Text
0 notes
Text
Bitcoin news indian person analysis fake news, his don’t know what is the Bitcoin and Blockchain technology, pls..... see this video https://youtu.be/zUrffxhfdm4
youtube
0 notes
Text
सुखी जीवनकोलागि जान्नुपर्ने नीति-वचन [चाणक्य]
महान चाणक्यका नीति वचन शृंखला- पहिलो
१. चाहे व्यक्ति जति नै समझदार किन नहोस यदि मुर्ख शिष्यलाई पढाउनाले, दुष्ट स्त्रीसँग जीवन बिताउनाले, दुखि-रोगिको माझमा रहनाले सो व्यक्ति पनि दुखि बन्दछ ।
२. जसको घरमा आमा हुनूहुन्न र सो को ठाउँमा व्याभिचारी श्रीमती छ भने त्यो मान्छे बनवास गए हुन्छ किनकि उसको निम्ति घर र वन एक समान हो ।
कुनै काम अर्हाउदा सेवकको पहिचान हुन्छ, दुखको समयमा मित्रको पहिचान हुन्छ, विपत्तिको समयमा आफन्तको पहिचान हुन्छ, र धन नष्ट हुदाँ श्रीमतीको पहिचान हुन्छ ।
३. दुष्ट श्रीमती. घाती मित्र, मुख लगाउने नोकर र सर्प हुने घरमा रहनु मृत्युको कारण हो यसमा कुनै शंका नगर्दा हुन्छ ।
४. विपत्तिको समयमा धनको रक्षा गर्नुपर्दछ, यदी श्रीमती पनि समस्यामा छिन भने धन भन्दा पन्हिले श्रीमतीको रक्षा गर्नु पर्दछ तर यदि आफू स्वाय नै समस्यामा छ भने धन र श्रीमतीको विचमा पहिले आफ्नो रक्षा गर्नुपर्दछ ।
५. जुन देशमा सम्मान छैन, जुन स्थानमा जीविकाको कुनै माध्यम छैन, जुन ठाउँमा आफ्ना इष्टमित्र छैनन् अनि जुन ठाउमा विद्या आर्जन गर्ने विद्यालय छैन भने त्यस्तो ठाउमा बस्नु हुदैन ।
६. कुनै काम अर्हाउदा सेवकको पहिचान हुन्छ, दुखको समयमा मित्रको पहिचान हुन्छ, विपत्तिको समयमा आफन्तको पहिचान हुन्छ, र धन नष्ट हुदाँ श्रीमतीको पहिचान हुन्छ ।
७. जसले रोगव्याधी लाग्दा साथ दिने, सत्रु आइलाग्दा साथ दिने, घर परिवार चलाउन साथ दिने र मृत्यु पश्चात दाहसंस्कार गर्ने मित्र नै वास्तविक मित्र हुन्छ ।
८. जो पक्का हुनेवाला छ त्यसलाई छोडेर जे हुन्छ हुदैन अनिश्चित छ त्यसलाई अंगाल्ने मान्छेले निश्चीत कुरा पनि गुमाउन पुग्दछ । अर्थात जुन चिज पहिले मिल्ने वाला छ पहिले त्यसमाथि नै काम गर्नु पर्दछ ।
९. विद्वान व्यक्तिले विवाहको निम्ति रुपलाई भन्दा बढी कुलीनतालाई हेर्नु पर्दछ, विवाह सदैव समान कुलको विच गर्नु पर्दछ ।
१०. लामो नंग्रा हुने हिंस्रक जनावर, गहिरो नदि, लामा सिंग हुने जनावर, हतियार सहितको व्यक्तिको कहिल्यै विश्वास गर्नु हुदैन किनकि यिनीहरुले कतिबेला घात गर्दछन त्यो थाहा हुदैन ।
११. विषबाट पनि अमृत निकाल्नु पर्दछ, फोहोरबाट पनि मोहोर निकाल्नु पर्दछ, निच व्यक्तिबाट पनि उत्तम विद्या निकाल्नु पर्दछ किनकि साध्य भन्दा साधन गौण कुरा हो ।
१२. जसको सन्तान आज्ञाकारी हुन्छ, श्रीमती धार्मिक तथा सद्गुणले भरिएको हुन्छ, र जो व्यक्ति आफूसँग जति धन सम्पति छ त्यति मै सन्तुष्ट रहन सक्छ भने सो व्यक्तिको तिमित्त संसार नै स्वर्ग सरी हुन्छ ।

0 notes
Text
तिम्रो मेरो सम्बन्धको ........ Nepal Idol Season-3 Prabin Bedwal https://youtu.be/6LNOMbDyV74
youtube
0 notes
Text
0 notes
Text
थामेर किन छोड्यौ हातहरु.....
[थामेर किन छोड्यौ हातहरु।
रोजेर किन तोड्यौ साथहरु।]…२
छोडेर गयौ, सारा यादहरु।...२
रोएर बिते, मेरा रातहरु।...२
दुई किनार हरु छोएर बग्ने, तिम्रो बानी मैले चिन्न सकिन।...२
तिमी बग्यौ कुन सागरमा मिल्न।...२
लहर हरु मैले गुन्न सकिन।...२
धेरै बहार हरु लुटेर भाग्ने, तिम्रो कहानी मैले बुझ्न सकिन।...२
तिमी उढेउ कुन बसन्त भेट्न।...२
ओइलि एर फेरी म फुल्न सकिन।...२
[थामेर किन छोड्यौ हातहरु।
रोजेर किन तोड्यौ साथहरु।]…२
छोडेर गयौ, सारा यादहरु।...२
रोएर बिते, मेरा रातहरु।...२
0 notes
Text
प्रशंसा र आराधना भनेको के हो
“प्रशंसा र आराधना” शब्दहरूले प्रभुप्रतिको हाम्रो प्रेम र कृतज्ञतामय प्रत्युत्तरलाई झल्काउंछ । तिनीहरूले हामी जिउनुको कारणहरू सारांशमा प्रकट गर्नेछ ( यशैया ४३:२१ / एफिसी १:६, १२, र १४ पदहरू) ।
* उहाँले हामीलाई दिनुभएका कुराहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ ।
* हामीलाई उहाँले गर्नुभएको कामको निम्ति हामीले उहाँको प्रशंसा गर्नुपर्छ ।
* उहाँ जेजस्तो हुनुहुन्छ त्यसको निम्ति हामीले उहाँको आराधना गर्नुपर्छ ।
हाम्रो निम्ति कति अचम्मको कार्यहरू गर्नुहूने परमेश्वरप्रति हाम्रो हृदय सदैव धन्यवादी हुनुपर्दछ ( भजन १००:४)। वास्तवमा प्रभुमा सधै आनन्दित हुनको निम्ति पवालले हामीलाई प्रोत्साहित गरेका छन् ( फिलिप्पी ४:४ ) । परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ र हामीले यो कुरा थाहा पाएको उहाँ इच्छा गर्नुहुन्छ । कृतज्ञतापूर्ण हृदयबाट हामी उहाँलाई धन्यवाद चढाउदै आत्मा र सत्यतामा उहाँको आराधना र प्रशंसा गर्नसक्छौ ।
0 notes
Text
चिसो-चिसो हावामा न्यानो माया हैं बोकेर by BabuRaja Maharjan
https://youtu.be/quZfCtKDHwQ
youtube
0 notes
Text
एउटा कथा जिन्दगीको
एउटा कथा जिन्दगीको................
जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर
गर्दै थिइन् | तिनको हात समात्दै मैले भनें: "तिमिसित
एउटा कुरा गर्नु छ्"| तिनी बसिन र चुपचाप खान थालिन् |
मैले तिनको आँखामा उदासीपन महसुस गरें | अचानक मेरो
वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको
थिएँ, त्यो भन्न जरुरी थियो - म तिनिसँग सम्बन्ध बिच्छेद
गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमका साथ राखेँ |
मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र
भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ |
तिनी रिसाइन र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै
चिच्याइन | त्यस रात हामी दुवैबिच कुराकानी
भएन,तिनी रुइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा
के त्यस्तो खोट देखापर्यो भन्ने कुरा तिनले जान्न चाहनु
स्वभाविकै कुरो हो | तर मसंग तिनलाई दिने त्यस्तो
सन्तोषजनक जवाफ थिएन | जेन भन्ने महिलाले मेरो हृदय
जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न
छोडिसकेको थिएँ | तिनिप्रति दया जागेर आयो |
गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको
सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र
मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ |
तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर
च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै छानामुनी बसेकी
ती महिला अब अजनवी भैसकेको थियो |यस घरमा आएर
तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर
गएकोमा म अत्यन्तै दुखित थिएँ | तर मैले जे निर्णय गरेँ,
त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म
जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप
तिनी डाँको छोडेर रुन थालिन् |साँच्चै भन्नु हो भने
तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि
धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने
बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो |
अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि
केही लेखिरहेकी थिइन | मैले बेलुकीको खाना खाएको
थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले
गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म
बिउँझे, तिनी अझै लेख्दै थिइन | मैले वास्ता गरिन र
अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले सम्बन्ध्-
बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन- सम्बन्ध्-बिच्छेद
गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक
तिनले म बाट कुनै हकदावी गरिन |
त्यो एक महिनाभित्र
हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल
कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १
महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो
तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने
तिनको चाहना थियो | यो बाहेक तिनको एउटा
अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले
तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको
थिएँ,त्यो सँस्मरण गर��न भनिएको थियो| अनि त्यो एक
महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको
बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध
थियो| कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ |
हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर
मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ | मैले जेनलाई
मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर
तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए
पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन |
हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म
बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध
बमोजिम पहिल�� दिन जब मैले तिनलाई बोकेँ, हामी
दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो |
ड्याडिले मम्मीलाइ बोक्नुभयो भनेर छोरो हाम्रो
पछाडि ताली पिटदै थियो | छोराले त्यसो भन्दा मैले
नजानिन्दो पिडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-
कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म
हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले
आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो सम्बन्ध-बिच्छेद
बारे छोरालाई नभन है | मैले दुखी भएर स्वीकृतिसुचक
टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर
लागिन भने,म एक्लै गाडी हाँकेर अफिस गएँ |दोस्रो
दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव
गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको
ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो |
तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले
जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का
चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो|
वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो| म
आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको
आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला
थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी
थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन
प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो,
तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक
दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान
तिनी लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा
फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन: मेरा सबै लुगाहरु
खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर
तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई
बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा,
ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले
मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले
तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो:
मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले
आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको
थियो मेरो छोरोले | मेरी श्रीमतीले छोरोलाई नजिक
आउन साउती गरिन र बेस्कन अंगालो हालिन | आफ्नो
अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै
मोडेँ | शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ
बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा
आरामसंग बेरिएका थिए,हाम्रो विवाह् अवसरमा झै मैले
तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |
तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन
जब मैले तिनलाई बोकेँ,किन किन मैले पाइला चाल्न
सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले
तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय
सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन | म काममा
हिँडे, अफिस पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर
उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने
मलाई डर थियो | माथ्लो तल्लामा उक्लेपछी जेनले
ढोका खोली दिइन | आफु सम्बन्ध-बिच्छेद नगर्ने
निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर
मतिर हेरिन र मेरो निधार छामिन | तिमीलाई जरो
आएको छ ? तिनले सोधिन | निधारबाट तिनको हात
हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ,
हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण
हामीले एकार्कालाई माया नगरेर भएको होइन
रहेछ, जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन
ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी
श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै
जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु
पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु | जेन जुरुक्क
उठिन, बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर
डाँको छोडेर रुन थालिन | म गाडी चढेर घरतर्फ लागेँ |
बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा
किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के
लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर
लेखेँ - जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म
तिमीलाई बोक्नेछु!!!
हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस
साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त
मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म
जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती
महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले
थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने
कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद
भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र
छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन
तिनले त्यसो गरेकी रहेछिन - फलस्वरुप छोराको नजरमा म
मायालु लोग्ने हुन पुगेँ | जीवनका झिना-मसिना कुराहरु नै
वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य
महल, गाडी, जग्गा-जमीन र पैसा -- यी चिजहरुले त केही
टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!
तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर
आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका
झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ !
यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन
भत्किनबाट जोगाउँछ | सफलताको कारक तत्वहरुलाई
पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ |
(घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई
हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु | यो
मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई
माया गरी लेखेको कथा हो, फिक्सन पनि हुन सक्छ,
सत्यकथामा आधारित पनि हुनसक्छ,जे भएपनि कथा
मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ | फेसबुक
मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो |
मौलिक लेख अंग्रेजिमा ��ियो र मैले नेपालीमा अनुवाद
गर्ने जमर्को गरेको छु | कतिपय हरफहरुमा शब्दानुवाद्
नगरि भावानुवाद् गरिएको छ्| मेरो यो अनुवादले कुनै
नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ भयो
भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु
| पाठकहरुको
प्रतिकृयाको अपेक्षा राख्दै... साभार
लेखक---by R.k. Acharya बाट
0 notes
Text
मानिसको पतन नै रोग र मृत्युको शुरुवात हो
मानिसको पतन नै रोग र मृत्युको शुरुवात हो भनी बाइबलले बताउँदछ। परमेश्वर विरुद्धको हाम्रो पापसम्म यो पुग्दछ। हामी यस्तो संसारमा बाँचिरहेका छौं जो श्रापको अधिनतामा ऐया-आत्था गर्दछ र नयाँ गरी जन्मेकाहरू धरी त्यस श्रापको अधिनतामा छन् (रोमी ८:२२-२३)। हामीहरू मृत्युको शरीरमा जीउँदछौं (रोमी ७:२४)। पापको कारणले हाम्रो शरीरको मृत्यु हुन्छ। "पापको ज्याला मृत्यु हो..." (रोमी ६:२३)।
शुरुका मण्डलीहरूमा पनि परमेश्वरले हरेक पटक विश्वासीहरूलाई निको पार्नुभएन। पावलमा परमेश्वरले नहटाउनुभएको रोग थियो (२ कोरिन्थी १२:७-१०)। यस सवालमा पावलको निश्कर्ष चाहिँ पूर्ण स्वस्थपना नै परमेश्वरको इच्छा हो भनी दाबी गर्नेहरूको भन्दा पनि विपरीत थियो। उनले भने: "यसकारण ख्रीष्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, स���ावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु" (२ कोरिन्थी १२:१०)। यस वर्तमान संसारमा परमेश्वरले सिद्ध स्वास्थ्यको प्रतिज्ञा गर्नुभएको छैन भनी पावलले बुझे, र उनले परमेश्वरको इच्छालाई स्वीकार गरे।
तिमोथी शारीरिक रुपमा कमजोर थिए र अकसर बिरामी हुन्थे (१ तिमोथी ५:२३)। पावलले उनलाई चङ्गाइ पारेनन् र आयुर्वेदको अभ्यास गर्ने सल्लाह दिएनन्!
ट्रोफिमस, पावलका सहककर्मी, मिलेटसमै छाडिए किनभने उनी बिरामी थिए र परमेश्वरले उनलाई चङ्गाइ पार्नुभएन (२ तिमोथी ४:२०)।
नयाँ नियम ख्रीष्टय विश्वासले हामीलाई यस वर्तमान संसारमा पूर्ण रुपमा स्वस्थ हुने अपेक्षा गर्न सिकाउँदैन। यसले हामीलाई आशाद्वारा जीउन सिकाउँछ, र जुन आशा देखिन्छ त्यो आशा नै होइन। निम्न खण्डमा, प्रेरित पावलले यस वर्तमान संसारमा विश्वासीहरूले हरेक किसिमका समस्याहरू भोग्नुपर्ने कुरा सिकाउँछन्, तर अर्को जीवनमा हामीसँग बौरिउठेको शरीर हुनेछ र फेरि हामीमा रोगहरू र मृत्यु हुनेछैनन्।
"किनकि म ठान्दछु, यस वर्तमान समयका दु:खकष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन्, जो हामीमाथि प्रकट हुनेछ। किनकि सृष्टिको तीब्र आशाले पनि परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई पर्खिरहेको छ। किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ; आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नुभएको छ, यस आशामा; किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। किनकि हामी जान्दछौं, अहिलेसम्म पनि सारा सृष्टि एकसाथ ऐया-आत्था गरिरहेको र प्रसूति-वेदनामा तड्पिरहेको छ। अनि तिनीहरूमात्र होइनन्, तर हामीहरू पनि, जससँग आत्माको पहिलोफल छ, अँ हामी आफै पनि, धर्मपुत्र-ग्रहणको अर्थात् हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफूभित्र-भित्रै ऐया-आत्था गर्दछौं। किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौं, तर जुन आशा देखीन्छ, त्यो आशा नै होइन; किनक जुन कुरा मान्छेले देख्छ, त्यसका लागि उसले अझै किन आशा गर्दछ र? तर जुन कुरा हामी देख्दैनौं, त्यसको आशा गर्दछौं भने हामी धीरजसँग त्यसको बाटो हेर्दछौं" (रोमी ८:१८-२५)।
यस वर्तमान संसार मानिसको पापको कारणले परमेश्वरको श्रापको अधिनतामा छ, र यस जीवनमा रोगहरू र समस्याहरूबाट पूर्ण रुपमा छुटकारा हुनेछैन भनी बाइबलले बताउँछ।
त्यसैले हामीले बुझ्यौं कि आयुर्वेदले मानिसहरूलाई धोकामा पार्ने झूटा प्रतिज्ञाहरू गर्दछ।
शैतान झूट हो र झूटको बाबु हो भनी बाइबलले बताउँछ (यूहन्ना ८:४४)।
3. आयुर्वेदिक औषधि तपाईंको स्वास्थ्यको निम्ति जोखिमपूर्ण हुन सक्छ।
आयुर्वेदिक औषधिमाथी कुनै पनि नियन्त्रण छैन। त्यहाँ मिसाइएको थोकहरू सुरक्षित छन् कि छैनन् भनेर पनि जान्ने तरिका छैन।
रसायनिक परिक्षणहरूले आयुर्वेदिक औषधिमा अधिकांश अनुपातमा सिसा (lead), पारो (mercury), फलाम (iron), र आर्सनिक (arsenic) जस्ता हानिकारक धातुजन्य विषहरू हुन्छन् भनी देखाएको छ।
यस प्रकारका धातुहरू र अभ्रक वा माइका (mica) जस्ता खनिज पदार्थहरू मिसाउने कार्यलाई "रस शास्त्र" भनिन्छ। यसरी मिसाइएको मिश्रणहरूलाई भष्मा भनिन्छ। यो एउटा प्राचीन हिन्दु अभ्यास हो। यस शिक्षा अनुसार, धातुहरू र जडिबुटिहरूको सम्मिश्रणको परिणाम स्वरुप स्वास्थ्य सुधार हुन्छ। आयुर्वेदिक चिकित्सकहरूले तिनीहरूको मिश्रण गर्ने प्रविधिद्वारा उक्त सूत्रीकरण सुरक्षित हुन्छ भन्ने विश्वास गरे तापनि, वैज्ञानिक प्रमाणले यो सत्य छैन भनी देखाउँछ।
यो मनगढन्त कुरा हो, र यसको अभ्यास कसैको स्वास्थ्यको निम्ति खतरनाक हुनसक्छ, किनभने लामो समयसम्म र अत्याधिक मात्रामा औषधिको प्रयोगको कारणले प्रचुर धातुहरू विषालु बन्न जान्छन्।
"संयुक्त राष्ट्रमा आयुर्वेद रस शास्त्र औषधिको जाँचले बहुसंख्यामा प्रचुर धातुद्वारा विष लाग्ने नतिजा देखिएको छ। विशेषगरी नानीहरूलाई विषालु प्रचुर धातुको कारणले स्नायुतन्त्र सम्बन्धी समस्याहरू सिर्जना हुने डर हुन्छ।"
सन् २००४ र २००८ मा जर्नल अफ अमेरिकन मेडिकल एस्सोसिएशन (Journal of American Medical Association) मा केहि अध्ययनहरू छापिएका थिए। "अनुसन्धानकर्ताहरूले भारत-उत्पादित केहि सामानहरूमा शरीरले सहन सक्ने भन्दा १०० देखी १००,००० गुणा अत्याधिक सिसा अनि/अथवा पारो सेवन हुने नतिजा ���उन सक्छ भनी निश्कर्ष निकालेका छन्" (U.S. Food and Drug Administration’s Caution Alert About Ayurvedic Medicine, Oct. 16, 2008)।
सन् २०११-२०१२ ताका न्यू योर्क सिटी डिपार्टमेन्ट अफ हेल्थ (New York City Department of Health) ले आयुर्वेदिक औषधि प्रयोग गरेका गर्भवती महिलाहरूमा विषाक्त सिसाको संक्रमण भएको ६ जना रोगीहरू फेला पारेको थियो। विषाक्त सिसाको संक्रमणले मस्तिष्क, मिर्गौलाहरू, स्नायु प्रणाली र प्रजनन प्रणालीलाई क्षती पुर्याउन सक्छ, र गर्भमा विकास हुँदै गरेको बच्चालाई हानि पुर्याउन सक्छ।
क्यानडामा आयुर्वेदिक औषधिद्वारा विष संक्रमण भएका रोगीहरू भेट्टाइएको थियो।
एकजना वयस्क पुरुष वान्ता र झाडापखालाको कारणले अस्पतालमा भर्ना गरिएको थियो। तिनी भारतमा तिनले खरिद गरेर दिनको एक चोटि सेवन गरिरहेका "शक्ति बढाउने" आयुर्वेदिक औषधि चक्कीदवारा संक्रमित भएका थिए। तिनको रगतमा सिसाको मात्राचाहिँ हुनुपर्ने सामान्य मात्रा भन्दा तीन गुणा अधिक थियो। त्यस औषधिको विश्लेषण गर्दा प्रत्येक चक्कीमा विषाक्तपूर्ण मात्रामा सिसा, पारो, र आर्सनिक भेटियो ("Heavy Metal Poisoning from Ayurvedic," British Columbia Medical Journal, March 2008)।
अर्को मुद्दामा, एकजना जवान मानिस वमनेच्छा, वान्ता, र पेट दुखाइको कारणले अस्पतालमा भर्ना गरिएको थियो। तिनले आफ्नो मदुमेह ठीक गर्न आयुर्वेदिक चूर्ण सेवन गरिरहेका थिए। तिनले यो भारतको मन्दिरबाट खरिद गरेका थिए। त्यस औषधिको विश्लेषण गर्दा त्यसमा विषाक्तपूर्ण मात्रामा सिसा पाइयो।
सन् २००५ मा सिसा, पारो, र आर्सनिक जस्ता धातुहरू प्रचुर मात्रामा भएको कारणले क्यानडियन सरकारले आयुर्वेदिक औषधिक विक्रीमा रोक लगायो।
सन् २०१३ बाट यूरोपियन यूनियनले आयुर्वेदिक औषधि आयात गर्न र विक्री गर्न रोक लगायो।
आयुर्वेदिक चिकित्सकहरूले निर्दिष्ट गर्ने सम्पूरक भनेको रूखबाट निचोरेर निकालिएको एक प्रकारको तरल पदार्थ, गुग्गुल (Guggul), हो। यसलाई केहि मानिसहरूमा अङ्गहरूको उग्र क्षतिको जिम्मेवार गरिन्छ। "सन् २००१मा, क्यानडियन जर्नल अफ ग्यास्ट्रोएन्टेरोलोजी (Canadian Journal of Gastroenterology) नामक पत्रिकाको एउटा लेखले एउटी प्राय: स्वस्थ रहने जवान महिलामा अस्नीक एसीड (usnic acid), ग्रीन टि (green tea) र गुग्गुल (Guggul tree extract) भएको बोसो काट्ने सम्पूरकको सेवनले पूर्णतया कलेजो बिग्रेको स्थिति सिर्जना भएको थियो" ("Ayurveda Medicine and Supplement Hidden Dangers," EmaxHealth.com, Mar. 2, 2012)।
0 notes
Text
राजा हिजकियाको जीवनी
यशै 38:1-19: "त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजका छोरा यशैया अगमवक्ता तिनलाई हेर्न गए र भने, “ ‘तैँले सबै कुराको बन्दोबस्त मिलाई राख् किनभने तँ निको हुनेछैनस्’ परमप्रभुले तपाईंलाई भन्नुहुन्छ। तपाईं मर्नुहुनेछ।” हिजकियाले भित्तापट्टि फर्केर यस्तो प्रार्थना गरे, “हे परमप्रभु, मैले विश्वासयोग्य र भक्तिसाथ तपाईंको सेवा गरेको छु अनि तपाईंले मबाट चाहेअनुसार काम मैले गरेको छु भनी याद गर्नुहोस्।” त्यसपछि उनी धुरुधुरु रोए। [4-5] त�� परमप्रभुले यशैयालाई हिजकियाकहाँ फर्केर गई यसो भन्न आज्ञा गर्नुभयो, “म परमप्रभु तेरो पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनेको छु र तेरो आँसु देखेको छु। म तँलाई अझै पन्ध्र वर्ष जिउन दिनेछु। तँलाई र यो यरूशलेम सहरलाई म अश्शूरका महाराजाका हातबाट बचाउनेछु र म यस सहरको रक्षा गरिरहनेछु।” यशैयाले उत्तर दिए, “परमेश्वरले आफ्नो प्रतिज्ञा राख्नुहुनेछ भन्ने प्रमाण स्वरूप तपाईंलाई एउटा चिन्ह दिनुहुनेछ। आहाज राजाले बनाएको भर्याङमा परमप्रभुले छाया दश कदम पछि सर्न लाउनुहुन्छ।” अनि छाया दश कदम पछि सर्यो, बिरामीबाट निको भएपछि हिजकियाले यो प्रशंसाको भजन लेखे: मैले त सोचेथें, मेरो जीवनको उत्तम समयमै
म मृत-लोकमा जानेछु र मेरो प्राण अबउप्रान्त बाँच्नेछैन। मैले त सोचेथें, यस जीवितहरूको देशमा
मैले परमप्रभुलाई फेरि देख्नेछैनँ
वा जीवित मानिसहरूलाई फेरि हेर्न पाउनेछैनँ। पाल उठाएझैँ, कपडा तानबाट काटेझैँ
मेरो जीवन काटियो र त्यसको अन्त भयो।
मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ। सिंहले मेरा हाडहरू भाँचेझैँ
पीडाले रातभरि म रोएँ।
मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ। मेरो सोर मधुरो र दुर्बल थियो,
म ढुकुरझैँ विलाप गर्दथें,
आकाशतिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके,
हे परमप्रभु, यी सबै कष्टबाट मेरो उद्धार गर्नुहोस्। म के भन्न सक्छु र?
परमप्रभुले त्यसो गर्नुभयो,
मेरो हृदयको तीतोपनाले गर्दा मलाई निद्रा लाग्दैन। हे प्रभु, म तपाईंको निम्ति जिउनेछु,
तपाईंको निम्ति मात्र जिउनेछु,
मलाई निको पार्नुहोस् र बाँच्न दिनुहोस्। मेरो तीतोपना शान्तिमा परिणत हुनेछ,
तपाईंले मेरो प्राणलाई सबै खतराबाट बचाउनुहुन्छ
र मेरा सबै पाप क्षमा गर्नुहुन्छ। पातालमा कसैले तपाईंको प्रशंसा गर्न सक्दैन,
मरेकाहरू तपाईंको विश्वासयोग्यतामा भरोसा गर्न सक्दैनन्। जिउँदाहरूले तपाईंको प्रशंसा गर्छन्,
जसरी म अहिले तपाईंको प्रशंसा गर्दछु।
“तपाईं कति विश्वासयोग्य हुनुहुन्छ,” भनी
बुबाहरूले आफ्ना बाल-बालिकाहरूलाई बताउँछन्।"
_________________________________________________
भज 9:1-2: "हे परमप्रभु! म आफ्नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु,
तपाईंका सारा उदेकका कामबारे म भन्नेछु। तपाईंको कारण म आनन्दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्वर!
म तपाईंको प्रशंसाको गीत गाउनेछु।"
भज 145:2: "म प्रतिदिन तपाईंलाई धन्यवाद चढाउनेछु,
सदासर्वदा म तपाईंको प्रशंसा गर्नेछु।"
भज 9:1-2: "हे परमप्रभु! म आफ्नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु,
तपाईंका सारा उदेकका कामबारे म भन्नेछु। तपाईंको कारण म ��नन्दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्वर!
म तपाईंको प्रशंसाको गीत गाउनेछु।"
भज 148:13: "तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्!
उहाँको नाम अरू सबै नामहरूभन्दा उच्च छ,
उहाँको महिमा स्वर्ग र पृथ्वीभन्दा उच्च छ।"
0 notes