Tumgik
#कमज
kawaiimoonpeace · 8 months
Text
#मेरे_अज़ीज़_हिंदुओं_स्वयं_पढ़ो अपने ग्रंथ
क्या श्राद्ध करना शास्त्र विरुद्ध है?
मार्कण्डेय पुराण में प्रमाण है कि वेदों में पित्तर पूजा, भूत पूजा यानि श्राद्ध करना, अविद्या यानि मूर्खी का कार्य बताया है।
530
संक्षिप्त मार्कण्डेयपुराण (मचित्र, मोटा टाइप) केवल हिन्दी
२५१ प्रतिदिन धोया जाता है, वह बेड प्रगल है। अं अन्नामें भोकी प्राति नहीं कराताः अपितु जितेन्द्रिय विद्वानोंको चाहिये कि वे अनेक अधोगति से जानेवाला होता है। वास। तुम जो जॉद्वारा सजित कर्मकारी पडूमें बने हुए आत्माका समझते हो कि आपका प्रधान करता है: सद्धासनारूपी जलसे प्रक्षालन करें।
प्रक्षालन करना उचित ही है कमज
फलेच्छारहित दान और शुभाशुभके उपभोगसे भी पूर्वकृत अशुभ कर्म दूर होता है। इसी प्रकार दवाभावसे प्रेरित होकर जो कर्म किया जाता है. बन्धनकारक नहीं होता। फल-कामना रहित कर्म भी बन्धनमें नहीं डालता। पूर्वजन्ममें किया हुआ मानवोंका शुभाशुभ कर्म सुख- दु:खभाय भोगोंक रूपमें प्रतिदिन भोगनेवर ही क्षीण होता है। इस प्रकार विद्वान् पुरुष आत्माका प्रक्षालन करते और उसकी बन्धनोंसे रक्षा करते हैं। ऐसा करनेसे यह अविवेकके कारण पापरूपी कीचड़में नहीं फैसता।
अविद्या कहा गया है, फिर क्यों आपलोग मुझे उस मार्गमें लगाते हैं?
ही यह साथ है कि कर्मको अविद्या कहा गया है. इसमें तनिक भी मिध्या नहीं है;
सचिन पृद्धा-पितामहो। बेदमें कर्ममार्गको किन्तु वास्तवमें तुम स्वविहित कर्मोंक न करनेके कारण पापोंसे दग्ध हो रहे हो। कर्म अविद्या होनेपर भी विधिके पालनद्वारा शोधे हुए विषकी भाँति मनुष्योंका उपकार करनेवाला ही होता है। इसके विपरीत यह विद्या भी विधिको अवहेलनासे निश्चय ही हमारे बन्धनका कारण बन जाती है। अतः वत्स। तुम विधिपूर्वक स्त्री-संग्रह करो। ऐसा न हो कि इस लोकका फिर भी इतना तो निश्चित है कि उस विद्याको प्रातिमें कर्म ही कारण है। विहित कर्मका पालन न करके जो अधम मनुष्य संयम करते हैं, यह
गीताप्रेस, गोरखपुर
मेरे अज़ीज़ हिंदुओं
स्वयं पढ़ो अपने ग्रंथ
- जगतगुरु तत्त्वदर्शी संत रामपाल जी महाराज
Sant Rampal Ji Maharaj
Tumblr media
0 notes
365store · 2 years
Text
डॉक्टर राम मनोहर लोहिया ने 500 से अधिक पद पर भर्ती, ऐसे करें
डॉक्टर राम मनोहर लोहिया ने 500 से अधिक पद पर भर्ती, ऐसे करें
डॉ. राम मनोहर लोहिया अस्पताल भर्ती 2022: ऑफिस के काम करने के लिए काम करने के लिए. लुधियाना के डॉ. राम मनोहर लोहिया ऑफ मेडिकल संस्थान में बंपर भर्तियां हैं। साइंटिस्ट बी, प्रौद्योगिकी प्रौद्योगिकी, प्रौद्योगिकी प्रौद्योगिकी, विज्ञान प्रौद्योगिकी, वेटन स्टोर स्टोर, ग्रेड III प्रौद्योगिकी, गल की पर कमज, एयर क्लास टेक्नोलॉजी, एयर क्लास टेक्नोलॉजी, एविएटेड टेक्नोलॉजी, टेक्नोलॉजी टेक्नोलॉजी, टेक्नोलॉजी…
View On WordPress
0 notes
yadavrajkumar · 5 years
Photo
Tumblr media
#Motivational अगर #इंसान* में कुछ करने की इच्छा हो, तो #दुनिया में कुछ भी *असंभव* नहीं है | संघर्ष (#Struggle) इंसान को मजबूत बनाता है, फिर चाहे वो कितना भी #कमजोर क्यो न हो | #RajkumarYadavPost https://www.instagram.com/p/B0JILjzH2na/?igshid=i343b58hwtb9
0 notes
harsh1991mishra · 6 years
Photo
Tumblr media
#मजबूत💪 #होने #का #मज़ा #तभि #है #जब #सारी #कायनात #कमजोर #बनाने #पर #तुली #हो
0 notes
kawaiimoonpeace · 8 months
Text
#मेरे_अज़ीज़_हिंदुओं_स्वयं_पढ़ो अपने ग्रंथ
क्या श्राद्ध करना शास्त्र विरुद्ध है?
मार्कण्डेय पुराण में प्रमाण है कि वेदों में पित्तर पूजा, भूत पूजा यानि श्राद्ध करना, अविद्या यानि मूर्खी का कार्य बताया है।
530
संक्षिप्त मार्कण्डेयपुराण (मचित्र, मोटा टाइप) केवल हिन्दी
२५१ प्रतिदिन धोया जाता है, वह बेड प्रगल है। अं अन्नामें भोकी प्राति नहीं कराताः अपितु जितेन्द्रिय विद्वानोंको चाहिये कि वे अनेक अधोगति से जानेवाला होता है। वास। तुम जो जॉद्वारा सजित कर्मकारी पडूमें बने हुए आत्माका समझते हो कि आपका प्रधान करता है: सद्धासनारूपी जलसे प्रक्षालन करें।
प्रक्षालन करना उचित ही है कमज
फलेच्छारहित दान और शुभाशुभके उपभोगसे भी पूर्वकृत अशुभ कर्म दूर होता है। इसी प्रकार दवाभावसे प्रेरित होकर जो कर्म किया जाता है. बन्धनकारक नहीं होता। फल-कामना रहित कर्म भी बन्धनमें नहीं डालता। पूर्वजन्ममें किया हुआ मानवोंका शुभाशुभ कर्म सुख- दु:खभाय भोगोंक रूपमें प्रतिदिन भोगनेवर ही क्षीण होता है। इस प्रकार विद्वान् पुरुष आत्माका प्रक्षालन करते और उसकी बन्धनोंसे रक्षा करते हैं। ऐसा करनेसे यह अविवेकके कारण पापरूपी कीचड़में नहीं फैसता।
अविद्या कहा गया है, फिर क्यों आपलोग मुझे उस मार्गमें लगाते हैं?
ही यह साथ है कि कर्मको अविद्या कहा गया है. इसमें तनिक भी मिध्या नहीं है;
सचिन पृद्धा-पितामहो। बेदमें कर्ममार्गको किन्तु वास्तवमें तुम स्वविहित कर्मोंक न करनेके कारण पापोंसे दग्ध हो रहे हो। कर्म अविद्या होनेपर भी विधिके पालनद्वारा शोधे हुए विषकी भाँति मनुष्योंका उपकार करनेवाला ही होता है। इसके विपरीत यह विद्या भी विधिको अवहेलनासे निश्चय ही हमारे बन्धनका कारण बन जाती है। अतः वत्स। तुम विधिपूर्वक स्त्री-संग्रह करो। ऐसा न हो कि इस लोकका फिर भी इतना तो निश्चित है कि उस विद्याको प्रातिमें कर्म ही कारण है। विहित कर्मका पालन न करके जो अधम मनुष्य संयम करते हैं, यह
गीताप्रेस, गोरखपुर मेरे अज़ीज़ हिंदुओ स्वयं पढ़ो अपने ग्रंथ
- जगतगुरु तत्त्वदर्शी संत रामपाल जी महाराज
Sant Rampal Ji Maharaj
Tumblr media
0 notes
meromechinagar · 3 years
Text
टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो
१३ पौंष, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा लनटेनिसका दिग्गज खेलाडी कमज थापाको राजनीतिमा दिन राम्रो चलिरहेको छैन । राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा पराजित भएका उनले परिणामलाई सहजरुपमा स्वीकारेका पनि छैनन् । थापा अहिले राजनीतिक प्रतिस्पर्धाबाट निस्केर खेलकुदको प्रतिस्पर्धामा व्यस्त छन् । पोखरामा जारी लन टेनिस प्रतियोगितामा भिडिरहेका उनी आज सेमिफाइनलमा पुगेर रोकिए । पोखरा…
Tumblr media
View On WordPress
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
अपने मूल सलवार कमीज में स्टाइलिश दिखने के सरल तरीके | द टाइम्स ऑफ़ इण्डिया https://tinyurl.com/ybmusn6w #अपन #इणडय #ऑफ #क #कमज #टइमस #तरक #द #दखन #म #मल #सटइलश #सरल #सलवर
0 notes
xenderzone · 4 years
Video
youtube
जो इंसान चल नहीं सकता / नसों में दर्द, ऐठन, ब्लॉकेज, खिचाव, नसों में कमज...
0 notes
onlinekhabarapp · 4 years
Text
��ाईजात्रे गफ : सरकारी कर्मचारीको ढाड !
ढाड अर्थात मानव शरीरको एक अपरिहार्य अंग । एकवारको जुनीमा मान्छे भएर जन्मने सबैले एक थान ढाड त लिएरै आएका हुन्छन् । ढाड बिनाका मान्छे सायदै कोही होलान् ।
मानव शरीरको पृष्ठभागमा, घिच्रोभन्दा मुनि र कम्मरभन्दा माथिको चौडा भागलाई ढाड भनिन्छ । नेपालकै पश्चिमी भेगमा चाहिँ यसलाई अर्कै नामले चिनिन्छ, जुन यहाँ उल्लेख नगरौं ।
मानव ढाडबारे विश्वमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । त्यसमा म पछि आउनेछु । अहिलेचाहिँ  ढाडको सार्वजनिक प्रयोग र महिलाको सौन्दर्यमा यसको महत्वमाथि विमर्श गरौं ।
एक महिनाजति अगाडिको घटना तपाईंको मानसपटलमा ताजा नै होला । एक युवतीको ढाड एक हप्तासम्म राष्ट्रिय बहसको विषय बनेको थियो । सामाजिक सञ्जालमा युवतीमाथि नानानौरङ्ग लेखिएका थिए । यही तस्वीरले दुईवटा प्रश्नलाई जबरजस्त रुपले सतहमा ल्याइदियो, के ढाड महिलाको सौन्दर्यको हिस्सा हो ? के यो गोप्य अंग हो ?
ढाड महिलाको सौन्दर्यको हिस्सा हो कि होइन भन्ने जहाँसम्म सवाल छ, म भन्छु– होइन । यदि हुन्थ्यो भने महिलाका आँखा, आँेठ, गाला, कपाल, कम्मरजस्ता अंगहरुको वर्णन गरेर अनेकन गीतबन्दा ढाडको वर्णन गरेर पनि धेरै गीत लेखिन्थे । धेरै कविता र गजल कोरिन्थे ।
जस्तो कि :
तिम्रो ढाडले मलाई भुत्तुकै पार्यो लौन के गरौं…
तिम्रो चिल्लो ढाडमा चिप्लिएर मर्न मन छ मलाई
त्यो ढाड जस्तो यो ढाड भए केकेमा हुन्थ्यो नि
ढाड–ढाड बोलिरहे, ओठले बोल्नै सकेन…
अहँ यस्ता गीतहरु कसैले लेखेको भेटिँदैन । हो, पशुपति शर्माले ढाडमा टेकेर एउटा गीत गाएका छन् । तर, त्यसले पनि ढाडको सौन्दर्य वर्णन गरेको छैन । ‘ढाड दुखेर मारो ऐया ढाड दुखेर मारो’ बोलको गीतले बरु ढाडको बेइज्जत बढी गरेको छ ।
त्यसउसले ढाडलाई महिलाको सौन्दर्यको हिस्सा मान्ने पक्षमा मचाहिँ छैन । किन्तु यो मेरो व्यक्तिगत विचार हो । यसबारे सौन्दर्यशास्त्रीहरुले गम्भीर परामर्श गरेर साझा धारणा बनाउनुपर्ने टड्कारो आवश्यकता छ ।
अब आउँ दोस्रो र महत्वपूर्ण प्रश्नमा । के ढाड महिलाको गोप्य अंग हो ?
शरीरका गोप्य अंग भन्नाले ती अंगलाई बुझिन्छ, जुन सार्वजनिकरुपमा प्रदर्शन गर्न मिल्दैन । महिलाले आफ्नो ढाड सार्वजनिकरुपमा देखाउन मिल्ने वा नमिल्ने सवालमा देशको संविधान र कानूनले केही बोलेको छैन । न त कुनै धार्मिक ग्रन्थले पनि यस विषयलाई प्रकाश पारेका छन् । अतः हामी आफैंले यसको निक्र्यौल गरेर भावी पुस्तालाई मार्गदर्शन गर्नुपर्ने आवश्यकता आइलागेको छ । अन्यथा भावी पुस्ता पनि हामीजस्तै कुहिरोको काग नै बनिरहनेछ ।
परापूर्वकालमा महिला दिदी–बहिनीहरुले शिरदेखी पाउसम्मका अंगहरु छपक्क छोप्नेगरी लुगा लगाउँथे । हातको पाखुरा वा खुट्टाको पिँडुला देखियो भने पनि उछृंखलता मानिन्थ्यो । पुरुषहरु तरंगित बन्थे ।  तर, समयक्रममा बिस्तारै तलको पहिरन माथि सर्दै र माथिको पहिरन तल झर्दै आयो । यही अन्तरसंघर्षको कोपभाजनमा पर्यो ���हिलाको ढाड । महिलाहरुको पहिरन छोटिँदै र पातलिँदै जाँदा सबैभन्दा बढी हण्डर ढाडले नै खेप्नुपरेको इतिहास साक्षी छ ।
पछिल्लो समयमा हाम्रा महिला दिदीबहिनीले लगाउने चोलोको साइज घटेर ढाडपट्टि ह्वांगै हुन थालेको छ । गरिबले गर्दा कपडा फारु गरिएको बिलकुल होइन । ढाडमा जति कम कपडा चोलो त्यति महंगो पर्दोरहेछ भन्ने दिव्यज्ञान मलाई आफ्नै विवाहपश्चात भएको छ । आजकाल त विवाह तथा पार्टीमा जाँदा पुरै ढाड छोपिने चोलो लगाउने महिला भेट्न त्यति नै मुस्किल पर्छ, जति भ्रष्टाचारले नगन्हाएको नेता भेट्न । चोलो शरीरमा अड्याउने प्रयोजनका निम्ति वाध्यात्मकरुपमा ढाडतर्फ झिनो कपडा वा डोरी प्रयोग गरिएको देखिन्न्छ ।
नेपाली महिलाको परम्परागत पहिरनको त यो दुर्दशा छ भने अरु आधुनिक पहिरनको के कुरा गर्नु । कुनै कुमबाट अलि तल झरेका, कुनै निकै तल झरेका पोशाकहरु अहिलेको फेसन ट्रेन्डमा छन् । पछाडि पुरै ह्वांगै भएका लत्ताकपडालाई ‘ब्याकलेस ड्रेस’ भन्दा रहेछन् ।
ढाडलाई गोप्य अंग नमानेर/नठानेर नै यस्ता पहिरनहरुको आविष्कार भएको हुनुपर्छ । होइन भने त अहिलेसम्म ‘फ्रन्टलेस ड्रेस’ पनि त बजारमा छ्याप्छ्याप्ती भइसकेका हुन्थे होलान् । नेपालमा नभए पनि विकसित देशमा फ्रन्टलेस जामा लगाएका युवतीहरु यत्रतत्र देखिन्थे होलान् । दुई–चार वर्षमा वर्षमा त्यो ट्रेन्ड आयो भने छुट्टै कुरा । अहिलेसम्म चाहिँ छैन ।
यो आम महिलाको कुरा भयो । अब कुरा गरौं, सरकारी जागिर खाने महिला कर्मचारीको । आम महिलाका लागि खुल्ला भए पनि महिला कर्मचारीका लागि चाहिँ ब्याकलेस पहिरन अझै स्वीकार्य बनिनसकेको ताजा घटनाक्रमबाट बुझिन्छ । अझ, सरकारी सवारीसाधन प्रयोग गर्दा त यस्तो कपडा लगाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हानेसरह हुँदो रहेछ । प्रश्न उठ्छ, आखिर सरकारी कर्मचारीलाई मात्र किन यो विभेद ? के उनीहरुको डाढ अरु महिलाको भन्दा फरक हुन्छ ?
वास्तवमा भन्नुपर्दा यो सबै कचिंगल सरकारको कमजोरले उत्पन्न हो । यदि सरकारले पहिल्यै यस विषयमा निश्चित मापदण्ड बनाएको भए यो कचिंगल उब्जिने थिएन । सरकारी कर्मचारीले डिप्रेसनमा जानुपर्ने थिएन ।
अब जे भयो, भयो । अब भोलिका दिनमा यस्तो नदोहोरियोस् भनेर सरकारले तत्काल कदम चाल्नुपर्छ । महिलाको ढाडलाई ‘अर्द्धगोप्य अंग’का रुपमा परिभाषित गरी देखाउन मिल्ने र छोप्नुपर्ने सीमा निर्धारण गर्न एउटा शक्तिशाली आयोग गठन गरियोस् । यस्तो आयोगले दिने प्रतिवेदनका आधारमा कानूनको तर्जुमा गरियोस् । उक्त कानून बमोजिम १६ वर्ष नाघेका सबै युवती र महिलाहरुको ढाडमा चिनो लगाउने काम तदारुकताका साथ सम्पन्न गरियोस् । यस कामका लागि प्रदेश सरकार र स्थानीय तहहरुलाई परिचालन गर्न सकिन्छ ।
सरकारी कर्मचारी र अन्य महिलाहरुको हकमा फरक–फरक मापदण्ड कायम गर्नु वाञ्छनीय हुन्छ जस्तो लाग्छ । आम महिलाका लागि दुई बित्ता र सरकारी कर्मचारीका लागि एक वित्ताको सीमांकन गरेर सर्प पनि मर्ने र लौरो पनि नभाँचिने गरी समाधान निकाल्न सकिन्छ ।
अन्त्यमा, तपाईंको जानकारीका लागि मिडियामा नआएको एउटा प्रसंग । सरकारी कर्मचारीको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहँदा यो विषयले बालुवाटारमा पनि प्रवेश पाएको रहेछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच या विषयमा चर्काचर्कीले नै परेको उच्च स्रोतले यो लेख लेख्दालेख्दै मलाई बतायो ।
विषय प्रवेश प्रचण्डले यसरी गराएका रहेछन् :
‘यो त अत्ति भो भन्ने हाम्रो ठम्याइ हो । के यही दृष्य देख्नका लागि हामीले महान जनयुद्ध लडेका हौं ?’
देउवा : के अत्ति भो भन्देखुनलाई ?
प्रचण्ड : सामाजिक सञ्जालमा हेर्नुभएको छैन ? मने अहिले एउटा तस्वीर भाइरल भएको छ नि । हेरेर म एकछिन त भावुक नै भएँ । (आँशु पुछ्दै) दुरददराजका महिला दिदीबहिनीहरु गरिबीले गर्दा आङमा एकसरो लुगा लगाउन सक्दैनन् । तर, सरकारी जागिर खानेले यसरी सार्वजनिक स्थानमा अंगप्रदर्शन गर्दै हिँड्ने कुरा सामाजिक न्यायको पक्षमा छैन । यस्ता उछृंखल तत्वहरुविरुद्ध हामी सचेत हुनुपर्छ । हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई  बदनाम तुल्याउने र सिध्याउने षडयन्त्रको अंगका रुपमा मैले यसलाई लिएको छु । सरकारले यस विषयमा प्रष्ट धारणा ल्याउनुपर्छ । होइन भने आजै गुठको वैठक गरेर…
प्रचण्डलाई रोक्दै ओली : मलाई ताजुब लाग्छ । मलाई आश्चर्यचम्म लाग्छ, मलाई आश्चर्य लाग्छ । नांगै हिँडेको स्थिति त होइन नि । रिसाएको बिरालोले खाँबो चिथोर्न खोजेजस्तो एउटा महिलाको ढाडमाथि किन खनिनुपर्यो ?
हुन त तपाईंहरुको अप्ठेरो पनि म बुझ्छु । सरकारले चारैतिर राम्रैराम्रा काम गरेको छ । जतासुकै चमत्कार गरेको छ । खोट लगाउने ठाउँ नै नभएपछि यस्तै खुद्रामसिना कुरामा विरोध गर्ने त हो ।
देउवा : नहँसाउनुस् न यार । आज गाईजात्रा त होइन नि बाबा ।
ओली : सुन्नुस् । ढाड देखाउनु भनेको कुनै पनि हिसाबले अमर्यादित होइन । जोसँग जे राम्रो छ त्यही देखाउने हो । उहाँको ढाड राम्रो थियो होला देखाउनु भो । गलफत्ती गरेर हुन्छ ?
अनि ओलीको सुरु भयो :
वास्तवमा भन्नुपर्दा ढाड भनेको शरीरको यस्तो अंग हो, जसले एउटा मान्छेलाई सिधा अड्याएको हुन्छ । कल्पना गर्नुस् त ढाड नहुँदो हो त मान्छे कस्तो देखिन्थ्यो ? मैले पढेअनुसार मान्छेको ढाडभित्र ११ लाख ११ हजार ११ हजार एक सय ११ वटा हड्डी हुन्छन् । त्यस्तै ११ करोड ११ लाख ११ हजार ११ हजार ११ सय ११ वटा कोषहरु हुन्छन् । ढाडमा दैनिक औसत ३५ मिलिलिटर रगतको सञ्चालन हुन्छ । दैनिक बेसार पानी खानुभयो भने १ वर्षमा ढाडका हड्डीहरु १० गुणा बलिया हुन्छन् ।
अर्को रोचक कुरा सुनाउँछु । मानव ढाडको आविष्कार पनि सबैभन्दा पहिले नेपालमै भएको हो । यो तथ्यलाई अब विश्वभर फैलाउनुपर्छ ।
देउवा (रोक्दै) : अब तपाईं बढ्ता बोल्दै हुनुहुन्छ । कसले भन्यो ढाडको आविष्कार नेपालमा भएको हो भनेर ?
ओली : मैले भनेको ! भर्खरै भनेको सुन्नुभएन ?
0 notes
Photo
Tumblr media
सब कुछ #किस्मत पे ही छोड़ दूँ 🙋 मैं इतना भी #कमजोर नही 💪😢 https://www.instagram.com/p/BqrpDvbnVFa/?utm_source=ig_tumblr_share&igshid=un1u54ux4jja
0 notes
onlinekhabarapp · 5 years
Text
नागढुङ्गा सडक र रेलमार्गको कुरा
यतिखेर सामाजिक सञ्जालदेखि राष्ट्रिय दैनिकसम्म नौविसे-नागढुङ्गा सडकमार्गको जामले तातेको छ । राजधानी छिर्ने र बाहिरिने मुख्य नाकामा घण्टौंसम्म जाम पर्न थालेको छ। यसले सर्वसाधारण यात्रुको दैनिकी नराम्ररी प्रभावित पारेको छ। जामकै कारण समयमा उपचार नपाएर बिरामीको ज्यान सम्म गएको छ। नेपालीहरुको महान पर्व बडा दसैं नजिकिँदै जाँदा घटस्थापना पस्चात अधिकांश स्कुल, कलेज बन्द हुने र लाखौं यात्रुले काठमाडौं छोड्ने हुंदा राजमार्गमा सवारी चाप अझै बढ्ने निश्चित छ।
उक्त राजमार्ग भएर यात्रा गर्नेका निम्ति यस्तो जाम नौलो भने होइन। विगत केही वर्षदेखि साँघुरो, उकालो तथा जिर्ण अवस्थामा रहेको सडक र सवारी चापका कारण उक्त समस्या बारम्बार दोहोरिने गरेको छ। सामान्य अवस्थामा पनि दैनिक ८ हजार भन्दा बढी गाडीको आवात जावत र उकालो बाटोमा कयौँ टन लोड बोकेका लरी बिग्रिदा यातायात अवरुद्ध हुन पुगेको ट्रफिक प्रहरी र यातायात व्यवस्था विभागको निष्कर्ष छ। यात्रालाई सहज बनाउन विभागले आईतबारदेखि ठूला सवारीसाधन प्रवेशमा रोक लगाएको छ । तर, यसले अर्को समस्या निम्त्याउने खतरा छ। देशको अर्थतन्त्रमा मात्र नभई चाडपर्वको मुखमा यसले सर्वसाधारणको भान्सासम्म ठूलो असर पार्ने देखिन्छ।
२० वर्ष अगाडि बनाइसक्नुपर्ने फास्टट्रयाकको निर्माण दुःख पाएपछि आज सुरु गर्दैछौं । ट्राफिक आयातलाई उक्त फास्ट ट्रयाकको क्षमताले पनि नधान्ने प्रष्ट देख्न सकिन्छ। यस्ता जामबाट छुटकारा पाउने गतिलो उपाय भनेको रेलमार्गको निर्माण नै हो
यसरी समस्या विकराल बन्नुमा हाम्रो कार्यशैली नै मुख्य रुपमा दोषी छ। नौविसे-नागढुङ्गा सडक मर्मतको जिम्मा पाएको ठेकेदार कम्पनी जीएमआरले सम्झौता अनुसार गत असार मै काम सक्नु पर्ने थियो। तर कम्पनीले मर्मतको काम अहिले चाडपर्वको मुखमा सुरु गरेको छ। खै के लाभ लिन हो हाम्रो देशमा गर्नै पर्ने काम पनि समस्या परेपछि मात्र गर्ने पुरानै प्रवृत्ति हो। देशमा हर क्षेत्रमा सुधारका निमित्त यस्तो प्रवृत्तिको अन्त्य अनिवार्य छ।
यस्तै दिगो विकासकालागि चाहिने दूर दृष्टिको अभावको परिणाम पनि हामीले पाइला पाइलामा भोगिरहेका छौं। हामी बुझेर नबुझे झैं गर्छौं या साच्चै बुझ्दैनौ, अचम्म छ। यस्ता दुख हाम्रो आजको कर्मको प्रतिफल होइन। हिजो हामीले समयमै गर्नुपर्ने कामहरु नगर्दा आज त्यसको परिणाम भयावह भोग्दै छौँ। हामीले हिजै हाम्रो सवारी आयातको दर र अवस्था हेरेर सडक पुर्वाधारको विकास गर्न सक्नुपर्थ्यो। नेपाली सेनाले हाल काठमाडौं हेटौंडा फास्टट्रयाक तिब्र गतिमा निर्माण गरिरहेको छ।सेनाको बिगत हेर्दा समयमै काम सक्ला पनि तर त्यो फास्टट्रयाक त्यतिबेला बन्ने छ, जतिखेरसम्म ४ लेनको फास्टट्रयाकले पनि यातायातको आयतन थेग्न नसक्ने अवस्थामा पुगेको हुनेछ।
यसरी हेर्दा २० वर्ष अगाडि बनाइसक्नुपर्ने फास्टट्रयाकको निर्माण दुःख पाएपछि आज सुरु गर्दैछौं, यसले ३-४ वर्ष पछि १-२ वर्ष त राहत देला । तर, पछि परिस्थिति उस्तै भयावह हुने छ। ट्राफिक आयातलाई उक्त फास्ट ट्रयाकको क्षमताले पनि नधान्ने प्रष्ट देख्न सकिन्छ। यस्ता जामबाट छुटकारा पाउने गतिलो उपाए भनेको रेलमार्गको निर्माण नै हो।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काठमाडौं–रसुवागढी हुँदै तिब्बतको केरुङसम्म पुग्ने रेलमार्ग निर्माण गर्ने विषय चर्चामा पुग्यो। यसलाई कतिपयले अपत्यारिलो र ठट्टाका विषयमा पनि लिए। जेहोस् प्रधानमन्त्रीको वक्तव्यले नेपालमा रेलमार्गको विषयको बहसले उच्च स्थान पाएको छ।
ताराप्रकाश सिलवाल
तथ्यसंगत ढंगबाट अध्यायन गर्दा पनि नेपालमा रेलमार्ग सहज यातायातका निम्ति एउटा भरपर्दो विकल्प हुने देखिन्छ। त्यसैले हाम्रा सोधहरु, छलफलहरुलाई यस दिशामा अझ घनीभूत पार्नुपर्छ ता कि सरकारलाई कार्यन्वयनका लागि ढाडस मिलोस, दबाव परोस्।
रेलमार्ग निर्माणको सन्दर्भमा ‘जटिल र कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ यस्तो स्थानमा पनि रेलमार्ग निर्माण गर्न सकिन्छ र? भन्ने प्रश्नले स्थान पाएको देखिन्छ। नेपाल भौगर्भिक रुपमा यस्तो भूभागमा पर्दछ जहाँ पहाड बन्ने प्रक्रिया अझै सक्रिय छ। पहाड बन्ने क्रममा पृथ्वीको सतह उचालिंदा या भासिँदा चट्टान कोल्टिएका, दोब्रिएका, चिप्लिएका र दरार परेका हुन सक्छन् ।
कतिपय ठाउँमा यी दरार अत्यन्त गहिरा र धेरै लामा हुन्छन् । तिनीहरूको चौडाइ भने केही सेन्टिमिटरदेखि केही मिटरसम्म मात्र हुन्छ । दरारहरु पृथ्वीको सतहमा प्राय: सजिलै देख्न सकिँदैन । पृथ्वीको सतहमा हुने प्राकृतिक प्रकृया जस्तै भल पानी, पहिरो तथा हावाले उडाएर ल्याएका ढुंगा माटोका निथारले ती चिरा पुरिएर नदेखिने भएका हुन्छन् ।
अनुभवी भूगर्भविद्हरूले दरारहरूको अवस्थिति पत्ता लगाउन सक्छन् । साधारण तया यस्ता दरार भएका स्थानहरु कमजोर हुने, पहिरोको उच्च सम्भावना हुने र भुकम्पको बेला असाधारण हलचल हुने हुँदा यिनीहरुको अध्ययन महत्वपूर्ण हुन्छ। अझ रेल, टनेल लगायतका पूर्वाधारको विकासमा त यिनीहरुको अध्ययनको महत्व अत्यन्तै धेरै छ।
विश्वका विभिन्न मुलुकहरु जस्तै जापान, चीन लगायतका थुप्रै ठाउँमा यस्ता भूकम्पीय जोखिमका क्षेत्र छन् । त्यस्ता ठाउँमा सफलतापूर्वक रेलमार्ग बनाइएका छन् । तर, डिजाइनमा भने विशेष ध्यान पुर्याउनुपर्छ। देशभित्र उत्पादन भएका इन्जिनियर, इन्जिनियरिङ भूगर्भविद, भूगर्भविद लगायतका जनशक्तिहरुको यथोचित परिचालन गरी पूर्वाधारको विकास गर्न अगाडि बढ्नुपर्छ।
0 notes
onlinekhabarapp · 8 years
Text
काठमाडौंको सुरक्षा छविलालको जिम्माः कहाँका विक्रमसिंह, कहाँका छविलाल !
१३ माघ, काठमाडौं । खाइलाग्दो ज्यान गरेका,  ‘सिंघम’ फिल्मका नायकको जस्तो जुँगामा देखिने अर्घाखाँची निवासी छविलाल जोशी काठमाडौंको प्रहरी प्रमुख बनेका छन् । बुधबार साँझ सार्वजनिक एसएसपी सरुवाको सूचीमा जोशीको नाम देखेपछि धेरैलाई चासो लाग्नु स्वाभाविकै हो, आखिर एसएसपी छविलाल को हुन् ?
  गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच कुरा नमिल्दा दुई महिनादेखि रिक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबारदेखि नयाँ एसएसपी पाएको हो । एसएसपी छविलाल यसअघि अञ्चल प्रहरी कार्यालय धौलागिरीमा कार्यरत थिए ।
काठमाडौंको असुरक्षा, कालोबजारी र गुण्डाराजलाई थिल्थिलो बनाएर चर्चित बनेका विक्रमसिंह थापाको अनिवार्य अवकाशपछि रिक्त बनेको परिसरमा नेतृत्व सम्हाल्न एसएसपी जोशी आइपुगेका हुन् ।
विक्रमसिंह थापाको उत्तराधिकारी बनेर टेकुस्थित परिसरमा प्रवेश गर्दै गर्दा नयाँ कमाण्डर एसएसपी छविलाल जोशीका सामु धेरै चुनौतिहरु छन् । एक सफल एसएसपीको कुर्सीमा बस्दै गर्दा छविलालको विगतको छविले भने उनलाई काठमाडौंको नेतृत्व गर्न सक्षम हुन्छन् या हुँदैनन् भन्ने प्रश्न उब्जाएको छ ।
काठमाडौं: चुनौती र अवसरको ‘हट सीट’
काठमाडौंको महानगरीय प्रहरी प्रमुख हुनु भनेको प्रहरी संगठनमा निकै महत्व र गौरवको कुरा मानिन्छ । र, यो कुनै पनि प्रहरी अधिकारीका लागि चुनौतीपूर्णमात्रै होइन, अवसरको थालनी पनि हो ।
एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल र विक्रमसिंह थापालगायत जति प्रहरी अधिकारीले नाम कमाए, उनीहरु यही पदमा बसेपछि ‘हिरो’ बनेका हुन् । अब एसएसपी जोशीका लागि पनि यो ‘हट सीट’मा बस्ने सौभाग्य प्राप्त भएको छ ।
प्रायः आइजीपी बन्नेहरु काठमाडौंको प्रहरी प्रमुख भइसकेकै अधिकृत हुन्छन् । आर्थिक उपार्जन, राजनीतिक पहुँच र क्षमता देखाउने ठाउँका कारणले पनि हरेकको रोजाइ काठमाडौं हुने गर्छ ।
यसपटक पनि केदार रिजाल, दिनेश अमात्य, छविलाल जोशी र ठूले राई लगायतको चर्चा काठमाडौं परिसर प्रमुख हुनेमा थियो । तर, गृहमन्त्री निधीले जोशीको नाममा अडान नछाडेपछि आइजीपी अर्यालसमेत गल्न बाध्य भए । र, छविलाललाई यो अवसर प्राप्त भएको छ ।
सम्भवतः एसएसपी जोशीले राम्रैसँग बुझेको हुनुपर्छ कि काठमाडौंको प्रहरी प्रमुख निकै ठूलो दबावमा हुन्छ । देशको राजधानी भएकाले यहाँ ठूला भ्रष्टाचारीदेखि अन्तरराष्ट्रिय अपराधीहरुसमेत चलखेल गर्छन् । र, दलका नेताहरु र डनवीचको अन्तरसम्बनधका कारणले गर्दा पनि काठमाडौंको प्रहरी प्रमुखले सबैलाई सन्तुलनमा मिलाउन र ‘प्रोफेसनल’ बन्न धेरै नै चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।
तत्कालीन गृहमन्त्री वामदेवसँग टक्कर लिँदा रमेश खरेललाई धपाइयो । तर, मन्त्रीसँगको मिलेमतोमा टीका लगाएर आएको प्रहरी अधिकारीले पनि राजधानीमा गरीखान सजिलो पक्कै हुँदैन । जोशी गृहमन्त्रीको निगाहमा काठमाडौं परिसरमा आएको चर्चाले उनीप्रति अन्य दलको नजर फरक हुन सक्छ, जुन नयाँ एसएसपीका लागि पहिलो गाँसको चुनौती हो ।
राजनीतिक पावरमा काठमाडौंको प्रहरी प्रमुख बनेका जोशीका सामु सबैभन्दा ठूलो चुनौति आफ्नै संगठनका कमाण्डरको विश्वास जित्नु रहनेछ । त्यसका साथै यहाँको संवेदनशील शान्ति सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्नु अर्को चुनौति हो, जुन चुनौतिमा उनका अग्रज विक्रमसिंह थापा पूर्ण सफल भएर हिँडेका थिए ।
शान्ति सुरक्षामा चुस्तता, आर्थिक मामिलामा कठोर र राजनीतिक दबावलाई झेल्न सक्नु काठमाडौंका प्रहरी प्रमुखको सबैभन्दा ठूलो चुनौति हो । हालसम्म जोशीले यी तीन चुनौतिमा आफूलाई पास गराउनुपरेको छैन ।
‘धनुषा कनेक्सन’ र गृहमन्त्रीको साथ
गृहमन्त्री विमलेन्द्र निधीको जोडबलमा काठमाडौंको प्रहरी प्रमुख बन्न सफल भएका एसएसपी जोशी संविधानसभाको चुनावका बेला धनुषामा प्रहरी प्रमुख थिए ।
जोशी धनुषाको एसपी हुँदा विमलेन्द्र निधीसँग उनको सम्बन्ध यति गाढा भयो कि, गृहमन्त्रीले जोशीलाई काठमाडौंको प्रहरी प्रमुख नबनाई छाड्दिन भनेर दुई महिनासम्म अडान लिए ।
त्यसो त प्रहरी संगठनमा ‘धनुषा कनेक्सन’को निकै चर्चा हुने गर्छ । छविलाल जोशी काठमाडौंको प्रहरी प्रमुख र दिनेश अमात्य अपराध महाशाखाको प्रमुख बन्नु संयोगमात्रै हुन सक्छ । तर, यी दुबै अधिकृतहरु कुनै बेला धनुषामा प्रहरीको कमाण्ड गरेका व्यक्ति हुन् ।
गृहमन्त्री निधी धनुषाका बासिन्दामात्रै होइनन्, धनुषामा प्रहरी प्रमुख भएर जानेहरुले विगतदेखि नै उनीसँग निकट सम्बन्ध स्थापित गर्ने परम्परा नै बसिसकेको छ । अपराध महाशाखाबाट बढुवाको लाइनमा हेडक्वार्टरमा बसेका सर्वेन्द्र खनाल पनि धनुषाको कमाण्ड गरिसकेका प्रहरी अधिकृत हुन् ।
भावी आइजीपीका दाबेदार नवराज सिलवाल पनि अञ्चल प्रहरी कार्यालय जनकपुरको प्रमुख भएर धनुषामा बसेका अधिकृत हुन् । सिलवालको सन्दर्भमा अब आइजीपी बन्दा ‘धनुषा कनेक्सन’ लागु हुन्छ कि हुन्न ? हेर्न बाँकी छ ।
कमजोर विगत, धमिलो छवि
एसएसपी जोशीको विभिन्न जिल्लाको बसाइ विवादरहित र ‘आहा’ भन्ने खालको छैन । विक्��मसिंह थापाले रुपन्देहीमा बस्दाखेरि तस्करहरुलाई तह लगाएर वाहीवाही कमाइसकेका थिए । थापाले रुपन्देहीमा पेट्रोल तस्करहरुको सञ्जाल ध्वस्त बनाएका थिए ।
त्यसो त काठमाडौंको प्रहरी प्रमुख बन्नुअघि धौलागिरी अञ्चल कार्यालयमा रहेका जोशीले पनि यसअघि रुपन्देहीको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । तर, त्यहाँ रहँदा उनले विक्रमसिंहले जसरी नाम कमाउनुको साटो बदनामी कमाएको जिल्लाबासीहरु बताउँछन् ।
रुपन्देहीको एसपी भएका बेला जोशी विवादमा परे । ०६६ मंसिरमा रुपन्देहीको प्रहरी प्रमुख भएर गएका जोशीलाई त्यहाँ निकै अलोकप्रिय भएपछि हेडक्वार्टरले ६ महिनामै तानेर जगेडामा राखेको थियो ।
त्यसबेला जोशी, सशस्त्र प्रहरीका एसपी दीपक थापा र तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा पोखरेल मिलेर तस्करीका सबै लाइन खुला गरेको आरोप उनीमाथि लागेको थियो । तीमध्ये थापा अवकाश भइसकेका छन् भने पोखरेल अहिले अख्तियारमा कार्यरत छन् ।
रुपन्देहीमा हुँदा जोशीले सीमा क्षेत्रका प्रहरी चौकीका इन्चार्जहरुसँग न्यूनतम १० देखि ३० हजारसम्म मासिक बुझाउनुपर्ने दर रेट नै तोकेको त्यसबेलाका भुक्तभोगी बताउँछन् । त्यसका लागि सबै नाकाबाट तस्करी खुला गरिएको थियो । र, यही पोल खुलेपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतले जनाएको छ । उनका पालामा आयल निगमको तेल ट्यांकरबाटै व्यापकरुपमा तस्करी हुने गरेको थियो, जसलाई विक्रमसिंहले ध्वस्त बनाइदिए ।
रुपन्देहीमा जोशीका पालामा नेपाल-भारत सीमानाकाबाट सुन, रक्तचन्दन, मोटर पार्ट्स लगायतका सामाग्रीहरुको तस्करी बढेको थियो ।
जोशीमाथि रुपन्देहीका जनतासँग सुमधुर सम्बन्ध बनाउन नसकेको आरोप लागेको थियो । रुपन्देहीमा रहँदा स्थानीयले जुलुसका क्रममा ढुंगा हान्दा जोशीको दाँतसमेत झरेको थियो ।
त्यसो त जनकपुरमा प्रहरी प्रमुख भएका बेलामा पनि छविलालको बसाइ त्यति सुखद हुन सकेन । उनका पालामा जिल्लामा हत्याका घटनाहरु बढी नै भए । जोशीकै सहकर्मी रुपचन्द्र न्यौपानेलाई अपराधिक समूहसँग साँठगाँठ गरेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले निलम्बनमात्र होइन, एक तह घटुवा नै गर्‍यो ।
धनुषामा प्रहरी अधिकृत छविलाल जोशी, विश्व शमसेर जबरा र रुपचन्द्र न्यौपानेको बसाइ शान्ति सुरक्षाको दृष्टिले निकै कमजोर कार्यकालका रुपमा लिइन्छ ।
त्यहाँ सर्वेन्द्र खनाललाई पठाइएपछि मात्रै जनकपुर तथा सिंगो धनुषाको शान्ति सुरक्षामा प्रहरीको पकड कायम भएको उच्च अधिकृतहरु बताउँछन् ।
विगतको घवि जस्तो भए पनि र जसले काठमाडौं सरुवा गरे पनि अब एसएसपी छविले इमान्दारितापूर्वक ‘पुलिसिङ’ गरे भने उनले आफ्नो छवि सुधार्न सक्छन् । तर, नेता र तस्करसँग मिलेर प्रहरी संगठनलाई बदनाम गराउनेतिर लागे भने उनी राजधानीमा दुईचार महिना पनि नटिक्ने निश्चित छ ।
कामना गरौं, उनको कार्यकाल सफल होस् । छविलालको छवि राम्रो होस् । र, काठमाडौं परिसरमा सिनियरहरुले बनाएको विरासत उनकै कारणले नभत्कियोस् ।
0 notes