Don't wanna be here? Send us removal request.
Text
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछुः महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताउनुभएको छ ।
लोकतान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताउनुभएको हो । “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उहाँले भन्नुभयो ।
महामन्त्री कोइरालाले…
View On WordPress
0 notes
Text
खाना पकाउने ग्यासको बिक्री बन्द
मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् ।
बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् ।
ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ ।
अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् ।
महास…
View On WordPress
0 notes
Text
इन्धनको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह
विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनले इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा विद्यार्थी नेताहरुले १५ दिनमा दुई पटक मूल्य बढाएर सरकारले नकाम गरेको बताएका हुन् ।
साक्षात्कारमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिले जनता मारमा परेको भन्दै के आधारमा मूल्यवृद्धि भएको हो त्यो जनतालाई स्पष्ट गर्न…
View On WordPress
0 notes
Text
राष्ट्रियसभा निर्वाचन २५ माघमा
राष्ट्रिय सभाको निर्वाचन अगामी माघ २५ गते गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री देउवाले आयोगको प्रस्ताव अनुसार नै माघ २५ गते राष्ट्रिय सभाको मिति तोक्ने जानकारी प्रमुख आयुक्त यादवलाई गराएको आयोग पदाधिकारीले बताएका छन्।
‘तयारी लगायतका सबै प्रक्रिया…
View On WordPress
0 notes
Text
खतरनाक पुल सर्वसाधारणका लागि खुला
चीनमा रहेको सबैभन्दा लामो र खतरनाक सिसाको पुल सर्वसाधारणका लागि खुला गरिएको छ । चीनले पर्यटनलाई बढावा दिने उद्देश्यले जमिनभन्दा २ सय १८ मिटर माथि रहेको काँचको पुल बनाएको हो । यसमा पारदर्शी काँचको प्रयोग गरिएको छ ।
यो पुल चीनको हेबेई प्रान्तको शिजियाझुआंग शहरमा बनाएको हो । यो संसारकै सबैभन्दा लामो पुल आधुनिक इंजिनियरिङको उत्कृष्ट नमुना हो ।
यस पुलको लम्बाई ४ सय ८८ मिटर र चौडाई २ मिटर छ । यस पुलबाट…
View On WordPress
0 notes
Text
झरना नै हिउँमा परिणत
अमेरिकाका विभिन्न राज्यमा यतिबेला तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । अत्याधिक चिसोका कारण प्रसिद्ध झरना नायगरा फल्सको केही भाग जम्न पुगेको समाचार माध्यमले जनाएका छन् ।
अत्याधिक चिसोका कारण नायगरा झरनाको केही भाग हिउँमा परिणत भएको हो । झरनाको दृश्य अवलोकन गर्न गएका पर्यटकले हावामा नै पानी हिउँ बनेको तस्बिर पोष्ट गरेका थिए ।
तापक्रम शून्यभन्दा तल झरेसँगै अमेरिकाका उत्तरी राज्यमा केही मानिसको…
View On WordPress
0 notes
Text
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तिन शतक
न्यूजिल्याण्डका कोलीन मुनरो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ शतक प्रहार गर्ने पहिले खेलाडी बनेका छन्। घरेलु मैदानमा भइरहेको वेष्ट इन्डिज विरुद्धको तेस्रो टी-२० खेलमा बुधबार शतक प्रहार गर्दे ३ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन्।
मुनरोले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि १०४ रन बनाए। ५३ बल खेलेका मुनरोले ३ चौका र १० छक्का प्रहार गरे। मुनरोले गत वर्ष दुई टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका थिए।…
View On WordPress
0 notes
Text
राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन
राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चल विजयी भएको छ। घरेलु टिम पश्चिमाञ्चलले विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफ लाई ३०-२२ ले हराउँदै विजयी सुरुवात गरेको हो।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिता अन्तर्गत १८औं पुरुष तथा नवौँ महिला ह्याण्डवल प्रतियोगितामा हुँदैछ।
यही पुष २२ गतेसम्म पोखरामा संचालन…
View On WordPress
0 notes
Text
आत्महत्याको लागि परिचित जंगल
जापानको ओकिगाहारा जंगलमा पलले आफ्ना साथीहरु खिचेको उक्त भिडियोमा लाशको वास्तबिक लाश देखाइएको छ । उक्त भिडियोलाई सार्वजनिक गरेपश्चात मानिसहरुले उनीमाथि आलोचनात्मक टिप्पणी गरेका छन् ।
उनले माफी माग्दै आमरुपमा आत्महत्या गरिने उक्त जंगलमा नकरात्मक नभएर आत्महत्या प्रति जागरुकत फैलाउने आफ्नो मनसाय रहेको बताएका छन् ।
उनले उक्त भिडियो जापानस्थित आत्महत्याको जंगल नामले परिचित ओकिगाहारा जंगलमा लिएका थिए ।…
View On WordPress
0 notes
Text
आइप्याडमा लामो दूरीको वायरलेस चार्जिङ प्रविधि
आइफोन निर्माता एप्पलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क अफिसमा आफ्नो नाउँम एक पेटेन्ट दर्ताका लागि आवेदन पेश गरेको छ ।
यो आवेदन एक विशेष प्रविधिका लागि दिइएको हो, जसका माध्यमबाट आइफोन, एप्प्ल वाच तथा आइप्याडमा लामो दूरीको वायरलेस चार्जिङ प्रविधि भित्रिनेछ ।
रेडियो फ्रिक्वेन्सीमा आधारित लङ्ग रेन्ज वायरलेस चार्जिङ्ग प्रविधिलाई अमेरिकी संघीय सञ्चार आयोगबाट कन्जुमर सेफ्टी सर्टिफिकेट प्राप्त भैसकेको छ ।…
View On WordPress
0 notes
Text
एक खर्ब ५१ अर्ब वैदेशिक लगानी
मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले मात्र निर्यातजन्य सामग्री उत्पादन गर्दैै आएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘निर्यात प्रवद्र्धन’ विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका…
View On WordPress
0 notes
Text
भण्डारीले सम्हाले प्रवक्ताको जिम्मेवारी
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी गोकुल भण्डारीले सम्हाल्नुभएको छ ।
सहायकरथी नैनराज दाहालले निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नुभएको निर्देशनालयले जनाएको छ ।
सो अवसरमा सहायकरथी दाहालले करिब तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै…
View On WordPress
0 notes
Text
चार करोड पर्यटक प्रवेश शुल्क संकलन
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ ��ाख १६ हजार राजश्व संकलन गरको छ ।
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३५८ पर्यटकबाट प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता…
View On WordPress
0 notes
Text
गोब्रे च्याउबाट मनग्य आम्दानी
कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् ।
पूर्व—पश्चिम राजमार्ग छेउमै पर्ने गोप्का गाउँका अगुवा कृषक तपराज भट्टको परिश्रम र लगनशीलताको नमूना हो यो । त्यहाँ पुग्ने च्याउका पारखी…
View On WordPress
0 notes
Text
नयाँ वर्षमा कोशी टप्पुमा पाँचसयभन्दा बढी पर्यटक
अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् ।
१ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताउनुभयो ।
आरक्षमा पिकनिक मनाउन र अवलोकन गर्नका लागि सो संख्यामा पर्यटक आएका हुन् । आरक्षमा अन्य बेलामा दैनिकरुपमा १०० देखि…
View On WordPress
0 notes
Text
आणविक हतियारको साँचो सधैँ ‘मेरो टेबलमा’ छ ः किम जङ–अन
उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताउनुभएको छ ।
नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अ���ेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरू (अमेरिकी)…
View On WordPress
0 notes
Text
जाम्बीयाको राजधानीमा दुई हजार जनामा हैजाको प्रकोप
जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताउनुभयो ।
उहाँले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिनुभयो । अधिकारीहरुले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरु गरेको पनि उहाँले…
View On WordPress
0 notes