Tumgik
#असतवयसत
nepal123 · 7 years
Photo
Tumblr media
अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउनुहुन्छ । “विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,”,उहाँले भन्नुभयो । विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताउनुभयो । आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हँुदा थप चाप बढेको छ । विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन् । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार तत्कालीन समयमा १२ देखि १५ जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । आधा यात्रु कक्षमा पनि असाध्यै भिड छ । सय जना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ । विसं २००६ देखि नियमित उडान सुरु भएको विमानस्थलको विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । पुरानो भौतिक संरचनाकै भरमा अहिले उड्डयन सेवा दिइएको छ । भौगोलिक कठिनाइ, प्रतिकूल मौसम आदिले पनि विमानस्थलको चाप बढेको छ । विमानस्थलको भौगोलिक अवस्थितिका कारण आधुनिक उपकरण जडानमा कठिनाइ छ । विमानस्थलको भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन आदिलाई ध्यान दिइनाको साटो पुरानो संरचनामा उडान थप्दै जाने प्रवृत्तिले विमानस्थलको छवि अन्तर्राष्ट्रिय जगत्मा कमजोर हुने विज्ञहरु बताउँछन् । उड्डयन सुरक्षाको चुनौतीलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले लामो समयदेखि त्रिविअलाई कालोसूचीमा राखेको छ, जसलाई हटाउन प्राविधिक तथा भौतिक सुधारका काम गरिनु अनिवार्य छ । साँघुरो विमानस्थलमा अहिले वायुसेवा यानको सङ्ख्या र यात्रु आवागमन पनि बढिरहेकाले हालको भौतिक पूर्वाधार अपुग छ । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एक मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपालको करिब ९० प्रतिशत यात्रुको आवागमन हुने गर्छ । विमानस्थलको विवरणानुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक (हेलिकोप्टरसहित) तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् । अठ्ठाइस मुलुकसँग द्विपक्षीय उडान सम्झौता भए पनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ । आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडान भार क्रमिक बढेकाले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले हालै बाह्रबुँदे निर्देशन दिनुभएको थियो । मन्त्री गिरीले विमानस्थलको तत्कालीन सुधारका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । विमानस्थल सुधार हुँदै टर्मिनल भवन र आकाशमा होल्ड हुने अवस्थाले विमानस्थलको सेवा प्रभावित बनिरहेका सन्दर्भमा विमानस्थत क्षमता वृद्धि आयोजनाले विमानस्थल सुधारका कामलाई गति दिएको छ । प्रवक्ता ठाकुरका अनुसार विमानस्थलको पूर्व क्षेत्रमा एक वर्षभित्र निर्माण सकिने गरी तीन र दक्षिणतर्फ दुई वर्षभित्र सकिने गरी अन्तर्राष्ट्रियस्तरका दुई पार्किङ क्षेत्र बन्दैछ, जहाँ ठूला जहाज पार्किङ गरिनेछ । टर्मिनल बढाइने नयाँ प्रक्रिया सुरु भएको छ भने पाँच सय ट्रली दश दिनभित्र आउँदैछन् । एक महिनाभित्र चार नयाँ ‘कन्भेयर बेल्ट’ राखिने पनि प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । अध्यागमन कार्यालय, त्रिअविका अनुसार सन् २००९ देखि २०१४ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रतिवर्ष करिब १० प्रतिशतको दरले यात्रुको आवागमनमा वृद्धि हुने गरेको छ । सो विमानस्थलको उपयोग गरेर दैनिक औसत आठ हजार मानिसको आवगमन भइरहेको छ । यो विमानस्थलले दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गरिरहेको छ । The post अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल appeared first on Etajakhabar.
0 notes
rnewsworld · 3 years
Text
दक्षिण गुजरात में भी झमाझम बारिश: सूरत में दो घंटे में तीन इंच बारिश से जन-जीवन अस्त-व्यस्त, जोरदार बारिश से किसानों के चेहरे खिले
दक्षिण गुजरात में भी झमाझम बारिश: सूरत में दो घंटे में तीन इंच बारिश से जन-जीवन अस्त-व्यस्त, जोरदार बारिश से किसानों के चेहरे खिले
Hindi News Local Gujarat In Surat, Due To Three Inches Of Rain In Two Hours, Life Was Disturbed, The Faces Of The Farmers Blossomed Due To Heavy Rain. सूरतएक घंटा पहले कॉपी लिंक सड़कें जलमग्न होने से लोगों को ट्रैफिक की समस्या से दो-चार होना पड़ा। गुजरात में सौराष्ट्र सहित दक्षिण गुजरात में भी दो दिनों से जोरदार बारिश हो रही है। सूरत में दोपहर दो घंटे में दो इंच बारिश होने से कई इलाकों की…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 8 years
Text
साकार दाहालका कारण प्रचण्डको सचिवालय अस्तव्यस्त
साकार दाहालका कारण प्रचण्डको सचिवालय अस्तव्यस्त
१ चैत, काठमाडौं। प्रधानमन्त्रीको चाहना र भावना बुझ्ने व्यक्तिहरुलाई सचिवालयमा नियुक्त गरिएको हुन्छ । सोही अनुसार कार्यविभाजन पनि । प्रधानमन्त्रीको कार्यकाल सफल बनाउनको लागि सचिवालको निकै महत्वपूर्ण भूमिका हुन्छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा छोरा साकार दाहाल (प्रकाश)लाई नियुक्त गर्दा सचिवालय नै अस्तव्यस्त बन्न पुगेको छ । प्रचण्डलाई पार्टीले छोरा प्रकाशलाई स्वकीय सचिव…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
डिन्का र निउरबीचको जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त राजाराम कार्की सुडान, १९ फागुन- दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन् । यहाँका डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजातिको समूह छ तर ती उपसमूहबीचमा समेत कहालीलाग्दो द्वन्द्व छ । सामान्यत खाइलाग्दा एवम् सुकिला, मानिस हेर्न सुडानको राजधानी जुबा आउनुपर्छ । “बलियाले निर्दोलाई हेप्ने र निर्दो व्यक्तिलाई थिचोमिचो गर्ने परिपाटी यहाँ पाइन्छ । मानवीयता, प्रजातन्त्र र मानवअधिकारको रक्षा भएको अनुभूति यहाँ पाइँदैन ।” नाइजेरियाका शैन्य समन्वय अधिकृत (कर्णेल) इशा मैनाले भन्नुभयो । झन्डै ६० जातिबीच कहालीलाग्दो द्वन्द्वमा अर्का जाति सिलुक र एजेन्डे आफ्नो अस्तित्व जोगाउन सकी नसकी युद्धको मोर्चामा सामेल भएको देखिन्छ । जातीय द्वन्द्वमा मुछिएका सबै वर्ग र समुदायबीच एकले अर्काको अस्तित्वलाई स्वीकार्नुभन्दा लत्याउनुलाई बहादुरी संझिनाले जातीय द्वन्द्वले सीमा नाघेको आभास हुन्छ । पहिले छुट्टै राज्य प्राप्तिका लागि डिन्का, निउर र अन्य जाति लगभग एकजुट भई सीमा नाकाका लागि अहिलेको सुडानसँग लडे । पछि ८ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को पहलमा भएको जनमत संग्रहले छुट्टै राष्ट्रको मान्यता दिएपश्चात् जातीय युद्ध धार्मिक युद्धमा रुपान्तरण भयो । यहाँको कुल जनसङ्ख्या झन्डै एक करोड २० लाख पुगेकोे अनुमान छ । दक्षिण सुडान छुट्टै राष्ट्र भएपछि यहाँ राष्ट्रिय जनगणना समेत हुन सकेको छैन । सैनिक जनसम्पर्क निर्देशनालय, नेपालले दिएको जानकारीअनुसार त्यहाँ ४६ प्रतिशत क्रिश्चियन, ३२ प्रतिशत मुस्लिम र अन्य २२ प्रतिशत धार्मिक समुदाय छन् । झन्डै नेपालभन्दा चार गुणा ठूलो गणतान्त्रिक दक्षिण सुडान (आरएसएस)को कुल क्षेत्रफल छ लाख ४४ हजार ३२९ वर्ग किलोमिटर छ । पूर्वमा इथियोपिया, पश्चिममा गणतान्त्रिक अफ्रिका उत्तरमा सुडान र दक्षिणमा कङ्गो, युगान्डा तथा केन्या देश पर्छन् । दक्षिण सुडान लगभग दुई वर्ष धार्मिक युद्धले जर्जर भयो । अन्ततः सन् २०१३ देखि सुडानी जनता जातीयताको लडाइँमा लागिरहेका छन् । वर्तमान राष्ट्रपति सालबाके र अपदस्थ उपराष्ट्रपति रिग्माचारका लडाकु दस्ताबीच कटाक्ष युद्ध भइरहेको छ । राष्ट्रपति सालबाकेको सेना साउथ सुडनिज पिपुल्स लिवरेसन आर्मी (एसपिएलए) र रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) बीचको लडाइँमा हालसम्म एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी अशक्त र अपाङ्ग भई बाँच्न बाध्य छन् । एसपिएलए राज्यको सेना हो । राज्यबाट नियन्त्रित यो सेनाले भनेको समयमा पारिश्रमिक पाउँदैन । राष्ट्रपतिको सुरक्षाका लागि उनीहरु बफादार देखिए पनि जनताप्रति भने अलोकप्रिय देखिन्छ । जसकाकारण एसपिएलएका सेनालाई सडकमा देख्नासाथ स्थानीय जनता तितरवितर हुन्छन् । रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) का केही लडाकु र स्वतन्त्र जनता संयुक्त राष्ट्रसङ्घको शरणमा शरणार्थी क्याम्पमा रहेका छन् भने उवा, बोर र मालाकालमा गरी झन्डै दुई लाख २३ हजार सर्वसाधारण शरणार्थीको जीवन बिताउन बाध्य छन् । गाउँको अवस्था दयनीय छ । गाउँमा केटाकेटी र उमेरले डेक चल्न नसक्ने बूढाबूढी मात्र देखिन्छन् । केटाकेटीका बाबुआमा प्रायः गोठाला गएका हुन्छन् । कोही रातिको खानाको खोजीमा खोलामा माछा मार्न र जङ्गलमा तरुल र अन्य खाद्यवस्तुको खोजीमा लागेको देखिन्छ । अधिकांश सुडानी जनता एकछाक मात्र खाना खान्छन् । त्यो उनीहरुको बाध्यता हो । जमिन उर्वर छ । खेतीपाती गरिन्न । यहाँ खेतीपाती गर्नेको नगर्नेले लुट्ने चलन छ । चोरी गर्नु अपराध मानिन्छ तर लुट्नु र मार्नुलाई बहादुरी मान्ने चलन छ । सुडानी जनताको घरमा एक गेडा अन्न देखिएन । ‘पहिले पहिले खेती गर्दा अन्न हुन्थ्यो । तर लुट्ने क्रम ज्यादा भएपछि यहाँ खेती गर्न छाडिएको हो” – स्थानीय जोन बिदालले भने । जोन बिदाल राजधानी जुबा नजिक रहेको गाउँमा बस्छन् । उनको गाउँको नाम इस्टर्न गेट हो । उनको गाउँमा विद्यालय, स्वास्थ चौकी, प्रहरी विट, जनप्रतिनिधिमूलक कुनै निकाय छैन । असुरक्षाबीच मुस्किलले प्राण धान्न विवश त्यहाँका जनतालाई शान्ति सेनामा खटिएका नेपाली सेनाको पशुपति गणले पानीको व्यवस्था गरेको छ । साउथ सुडान अफ्रिकी महादेशमा पर्छ । नेपालबाट हवाई मार्ग हुँदै झन्डै ६ हजार ३५५ किमी टाढा रहेको यो मुलुकलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा कान्छो मुलुकका रुपमा मान्यता दिएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त चितवन, २५ माघ- चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मुख्यगरी नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको हालै गरिएको एक अध्ययनले देखाएको छ । जिल्लाको बजार तथा ट्राफिक व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययनका लागि गठित कार्यदलले भरतपुर र नारायणगढ बजारमा अध्ययनमा क्रममा यस्तो समस्या बढेको जनाएको हो । कार्यदलका संयोजक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले भन्नुभयो– दइबटै बजारका फुटपाथे व्यवसायले पैदलयात्रीमात्र होइन समग्र ट्राफिक व्यवस्थापनलाई नै असर परेको छ । यही माघ १२ गते सरोकारवाला प्रतिनिधिको सहभागितामा पन्तकै नेतृत्वमा सो कार्यदल गठन गरिएको थियो । कार्यदलले स्थलगत रुपमा गरेको अनुगमनपछि प्रस्तुत गरेको प्रतिवेदनकार्यान्वयनका लागि प्रचारप्रसारसँगै सहभागितामूलक कार्यक्रम गरेर बजार व्यवस्थापन गर्न प्रहरी तथा स्थानीयवासी सक्रिय भएका छन् । जसअनुसार सडक पेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार व्यवसाय गर्न नदिने, पसल बाहिरसमेत सामान राखेर बिक्री गर्ने कार्यमा रोक लगाउने, फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्ने, सडकपेटीको अतिक्रमण हटाउने निर्णय भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । ट्राफिक व्यवस्थापनका लागि आजैदेखि अभियान सुरु भएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै बजारक्षेत्रमा बैंक, बित्तीय संस्था र स्थानीय व्यवसायीकै सवारी साधन लामो समयसम्म पार्किङले समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।
0 notes
nepal123 · 8 years
Text
काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त, एउटा सरकारी जिप तोडफोड
काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त, एउटा सरकारी जिप तोडफोड
काठमाडौं, जेठ २ – आन्दोलनरत संघीय गठबन्धनको सिंहदरबार घेराउका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । (more…)
View On WordPress
0 notes