Tumgik
#दहलक
nepal123 · 7 years
Photo
Tumblr media
चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह काठमाडौँ, १४ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गर्नुभएको छ । चीनको बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट गर्नुभयो । नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको जानकारी गराउनुभयो । लगानीका लागि उर्बरभूमी नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै उहाँले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने बताउनुभयो । नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र अध्यात्मिक क्षेत्रमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई प्राथमिकता दिएर पर्यटन प्रवद्र्धनका लागि चिनियाँसँग सहकार्य गरी अगाडि बढ्न सकिने बताउनुभयो । भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको छ भन्नुभयो । मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवम् लगानीमैत्री वातावरण निर्माण गर्नुभएको धारणा राख्नुभयो । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपालको लगानीको अवसरका विषयमा नजिकबाट नियाली रहेको उल्लेख गर्दै उहाँले ती संस्थाले पनि आफ्नो मुलुकलाई लगानीको अवसर भएको मुलुकका रुपमा चित्रण गरेकाले चिनियाँ लगानीकर्ताका लागि यो उपयुक्त अवसर भएको बताउनुभयो । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी(एफडिआई) गर्ने मुख्य मुलुक चीन भएकोे बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाइएकोमध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले विश्व अर्थतन्त्रको आकार र गतिमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । प्राचीनकालदेखि नेपाल र चीनबीचको हिमालय क्षेत्रमा हुने गरेको वस्तु आयात निर्यातबाट विस्तार भएको दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रुपमा विस्तार हुँदै गएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । विश्व आर्थिक वृद्धिको मुख्य चालक भएको र वित्तीय क्षेत्र मुख्य क्षेत्र भएको उल्लेख गर्दँै उहाँले चीनको समृद्धिबाट दक्षिण एसियाली क्षेत्रले नै फाइदा लिनसक्ने धारणा राख्नुभयो । The post चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रम दाहालको आग्रह १४ चैत, काठमाडौँ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट गरे । नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको जानकारी गराए। लगानीका लागि उर्बरभूमी नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै उनले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने बताए । नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र अध्यात्मिक क्षेत्रमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई प्राथमिकता दिएर पर्यटन प्रवद्र्धनका लागि चिनियाँसँग सहकार्य गरी अगाडि बढ्न सकिने बताए । भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको छ भने । मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवम् लगानीमैत्री वातावरण निर्माण गर्नुभएको धारणा राखे । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपालको लगानीको अवसरका विषयमा नजिकबाट नियाली रहेको उल्लेख गर्दै उनले ती संस्थाले पनि आफ्नो मुलुकलाई लगानीको अवसर भएको मुलुकका रुपमा चित्रण गरेकाले चिनियाँ लगानीकर्ताका लागि यो उपयुक्त अवसर भएको बताए । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी(एफडिआई) गर्ने मुख्य मुलुक चीन भएकोे बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाइएकोमध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको उल्लेख गरे । चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले विश्व अर्थतन्त्रको आकार र गतिमा उल्लेखनीय सफलता हासिल गरेको बताए । प्राचीनकालदेखि नेपाल र चीनबीचको हिमालय क्षेत्रमा हुने गरेको वस्तु आयात निर्यातबाट विस्तार भएको दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रुपमा विस्तार हुँदै गएको प्रधानमन्त्रीले उल्लेख गरे । विश्व आर्थिक वृद्धिको मुख्य चालक भएको र वित्तीय क्षेत्र मुख्य क्षेत्र भएको उल्लेख गर्दैँ उनले चीनको समृद्धिबाट दक्षिण एसियाली क्षेत्रले नै फाइदा लिनसक्ने धारणा राखे । रासस The post चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रम दाहालको आग्रह appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा दाहालको मृत्यु इलाम, ५ चैत । ————————————______________________इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन् । शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिनुभयो । घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा आज बिहान जङ्गलको पहरामा उनलाई मृत अवस्थामा फेला पारेका थियो । उनको शव स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
0 notes
nepal123 · 8 years
Text
साकार दाहालका कारण प्रचण्डको सचिवालय अस्तव्यस्त
साकार दाहालका कारण प्रचण्डको सचिवालय अस्तव्यस्त
१ चैत, काठमाडौं। प्रधानमन्त्रीको चाहना र भावना बुझ्ने व्यक्तिहरुलाई सचिवालयमा नियुक्त गरिएको हुन्छ । सोही अनुसार कार्यविभाजन पनि । प्रधानमन्त्रीको कार्यकाल सफल बनाउनको लागि सचिवालको निकै महत्वपूर्ण भूमिका हुन्छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा छोरा साकार दाहाल (प्रकाश)लाई नियुक्त गर्दा सचिवालय नै अस्तव्यस्त बन्न पुगेको छ । प्रचण्डलाई पार्टीले छोरा प्रकाशलाई स्वकीय सचिव…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दोहलुका किसानलाई सिमल तरुल बेच्न भ्याइनभ्याई पथरी (मोरङ), २९ पुस । मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे सङ्क्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ । सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाउनुभएको छ । उहाँका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ । तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उहाँको भनाइ छ । चार वर्षयता निरन्तर तरुल खेती गरिरहेका भण्डारीले खेती लगाएको पहिलो वर्ष (२०७०) साल मा रु एक लाख ५५ हजारको तरुल बिक्री गरेको बताउनुभयो । २०७१ सालमा हौसिएर व्यवसायमा लाग्नुभएका तामाङले सो वर्षमा रु एक लाख ६५ हजार हात पार्नुभयो । २०७२ मा उत्पादन अलि घट्यो । माग बढेपनि मूल्य चार वर्षयता स्थिर छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष ९१ क्विन्टल सिमल तरुल उत्पादन भएछ । बजारबाट ट्याक्टर आएर प्रतिकेजी रु १५ का दरले आफ्नै बारीबाट तरुल किनिदिएपछि उहाँले खर्च कटाएर रु एक लाख आम्दानी गर्नुभयो । अर्काको जग्गा लिजमा लिएर खेती गर्दै आएका तामाङ जग्गाको वार्षिक रु २६ हजार भाडा तिनुहुन्छ । विगत वर्षमा त्यही जग्गामा लगाएको कोदो, फापर र रहर दालले तामाङलाई वर्षभरि खाने अन्न जोहो गर्न धौधौ हुने गथ्र्याे । तर, तरुल खेती गर्न थालेपछि आफ्ना दिन फेरिएको उहाँको भनाइ छ । निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा प्रवेश गरेयता तामाङले सिमल तरुल बेचेर सय मन धान किन्ने रकम जम्मा गर्न थाल्नुभएको छ । तामाङ भन्नुहुन्छ–“धान नफल्ने खेतमा पनि उत्पादन हुने बालीको पहिचान गर्न जान्दा धानबाट भन्दा बढी आम्दानी लिन सकिने रहेछ ।” “पहिले पहिले आफैँलाई खानका लागि मात्र लगाइन्थ्यो, तर बजारको माग उच्च भएपछि व्यावसायिक खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो । साबिक शनिश्चरे गाविसको दोहुलु क्षेत्रमा सिंचाइँको सुविधा छैन, पानी आकासकै भरमा मात्र । त्यसैले सिँचाइबिना पनि उत्पादन गर्न सकिने नगदेबाली लगाएको तामाङको भनाइ छ । तामाङले विगत चार वर्षदेखि सिमल तरुलको खेती गर्दै आउनुभएको हो । तर सबै बाली चुस्स चुस्स लगाउँदा काम गर्न पनि गाह्रो र आम्दानी लिन पनि कठिन भएपछि उहाँले गत वर्षदेखि ‘एक किसान एक बाली’ अभियानमा लाग्नुभएको हो । तामाङले पाखोबारीमा सिमल तरुल खेती गरेर राम्रो आम्दानी गरेको देखेपछि शुक्रबारे गाउँका हुकुमबहादुर थापाले चार कट्ठा जग्गामा सिमल तरुल खेती सुरु गर्नुभएको छ । पाँच÷सात वर्षअघिसम्म गरिब दुःखीले छाक टार्न र खाजा खान प्रयोग हुँदै आएको सिमल तरुलको काठमाडौँ, पोखरा लगायतका बजारबाट माग उच्च हुन थालेपछि पथरीशनिश्चरे–१२ दोहलु र शुक्रबारेका करिब डेढसय किसानले अहिले सिमल तरुलको व्यावसायिक खेती सुरु गरेका हुन् ।
0 notes
nepal123 · 8 years
Text
टिप्पणी: सहज हुनेछैन दाहालको ‘ट्रान्जिट सरकार’
टिप्पणी: सहज हुनेछैन दाहालको ‘ट्रान्जिट सरकार’
असार २८, २०७३- माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिएपछि अब फेरि बुहमतीय सरकार बन्दैछ । त्यसको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् । (more…)
View On WordPress
0 notes