा सानो भए पनि कार्यक्रम होस् भन्ने चाहन्थे । तर, कार्यक्रम गर्ने अनुकूलता भएन । बरु उनले बेलायतमै अस्पतालको बेडबाट पुस्तक विमोचन गरेको खबर देखें । जीवन निभ्न लागेको बत्तीजस्तो हुँदा पनि उनको त्यस किसिमको साहित्यिक सकृयता आश्चर्यजनक थियो।
अगस्त २१ मा उनले २ पटक गरेको फोन मिस भएछ ।  अनि उनले सन्देश पठाए, “भाइ मौका परे फोन पाउँ।”
मैले साँझ फोन गरें । तर ३ मिनेट मात्र कुरा भयो । फेरि ��गस्त २७ मा उनको २ वटा मिस्ड कलपछि उही सन्देश आयो, “भाइ मौका परे फोन पाउँ । “तर, मैले गर्न भ्याएको थिइँन । फेरि उनको अर्को कल र अर्को सन्देश आयो, “प्लज कल मी ।”
मैले राति आठ बजेर १० मिनेटमा फोन गरें । हामीले २२ मिनेट लामो कुराकानी गरेछौं । उनले मृत्युका लागि पूरै तयार भएको बताए र साहित्यमा भए गरेका कुराहरु गरे ।  उनी बेलायतमा थिए । नजिक वा अमेरिकामा भए पनि भेट्न जान हुन्थ्यो भन्ने लागिरह्यो । त्यो फोन बार्ता नै उनीसँगको अन्तिम कुराकानी बन्यो ।
११ नोभेम्वरमा उनले सामाजिक सञ्जालमा लेखे, ‘पूर्ण सरसता छायो। अरु केही चाहिएन । अब पूर्ण भयो एउटा सुन्दर समय । म घोषणा गर्दछु,  मलाई सिध्दि प्राप्त भो । यसैक्षणदेखि म सिध्द भएँ । अब केही पूरा गर्नु छैन । सब शून्य । म सिध्द भएँ । हो,  पूरै नै । पूरै नै । साधु । (बिहान ३:४५ aजे, ओकिङ, बेलायत)
त्यसपछि उनले अन्तिम पटक सामाजिक सञ्जालमा १७ नोभेम्वरका दिन लेखे, ‘अहं ब्रम्हास्मी !’
तर, उनी यत्तिमा रोकिएनन् । मृत्यु नजिकिँदै जाँदा पनि उनको सकृयता निरन्तर थियो । आफ्नी श्रीमतीमार्फत साहित्यकार मुलीबीर राईलाई बोलाएर उनले आफ्नो अन्तिम सन्देश पनि रेकर्ड गराए १८ नोभेम्वरमा । जुन, उनको देहान्तपश्चात् सार्वजनिक गरिएको थियो । यद्यपि डाक्टरहरुलाई उनले अरु दुई महिना बाँच्न चाहेको बताएका थिए र नआत्तिन भनेका थिए ।
उनले आफ्नो त्यस अन्तिम रेकर्डमा भनेका थिए-
‘आन्तरिक मित्र, छोरा, नाति, दाजु, भाइ, भतिजा, नातेदार, कुटुम्ब, चेलीबेटी, पारिवारिक सदस्य र गुठीयारहरु ! मलाई मरेपछि स्वर्ग, नर्क वा कहीं पुगिन्छ भन्ने कुरामा किञ्चित विश्वास छैन । जिउँदो हुँदा नदेखेको, नभोगेको कुनै पनि कुरामा मेरो विश्वास छैन । त्यसकारण अर्कै लोकमा मेरो सुख सयल र खान्कीको बन्दोबस्त मिलाउन मेरो मृत्युउपरान्त कुनै पनि पुरोहितलाई खाट, खान्की, सामान, लुगाफाटो, गाई, पैसा आदिको दान दक्षिणा दिने काम नगर्नु होला ।
मेरा नाममा कृयाकर्म गर्ने, जूठो बार्ने, सराध्दे गर्ने जस्ता कुनै कर्मकाण्ड नगर्नु होला । तपाईंहरुलाई ढुक्क पार्न चाहन्छु, यस्तो नगर्दा म मृत्युपछि प्रेत बन्ने छुइनँ । पक्का हुनोस् म कुनै छद्म रुपमा तपाईंहरुलाई दु:ख दिन आउने छैन । मृत्यु मेरो लागि मोक्षको स्थिति हो, पूर्णतया दैहिक अन्त्यको स्थिति ।‘
र, उनले १९ नोभेम्वर २०१७ का दिन देहत्याग गरे ७० वर्षे दैहिक जीवनलाई सधैंका लागि विश्राम दिँदै ।
– बृन्दावन, भारत ।
0 notes
onlinekhabarapp · 5 years
Text
सन्तोष भन्दा ठूलो सुख केही छैन
एउटा  नीतिकथा छ ।
एक गरिब माझी सधैं झै माछा मार्न नदीतर्फ लागे । साँझ छिप्पन लाग्दासम्म उनले एउटै गतिलो माछा फेला पारेनन् । संयोगले जालोमा एउटा सुनौलो माछा प¥यो । त्यस्तो माछा उनले कहिल्यै देखेका थिएनन् । अचम्म के भयो भने, उक्त सुनौलो माछा विलौना गर्दै रुन थाल्यो । माझीको मन पग्लियो, उनले माछालाई नदीमा छाडिदिए ।
साँझ माझीले ��फ्नी श्रीमतीलाई उक्त अनौठो घटनाबारे सुनाए । दुबैले त्यसदिन केही नखाई रात काट्ने निधो गरे ।
राती उनीहरु भोकले निदाउन सकेनन् । श्रीमतीले भनिन्, ‘त्यो सुनौलो माछा पक्कैपनि अरु सामान्य माछा जस्तो होइन । तिमीले उसलाई गुण लगाएका छौं । त्यस बापत केही खानेकुरा माग्ने हो कि ?’
श्रीमतीको इच्छा अनुसार माझी नदीमा गए र सुनौलो माछालाई सम्बोधन गर्दै भने, ‘तिम्रो प्राण बचाइदिए बापत हामीलाई केही खानेकुरा दिन सक्छौं ?’ नभन्दै सुनौलो माछा देखा प¥यो र भन्यो, ‘तिम्रो कामना पुरा हुन्छ, घर फर्क ।’
माझी घरमा पुग्दा थरीथरीका मिष्ठन्न परिकारले भरीभराउ थियो । माझी दम्पतीले भरपेट खानेकुरा खाए । उनीहरुसँग मनग्ये खानेकुरा जगेडा रह्यो । केही दिनपछि माझीकी श्रीमतीले भनिन्, ‘खानको लागि अब हामीलाई चिन्ता भएन । तर, कति दिन यहीँ झुपडीमा रात कटाउने ? अलि गतिलो घर भए हुन्थ्यो । सुनौलो माछाले हाम्रो यो इच्छा पनि पुरा गर्नेछ ।’
माझीलाई भने श्रीमतीको कुरा चित्त बुझेन । उनले सुनौलो माछासँग अरु पनि माग राख्न उचित ठानेनन् । तर, श्रीमतीले करकाप गरेपछि उनी बाध्य भए र नदी किनारमा पुगे । उनले सुनौलो माछालई सम्बोधन गर्दै आफुहरुको लागि राम्रो घर आवश्यक रहेको बताए । यसपटक पनि सुनौलो माछा देखाप¥यो र भन्यो, ‘तिम्रो इच्छा पुरा हुनेछ ।’
माझी घर फर्कदा उनको झुपडीको ठाउँमा आकर्षक र सुविधायुक्त महल थियो । माझी दम्पतीका लागि अब खान र बस्नको कुनै चिन्ता रहेन । तर, केही दिन बित्न नपाउँदै माझीकी श्रीमतीले गुनासो गरिन्, ‘यत्तिका ठूलो घर छ । अब आफ्नै खेतीबाली, गाईबस्तु पनि भए हुने ।’ यसपटक पनि बुढो माझी बाध्य भएर श्रीमतीको इच्छा पुरा गर्न सुनौलो माछाकहाँ पुगे । अन्ततः उनीहरुको यो मनोकांक्षा  पनि पुरा भयो ।
यद्यपि श्रीमतीको इच्छा थपिदै गयो । उनले अब सुनौलो माछासामु नोकरचाकर पनि चहिने कुरा राख्न बुढो माझीलाई बाध्य बनाए । सबै कुरा पुरा हुँदै गएपछि श्रीमतीको मन अघाएन । बरु, उनको महत्वकांक्षा बढ्दै गयो । उनले आफु एउटा छुटै साम्राज्यको शासक बन्ने इच्छा गरिन् । सुनौलो माछाले उनको इच्छा पुरा गर्दै गए । उनी महारानी भइन् ।
माझी दम्पती अब एक शक्तिशाली शासक भए । उनीहरुसँग कुनै कुराको कमी भएन । धन–सम्पति, सुख–सयल सबै थियो ।
एकदिन महारानीलाई लाग्यो, ‘सबैकुरा मेरो वशमा छ । मेरो इच्छा अनुसार नै रैतीहरु चल्नेछन्, मुलुक चल्नेछ । तर, यो प्रकृति मेरो अधिनमा छैन । रात र दिन मेरो निर्देशनमा चल्दैन ।’ यही कुराले उनलाई बेचैन बनायो । प्रकृतिलाई पनि आफ्नो इच्छा बमोजिम चलाउन पाए हुन्थ्यो भनी उनले श्रीमानसँग गुनोसो पोखिन् । श्रीमानले उक्त कुरा संभव नहुने भन्दै श्रीमतीलाई सम्झाउने प्रयास गरे । तर, श्रीमतीले आफनो ढिंपी छाडिनन् । यदि श्रीमानले आफ्नो इच्छा सुनौलो माछासामु नराखेमा कठोर सजाय दिने धम्की दिइन् ।
श्रीमानको केही लागेन । उनी एकदमै असहज मान्दै नदीको किनारमा गए । सुनौलो माछालाई सम्बोधन गर्दै आफ्नी श्रीमतीको इच्छा सुनाइदिए । सुनौलो माछाले भन्यो, ‘ठिक छ, तिमी घर जाउँ ।’
उनी घर फर्किए । तर, अनौठो भयो ।
न त्यहाँ उनीहरुको साम्राज्य थियो, न दरबार । न रैती, न नोकरचाकर । सुरुको अवस्थामा जुन झुपडी थियो, त्यही मात्र बाँकी थियो ।
अतिले खति
हाम्रो आवश्यक्ता र चाहनाहरु कहिल्यै पुरा हुँदैन । जब हामी आफ्नो गुजारा चलाउने स्रोत पाउँछौं, तब ऐश–आरम खोज्नतर्फ लाग्छौं । घर, गाडी, गर–गहना, जग्गा–जमिन जोड्ने आकंक्षा रख्छौं । सार्थक श्रमले यावत् आकंक्षा पुरा हुँदै जान्छ पनि । तर, त्यो विन्दुमा पुगेर हामी सन्तोष मान्दैनौ कि, जहाँ सबै कुरा पुगिसरी छ । सबैकुरा पुगिसरी भएरपनि हाम्रो महत्वकांक्षा बढ्दै जान्छ । हामी विलासी जीवनको खोजीमा लाग्छौं । असीमित धन–सम्पतिको स्वमी बन्ने आकंक्षा राख्न थाल्छौं ।
हामीकहाँ नेता–मन्त्री, कर्मचारी, व्यापारी आदि भ्रष्ट हुने भनेको पनि यस्तै महत्वकांक्षाले हो । उनीहरुसँग अपुग केही हुँदैन । तर, मन भने सधै दरिद्र हुन्छ । सुकिलो लुगामा ठाँटिएपनि, चौरासी ब्यान्जन खाएपनि, विलासी गाडी र घर उपभोग गरेपनि, पर्यात बैंक ब्यालेन्स राखेपनि उनीहरु सन्तोष मान्दैनन् । त्यही असन्तोषले उनीहरुलाई भ्रष्ट बन्न उक्साउँछ ।
जब हामीमा इच्छा र आकंक्षा बढ्दै जान्छ, लोभ–लालस पैदा हुन थाल्छ । हरेक कुरामा हामी ¥याल काड्न थाल्छौं । धन–सम्पति, सुख–सयल, मोज–मस्तीको चक्करमा हामी जस्तोसुकै कृत्य समेत गर्न पछि पर्दैनौं । आखिर त्यही दलदलमा फसेर हाम्रो पीडादायी अन्त्य हुन्छ ।
कतिले पुग्छ ?
एक धनाड्य व्यक्ति मृत्युको मुखमा थिए । छोराछोरी, नातेदार, आफन्त, इष्टमित्र आसपासमा बसेर उनको पीडा कम होस् भनी थमथमाइरहेका थिए । सान्तवाना दिइरहेका थिए । तर, ति धनाड्य भने जोड–जोडले रोइहेका थिए । उनी यसकारण रोइरहेका थिएनन् कि, आफ्नो मृत्यु हुँदैछ । बरु आफ्नो शेषपछि सन्तानले दुःख पउने हो कि भन्ने चिन्ता थियो । जबकी उनीसँग पर्याप्त धन–सम्पति थियो, जो पाँच पुस्तासम्मलाई बसीबसी खान पुग्थ्यो । तब उक्त धनाड्यलाई सोधियो, ‘किन विलौना गरिरहनुभएको छ ?’
उनले निकै दुःखी हुँदै भन्यो, ‘पाँच पुस्तासम्मलाई त खान–लाउन अभाव हुनेछैन । तर, छैठौं पुस्ताको हालत के होला ?’
आफ्ना सन्ततीको भविष्यप्रति चिन्तित हुनु अन्यथा भएन, तर मान्छेमा लोभको आयम कति टाढासम्म फैलिएको हुन्छ भन्ने दृष्टान्त हो यो कथा । हामीमा जति–जति इच्छा र आकंक्षाको आकार बड्दै, त्यो कुनै विन्दुमा पुगेर पुरा हुँदैन ।
हामी धनाड्य हुन चाहन्छौं, तर कति धन भएपछि हाम्रो मन भरिएला ?
हामी सुख–भोग गर्न चाहन्छौं, तर कति सुख–सुुविधा भए हामीलाई पुग्छ ?
संसारमा उपलब्ध यी भौतिक कुराहरुको कुनै सीमितता छैन । साथै हाम्रा इच्छा–आकंक्षा यसले कहिल्यै पूर्ण गराउन सक्दैन । आज हामी किन चिन्तित छौं ? किन दुःखी छौं ? किन बेचैन छौं ? किनभने हाम्रा इच्छा र आकंक्षाहरु पूर्ण छैनन् । हामीले आफैभित्र अभाव, दरिद्रता अनुभव गरिरहेका छौं । यसैले हामीलाई पिरोलेको छ । नतिजा, हामी तनावग्रस्त छौं । उच्च रक्तचाप, डिप्रेसनको रोगी हुँदैछौं ।
इच्छा, आकंक्षा राख्नु नराम्रो होइन । तर, आफुसँग जे–जति उपलब्ध हुन्छ वा छ, त्यसमा सन्तोष गर्न सक्नुपर्छ । हामी जतिसुकै शक्तिशाली भएपनि, जतिसुकै धनाड्य भएपनि सबैकुरा प्राप्त हुँदैन । सबै कुरा हामीले भोग गर्न सक्दैनौं । किनभने भौतिक कुराहरुले हामीलाई कहिल्यै तृप्त बनाउन सक्दैन ।
मानौं हामी मिठो–मसिनो खानेकुरा खाएर तृप्त हुन चाहन्छौं । चौरासी ब्यान्जन खाएपनि हाम्रो भोक मेटिदैन । हामीलाई त्यो भन्दा मीठो खानेकुराको तलतल लाग्न थाल्छ । त्यसैले त भनिन्छ नि, भोजन भन्दा भोक मीठो । ओछ्यान भन्दा निद्रा मीठो ।
आफ्नो श्रम, सीप, लगाव, मेहनतबाट जे–जति उपलब्ध हुन्छ, त्यसमा सन्तोष गर्नुपर्छ । हाम्रा पौराणिक शास्त्रहरुमा भनिएकै छ नि, सन्तोष भन्दा ठूलो सुख केही छैन ।
0 notes
onlinekhabarapp · 5 years
Text
कोराना नआओस भन्दै शैलेश्वरीमा भाकल
२ चैत्र, डोटी । संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ ।
कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए ।
‘हामीले भाकल गरेका छौं, माता शैलेश्वरीको कृपादृष्टिले कोरोनाको संक्रमण हाम्रो क्षेत्रमा आउने छैन,’ अध्यक्ष भट्टले भने, ‘भगवान शिवले सयल गरेको ठाउँ, भगवान रामचन्द्रले यज्ञ गरेको यो पवित्र भूमिमा यस्ता संक्रमण आउने छैन् भन्ने हामीलाई विश्वास छ ।’
अध्यक्ष भट्टले कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने समेत बताए । उनले कोरोना संक्रमण यता नफैलिने विश्वास गर्दै क्षमा पूजाका लागि तयार रहन पनि स्थानीयवासीलाई आग्रह गरेका छन् ।
0 notes