Tumgik
#भएपछ
nepal123 · 7 years
Text
राप्रपामा एमाले हावी भएपछि रेखा थापा चुनावी मैदानबाट आउट, यस्तो छ भित्री कुरा
राप्रपामा एमाले हावी भएपछि रेखा थापा चुनावी मैदानबाट आउट, यस्तो छ भित्री कुरा
काठमाडौं। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा केन्द्रिय सदस्य रेखा थापा उपमेयरमा उठ्ने चर्चा चलेपनि अन्तिम समयमा आएर राप्रपाले उनलाई आउट गर्यो । कारण थियो एमालेसँगको तालमेल । एमालेले आफुले प्रमुख उठाउँदा रेखा थापा कमजोर उम्मद्वार हुने अडान लिएपछि राप्रपाले राजाराम श्रेष्ठलाई नै उप प्रमुखमा उठाउने भन्दै निर्णय उल्टाएको छ । यसअघि श्रेष्ठ राप्रपाबाट महानगर प्रमुखको उम्मेद्वारमा उठाउने…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years
Text
तिलगंगा-गुह्येश्वरी सडक सधैंका लागि बन्द
१ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा क्षेत्रमा सञ्चालनमा रहेको तिलगंगा-ताम्रगंगा (गुह्येश्वरी निस्कने) सडक सधैंका लागि बन्द गरेको छ । सर्वोच्च अदालतले आदेश दिएको ३ वर्षपछि बल्ल सडक बन्द भएको हो ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले ७ वर्षअघि नै यो सडकमा सवारी अवागमन नरोकिएमा विश्व सम्पदा सूचीबाट पशुपतिलाई हटाउने चेतावनी दिएको थियो ।
सन् २०१३ मानै बन्द हुनुपर्ने यो सडक पशुपति क्षेत्रको सुरक्षा बार लगाउने काम हुँदै गर्दा बन्द गरिएको हो । पशुपति क्षेत्रलाई सुरक्षा बारभित्र समेट्ने क्रममा स्वतः यो सडक बन्द भएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए ।
‘अब यो सडकमा सवारी गुड्दैनन्,’ ढकालले भने, ‘धेरै पक्षको चासो र चिन्ताको विषयका रुपमा रहेको यो सडक बन्द गरेका छौं ।’
यो सडकले पशुपति क्षेत्रमा भू-क्षय समेत निम्ताएको थियो । यसैलाई देखाएर कोषले श्लेष्मान्तकमा कंक्रिटसहितको कुलो निर्माण गर्न खोजेको थियो । तर, सडक नै बन्द गर्नुपर्ने भन्दै सम्पदा अभियन्ताले चर्को रुपमा काम गरिरहेका थिए ।
युनेस्कोले सो सडक बन्द गर्न चेतावनी दिए पनि सरकारले वैकल्पिक सडकको व्यवस्था गर्ने भन्दै अटेर गर्दै आएको थियो ।
२०७१ मा अधिवक्ता तुलसी सिंखडाले सर्वोच्चमा रिट हालेर सडक बन्द गर्न आदेश मागेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ मा सडक बन्द गर्न आदेश जारी गरेको थियो ।
यो सडकबाट दैनिक ट्रक, टि्रपर र पानी बोक्ने ट्यांकसहितका सवारी गुड्ने गरेका थिए । बालुवायुक्त सडकमा भारी सवारी गुड्दा यसले पशुपति क्षेत्रका सम्पदामा क्षतिको जोखिम बढाएको थियो ।
यही सडकमा कारण श्लेष्मान्तकमा भूक्षय बढेको निश्कर्ष विज्ञहरुले नै निकालेका थिए । यस्तो भूक्षयले विश्वरुपा मन्दिर नै चर्किन थालेको छ । यही भूक्षय रोक्ने भन्दै माथिबाट कुलो खन्न खोजिएको थियो ।
प्राचीन स्मारक संरक्षण ऐन र अदालतको आदेश विपरित सञ्चालनमा रहेको सडकलाई बन्द गरिएको सदस्य सचिव ढकालले बताए ।
२०६४ सालमा तिलगंगाबाट गुह्येश्वरीसम्मको जंगलमा ६ सय ७५ मिटर लामो र ७ मिटर चौडाइको कच्ची सडक खोलिएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयले नै यो सडक खोलेपछि विरोध सुरु भएको थियो ।
जग्गा दलालसँग सरकारी अधिकारीले साँठगाँठ गरेरै यो सडक खुलाएका थिए । गौशाला-चाबहिल खण्डको सवारी चाप व्यवस्थापन गर्न भन्दै खोलिएको सडक अन्ततः संरक्षणको सिद्धान्त अनुरुप बन्द भएको छ । सरकारले त्यतिबेला यो स्थानमा सुरुङमार्ग समेत बनाउने योजना ल्याएको थियो ।
त्यतिबेला हिसिला यमी पर्यटन मन्त्री थिइन् । सरकारले त्यसका लागि लुम्बिनी पीएस र गोल्डेन गुड जेभीलाई ठेक्का दिएर ६५ लाख रुपैयाँ ‘मोबिलाइजेसन’ शुल्क दिएको थियो । तर, पुरातत्व विभाग नै सो सडक र सुरुङमार्गको विपक्षमा उभिएको थियो ।
सन् २०११ मा विश्व सम्पदा कमिटीमा यहाँ सुरुङमार्ग खोल्ने प्रस्ताव अस्वीकृत भएको थियो । सन् २०१२ मा सोही कमिटीको ३६ औं बैठकले बाटो बन्द गर्न एक वर्षको समय दिएको थियो । त्यतिबेला युनेस्कोले पनि विश्व सम्पदासूचीबाटै हटाउने चेतावनी दिएपछि सरकार केही पछि हटेको थियो । तर, सडक भने बन्द गरिएको थिएन ।
मुद्दा अदालतमा पुगे पनि सर्बोच्चले यो बाटो बन्द गर्न आदेश दिनुअघि टोली नै खटाएर बाटोको अध्ययन गराएको थियो । सहरजिस्ट्रार नृपध्वज निरौला संयोजकत्वको टोलीले निर्माणको काम बन्द भएपनि बाटोमा आवतजावत सुचारु राखिएको रिपोर्ट दिएपछि त्यसलाई पनि रोक्न सर्वोच्चले आदेश गरेको थियो ।
‘हामी पशुपति क्षेत्रलाई पुरै सुरक्षा बार लगाएका छौं । त्यही क्रमम यो सडक बन्द भएको छ,’ सदस्य सचिव ढकालले भने, ‘यो सडक बन्द भएपछ पशुपति क्षेत्र थप संरक्षित र सुरक्षित हुनेछ ।’
अदालतले श्लेष्मान्तक बचाउन मृगस्थली र श्लेष्मान्तकमा भूक्षय रोक्न माटो भरेर टेवा पर्खाल पनि कोषलाई भनेको थियो । सो क्षत्रेमा वृक्षरोपण अघि बढाउन, कंक्रिट संरचना हटाउन र मृगस्थली र श्लेष्मान्तक क्षेत्रका ऐतिहासिक कुण्डहरु फेरि पुनर्निर्माण गर्न पनि आदेश भएको थियो । तर, अझै अधिकांश काम भएका छैनन् ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग : माअाेवादी केन्द्र १८ वैशाख, काठमाडौँ । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा माओवादी केन्द्रले बताएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको माओवादी केन्द्रको हेडक्वाटरको बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको हाे । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाअभियोगको समग्र पक्ष र पाटोका बारेमा जानकारी गराएकाे प्रवक्ता पम्फा भुसालले जानकारी दिए । महाअभियोगको विषयले स्थानीय तहको निर्वाचनमा कुनै पनि बाधा उत्पन्न नहुने र सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको ठहरसमेत बैठकले गरेको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारी तथा संविधान संशोधन एवम् समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको र बैठक पुनः साँझ बस्ने गरी स्थगित भएको प्रवक्ता भुसालले जानकारी दिइन ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
धुर्मुसले आँफु नखेल्ने भएपछि छक्का पञ्जा २ यूनिटलाई दिए शुभकामना  काठमाडौं । छक्का पञ्जामा राम्रो अभिनय गरेर चर्चा बटुलेका कलाकार सिताराम कट्टेलले छक्का पञ्जा २ मा अभिनय नगर्ने भएपछि चलचित्रलाई शुभकामना दिएका छन् । महोत्तरीको बर्दिवासमा हालै तेस्रो एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेपनि आफ्नै ब्यानर ‘धुर्मुस सुन्तली फाउन्डेसन’ मार्फत नयाँ चलचित्र निर्माणको तयारीमा रहेका कारण उनले चलचित्रमा अभिनय गर्न नभ्याउने स्रोतको बुझाई छ । धुर्मुसले फेसबुकमार्फत छक्का पञ्जा २’ यूनिटलाई शुभकामना दिएका हुन् । दीपाश्री निरौलाले निर्देशन गरिरहेको फिल्ममा दीपकराज गिरी, शिवहरि पौड्याल, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा, किरण केसी, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनयउ रेहेको छ । The post धुर्मुसले आँफु नखेल्ने भएपछि छक्का पञ्जा २ यूनिटलाई दिए शुभकामना appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि‘ काठमाडौँ । नायिकाको कारण निर्माता(निर्देशकबीच शितयुद्ध चर्किएको छ ।नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुई बीच बोलचाल नै बन्द भएको छ । २ लाख नगद लिएर नायिका फरार भएपछि निर्माता आकाश पल र निर्देशक दीपक बलीबीच बोलचाल नै बन्द भएको छ । यसरी निर्माता र निर्देशकबीचको तनाव पैदा गराउने नायिका हुन निशा अधिकारी । एक हप्ता सुटिङ बाँकी नै रहँदा अधिकारीले पारिश्रमीकबापतको रकम दुईलाख हात पारेपछि निर्माता–निर्देशकमात्र होइन चलचित्र युनिटको फोन उठाउन छाडेपछि तनाव उत्पन्न भएको हो । अधिकारीले यही चलत्रित्र प्युठानमा छायांकन गर्दा केही महिना अगाडि स्वर्गद्वारी होटमा मध्यरात बियर खाएर उत्पात मच्चाएको निर्माता युनिटले विर्सिएको छैन् ।आजको जनआस्थामा खबर छ । The post २ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि‘ appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
आकांक्षी धेरै भएपछि उमेदवार छान्न सकस २ वैशाख, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएको छ । उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नयाँ वर्षमा नै विद्युत सेवा अवरुद्ध भएपछि… हुम्ला । हिलदुम साना जलविद्युत सेवा मङ्गलबारदेखि अवरुद्ध भएको छ । यसबाट हुम्लीले पहिले जस्तै सल्लाको झरो बाल्नुपरेको स्थानीय बासिन्दाले बताएका छन् । The post नयाँ वर्षमा नै विद्युत सेवा अवरुद्ध भएपछि… appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
सहकारी बन्द गरी सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा महेन्द्रनगर (धनुषा), २८ चैत । धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको सङ्ख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन् । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट बचतका लागि दैनिकरूपमा उठाइँदै आएको करिब रु सात करोड उठाएर सहकारी बन्द गरी सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा परेका हुन् । धनुषा र महोत्तरीका विभिन्न पाँच स्थानमा फरक–फरक नामले सञ्चालनमा रहेको सहकारी सञ्चालकबीचको विवादले बन्द भएको बुझिएको छ । यसरी संस्था बिना कुनै सूचना एक्कासि बन्द भएपछि बचत गरेको करोडौँ रुपैयाँ डुब्ने त्रासले सर्वसाधारण चिन्तामा परेका छन् । संस्थाले धनुषाको जनकपुरमा सहारा पञ्चकन्या बचत, क्षिरेश्वरनाथ नगरपालिकामा पञ्चकन्या बचत, यदुकोहा नगरपालिकामा सहारा बचत, महोत्तरीको बर्दिवास नगरपालिकामा पञ्चकन्या बचत र महोत्तरीकै गोनरपुरामा पञ्चकन्या बचत नाम गरी पाँच स्थानमा बचतको नाममा सर्वसाधारणसँग पैसा उठाउँदै आएको थियो । गत चैत ५ गते धनुषाको यदुकोहास्थित सहारा बचतले एक्कासि कार्यालय बन्द गरी सबै कर्मचारी गायब भएपछि सर्वसाधारणको पैसा डुबाउन खोजेको खुलासा भएको थियो । चैत ६ गते यदुकोहाका स्थानीयवासीले संस्थामा बचत गरेको पैसा फिर्ता पाऊँ भनी इलाका प्रहरी कार्यालयमा सहकारी सञ्चालक पुनम साहविरुद्ध निवेदन दिएपछि उनी पक्राउ परेकी छन् । सर्वसाधारणबाट रकम असुल्ने सहकारी सञ्चालकमाथि कारबाहीका साथै बचत फिर्ता पाउनुपर्ने माग स्थानीयवासीको छ । २०६६ सालमा सहकारी डिभिजन कार्यालय जनकपुरमा सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नामले सहकारी दर्ता भएको थियो । संस्था सञ्चालक समितिमा जनकपुरका मनोजकुमार शर्मा, कृष्णकुमार साहलगायत छन् । विगत ५ वर्षदेखि संस्थाको लेखा परीक्षणसमेत नगरिएको थाहा हुन आएको छ । जिल्ला सहकारी संस्थाका धनुषा अध्यक्ष ध्रुवनारायण यादवले सहकारी सञ्चालकको बचाउ गर्दै भन्नुभयो–“सर्वसाधारणले संस्थाको गतिविधिमा निगरानी नराखी पैसा बचत गर्नु गलत हो ।” डिभिजन सहकारी कार्यालय प्रमुख रवीन्द्रकुमार यादवले सर्वसाधारणको पैसा डुबाउने सहकारीलाई प्रशासनिक कारबाही गरिनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सहकारीले सर्वसाधारणको रकम ठगी गरेको विषयमा छानबिन भइरहेको बताउनुभयो । सञ्चालक पुनम साहको नाममा रहेको जायजेथा जमिन बेचेर बचतकर्ताको पैसा तिर्न उनका परिवारसँग छलफल भइरहेको उहाँको भनाइ छ । यसरी बुझ्दा जिल्लामा डिभिजन सहकारी कार्यालयमा अधिकारिकरुपमा दर्ता नै नभएका सहकारीले पनि दैनिकरुपमा बचत सङ्कलन गर्ने र ऋण लगानी गर्ने गरेकाले सर्वसाधारणलाई ठग्ने क्रम बढेको हो । यसअघि पनि चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड यज्ञभूमिका अध्यक्ष विजय साहले सदस्यको करिब रु एक करोडभन्दा बढी रकम लिएर फरार भएका छन् । साहले सहकारीको सञ्चालक समितिमा आफ्नै नातागोताका सदस्य राखेर ऋण लगानी गर्ने, बचत सङ्कलन गर्ने गर्दै आएका थिए । सो संस्थामा आबद्ध करिब एक हजार जति सदस्यले बचत गरेको ��ण र सहकारी विकास बैंकबाट सङ्कलन गरेको ऋण रकम लिएर साह फरार भएका हुन् । यसैगरी सहमति सहकारी संस्था लिमिटेड सबैलाका अध्यक्ष सञ्जय साहले एकजना भारतीय व्यक्तिसँग करिब रु १० लाख रकम सेयरका रुपमा असुल गरी सेयर प्रमाणपत्रसहित नगदी रसिद पनि दिएका छन् । डिभिजन सहकारी कार्यालय धनुषाका सहकारी निरीक्षक रामपृत यादवले यस्तो कार्य सहकारी ऐन विपरीत रहेको बताउनुभयो । यस्ता दर्जनौँ सहकारीको नाममा ठगीका उदाहरण र गुनासा आफूहरुसँग रहेको निरीक्षक यादवले बताउनुभयो । जिल्ल���मा दर्ता नै नभएका करिब ५० भन्दा बढी सहकारी संस्था बचत सङ्कलन गर्ने, कर्जा लगानी गर्ने काम गरिरहेको र उनीहरु मध्येबाट नै ठगी हुने गरेको बचत तथा ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले बताउनुभयो । डिभिजन कार्यालयबाट यस्ता संस्थालाई कार्वाही नहुँदा उनीहरुको मनोबल बढेको यादवले भनाइ छ । जिल्लामा यस आवस��्ममा बचत तथा ऋण सहकारी संस्थाका रुपमा जम्मा तीन सय १५, कृषि सहकारी संस्थाका रुपमा तीन सय २३, पुरानो बहुउद्देश्य सहकारीका रुपमा २५, नयाँ बहुमुखी उद्देश्यका रुपमा ४४, उपभोक्ता सहकारीका रुपमा ८२, साना किसान सहकारीका रुपमा १७, दुग्ध उत्पादकका रुपमा १८, उखु उत्पादकका रुपमा २३, मत्स्य सहकारीका रुपमा १३, तरकारी तथा फलफूल सहकारीका रुपमा एउटा, लघु उद्यमीका रुपमा ६, विद्युत् सहकारीका रुपमा ४० र बहुउद्देश्यका रुपमा ३७ सहकारी संस्था दर्ता भएका छन् । सहकारीलाई दिइने अनुदानको पनि यस क्षेत्रमा अत्यधिक दुरुपयोग भएको छ । जुन उद्देश्यका साथ सहकारीले अनुदान प्राप्त गरेको हुन्छ त्यो अनुरुपको कामै नगरी सहकारी सञ्चालकले रकम पचाउने गरेको विभिन्न उदाहरण यस जिल्लामा रहेका छन् । The post सहकारी बन्द गरी सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
 छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि , अलैँची खेतीमा किसान आकर्षित तेह्रथुम, २१ चैत । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् । जनशक्ति अभावमा ग्रामीण क्षेत्रका बाँझो भएका र जङ्गल बनेका जमिनमा समेत किसानले अलैँची रोपेका छन् । केही वर्षयता अलैँचीले बजारमा राम्रो मूल्य पाउन थालेकाले पनि किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । किसानले यसअघि खेती गर्दै आएको धान, मकै, आलु, जौ, गहुँ, फापर, तोरीलगायतका बाली छाडेर चिस्यान, सेपीलो, खोल्साखोल्सी आसपासको जमिन र सिँचाइको सम्भावित ठाउँमा समेत अलैँची खेती विस्तार गरेका छन् । बिरुवाको माग धेरै आउन थालेपछि कृषि विकास कार्यालयलाई बिरुवा पु¥याउन मुस्किल भएको छ । अलैँची खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढ्दै जाँदा बिरुवाको माग पनि अत्यधिक आउने गरेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताउनुभयो । मागको तुलनामा ५० प्रतिशत पनि बिरुवा पु¥याउन नसकिएको कार्यालयले जनाएको छ । आफूसँग जमिन नभएका र भएको जमिन पनि अलैँची खेतीका लागि उपयुक्त नभएकाले समेत सामुदायिक वन र अन्य व्यक्तिको जमिन भाडामा लिएर खेती थालेका हुन् । केही सामुदायिक वन समूहका सबै उपभोक्ताले बराबरी भाग पाउने गरी खेती गरेका छन् । यसबाट वनको पनि सुधार भएको र उपभोक्ताको आम्दानी पनि बढेको सहायक जिल्ला वन अधिकृत धर्मी यादवले बताउनुभयो । कार्यालयले ५० प्रतिशत अनुदानमा बिरुवा दिने गरेको छ । सबै किसानलाई मागे जति दिन नसके पनि माग गर्ने सबै किसानलाई बिरुवा वितरण गरिरहेको कार्यालयले जनाएको छ । किसानलाई बिरुवा वितरण गर्न कार्यालयले खाम्लालुङ, लालीगुराँस नगरपालिकाको वसन्तपुर, फुलेकलगायतका स्थानमा उत्पादन कार्यक्रम नै सञ्चालन गरेको छ । यी स्थानमा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा दानाबाट अलैँची बिरुवा उत्पादन भइरहेको कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यले बताउनुभयो । कार्यालयले किसानलाई सहुलियतमा बीउ, बिरुवा वितरण, नर्सरी तथा बगान व्यवस्थापन, प्राविधिक सहयोग, तालिम लगायतका सेवा प्रत्यक्ष प्रदान गर्दै आइरहेको छ । अलैँची खेतीका लागि लगानी र श्रम धेरै नचाहिने, अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका धेरै किसानले अन्नबाली लगाउन छोडेर अलैँची खेती गर्न थालेको अलैँची व्यवसायी सङ्घका जिल्ला सचिव तुलसी ढकालले बताउनुभयोे । इवाका किसान नरेन्द्रकुमार बाँनियाँले दशकअघि अन्न फल्ने १० रोपनी खेतबारीमा रोपेको अलैँची बिक्रीबाट वर्षमा रु सात लाखसम्म आम्दानी गरिरहेको बताउनुभयो । यो खेतीबाट फाइदा हुन थालेपछि उहाँले ३० रोपनी बढीमा खेती गर्दै आउनुभएको छ । परम्परागत खेती प्रणालीबाट गुजारा नचलेपछि जिल्लाका धेरै किसान अलैँचीको व्यावसायिक खेतीतर्फ लागेका कार्यालयले जनाएको छ । कृषि मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा १४ हजार दुई सय ६ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । त्यसमा नेपालको कुल अलैँची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चल क्षेत्रले ओगटेको छ । आव ०६८÷६९ मा अलैँची निर्यातबाट अहिलेसम्मकै बढी रु तीन अर्ब ४९ करोड विदेशी मुद्रा किसानले प्राप्त गरेको मन्त्रालयको तथ्याङ्कमा छ । व्यापारीका अनुसार उत्पादित अलैँची भारतको सिलगुडी, अमृतसर र दिल्ली हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ । मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैँचीको माग तेस्रो मुलुकमा बढ्दो छ । The post  छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि , अलैँची खेतीमा किसान आकर्षित appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
राज्यसभाको बैठकमा धेरै दिनदेखि अनुपस्थित भएपछि, अफ्ठ्यारोमा परे सचिन तेन्दुलकर एजेन्सी- भारतका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरलाई सांसद पदबाट हटाउन राज्यसभाको बैठक भित्रै आवाज उठेको छ। भारतीय कंग्रेसले राज्यसभामा मनोनित भएका उनी राज्यसभाको बैठकमा धेरै दिनदेखि अनुपस्थित देखिएका छन्। उनीसँगै बलिउडकी पूर्व नायिका रेखाको विषयमा पनि कुरा उठेको बताइएको छ । १२ गैरराजनीतिक व्यक्तिलाई राज्यसभामा मनोनित गर्ने प्रावधान अनुसार सचिन र रेखालाई तीन वर्षअघि नियुक्त गरिएको थियो। काममा नियमितता नदेखिएपछि समाजवादी पार्टीका सांसद नरेश अग्रवालले दुवैलाई राज्यसभाको काममा रुची नभए राजीनामा दिन सुझाव दिएको बताइएको छ । The post राज्यसभाको बैठकमा धेरै दिनदेखि अनुपस्थित भएपछि, अफ्ठ्यारोमा परे सचिन तेन्दुलकर appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
दुवै मिर्गौला फेल भएपछि एसइइ दिएका कृष्ण भन्छन् : ‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन पर्वत– दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा ९एसइइ० को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९ वर्षीय कृष्णबहादुर लामिछानेले दुःखका साथ भन्दै थिए– “रिजल्ट आउँदा म केही हुन्छु कि रु” आर्थिक अभावले उपचार गर्न नसक्दा परीक्षाको नतिजा सुन्न नपाइ मर्छु कि भन्ने चिन्ता बढेको उनले बताए । स्थानीय नवजागृत माविबाट एसइइ परीक्षा दिनका लागि सदरमुकाम कुस्मा आएका लामिछाने घर फर्किने तयारी गरिरहेका बेला आँशु झार्दै भने– “मिर्गौला ठीक बनाएर कलेज पढ्ने धोको छ ।” परिवारका एकमात्र सन्तान कृष्ण बहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका छन् । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ । “हामीसँग उपचार गर्ने पैसा छैन” कृष्णले भने– “खर्च कसरी जुटाउने भन्ने डरले बाँच्न सक्दिन कि भन्ने लाग्छ ।” उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रसस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुर लामिछानेका बाबु मनबहादुरका आँखा विगत द��ई महिनादेखि ओभाएका छैनन् । ढिलोगरी विवाह गरेका उनको परिवारमा ढिलैगरी कृष्णको जन्म भएको थियो । माघ पहिलो साता पेट तथा कोखा दुःखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको थाहा पाएका थिए । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका, तर खर्च अभावका कारण सामान्य उपचार गरेर बसेका छन् । दुवै मिर्गौला फेल भएका कारण उनलाई दैनिकरुपमा स्वास्थ्य समस्या आउने गरेको बताउँछन् । उपचार गर्न महँगो भएकाले तत्कालै मिर्गौला प्रत्यारोपण गर्न समस्या भएकाले बाँच्ने आशा नभएको भन्दै आँशु झार्छन् । “सपनामा मरेको मात्रै देख्छु” कृष्णले भने– “आफूसँग पैसा नभएकाले बाँच्न गाह्रो देखेको छु ।” उनको रोगका बारेमा थाहा पाएपछि उनले पढ्ने विद्यालय, तिलाहारका स्थानीय तथा विदेशमा रहेका नेपालीको सहयोगमा केही रकम सङ्कलन गरेर सामान्य उपचार हुँदै आएको छ । उनका दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब रु २० लाख खर्च हुने भएकाले समस्या भएको परिवारको भनाइ छ । बुढेशकालमा छोराको कमाइ खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नुपरेको बाबु मनबहादुर चिन्ता व्यक्त गर्छन् । “घरको सम्पत्ति बेचेर उपचार गर्थेँ” उनले भने “सबै बेच्दा लाख पनि पुग्दैन ।” छोरालाई पोखरास्थित गण्डकी अस्पतालमा डायलाइसिस गराइरहेका लामिछाने उपचार खर्च जुटाउन सहयोगको अपिल गर्दै भौँतारिएका छन् । अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उनी बताउँछन् । चिकित्सकले मिर्गौलाबाहेक रु १२ लाख र मिर्गौला किन्नुपरे रु २० देखि २५ लाख खर्च लाग्ने भनेपछि उनी सहयोगको अपिल गर्दै विभिन्न सङ्घ संस्था र सञ्चारमाध्यम गुहार्दै हिँडिरहेका छन् । उमेरले ६० पुगेका मनबहादुर छोराको जीवन बचाउन आफ्नै मिर्गौला दिने सोचमा समेत पुगेका छन् । “म बरु छिट्टै मरेपनि पछुतो छैन” उनले भने– “मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला ।” मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका उनले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घ संस्थासँग माग समेत गरेका छन् । मिर्गौला पीडित कृष्णलाई पढ्न तथा परीक्षामा सहजताका लागि नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले सहयोग गर्दै आउनु भएको छ । उहाँले विभिन्न ठाउँमा लिएर जाने तथा सहयोग जुटाउने काम समेत गरिरहनुभएको छ । मिर्गौलापीडित कृष्ण जेहन्दार र एसइइ परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्नसक्ने विद्यार्थी भएको उहाँले बताउनुभयो । उहाँले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म करिब रु चार लाख सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । रासस –––––––––––– The post दुवै मिर्गौला फेल भएपछि एसइइ दिएका कृष्ण भन्छन् : ‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
देउवा र ओली लचक भएपछि मोर्चाको प्रस्ताव यसरी अगाडि बढ्दै  काठमाडौं  । सहमति भयो भने स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफ्ना उम्मेदवारलाई जिताउने सपना देखिरहेको मधेसी मोर्चामा निरासा छाउन थालेको छ । विशेष गरेर सरकार गठनका बेला भएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने अवस्था नदेखेपछि सप्तरी घटनालाई बहाना बनाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएर दवाव सृजना गरिरहेको मोर्चाले नयाँ प्रस्ताव अगाडि सारेको छ । मोर्चाको नयाँ प्रस्तावमा सहमति हुने संकेत देखिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मोर्चाले सीमाङ्कनको विषय तत्कालका लागि थाँती राख्ने हो भने संविधानको धारा २७४ (४) लाई संशोधन गर्न प्रस्ताव राखेको छ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले संघीय सीमाङ्कन आयोगलाई ‘फुल पावर’ दिएर जाने हो भने आफूहरु तत्कालका लागि सीमाङ्कनको विषय थाँती राख्न तयार रहेको बताए । त्यसका लागि संविधानको धारा २७४ को उपधारा ४ लाई संशोधन गरेर आयोगलाई अधिकार दिन व्यवस्था हुनुपर्ने उनको भनाई छ । यो धारा अनुसार संविधानले आयोगलाई सीमाङ्कन हेरफेर गर्ने अधिकार दिँदैन । सोही कारण मोर्चा सरकारसँग सशंकित हुँदै आएको हो । उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विधेयकलाई पारित गराउन इमान्दारिताका साथ पहल गर्ने सन्देश मधेसी मोर्चालाई दिएका छन् । उनको सन्देशप्रति मधेसी मोर्चाका नेताहरुले सहमति जनाएका छन् । देउवाको प्रस्तावले मधेसी मोर्चा केही हदसम्म लचक पनि भएको छ । सरकारमा सहभागी भए पनि राप्रपाका अध्यक्ष कमल थापाले पूर्वसहमतिलाई तोडेको देउवाको आरोप छ । स्रोतले भन्यो,‘कमल थापाले उपप्रधान र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिँदा संशोधन विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, प्रकाशचन्द्र लोहनीले पार्टी छाडेको भन्दै बहाना बनाएर सीमाङ्कनलाई थाँती राखेर अरु विषय पारित गराउन प्रस्ताव गरेका छन् ।’ देउवाले सीमाङ्कनको कुरा तत्काल थाँती राखेर जाने हो भने मोर्चालाई पनि सेफल्याण्डिङ गर्न सकिने र स्थानीय तहको निर्वाचन समयमा हुन सक्ने उल्लेख गर्दै आएका छन् । निर्वाचनप्रति पछिल्ला दिनमा लचकता देखाइरहेका मधेसी मोर्चाका नेताहरुले भित्रभित्रै निर्वाचनको तयारी गर्न आफ्ना जिल्ला नेताहरुलाई गोप्यरुपमा निर्देशन दिइसकेका छन् । यदि थोरै पनि कुरा मिल्यो भने कम्तिमा दुई हप्ता निर्वाचनको मिति सारेर मोर्चालाई साथै लैजाने कांग्रेसको भित्री तयारी छ । यो प्रस्तावमा एमालेका अध्यक्ष केपी ओलीले पनि सकारात्मक संकेत दिएको स्रोतको भनाइ छ । बरु स्थानीय निर्वाचनप्रति एमालेले दोहोरो चरित्र देखाएको मोर्चाको आरोप छ । बाहिर भन्दा एमालेले चुनाव गर्नु पर्छ भन्ने तर भित्रभित्रै निर्वाचन विथोल्ने गतिविधि गर्ने कार्यले राजनीतिक सहमति बनाउन समस्या भएको नेताहरुको आरोप छ ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित म्याग्दी, ४ चैत- बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएका छन् । एक सय ७४ जना बालबालिका अध्ययन गर्ने सो विद्यालयको पाँचवटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का एक सयभन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरेको शिक्षक रामप्रसाद शर्माले बताउनुभयो । टहरामा घामले पोल्ने, पानी पर्दा रुझाउने, किताब, कापी भिजाउने, हावाहुरीले सताउने गरेकाले पठनपाठनमा समस्या पर्ने गरेका छन् । विसं २०७३ फागुन २५ गते साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा रहेको भवनमा आगलागी हुँदा रु ९२ लाख बराबरको क्षति पुगेको थियो । भवन जलेपछि नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुसँग आवद्ध विद्यार्थीले श्रमदान गरेर अस्थायी टहरा बनाएका थिए । बालकक्षा, १, २, ३ कक्षा र प्रशासन अर्को भवनबाट सञ्चालन भएको छ । यसैबीच विद्यालयको भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन पूर्व विद्यार्थीले अभियान सञ्चालन गरेका छन् । हाल दक्षिण कोरियामा रहनुभएका पूर्वविद्यार्थी विनोद कुँवरको नेतृत्वमा विश्वका विभिन्न देशमा रहेका डाँडाखेतवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग अभियान सञ्चालन गरेका हुन् । प्रअ तीर्थ बानियाका अनुसार हालसम्म रु १२ लाख सहयोग घोषणा भएको छ । अहिले विद्यालय भइरहेको जग्गामा नयाँ भवन निर्माण गर्न अपुग हुने भएकाले जग्गा व्यवस्थापन, तत्कालीन राहत र भवन निर्माणका लागि स्थानीय स्रोतको पनि खोजी भइरहेको बताउनुभयो । जिल्ला शिक्षा कार्यालय, विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, बेनी नगरपालिकालगायतका निकायमा भवन पुनःनिर्माणका लागि पहल गरिएको शिक्षक शर्माले बताउनुभयो ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
दाताको सहयोगमा नयाँ विद्यालय निर्माण भएपछि विद्यार्थीमाझ उत्साह रसुवा, ३ चैत- गोसाइँकुण्ड गाउँपालिका–६ अन्तर्गत ठाडेगाउँमा नयाँ विद्यालय निर्माण भएपछि विद्यार्थीमाझ उत्साह छाएको छ । भूकम्पले ठाडेगाउँमा रहेको श्रीसरस्वती आधारभूत विद्यालय भवन लाङटाङ क्षेत्र सरोकार समाज (लाकोस) संस्थाको पहलमा चेयाँ नेपाल नामक गैससले रु ३२ लाख ५० हजारको लागतमा पाँचकोठे भूकम्प प्रतिरोधी पिलरवाला नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता भएको उक्त विद्यालयका प्रधानाध्यापक ल्हाक्पा थोक्राले जानकारी दिनुभयो । विद्यालयमा ६७ जना छात्रछात्रा अध्ययनरत रहेको र नयाँ भवनमा सुरक्षित तवरले अध्ययन–अध्यापन गराउन पाउँदा शिक्षक तथा विद्यार्थीमाझ उत्साह बढेको प्रअ थोक्राले बताउनुभयो । विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । विद्यालयजस्तो पवित्र संस्थालाई सहयोग गर्न दाताको ध्यान अब निर्माणतर्फ केन्द्रित भइसकेका कारण अन्य दूरदराजका विद्यालय पनि दाताकेन्द्रित हुने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि बाजागाजासहित स्वागत बैतडी, ३ चैत- बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर हुनुभएको हो । विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो । आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताउनुहुन्छ । मेलौलीमा चिकित्सक आएसँगै स्वास्थ्य बीमाको सेवासमेत सुरु हुने भएको छ । स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । यसैबीच, डा कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् । १६ वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्तरुपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताउनुभयोे । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गरेपछि बल्ल चिकित्सक आएका छन् ।” सरकारले चालु आवको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा गत फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
श्रीमान विदेश पठाएर आफ्नै देवरसँग यौन सम्बन्ध, झगडा भएपछि भाउजुले गरिन् हत्या बागलुङ, २ चैत- बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताउनुभयो । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो । “झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या गरेको पाइएको छ,” खापुङले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो । शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रीताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् ।
0 notes