Tumgik
#दरघटनम
nepal123 · 7 years
Photo
Tumblr media
सडक दुर्घटनामा महिलाको मृत्यु १५ वैशाख, काठमाडाै । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते चितवन, १० वैशाख । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक आज बिहान दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ । The post ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
 बस दुर्घटनामा परी भारतमा ४४ जनाको मृत्यु नयाँदिल्ली, ६ वैशाख । उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भीक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खवर आफुलाई प्राप्त भएको बताउनुभयो । घटनामा परी अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अधिकारीले जनाएका छन् । बुधबार दिउसो ५६ जना यात्रु लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिनुभयो । हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो । The post  बस दुर्घटनामा परी भारतमा ४४ जनाको मृत्यु appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते लहान, ६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् । काठमाडाँैबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नंको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्ँिटदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उहाँको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । The post दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते ६ वैशाख, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा बुधबार बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको ��� भने एक यात्रु घाइते भएका छन् । काठमाडाैंबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना ६ ख ४९७७ नम्बरकाे फिफा बस बिहान ५  बजेतिर  सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उहाँको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नवलपरासीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु, २८ घाइते नवलपरासी, ५ वैशाख । नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफँै अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र सबैको कलेज अफ मेडिकल साईन्सेज भरतपुर चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटकाअनुसार, बर्दघाट ११ भित्रि सडकखण्डमा गैडहवाबाट बर्दघाटतर्फ आउँदै गरेको लु ३ प १०३९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा भारत बिहार बहुअरवा बस्ने अन्दाजी ६० वर्षीय मदन महतोको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते महतोको उपचारका क्रममा परासी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । The post नवलपरासीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु, २८ घाइते appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्कुटी दुर्घटनामा एकको मृत्यु १ बैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका-५ जनकौलिको भित्रि सडकमा स्कुटी दुर्घटना हुादा एक जनाको मृत्यु भएको छ । स्कृटी अनियन्त्रित हुादा भएको दुर्घटनामा स्कुटीको पछाडी बसेका प्रेम
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
दुर्घटनामा एक जनाकाे मृत्यु १ वैशाख, नुवाकोट । स्कुटर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक तार्केश्वर नगरपालिका– ११ जरङ्खुका २० वर्षीया रुपा तामाङ रहेको प्रहरी चौकी ककनीका
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
म्यानमार डुङ्गा दुर्घटनामा बीसको मृत्यु, चालीस जनाको जीवितै उद्धार याङ्गोन (म्यानमार), २६ चैत । पश्चिम म्यानमारमा करिव ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह शहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गामा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा कम्तिमा बीस जनाको मृत्यु भएको म्यानमारको अधिकारीले शनिबार बताएका छन् । डुङ्गामा यात्रारत करिव ३० जनालाई जीवितै उद्धार गरिएको छ । घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरुष रहेका क्षेत्रीय सांसद.् आङ् थु हट्वीलाई उदृत गर्दे एफएफपीले जनाएको छ । स्थानीय सञ्चारमाध्यममले डुङ्गा एक विवाह समारोहमा सहभागी भइ फर्केका स्थानीयले भरिएको थियो । म्यानमारमा डुङ्गाको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्दा वर्षेनी सयाँै मानिसको ज्यान जाने गरेको छ । सन् २०१६ को अक्टोबरमा भएको एक दुर्घटनामा मध्य म्यानमारमा रहेको चिनड्वीन नदीमा केही शिक्षक शिक्षिका र विद्यार्थी सहित ७३ जनाको मृत्यु भएको थियो । The post म्यानमार डुङ्गा दुर्घटनामा बीसको मृत्यु, चालीस जनाको जीवितै उद्धार appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
राजमार्गमा गुडिरहेको गाडी एक्कासि भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालकको मृत्यु इलाम, १७ चैत । मेची राजमार्गअन्तर्गत इलामको गोदक सडकखण्डमा बुधवार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको छ । राजमार्गमा गुडिरहेको गाडी एक्कासि भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जिल्ला शिक्षा कार्यालय इलाममा काठमाडौँबाट उत्तरपुस्तिका लिएर आउँदै गरेको ना १ क ४००९ नंको मिनीट्रक दुर्घटना भएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post राजमार्गमा गुडिरहेको गाडी एक्कासि भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालकको मृत्यु appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
इजिप्टमा डुङ्गा दुर्घटनामा दोषी ठहर गर्दे ५६ जनालाई जेल सजाँय १४ चैत, काएरो (इजिप्ट) । इजिप्टको एक अदालतले आप्रवासी चढेको एउटा डुङ्गा इजिप्टको भूमध्येसागरीय क्षेत्रमा डुबेको डुङ्गाले क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको ठहर गर्दे यसमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेको भनिएका व्यक्तिलाई जेल सजायँ तोकिएको हो । सन् २०१६ को सेप्टेम्बर २१ मा भएको डुङ्गा दुर्घटनापछि बचेका यात्रुका अनुसार डुङ्गाले ४५० जनाभन्दा बढी यात्रु बोकेको जनाएको थिए । सामान्यताय दुर्घटनाग्रस्त उक्त डुङ्गाको भारवाहन क्षमता करिव १०० जनाको लागि भएको बताइउको थियो । जेल सजायँ सुनाइएका इजिप्टका अभियुक्तहरुलाई आठ देखि १० वर्षसम्मको सजायँ सुनाइएको छ । उक्त डुङ्गा दुर्घटनापछि इजिप्टको नौसेनाले १६३ जनालाई जीवित उद्धार गरेको थियो । संयुक्त राष्ट्रसङ्घ आप्रवासी मामिला हेर्ने निकाय (युएनएचसिआर)का अनुसार उद्धार गरिएको अधिकाँश इजिप्टका नागरिक थिए भने केही सुडान, इरिट्रा सिरिया र इथियोपियाबाट युरोप हिडेका शरणार्थी थिए । रासस÷एएफपी The post इजिप्टमा डुङ्गा दुर्घटनामा दोषी ठहर गर्दे ५६ जनालाई जेल सजाँय appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चीनः सुनखानी दुर्घटनामा १० को मृत्यु चैत – १२ । चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । स्थानीय समयअनुसार शुक्रबार विहान १०.३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् । पुरिएको ठाउँबाट उद्धारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना बेपत्ता भएका छन् । त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजेसंगैको सुनखानीमा छ जना मजदुर पुरिएका थिए । उनीहरुमध्ये चार जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु दुई जना अबेर राति मृत अवस्थामा भेटिएका थिए । स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । The post चीनः सुनखानी दुर्घटनामा १० को मृत्यु appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
खानीमा भएको दुर्घटनामा १० को मृत्यु सेन्झाउ, १२ चैत । चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । स्थानीय समयअनुसार शुक्रबार विहान १०.३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् । पुरिएको ठाउबाट उद्धारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना बेपत्ता भएका छन् । त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजेसंगैको सुनखानीमा छ जना मजदुर पुरिएका थिए । उनीहरुमध्ये चार जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु दुई जना अबेर राति मृत अवस्थामा भेटिएका थिए । स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
बस र  ट्रक दुर्घटनामा ठक्कर खाँदा एघार घाइते, एकजनाको अवस्था गम्भीर चितवन, ८ चैत । काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नंको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति १२ः३० बजेको समयमा दुर्घटना भएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु दमक, ७ चैत । झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दमक नगरपालिका– २ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते दमक– २ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक– ९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ । कमलनगर गाउँपालिका– ५ सितापुरी चोकमा पूर्वबाट–पश्चिमतर्फ आउँदै गरेको बा३ख ७८१५ नंको बस तीव्रगतिका कारण सडकमा पल्टिँदा १० जना यात्रु घाइते भएका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
इटहरीबाट धरान गइरहेको कार दुर्घटनामा एकको मृत्यु पाँचजना घाइते इटहरी, ५ चैत । इटहरीबाट धरान गइरहेको बा१५च २०६३ नंको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा सो कारमा यात्रारत धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार दिउँसो ३ बजेतिर तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो । यो घटनामा अन्य पाँचजना घाइते भएका छन् । लिम्बूक�� श्रीमती ३७ वर्षीया दिलकुमारी, पाँच महिने बच्चा तथा कार चालक एवम् कारधनी राजेन्द्र ल्वागुन, उनका १० वर्षीय छोरा नीरज ल्वागुन र श्रीमती सुशीला ल्वागुन घाइते भएको र उनीहरु सबैको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ ।
0 notes