Tumgik
#कनदरय
myrevolution-parts · 4 years
Photo
Tumblr media
Bihar Election: विपक्ष पर बरसे केन्द्रीय मंत्री अनुराग ठाकुर, कहा- आईना साफ करने से चेहरे के दाग नहीं जाते नई दिल्ली। बिहार विधानसभा चुनाव ( Bihar Vidhan Sabha Chunav ) को लेकर सियासी मैदान में कई दिग्गज नेता उतर चुके हैं। इसी कड़ी में केन्द्रीय मंत्री अनुराग ठाकुर ( Anurag Thakur ) प्रचार के लिए बिहार की राजधानी पटना पहुंचे। यहां उन्होंने विपक्ष पर जमकर निशाना साधा। अनुराग ठाकुर ने कहा कि वे आईना साफ करते रहे, लेकिन चेहरे के दाग नहीं जाते।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एमाले केन्द्रीय कमिटी बैठक स्थगित २ बैशाख, काठमाडौं । नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार
0 notes
satyakosh · 4 years
Text
HRD minister ramesh pokhriyal says no to hike admission fee for iit nit iiit students this year | नहीं बढ़ेगी आईआईटी, एनआईटी और आईआईआईटी की दाखिला फीस, केन्द्रीय मानव संसाधन विकास मंत्री रमेश पोखरियाल ने वेबिनार में दिया जवाब
HRD minister ramesh pokhriyal says no to hike admission fee for iit nit iiit students this year | नहीं बढ़ेगी आईआईटी, एनआईटी और आईआईआईटी की दाखिला फीस, केन्द्रीय मानव संसाधन विकास मंत्री रमेश पोखरियाल ने वेबिनार में दिया जवाब
केन्द्रीय मानव संसाधन विकास मंत्री रमेश पोखरियाल निशंक ने वेबिनार के दौरान एक सवाल के जवाब में दी जानकारी
दैनिक भास्कर
May 06, 2020, 07:49 PM IST
नई दिल्ली. नए सेशन में दाखिला लेने वाले इंजीनियरिंग के छात्रों को केंद्र सरकार की तरफ से राहत दी गई है। शैक्षणिक सत्र 2020-21 में आईआईटी, एनआईटी और आईआईआईटी की फीस में कोई बढ़ोतरी नहीं होगी। यह जानकारी केन्द्रीय मानव संसाधन विकास मंत्री रमेश पोखरियाल…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्थानीय तहको चुनावमा केन्द्रिय नेता लड्ने तयारी रमेशकुमार वली २६ चैत, सल्यान  । स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको छ । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा आगामी बैशाख ३१ गते चुनाव हुुँदैछ । चोकचोक र चियापसलमा उम्मेदवारको चर्चापरिचर्चाले हुन थालेका छन् । अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए । दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन ढिला भएको छ । कहाँ को को आकांक्षी : शारदा नगरपालिका जिल्लाको सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चौँथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट प्रमुख पदको उम्मेदवारका लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । नेपाली काँग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसङ्घका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् । अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् । यस्तै एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ । माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई नगरप्रमुखको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले नगरप्रमुखमा नेवार समुदायका व्यक्तिलाई अघि सारेर खलङ्गामा रहेको नेवार समुदाय भोट आफूतिर तान्न खोजिरहेको देखिन्छ । बागचौर नगरपालिका स्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइँको नगरपालिका बनेको छ । यस नगरपालिकाको प्रमुख पदमा माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमालेका पूर्वजिल्ला अध्यक्ष लगायतको चर्चा छ । नेपाली काँग्रेसको तर्फबाट एकराज डिसि, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । नेकपा एमालेको तर्फबाट पार्टीका पूर्वअध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ । माओवादी केन्द्रकोतर्फबाट पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भए पनि लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रापको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । वनगाड कुपिन्डे नगरपालिका वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच नगरप्रमुख पदमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली काँग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् । सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार दार्मा गाउँपालिकामा माओवादी केन्द्रकातर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, काँग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रकोतर्फबाट पूर्व सभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् । यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा काँग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादी केन्द्रबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा काँग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् । लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसीले आकांक्षी देखिएका छन् । यस गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, काँग्रेसका तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी तथा राप्रपाको तर्फबाट गणेश भण्डारी र मङ्गलसिंह पुनको चर्चा छ । यस्तै कालिमाटी गाउँपालिकामा काँग्रेसबाट गणेश केसी, एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै ढोरचौ गाउँपालिकामा एमालेकोतर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, काँग्रेसकोतर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रकोतर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाकोतर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् । त्यस्तै छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्वजिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, काँग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ । आगामी स्थानीय निर्वाचनका लागि जिल्लामा १५ वटा राजनीतिक दल दर्ता गरिएको भए पनि काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीले चुनावी क्रियाकलाप तीव्र पारेका छन् । रासस The post स्थानीय तहको चुनावमा केन्द्रिय नेता लड्ने तयारी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
निर्वाचनको तयारी : कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै २५ चैत, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सम्बन्धमा छलफल गर्न आज नेपाली काँग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएको छ । संयुक्त बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने नेपाली काँग्रेस संसदीय दलका सचिव धुव वाग्लेले जानकारी दिए । केन्द्रीय नेता महेश आचार्यको संयोजकत्वमा गठन भएको घोषणा तयारी समितिले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्लाका नेता, पेसागत संघ संंस्थाका प्रतिनिधि, बुद्धिजीवीहरूबाट आएका राय सुझावहरू समेत समेटेर निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको मस्यौदा माथि बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म गरेको कार्य प्रगतिबारे पनि समीक्षा र छलफल हुनेछ । यसैबीच, स्थानीय तह निर्वाचनको लागि गठन भएको प्रचारप्रसार समन्वय उपसमितिको बैठक पनि आज बस्ने भएको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहनुभएको उक्त उपसमितिको बैठक आज ४ बजे बस्ने पार्टी सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । The post निर्वाचनको तयारी : कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : केन्द्रीय सदस्य कोइराला २४ चैत, पर्सा । नेपाल काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने खतरा रहको विचार व्यक्त गरे । उनले तराईको समस्यालाई काठमाडौँका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रुपमा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पारे । रासस The post मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : केन्द्रीय सदस्य कोइराला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
शरद सिंह भण्डारीलाई धक्का, केन्द्रीय सदस्यसहित दर्जनौंले पार्टी छाडे २३ चैत, सिरहा । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टीका पूर्व
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचनको रणनीतिमा जुट्यो नयाँशक्ति, आज केन्द्रीय परिषद बैठक १५ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको रणनीति तय गर्न नयाँ शक्ति पार्टी नेपालको अन्तरिम केन्द्रीय परिषद बैठक मंगलबारबाट सुरु हुँदैछ । बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ��्याङ्क्वेटमा बिहान ११
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
महाधिवेशन भएको एक वर्षपछि काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन १३ चैत, काठमाडौँ। नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए । कार्यसम्पादन समिति बनेपछि पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । महाधिवेशन भएको एक वर्षसम्म पनि कार्यसम्पादन समिति गठन नहुँदा पार्टीका सबै छलफल र निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बाध्यता थियो । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ । कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव रहनेछन् । त्यस्तै समितिमा केन्द्रीय सदस्यहरु पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहेको नेता रिजालले जानकारी दिए । पार्टीमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ । केन्द्रीय समितिले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ । बैठकले नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन लागि घोषणापत्र तयारी समिति गठन गर्ने तयारी गरेको छ । बैठकमा स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल जारी छ । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका नेता निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग राजनीतिक सहमतिका विषयमा भएका छलफल र प्रगतिका बारेमा जानकारी गराएका थिए । नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नेपाल जनमत सङ्ग्रहद्वारा टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रुपमा दर्ता गराएका छन्। उनले नेपाललाई बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि उक्त बिषय प्रस्तुत गर्न माग गरे । रासस The post महाधिवेशन भएको एक वर्षपछि काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन १३ चैत, काठमाडौँ। नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए । कार्यसम्पादन समिति बनेपछि पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । महाधिवेशन भएको एक वर्षसम्म पनि कार्यसम्पादन समिति गठन नहुँदा पार्टीका सबै छलफल र निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बाध्यता थियो । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ । कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव रहनेछन् । त्यस्तै समितिमा केन्द्रीय सदस्यहरु पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहेको नेता रिजालले जानकारी दिए । पार्टीमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ । केन्द्रीय समितिले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ । बैठकले नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन लागि घोषणापत्र तयारी समिति गठन गर्ने तयारी गरेको छ । बैठकमा स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल जारी छ । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका नेता निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग राजनीतिक सहमतिका विषयमा भएका छलफल र प्रगतिका बारेमा जानकारी गराएका थिए । नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नेपाल जनमत सङ्ग्रहद्वारा टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रुपमा दर्ता गराएका छन्। उनले नेपाललाई बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि उक्त बिषय प्रस्तुत गर्न माग गरे । रासस The post काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
एमाले केन्द्रीय सदस्यमा तराई मधेश मूलका २१ जना मनोनित झापा, २१ फागुन- नेकपा (एमाले) ले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ । पार्टी स्थायी कमिटीको शुक्रबार यहाँ सम्पन्न स्थायी कमिटी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो हुनुहुन्छ । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव हुनुहुन्छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी १९ फागुन, काठमाडौं । देशैभरिका जिल्ला शाखा तथा प्रतिष्ठानहरुमा अधिवेशन चलिरहेको बेला नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा हिजोदेखि फेरी तालबन्दी गरिएको छ । रोल्पाको थवाङबाट नयाँ पार्टी नामाकरण गरेर आएको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी पत्रकार संगठनले हिजो साँझदेखि महासंघको कायालयमा तालबन्दी गरेको हो । महासंघका पुराना सदस्यहरुको समेत छानविन गरी शुद्धिकरण गर्नुपर्ने, देशैभर तीन दलीय सिण्डिकेट कायम गरी आफ्नो संगठन तथा कुनै पनि संगठनमा आबद्ध नभएका पत्रकारहरुलाई सदस्यता वितरणमा निषेध गरिएको साथै क्रान्तिकारी पत्रकार संगठनमा आबद्ध भएका पत्रकारहरुलाई महासंघले सदस्यता वितरण गर्दा बिभेद गरेको भन्दै तालाबन्दी गरिएको हो । कार्यालयको मूलगेटमा क्रान्तिकारी पत्रकार संगठनका महासचिव प्रज्वल श्रेष्ठको नेतृत्वमा गएको समुहले मूलगेटमा बक्तव्य टाँसेर तालाबन्दी गरेको हो । दिउँसो ज्ञापन पत्र बुझाइएको र वार्ता र संवादबाट हल गर्ने सम्झौता कार्यान्वयन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको महासचिव श्रेष्ठले बताए । यसअघि नेपाल प्रेस युनियनले लगाएको तालाबन्दी खुलेको केहीदिन पछि नै संगठनले ताला लगाएको हो । संगठनका अध्यक्ष तथा महासंघकै सचिव प्रभात चलाउनेले आफ्नो घोषित कार्यक्रम अन्तरर्गत छलफल र संवादबाट समस्या समाधान नहुँदासम्म तालबन्दी गर्ने आफ्नो संगठनको नीति रहेको बताए । The post पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारद्वारा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना काठमाडौं, १८ फागुन । केन्द्रीय नेतृत्व तहबाटै महासंघलाई गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा विरोधसहित धर्ना–जुलुस गरेका छन् । महासंघको राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति उनीहरुले आपत्ति प्रकट गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा तीन दर्जनभन्दा बढी पत्रकारहरुसहित बुधबार दिउँसो केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् । श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारको रक्षा तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको राजनीतिक परिवर्तनमा समेत महासंघले खेलेको भूमिका सबैका लागि गर्व गर्न लायक भएको बताउँदै लामो र गर्विलो इतिहास बोकेको महासंघलाई पछिल्लो समयमा विवादस्पद बनाउने प्रयत्न भईरहेको धर्नामा सहभागि पत्रकारहरुले बताएका छन् । नागरिकको अगुवा संस्थाको रुपमा स्थापित महांघको भूमिकालाई अझ सुदृढ गर्ने, यसको गरिमालाई उँचो बनाउनेभन्दा अमूक राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति हाम्रो संगठन गम्भीर आपत्ति प्रकट गर्दछ । दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा धर्ना बसेको थियो । नयाँ सदस्यता वितरणमा केही पार्टीहरुले महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाई इमान्दार पत्रकारलाई निषेध गरिएको संगठनका महासचिव कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले बताए । सदस्यता सुद्धिकरण गर्नु र गैरपत्रकारहरुको सदस्यतामाथि छानबिन गरी खारेज गर्नुपर्ने उनले बताए । विभिन्न जिल्लाहरुमा सत्तारुढहरुको निर्देशन र प्रभावमा दलीय सिन्डिकेट खडा गरी असल पत्रकारलाई सदस्यता लिनबाट बञ्चित गरिएको उनले बताए । ‘महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाउन पाइँदैन, सदस्यता सुद्धिकरण गर, गैरपत्रकारहरुको छानबिन गर’लगायत नारा लगाई एकघण्टासम्म मूल ढोकामा धर्ना बसेको थियो । संगठनका महाचिव प्रज्वलले एक प्रेस विज्ञप्ति जारी गरी विधान विपरीत सदस्यता खारेज गर्न माग गरेका छन् । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संगठनले उठाएको माग जायज भएको र बिहीबारसम्म वार्ताको माध्यमबाट माग पूरा गर्ने आश्वसन दिएको संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले जानकारी दिए । महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दुको उपस्थिति थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पत्रकार महासंघ कास्कीमा केन्द्रीय सभासदको पुनःमतगणना गर्न माग पोखरा, १३ फागुन- नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कास्की शाखाको फागुन ५ र ६ गते सम्पन्न दशौं अधिवेशन अन्र्तगत केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणनाको माग गर्दै केन्द्रीय सभासदका ११ उमेदवारले निवेदन दिएकाछन् । केन्द्रीय सभासद खुलातर्फको मतगणना र मत परिणाम आशंकित अस्वभाविक भएको भन्दै प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरलाई र पत्रकार महासंघ केन्द्रका लागि केन्द्रीय सदस्य तथा प्रतिनीधि सुष्मा पौडेलमार्फत पुनःमतगणना गर्न निवदेन बुझाएका हुन् । पुनःमतगणनाका लागि केन्द्रीय सभासद खुला तर्फका उमेदवारहरु हुमबहादुर गुरुङ, सन्देश श्रेष्ठ, नारायण शाही, राम गुरुङ, ऋषिराम बराल, खेम सारु, ओमबहादुर हमाल, राजन उपाध्याय, केशव पाठक, लालप्रसाद शर्मा र घनश्याम पाण्डेले माग गर्नुभएको हो । मतगणनामा कुनै अन्यथा भएको छैन भन्ने प्रमाणित गर्नका लागि पनि हाम्रो निवेदनलाई सम्बोधन गर्दै केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणना तत्काल गर्न निर्वाचन समिति र नेपाल पत्रकार महासंघ केन्द्र तयार हुनुपर्दछ निवेदक हुमबहादुर गुरुङको भनाई छ । आलटाल गर्न खोज्न भने थप आशंका उत्पन्न हुने गुरुङले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा विजयी भएपछि बधाई दिनेहरुको ओईरो फागुन १२ गते- राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकीकरण महाविधेशनबाट नायिका रेखा थापा केन्द्रीय सदस्यमा विजयी बनेपछि उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ । चर्चित अनुहार भएका कारण पनि उनले सबैको विश्वास जित्दै मत बटुलिन् र अहिले सामाजीक सञ्जालहरुमा उनलाई बधाई दिनेहरुको ओईरो लागेको हो । राप्रपाको महाधिवेशनले कमल थापालाई पार्टी अध्यक्षमा निर्वाचित गरिसकेको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राप्रपा केन्द्रीय सदस्यका लागि मतदान सुरु काठमाडौँ, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ । मतदानको प्रक्रिया सकिएलगत्तै गणना गरी परिणाम सार्वजनिक गरिनेछ । विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा प्राप्त हुने छ । पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले पहिलोपटक मतदान गरी सो प्रक्रियाको शुभारम्भ गर्नुभएको थियो । पार्टीको विधान अनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुल्ला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एकजना निर्वाचित हुने छन् । पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुश्लिम दुई, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एक, प्रवासबाट दुईजना निर्वाचित हुनेछन् । महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनीत गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भनिएको भए पनि महाधिवेशनको समय अवधि लम्बिएकाले खर्च बढ्न सक्ने बताइएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, प्रर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्चका लागि छुट्याइएको थियो । पार्टीका नेता किरण गिरीका अनुसार सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । महाधिवेशनमा महिला, दलित र सीमान्तकृतलगायतको समावेशी प्रतिनिधित्व गराइने छ । महाधिवेशनमा हुने चुनावका लागि ६० वटा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि संवैधानिक राजसंस्थाको पक्षमा महाधिवेशन केन्द्रित गरिएको छ । आजको परिणाम सार्वजनिक भएसँगै महाधिवेशनको समापन समेत गरिने युवा नेत्री वीना थापाले जानकारी दिनुभयो ।
0 notes