Tumgik
#कर्णाली प्रदेशमा सार्वजनिक बिदा
samaya-samachar · 1 year
Text
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
कर्णाली, १५ चैत कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा…
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
आज शनिवारको दिनमा सार्वजनिक बिदा
आज शनिवारको दिनमा सार्वजनिक बिदा
४ भदौ, कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आज अर्थात भदौ ४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जारी गरिएको सूचना हेर्नुहोस्
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
नाग पञ्चमीको अवसरमा यो प्रदेशमा सार्वजनिक बिदा
नाग पञ्चमीको अवसरमा यो प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएको हो । ‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’बाट मिति २०७८ चैत २९ मा…
Tumblr media
View On WordPress
0 notes
Text
चैते दशैंमा कर्णाली प्रदेशमा सार्वजनिक विदा
चैते दशैंमा कर्णाली प्रदेशमा सार्वजनिक विदा
D५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशमा सार्वजनिक विदा दिएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो । २०७७ जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा आज (बिहीवार) सार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले असार १५ गते धान दिवसका दिन र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन एक, प्रदेश स्थापना तथा सहिद दिवस भदौ चार, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र), माघे संक्रान्ति माघ एक, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको थियोे ।
0 notes
nepsebajarofficial · 2 years
Text
भोलि यी जिल्लामा सार्बजनिक बिदा ( सुचना सहित )
भोलि यी जिल्लामा सार्बजनिक बिदा ( सुचना सहित )
कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  राष्ट्रिय धान दिवस  कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
प्रदेश सरकारले गर्यो असार १५ मा सार्वजनिक बिदा दिने निर्णय।
प्रदेश सरकारले गर्यो असार १५ मा सार्वजनिक बिदा दिने निर्णय।
कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 3 years
Text
धान दिवसमा कर्णालीमा बिदा
धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ ।
वीरेन्द्रनगर ।  धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 5 years
Text
सात प्रदेशको बजेट : सातथरि नारा, दशथरि वितरण
१ असार, काठमाडौं । सातवटै प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशहरुको कूल बजेट २०.३३ प्रतिशतले बढेको छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने बाध्यता छ । आगामी आर्थिक वर्षका लागि ��ातवटै प्रदेशको कूल बजेट २ अर्ब ५९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
गत वर्ष प्रदेशहरुले कूल २ खर्ब ६ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएका थिए, जुन बजेट अहिले कार्यान्वयन भइरहेको छ ।
आगामी आर्थिक वर्षका लागि प्रदेश नं ३ ले सबैभन्दा ठूलो बजेट ल्याएको छ । यस प्रदेशले आगामी आर्थिक वर्षमा ४७ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा यस प्रदेशको बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट रहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश नं १ को बजेट सबैभन्दा ठूलो थियो । तर, आगामी आर्थिक वर्षमा प्रदेश नं ३ ले उछिनेको छ । आगामी वर्ष प्रदेश नं १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सबैभन्दा सानो बजेट सुदुरपश्चिमको रहेको छ । आगामी आर्थिक वर्षमा सुदुर पश्चिम प्रदेशले २८ अर्ब १६ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यस वर्ष कर्णाली प्रदेशले चालु खर्चको तुलनामा पूँजिगत खर्च बढी राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा कर्णालीले २१ अर्ब २९ करोड ३७ लाख रुपैयाँका पूँजीगत कार्यक्रम सञ्चालन गर्दा मात्र १३ अर्ब ५ करोड ९६ लाख रुपैयाँ चालुमा खर्च गर्ने भएको छ ।
प्रदेश ५ को बजेट पनि चालुको तुलनामा पूँजिगत खर्च बढी हुने गरी आएको छ । आगामी आर्थिक वर्षमा १८ अर्ब ५७ करोड पूँजिगत खर्च गर्दा यस प्रदेशले १३ अर्ब ४५ करोड चालुमा खर्च गर्ने भएको छ । प्रदेश नं १ को बजेटमा चालुको तुलनामा पूँजीगत खर्च सामान्य बढी छ । प्रदेश नं ३ को ठूलो रकम चालुमा खर्च हुनेछ ।
प्रदेशहरुले बजेटलाई वितरणमुखी हुनबाट जोगाउन भने सकेनन् । बजेट कार्यान्वयन गर्दा अनुदानका थुप्रै कार्यक्रम बजेटमा समेटिएका छन् । सांसदलाई बजेट बाँड्नेदेखि स्थानीय तहमा दामासाही बजेट बाँड्ने प्रशस्त कार्यक्रम बजेटमा समेटिएका छन् ।
प्रदेश १ का कर्मचारीलाई वर्षमा ६ दिन भ्रमण बिदा
४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश नं १ सरकारले प्रदेश कर्मचारीका लागि बिदा पर्यटनको अवधारणा सार्वजनिक गरेको छ । प्रदेशमा निरन्तर १ वर्षभन्दा बढी काम गरेका कर्मचारीले वर्षको ६ दिन भ्रमण बिदा सुविधा पाउनेछन् । त्यसवापत प्रदेश सरकारले २५ हजार रुपैयाँ भ्रमण खर्च समेत उपलब्ध गराउने भएको छ ।
स्वच्छ, सुखी र समुन्नत प्रदेश नारासहित आएको बजेटले कोशीटप्पु क्षेत्रमा नदीले छाडेको सार्वजनिक जग्गालाई बस्तीरहित कृषि भूमिका रुपमा विकास गर्ने घोषणा गरेको छ । यहा विशेष कृषि उत्पादन गरी व्यवसायिक खेती गरिने भएको छ । प्रदेशलाई पाँच वर्ष भित्र मासु, अण्डा र माछामा आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सगरमाथा आधार शिविरदेखि कंचनजंघा क���षेत्रसम्म हिमालयन पदमार्ग निर्माणसहित एक स्थानीय तह एक पर्यटकीय पूर्वाधारको योजना समेत सार्वजनिक गरिएको छ ।
गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभ ऋण उपलब्ध गराउने उद्देश्यले शुरु ‘जनता चिकित्सा कोष’मा बजेट छुट्याएको प्रदेश १ सरकारले प्रदेश प्राथमिकता प्राप्त आयोजनामा बजेटसहित सडक र पुलमा ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशीका सहायक नदीमा जलयातायातको सम्भाब्यता अध्ययन गर्ने योजना बनाएको सरकारले विपि कोइराला, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको नाममा ‘राजनेता पार्क निर्माण’को घोषणा समेत गरेको छ ।
प्रदेश २ मा कृषिलाई प्राथमिकता
प्रदेश नं २ ले सिंचाईका विभिन्न योजनामा रकम छुट्याउँदै कृषिलाई बजेटमा प्राथमिकता दिएको छ । ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट ल्याएको सरकारले मुख्यमन्त्री किसान उत्थान आयोजनामार्फत कृषिमा व्यवसायीकरणको घोषणा गरेको छ ।
बजेटमा कृषिसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारमा पनि पर्याप्त बजेट छुट्याइएको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि ३९ करोड बजेट छुट्याएको प्रदेश सरकारले सिचाई आयोजनाहरुका लागि १ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश २ ले ‘स्नेक ह्याचरी’ स्थापनाको कार्यक्रम पनि ल्याएको छ । सर्पदंशको उपचारको लागि औषधी बनाउन सर्पको विष संकलन, प्रशोधन र उत्पादन गर्न १४ करोड ७१ लाख विनियोजन गरिएको छ ।
सार्वजनिक स्थलको संरक्षण र सौन्दर्यकरणलाई पनि प्राथमिकतामा राखिएको छ । यसका लागि ३१ करोड ३३ लाख बजेट छुट्याइएको छ । ‘एक पालिका एक पोखरी सौन्दर्यकरण’ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । कृषि, पशुपन्छी र मत्स्य विकास कोषका लागि १४ करोड बजेट विनियोजन गरिएको छ । बजेटले २ सय मेगावाटको सौर्य ऊर्जाको प्लान्टहरु स्थापना गर्ने घोषणा पनि गरेको छ ।
प्रदेशस्तरबाट एक करोडभन्दा कमको भौतिक पूर्वाधारको कार्यक्रम नल्याउने नीति पनि बजेटमा उल्लेख छ ।
प्रदेश ३ पूर्ण साक्षर प्रदेश घोषणा
प्रदेश तीन सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्दै पूर्ण साक्षर प्रदेश घोषणाको तयारी गरेको छ । ‘निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’ नारा घोषणा गरी आगामी आर्थिकवर्षमा पूर्ण साक्षर घोषणा हुन बाँकी रहेका काठमाडौं र काभ्रेलाई आगामी आर्थिकवर्षलाई साक्षर जिल्ला घोषणाको तयारी छ ।
एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार गरी स्थानीय तहका सबै विद्यालयमा एक नर्सको व्यवस्था हुने भएको छ । प्रत्येक निर्वाचनमा कृषिका विशिष्टीकृत उत्पादन क्षेत्र घोषणा गरी कार्यक्रम संचालनको घोषणा गरिएको छ ।
एक स्थानीय तह एक विशेष उत्पादनको कार्यक्रम पनि बजेटले समेटेको छ । सन् २०२० देखि २०३० सम्मको अवधिलाई प्रदेश भ्रमण दशक घोषणा गरिएको छ । हामी सबै उद्यमी घोषणा गरी स्वरोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिने घोषणा बजेटले गरेको छ ।
प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरी प्रदेशको सन्तुलित विकासको घोषणा पनि बजेटमा गरिएको छ । सबै कारोबार बैंकिङ प्रणालीमार्फत हुने व्यवस्थाको घोषणा पनि बजेटमा गरिएको छ ।
गण्डकी प्रदेशले १५ हजार काठेपोल हटाउने
३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्ष १५ हजारवटा विजुलीका काठेपोल प्रतिस्थापन गर्ने भएको छ । क्रमशः विद्युतीयकरण गर्दै विद्युत बिस्तारमा प्रयोग भएका काठेपोल हटाउने घोषणा प्रदेश सरकारले गरेको हो ।
पूर्वाधार विकास, पर्यटन क्षेत्रको एकिकृत विकास, कृषि क्षेत्रको आधुनिकीकरण, जलस्रोतको बहुआयामिक उपयोग तथा नवीकरणीय उर्जाको विकासलाई बजेटले प्राथमिकता दिएको छ । प्रदेश गौरवका आयोजना वृहत पोखरा चक्रपथ र पोखरा भिमाद दुम्कीवास द्रुतमार्ग निर्माणलाई उच्च प्राथमिकता दिँदै बजेट छुट्याइएको छ । एक निर्वाचन एक सडक नारासहित सडक तथा पूलमा निर्माणमा ८ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश उज्यालो प्रदेश नारा कार्यान्वयन गर्न १५ सय घर धुरीमा सौर्य उर्जा वितरणको योजना छ । ३२ स्थानीय तहमा विद्युत सेवा विस्तार गर्न ५१ करोड रुपैयाँ छुट्याएको सरकारले एकिकृत बस्ती विकास कार्यक्रमलाई १६ करोड रुपैयाँ छुट्याएको छ ।
मुख्य प्रशासनिक केन्द्र, प्रदेश सभा भवन, प्रमुख पदाधिकारीको आर्थिकवर्षासमा प्रदेशले ठूलो रकम विनियोजन गरेकोछ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाउन र सन् २०२० लाई छिमेकी आकर्षण वर्ष मनाउन पनि प्रदेशले बजेट विनियोजन गरेको छ ।
दुई वर्ष भित्र प्रदेशलाई पूर्ण साक्षर बनाउने घोषणा बजेटमा गरिएको छ ।
प्रदेश ५ का जेष्ठ नागरिकलाई घरमै उपचार
समृद्ध प्रदेशः खुसी जनता नारासहित प्रदेश नं ५ सकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि ८ प्रतिशत अनुमान गर्दै सरकारले बजेट सार्वजनिक गरेको हो ।
व्यवसायिक कृषिलाई प्राथमिकता दिएको सरकारले कृषकलाई ब्याजमा नगद अनुदान दिन १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिकर्मी रोजगार कार्यक्रम घोषणा गरेको सरकारले व्यवसायिक खेती प्रोत्साहन गर्न चक्लाबन्दीसहितको नमुना फार्म स्थापना गर्ने भएको छ । एक निर्वाचन क्षेत्र एक औद्यागिक ग्राम बनाउने भन्दै सरकारले ३ वर्ष भित्र सबै स्थानीय तहमा उद्योग ग्राम स्थापना गरिसक्ने बजेट वक्तब्यमा उल्लेख छ ।
भैरहवादेखि लुम्बिनीसम्म मोनारेल, स्वर्गद्धारीमा कुेवलकारसहित १२ आयोजनामा लगानी जुटाउने योजना सरकारको छ । ८४ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई घरमै नियमित स्वास्थ्य सेवा, सबै जिल्ला सदरमुकाममा ब्लड बैंक स्थापना हुने गरी स्वास्थ्यमा प्रदेश सरकारले ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
खानेपानीका ८२९ आयोजनालाई बजेट छुट्याएको सरकारले पाल्पाको रामपुरदेखि कपुरकोटसम्म जीवराज आश्रित कृष्णसेन मार्गलाई प्रदेश गौरवको आयोजना घोषणा गरेको छ ।
कर्णाली प्रदेशले घोषणा गर्‍यो लगानी दशक
‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ नारासहित कर्णाली प्रदेशले आगामी आर्थिकवर्ष २०७६-७७ का लागि ३४ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
‘आफ्नो प्रदेश आफै बनाऔं’ भन्दै यस प्रदेशले शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारका कार्यक्रम प्राथमिकतामा राखेको छ । बजेटले कर्णाली प्रदेशको दीगो विकास र समृद्धिका लागि सडक पूर्वाधारद्धारा यातायातको पहँुच बिस्तार पहिलो प्राथमिकता भएको घोषणा गरेको छ ।
मुख्यमन्त्री पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक, पुल, जलविद्युत, खानेपानी, सिंचाई, संचार, वस्ती विकासजस्ता क्षेत्रमा भौतिक पूर्वाधारका प्रदेश महत्वका ठूला परियोजना सञ्चालन गर्ने घोषणा प्रदेश सरकारको छ ।
कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन गर्ने र परियोजना बैंक संचालन गरी आयोजना गर्ने योजना सरकारको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमसहित विभिन्न सडक खण्डका लागि प्रदेश सरकारले १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम संचालन गर्दै सडकले नछोएका स्थानीय तहका केन्द्रसम्म सडक निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको छ ।
तुइन विस्थापित गर्ने र ‘कर्णालीको पानी, सबैको लगानी’ कार्यक्रममार्फत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना र जगदुल्ला जलविद्युत परियोजना प्रदेश सरकार आफैंले निर्माण र सञ्चालनको घोषणा गरिएको छ ।
सबै स्थानीय तहमा विद्यालय मर्जरलाई प्रोत्साहित गर्दै कम्तिमा एक विद्यालयलाई साधन स्रोत र प्रविधियुक्त नमुना विद्यालयका रुपमा विकास गर्न सरकारले ३९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
छोरी जन्मनासाथ बैंक खाता खोल्ने, खाता खोल्नासाथ १ हजार रुपैयाँ जम्मा गर्ने र ५ सयका दरले विवाहयोग्य उमेर २० वर्षसम्म बैंकमा जम्मा गर्न ‘बैंक खाता छोरीको ः सुरक्षा जीवनभरिको’ कार्यक्रम सञ्चालन हुने भएको छ । यसमा प्रदेश सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सुदूरपश्चिमको लक्ष्य बालबिबाह उन्मूलन
२८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएको सुदुरपश्चिम सरकारले बालबिबाह उन्मूलनमा लगानी गर्ने भएको छ । ‘सानै छु म बढ्न देउ, बालबिबाह होइन पढ्न देउ’ अभियान सञ्चालन गर्ने योजना बनाएको सरकारले दार्चुला र बाजुराबाट यो अभियान संचालनको घोषणा गरेको छ ।
नूमना कृषि गाउँ आफै बनाउँ अभियानका लागि आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहमा ५० लाखको दरले रकम अनुदान दिने घोषणा गरिएको छ । कञ्चनपुरमा जिल्लामा भैंसी फाम सञ्चालन गर्न ४ करोड विनियोजन गरेको प्रदेश सरकारले एक स्थानीय तह एक औद्योगिक उत्पादनलाई निरन्तरता दिएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदानको घोषणा गरेको सरकारले विद्यालय सहयोगीलाई वार्षिक १० हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ । यस कार्यक्रमबाट ३५८० विद्यालय सहयोगी लावान्वित हुने भएका छन् ।
आधारभूत स्वास्थ्य सेवा सदृढीकरण गर्न ८८ वटै स्थानीय तहलाई ५ लाखको दरले अनुदान दिने घोषणा पनि गरिएको छ । ९ आयोजनालाई प्रदेश गौरवका आयोजना घोषणा गरी ४२ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
0 notes
onlinekhabarapp · 6 years
Text
निराशामै बित्यो प्रदेश सरकारको वर्ष दिन
४ फागुन, काठमाडौं । नेकपा नेतृत्वको दुई तिहाई रहेको केन्द्र सरकारले पहिलो वाषिर्कोत्सव बनाइरहँदा नेकपाकै बाहुल्य रहेका प्रदेश सरकारहरुले पनि आ-आफ्नै पाराले वाषिर्कोत्सव मनाएका छन् ।
प्रदेश पाँचले केही तडकभड र झाँकीहरु देखाए पनि अन्य प्रदेश सरकारले भने वर्षदिन पुगेको उपलक्षमा खासै उत्सव मनाएनन् ।
प्रदेश नम्बर ५ ले स्थापनाको वर्ष दिन भन्दै शुक्रबार प्रदेशभरि सार्वजनिक विदा नै दियो । उसले विभिन्न सांस्कृतिक झाँकीहरुसहित औपचारिक कार्यक्रमसमेत आयोजना गर्‍यो । तर, अरु प्रदेशले सार्वजनिक बिदा दिने लगायतका कुनै कार्यक्रम गरेनन् ।
प्रदेश १ मा मुख्यमन्त्रीले विहीबार पत्रकार सम्मेलन गरेर सरकारको प्रगति विवरण सार्वजनिक गरे । पत्रकारहरुले प्रश्न सोध्न नपाई मुख्यमन्त्रीले पत्रकार सम्मेलन सकिएको घोषणा गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले शुक्रबार मधेस भवनमा कार्यक्रम आयोजना गरेर वर्षदिनको प्रगति र समस्याहरुको विवरण सुनाए ।
काठमाडौंसँग जोडिएको प्रदेश तीनका मुख्यमन्त्री केन्द्र सरकारकै कार्यक्रमहरुमा बोलिरहेका हुनाले प्रदेशमा छुट्टै कार्यक्रम आयोजना भएन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले रमिता देखाइरहेको भन्दै अनलाइनखबरमार्फत् असन्तुष्टि प्रकट गरे ।
कर्णाली प्रदेशले पनि शुक्रबार आफ्नो वाषिर्क प्रगति विवरण सार्वजनिक गर्‍यो ।
नेपालले संघीयताको अभ्यास पहिलोचोटि गरेको हो । र, यो अभ्यास एक वर्ष पूरा भएको छ । यसविषयमा केन्द्र सरकार र प्रदेश सरकारको मत बाझिएको पाइएको छ ।
केन्द्र सरकारका तर्फबाट प्रधानमन्त्रीले आफ्नो वार्षिक प्रगति विवरणमा संघीयता कार्यान्यनबारे महत्वपूर्ण कामहरु गरेको, कानून बनाएको, कर्मचारी समायोजन गरेको लगायतका विषयलाई समेटे पनि प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारमाथि असन्तुष्टि प्रकट गरेका छन् ।
संघीय सरकारबाट असहयोग र विलम्ब भएकै कारण प्रदेशमा सोचेजति काम गर्न नसकेको मुख्यमन्त्रीहरुको साझा गुनासो सुनिएको छ ।
आखिर यो एक वर्षको वीचमा प्रदेश सरकारहरुले राम्रोसँग काम गर्न सके या सकेनन् ? काम गर्न नसकेको हो भने प्रदेश सरकारकै कमजोरी हो या यसमा संघीय सरकारको कमजोरी रह्यो ? अथवा यो नयाँ अभ्यास भएकाले कमजोरी रहन गएको हो ? अनि आगामी दिनमा खलिनुपर्ने भूमिका के कस्तो देखिन्छ ? यी प्रश्नहरुमाथि आगामी दिनमा राष्ट्रिय बहस हुनुपर्ने देखिएको छ ।
0 notes