Don't wanna be here? Send us removal request.
Text
अनलाइन ब्रोकर खाताको खतरा : सिम कार्ड दुरुपयोगदेखि जेलसम्मको यात्रा
सामाजिक सञ्जालमा नयाँ लगानीकर्ताहरूलाई लक्षित गरी “घरै बसीबसी ब्रोकर खाता खोलिदिने” भन्दै गरिएका विज्ञापनहरूले नयाँ किसिमको ठगीको जोखिम बढाएको छ। यी गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूले लगानीकर्ताको व्यक्तिगत विवरणको दुरुपयोग गरी ठगी मात्र नभई अन्य आपराधिक गतिविधिमा समेत प्रयोग गर्न सक्ने हुँदा लगानीकर्ताहरूलाई गम्भीर कानुनी झमेला आइपर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। शेयर बजारमा लगानी गर्न…
0 notes
Text
हिम स्टार ऊर्जाको आईपीओ बाँडफाँड हुदै ।
धेरैको प्रतीक्षामा रहेको हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज (बुधबार) दिउँसो ३ बजे हुने भएको छ। करिब २० लाख सर्वसाधारणले आवेदन दिएको यो आईपीओको नतिजाले आज धेरैको मनमा कौतुहलता र केही हदसम्म निराशा ल्याउने देखिन्छ। कम्पनीले सर्वसाधारणका लागि २०८२ असार २४ गतेदेखि असार २७ गतेसम्म ७ लाख ७३ हजार ९७५ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो। छोटो समयमै यो आईपीओमा…
0 notes
Text
जोन-२४ का चियर पर्सन लायन राजिब श्रेष्ठको सभापतित्वमा डिस्ट्रिक्ट गर्भनर प्रि- एडभाइजरी मिटिङ सम्पन्न।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालको जोन २४ अन्तर्गतका लायन्स क्लबहरुको डिस्ट्रिक गर्भनर प्रि एड्भाइजर कमिटी मिटिङ सम्पन्न भएको छ । जोन २४ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउन, लायन्स क्लब अफ काठमाण्डौं सेक्रेड भ्याली र लायन्स क्लब अफ काठमाण्डौं मेट्रो होम क्लब अफिसरहरुको उपस्थितिमा डिस्ट्रिक्ट गर्भनर प्रि- एडभाईजरी कमिटी मिटिङ…
0 notes
Text
अष्ट्रेलियामा रहेका नेपाली युवाले ल्याए ‘के-छ’ एप, यस्ता छन् यसको विशेषता
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउन र आफ्नो सांस्कृतिक पहिचानलाई जोगाउन नयाँ सामाजिक सञ्जाल एप ‘के-छ’ (K-Cha) सार्वजनिक गरेका छन्। विदेशमा बसेर पनि आफ्ना साथीभाइ र परिवारसँग सहज रूपमा जडान हुने, नेपाली भाषा र संस्कृतिमा आधारित मनोरञ्जन र संवादको अवसर प्रदान गर्ने उद्देश्यले तयार गरिएको यो एपले नेपाली युवाबीच द्रुत रूपमा लोकप्रियता कमाइरहेको…
0 notes
Text
कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित
राष्ट्रियसभा बैठक आज पनि अबरूद्द भएको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ । बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित…
0 notes
Text
चैत २१ गतेदेखि निष्कासन हुदै विन नेपाल लघुवित्तको एफपीओ , कति दिने आवेदन ?
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार स्वः पूँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सा सुनिश्चित गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर…
0 notes
Text
खुल्यो पियोर इनर्जी लिमिटेडको आईपियो , कति दिने आवेदन ?
पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुला गरेको हो । यस आइपीओमा स्थानीयले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले…
0 notes
Text
नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्काशनको अनुमति , कहिले होला निष्कासन ?
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले शेयर बजारमा प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ। पुस २५ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यो सेयरको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ हुनेछ, जसलाई प्रति कित्ता १०० रुपैयाँमा बिक्री गरिनेछ। आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस् क्यापिटलले पाएको छ। कम्पनीले सर्वसाधारणका लागि कुल…
0 notes
Text
रबि लामिछाने थुनामुक्त हुने भएका छन् । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा ��ाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् । सो आदेश…
0 notes
Text
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ…
0 notes
Text
जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ । यसैबिच, रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–४ सन्तान जन्माउन अपिल गरेको…
0 notes
Text
कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरिएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंक…
0 notes
Text
गार्डियन माइक्रो लाइफको आईपियो निष्कासन मिति सार्बजनिक।
नेपालको पहिलो लघु बीमा कम्पनी, गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ। यसअघि, कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आइपीओ जारी गरी बाँडफाँट गरेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्न लागेको हो। कम्पनीले ७५ करोड रुपैयाँको चुक्तापुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न धितोपत्र…
0 notes
Text
वाइडबडी घोटाला : नेपाली अधिकारीलाई घुस दिएको पुष्टि भएसंगै अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना
नेपालका सरकारी अधिकारीहरूलाई घुस दिएको प्रमाणित भएपछि अमेरिकाको एएआर कर्प (AAR Corp) कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर (झन्डै ७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना तोकेको छ। यो घोटालामा कम्पनीले दुई वाइडबडी जहाज बिक्री गर्न नेपाल वायुसेवा निगमसँग सम्झौता गर्ने क्रममा नेपाली अधिकारीहरूलाई साढे २ मिलियन डलर घुस दिएको पुष्टि भएको छ। अमेरिकी न्याय विभागले जारी गरेको विज्ञप्तिमा एएआर कर्पले…
0 notes
Text
निलम्बित सांसद रवि लामिछानेको थुनछेक बहस आजवाट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन्। हिजो उनी संघीय संसदको सांसद पदवाट निलम्बन भएका थिए। कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।…
0 notes
Text
रास्वपाको कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रिय कार्यालय, बनस्थलीमा जारी आकस्मिक सचिवालय बैठकले अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएको हो । सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो, जस पछि बोलाइएको बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कार���ाही अघि बढाउन…
0 notes
Text
अब पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’ बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख…
0 notes