Tumgik
#नवलपरसम
nepal123 · 7 years
Photo
Tumblr media
नवलपरासीमा दुई चरणमा निर्वाचन हुने नवलपरासी, १७ वैशाख । नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएका छन् । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हुनेछ । कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछन् । जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् । जसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गँैडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी रहेका छन् । नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् । जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुने छ । निर्वाचन क्षेत्र नं ४ ५ र ६ भने प्रदेश नं ५ मा पर्ने भएकाले दोस्रो चरणमा निर्वाचन हुनेछ । क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिन्छ । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् । जसमा स्थानीय तहअनुसार तीन नगरपालिका तथा गाउँपालिकामा कुल १६६ वटा वडाको सङ्ख्या रहेका छन् । नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो । नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गराएका छन् । The post नवलपरासीमा दुई चरणमा निर्वाचन हुने appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नवलपरासीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु, २८ घाइते नवलपरासी, ५ वैशाख । नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफँै अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र सबैको कलेज अफ मेडिकल साईन्सेज भरतपुर चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटकाअनुसार, बर्दघाट ११ भित्रि सडकखण्डमा गैडहवाबाट बर्दघाटतर्फ आउँदै गरेको लु ३ प १०३९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा भारत बिहार बहुअरवा बस्ने अन्दाजी ६० वर्षीय मदन महतोको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते महतोको उपचारका क्रममा परासी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । The post नवलपरासीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु, २८ घाइते appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
आगलागीमा परि नवलपरासीमा एकको मृत्यु ३० चैत, काठमाडौं । नवलपरासीको कावासोती-५ देविथान कालिका मावि नजिकै रहेको एक घरमा मंगलवार राति १० बजे आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने घरमुली ५०
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नवलपरासीमा अवैध क्लिनिक छ्याप्छ्याप्ती, नौ मेडिकलमा शिलबन्दी नवलपरासी । जिल्ला जनस्वास्थ्य कार्यालयले नवलपरासीमा थुप्रै निजी स्वास्थ्य संस्था अवैध फेला पारेको छ । कार्यालयले दुई दिनसम्म गरेको अनुगमनबाट नवलपुर क्षेत्रमा अवैध रुपमा सञ्चालित स्वास्थ्य प्रदायक संस्थाहरु छ्याप्छ्याप्ती
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नवलपरासीमा नेपाल भारत प्रहरीको संयुक्त गस्ती नवलपरासी – नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु गरिएको छ । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल (एसएसबी) झुलनीपुर महाराजगन्जले संयुक्त गस्ती गरेका छन् । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुनको नेतृवमा गएको गस्ती टोली र भारतको तर्फबाट झुलनीपुर महाराजगन्जको शसस्त्र उपरीक्षक सुरेन्द्र ठाकुरको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०१/६ देखी स्तम्भ संख्या ५०२/७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले बताएको छ । नेपाल भारतको सम्बन्ध कायम राख्न र खुल्ला सिमाना भएकोले अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि संयुक्त गस्ती सुरु गरिएको जनाइएको छ । दशगजामा वातावरण दुर्गधित प्रदुषित बन्दै गएको स्थानीयहरुको गुनासो बढदै जादा र नेपाल भारतको विभिन्न संचार माध्यम समाचार अाएपछि त्यसलाई नियन्त्रण गर्न पनि संयुक्त गस्ती भएको बुझ्न सकिन्छ । गस्तीको क्रममा सिमाको किनारमा राखिएको पसल दोकान तथा बस्दै आएका बासीन्दाहरुले राखेको पराल, माटो, घुर लगायत समानहरु तत्काल हटाउन निर्देशन समेत दिईएको छ । संयुक्त गस्ती टोलीमा नेपाल र भारतबाट करिब २० भन्दा बढि सुरक्षा कर्मीको सहभागीता रहेको थियो । The post नवलपरासीमा नेपाल भारत प्रहरीको संयुक्त गस्ती appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नवलपरासीमा जग्गा विवादले लियो उग्ररुप, सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ जना घाईते रबिन्द्र यादव नवलपरासी, १९ फागुन- नवलपरासीमा सशस्त्र प्रहरीले गरेको लाट्ठीचार्जबाट ८ सर्वसाधारण घाईते भएका छन् । नवलपरासीको बैदौली ५ श्रीरामपुरमा गएराती जमीनको विषयलाई लिएर दुईपक्षबीच भएको विवादलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठीचार्ज गरेको हो । विवादको सूचना पाएपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले दुई पक्षको विवाद नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको थियो । घटनामा बैदौली ५ बस्ने ३० वर्षीय आसमा खातुन, २२ वर्षीय अजहर अली, २७ वर्षीय सद्दाम हुसैन, १३ वर्षीय रियाज अन्सारी, ५० वर्षीय हसिबुन नेशा, ५० वर्षीय अमिरुन नेशा, र ५६ वर्षीय कासीम अली घाईते भएका छन् । विवाद समान्य हुँदाहुँदै पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी घाइते तुल्याएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी सुरु नवलपरासी, असोज २८ । नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा बिहीबार एक कार्यक्रमको उद्घाटन गरी उक्त प्रतियोगिताको सुरुवात भएको छ । कार्यक्रममा बोल्दै नवलपरासी निर्वाचन क्षेत्र नं ६ का सांसद देवकरण कलवारले नेपालमा कबड्डी खेल लोप हँुदै गइरहेको अवस्थामा यस्ता प्रतियोगितामा आफ्ना परम्परा र कलासंस्कृतिलाई जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । शनिबारसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम टोलीले नगद रु दश हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद रु आठ हजारसहित प्रमाणपत्र एवम् ट्रफी पाउनेछन् ।
0 notes
nepal123 · 9 years
Text
नवलपरासीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु  
५ पुस, नवलपरासी । नवलपरासीमा भएको ट्याक्टर दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । दाउन्नेदेवि गाविस वडा नम्बर ७ को भित्री सडकखण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा बर्दघाट पाँच निवासी १६ वर्षकी अञ्जु चौधरीको मृत्यु भएको हो । अन्य चार जना घाइते छन् । (more…)
View On WordPress
0 notes