Tumgik
#फूलहरू
chris-florist · 1 year
Photo
Tumblr media
返咗 葉上花 🌿✨🌿✨ 整花 Call 我 💁🏻‍♂️ 55342990 -------------------- 忽然奇想🌸【世界各地“花”嘅寫法👇🏻】上網揾唔到資料,於是續個國家翻譯😅 㩒入去打咗 #號嘅位置,欣賞下其他國家嘅花藝💁🏻‍♂️ ផ្កា Fjuri Bunga പൂക്കള് फूल voninkazo Цвеќе. 꽃 вәҗәннәтләрдә булырлар. ফুল أزهار lule አበቦች güllər گل Hoa flores མེ་ཏོག flor fugalaau mga bulaklak bloemen flowers Paj Kukkia ດອກຈໍາປາ Flori ပန်းပွင့်များ گۈل maruva ubaxyo Gėlės iintyatyambo izimbali blommor Lilled bláthanna flè ดอกไม้ சொல்லணி పువ్వులు Cveće kwiecie fleurs fleur blómur matalaʻiʻakau Ngā putiputi ყვავილები гүлдөр bafololo ګلان 花 ਫੁੱਲ Maua cvetje kvety senikau ዕምባባታት květiny Ziedi fiori Blumen gul گوڵ Λουλούδια #פרחים #loreak #Сәскәләр #फूलहरू #loolo'ob #ফুল #blodau ଫୁଲ [ସମ୍ପାଦନା] Цвеже Cveжe Te mau tiare Çiçek güller ᓄᓇᕋᑦ гүлдер ફૂલો Bunga पुष्प ಹೂವುಗಳು Blomme Virágok Flors Flores Blóm ya do̲ni cvijeće chal цветя менструация okooko osisi ծաղիկներ Blomster پھول Gullar Квіти Blomster Kwětki awọn ododo Flora Tsang Lego Blossoms Lipalesa tsa lipalesa Mau nyoba maluwa ᠴᠡᠴᠡᠭ᠃ цэцэг Bye bye flowers nunarait nauttiaq furanni Ebimuli -------------------- #florist #花籃 #開業花籃 #flowershop #花店 #花 # flowers #flower #香港花店 #天水圍花店 #元朗花店 #屯門花店 #開張花籃 #開張花牌 #花束 # 現成花束 # 求婚 #花牌 #grandopening # 99枝玫瑰 #開業花牌 # 優惠花 # 99支玫瑰 # 優惠 # hkflowershop #開張 #開業 # 現成花 # 賞花 #일상 # 現成 # freelanceflorist # 訂花 #日常 # 新店開張 # 優惠花束 #網上花店 # 網上訂花 # hkflorist # HomeKong # hello 上水 粉嶺 大埔 沙田 旺角 紅磡 尖沙咀 太子 長沙灣 深水埗 美孚 荃灣 錦田 元朗 天水圍 屯門 兆康 花名 https://www.instagram.com/p/CqYTZXlyB35/?igshid=NGJjMDIxMWI=
0 notes
greenscreenfx · 1 month
Video
youtube
Presenting new Nepali song Aakash Ma Tara Jastai, Timi Mero Pyaro आकाशमा तारा जस्तै, तिमी मेरो प्यारो, 
 By: Suraj Maharjan
 ___________________________________________ 
 आकाशमा तारा जस्तै, तिमी मेरो प्यारो, तिम्रो मुस्कानले बनायो, जीवन सुन्दर सारो। फूलहरू फुल्दा फुल्दै, तिम्रो याद आउँछ, मनको बगैंचामा फुल तिमी, यो मन चाहन्छ। कहिँ कतै एक्लै हुँदा , समाउँछु तिम्रै हातमा, तिम्रो साथमा बिताउछु जीवन, मर्नेछु तिम्रै काखमा । तिमी बिना छ जीवन, जस्तो बिना पानीको सरोवर, तिम्रो मायाले भरिदिन्छ, माया यो रहोस्  अजम्बर । आकाशमा तारा जस्तै, तिमी मेरो प्यारो, तिम्रो मुस्कानले बनायो, जीवन सुन्दर सारो। ____________________________________________
  #newnepalisong #newsong #nepalisong #nepalireaders
New Nepali Song,latest music video,New Nepali Song 2024,New Nepali Song 2081,म्युजिक भिडियो,नयाँ गीत,Music video new,latest song, aakash ma tara jastai, best nepali songs, nepali love song, Aakash Ma Tara Jastai, Timi Mero Pyaro | New Nepali Song 2024
0 notes
sandeshrbsblog · 1 year
Text
#मगहर_लिला
धर्मद्रोही धर्मगुरुहरूले मगरमा मर्ने गधा र काशीमा मर्ने स्वर्ग जाने हल्ला फैलाएका थिए ।  यो भ्रम हटाउन कबीर परमेश्वर जी काशीबाट मगहरसम्म हिँडे र मगहरबाट सतलोकमा सबै मानिसहरूका अगाडि सशरीर रूपमा गएर आफ्नो शरीरको स्थानमा सुगन्धित फूलहरू भेटियो।
Tumblr media
0 notes
agritalks · 2 years
Text
गुर्जो
Tumblr media
गुर्जो नेपालमा पाईने महत्त्वपूर्ण जडिबुटी हो । यो ‘मेनिस्परमासिया(Menispermaceae) वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’(Tinospora) वंशमा पर्ने ‘टी कोर्डिफोलिया’(Tinospora cordifolia) प्रजातिको जडीबुटी हो। यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो।
यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
फैलावट
यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।
उपयोग
यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ।
वनस्पतिमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।
आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।
खेति बिधि
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ।
बेर्ना तयार गर्ने
हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छन्। यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ। फागुन / चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ। पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ। यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ।
वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। सङ्कलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।
नर्सरीमा तयार गरिएका वेर्नाहरू खासगरि कुनै रुखहरूको फेदमा लगाइन्छ। किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो।
हेर विचारः
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ भने पछिल्ला वर्षहरूमा त्यति हेर विचारको खाँचो पर्दैन।
वाली संकलन
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरी काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पारिन्छ। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुँदैन।
-सौरभ रेग्मी
1 note · View note
bhushita · 5 years
Text
चाँदनीमा नुहाएका अफिमका फूल
- भूषिता वशिष्ठ
भर्खर झरी परेर थामिएको छ । वरिपरिका डाँडामा हिउँ परेछन् । यो कठ्यांग्रिँदो हिउँदे झरीको बिहान कुनै अमूर्त स्मृतिको भारले थिचिएर म ब्युझिएँ । ‘स्मृतिविनाको मान्छे हावा फुकेको बेलुनजस्तो हलुंगो हुन्छ,’ कुन्देरा भन्छन् । तर, जति स्वर्गको चाहना गरे पनि हरेक मान्छे मर्न डराउँछ, हलुंगो हुन डराउँछ । एक–एक गर्दै बटुलेका स्मृति समेटेर मान्छे पहिचान बनाउँछ, इतिहास बनाउँछ, कथा बनाउँछ, काव्य बनाउँछ, र तिनै स्मृतिको भारले थिचिएर आफू हुनुको अनुभूति बनाउँछ । आज घाम नलाग्ला जस्तो छ । मैले फेरि आँखाबन्द गरेँ– बिस्तारै चाल मार्दै मेरो स्मृतिपटलमा एक हुल अफिमका फूल आइपुग्छन् । चिनेजस्तो पनि, बिर्सिएजस्तो पनि । कता–कताको साइनो लगाउँदै ती फूलहरू मसँग गफिन थाल्छन् । अचानक सहरको कोलाहल शान्त हुन्छ, सर्दु खोला सुसाउन थाल्छ । त्यसै पनि धरानमा खोला भनेकै सर्दु खोला हो, कहिले गड्गडाउँदै, कहिले लड्खडाउँदै सर्दु अनवरत बगेकै छ । फूलहरूको कोमल भारले थिचिँदाथिचिँदै म मेरा बाल्यकालीन दिनहरूमा पुग्छु ।
Tumblr media
‘मामुलाई भन्ने हैन,’ दादाले भन्यो ।  रातको नौ–दश बजेको थियो होला । त्यसै पनि मामु–बाबा निदाइसक्नुभएको थियो । दिउँसै हामीले टिनको टोकरी र टर्चलाइटको जोहो गरिसकेका थियौँ । दादाले बिस्तारै चाल मारेर दैलोको छेस्किनी खोल्यो । म पनि सास रोकेर उसको पछि–पछि लागेँ । बाहिर निष्पट्ट अँध्यारो थियो । दादाले टर्च बाल्यो– चन्द्रशेखर सरको बगैँचाको एउटा चोक्टो प्रकाशित भयो । टर्चको दुधिलो प्रकाशमा अफिमका फूलहरू अझ कोमल देखिएका थिए । तर, फूल हेरिराख्ने फुर्सद हामीलाई कहाँ थियो र ! जूनको लयालु प्रकाशमा इन्दु दिदीको घरछेउको बोक्सीकाँडा फूलको बुटा देखियो । सुकेर खङ्ग्रङ्ग परेको बोटमा एक दुई बोक्सीकाँडा बाँकी थिए । बेपत्ता डर लाग्यो । दादाले हातैले माटो खोस्रन थाल्यो । चर्को उज्यालोसँग तर्किंदै, निद्रालु गँड्यौलाहरू बिस्तारै सलबलाउन थाले । हाम्रो हर्षको सीमा थिएन । एक–एक गर्दैै हामीहरू गँड्यौला बटुल्न थाल्यौँ । एक ट्वाक गँड्यौला बटुलेपछि, उस्तरी नै चाल मार्दैै घर फर्कियौँ । सुत्नुअघि दादाले हाम्रो बगैँचामा गँड्यौलालाई राम्ररी खन्यायो । हाम्रो गँड्यौला–हन्ट सोचेभन्दा बढी नै सफल भएको थियो । हुन त गँड्यौलाले हाम्रो जीवनमा त्यत्रो अर्थ राख्ला भनेर कसले पो सोचेको थियो !म सायद आठ–वर्षजति थिएँ होला, दादा मभन्दा तीन वर्ष जेठो । त्यो साल हामीमा अचानक बागबानीको रहर जागेको थियो । विडम्बना, त्यही साल हाम्रो बगैँचामा कहिल्यै नलागेको खडेरी लागेको थियो । स्कुलबाट फर्किएर सकिनसकी पाइप घिसार्दै हामी घन्टौँ पानी पटाउँथ्यौ । तर, छिमेकमा सबैतिर ढकमक्क अफिम र धनियाँ फूल फुलिसक्दा पनि हाम्रा बेर्ना तंग्रिएका थिएनन् । अनेक उपाय गर्दा पनि नलागेपछि, हामीले दीपकको परामर्श माग्यौँ । दीपक मेरै उमेरको थियो, तर मभन्दा धेरै उद्यमी । छुट्टीका दिनमा ऊ आँगनमा बसेर सलाईका काँटीहरूको महल बनाउँथ्यो, छेउमाउसको घरपालुवारूपी ‘गोपीकृष्णको’ रटान लगाउँथ्यो । रुपीको जिब्रो काटेर बोल्न सिकाएदेखि हामी केटाकेटीबीच उसको रवाफ नै अर्कै थियो । फेरि उसको बगैँचामा जस्तो अन्त फूल पनि सप्रिँदैनथ्यो  । धेरै कर गरेपछि, ठूलै रहस्य खोलेझैँ उसले भन्यो, ‘पानी पटाएर मात्रै के हुन्छ र ? बारीमा गँड्यौला पनि त हुनुप-यो !’गँड्यौला ? गँड्यौलाबारे त हामीले सोचेकै थिएनौँ । यस्तो गुह्य ज्ञान पाएर हामी चकित प-यौँ । पानी त पाइपबाट ल्याउन सकिन्थ्यो, तर गँड्यौला कहाँबाट ल्याउने ? यो प्रश्नको हल पनि दीपकले नै ग-यो । उसकै निर्देशनमा हामीले गँड्यौला चोर्ने विस्तृत योजना बनायौँ । गँड्यौलाजस्तो अमूल्य धन दिउँसो चोर्ने कुरो पनि भएन । त्यही रात चन्द्रमोहन सरको घरबाट गँड्यौला–हन्ट थाल्ने निधो भयो । यसरी हाम्रा गुप्तकारनामाका रातहरू सुरु भए । करिब एक हप्तासम्म त हामीले नियमित रूपमा गँड्यौला–हरणको सिलसिला जारी राख्यौँ । तिनका नरम, उसिनेका चाउमिनजस्ता शरीर जिम्न्यास्टिक गर्दै हाम्रो ट्वाकबाट फुत्किन खोज्थे, दादा र म अनेक तिकडम गरेर तिनलाई कैद गथ्र्यौं । मेरा सपनामा पनि अब गँड्यौलाले अड्डा जमाउन थालेका थिए– कहिलेकाहीँ म सपनामा चपर��का चपरी माटो खन्दै हुन्थेँ, माटोमुनि एक रास गँड्यौला देखिन्थे, म हर्षले विभोर हुन्थेँ । एक दिन त सपनामा दादा र म गँड्यौला चोरेर फर्किंदै थियौँ, हाम्रो ट्वाक अचानक भारी भएर आयो । बट्टा खोलेर हेर्दा, गँड्यौलाको सट्टामा गुजुल्टिएर सर्पहरू सलबलाउँदै रहेछन्, हामी बेतोडले भाग्यौँ । धरानसँग मनसुनको प्रेमिल सम्बन्ध छ । लाडिएकी प्रेमिकाझैँ, बेमौसम, विनाकुनै पूर्वसूचना सहरलाई निथ्रुक्क पार्नु उसको पुरानै रबैया हो । मनसुन आउन त बाँकी नै थियो, तर त्यो साँझ अचानक पानी प-यो । झ्यालको डिलमा बसेर हामीले निकै बेर गम खायौँ । पानीमा पखालिएर कटहरका बाटुला पातहरू चिल्ला देखिएका थिए । वेलावेला बतासले मञ्जरीले ढकमक्क भएका आँपका गाछीलाई सुमसुम्याउँथ्यो । एक अँजुली मञ्जरी हावामा उड्थे । त्यत्रो पानीमा रुझेर पनि सिमलीको बुटो भने फुस्रोको फुस्रै थियो । मामु कोठामा ओहोर–दोहोर गर्दै हुनुहुन्थ्यो, तर कुन गहिरो चिन्तामा हामी डुबेका थियौँ, कसैलाई भानसम्म पनि थिएन । आज गँड्यौला चोर्न जाने कि नजाने हामी ठूलो दोधारमा थियौँ । बिस्तारै बादल हटेर, सूर्यास्तको लालीले आकाश रक्तिम भयो । ‘पानी परेको दिन झन् धेरै गँड्यौला निस्किन्छन्,’ दादाले भन्यो ।  हामीले त्यो रात इन्दु दिदीको बारीमा आक्रमण गर्ने योजना बनायौँ । इन्दु दिदीको बारी अरूहरूको भन्दा ठूलो थियो, त्यहाँ फूलका प्रजाति पनि घेरै थिए । त्यहाँ धेरै गँड्यौला हुनुपर्छ भन्ने हाम्रो ठम्याइ थियो । सदाझैँ त्यो रात पनि हामी ट्वाक र टर्च लिएर निस्कियौँ, जुनेली रात थियो । कतै टाढा सर्दु सुसाएको आवाजबाहेक रात चकमन्न थियो । प्याटप्याटे चप्पलले हिलो छ्याप्दै दादा अघि हिँड्दै थियो । हिलोमा खुट्टा गाडिँदा ‘कचकच’ आवाज आउँथ्यो, म पनि एकतमासले ‘कचकच’को लयमा निमग्न हुँदै पछिपछि लाग्दै थिएँ । जूनको लयालु प्रकाशमा इन्दु दिदीको घरछेउको बोक्सीकाँडा फूलको बुटा देखियो । सुकेर खङ्ग्रङ्ग परेको बोटमा एक–दुईवटा बोक्सीकाँडा बाँकी थिए । मलाई किन हो किन, बेपत्ता डर लागेर आयो । आखिर मैले सुनेका कथाहरूमा बोक्सीहरू यस्तै रातमा त डुल्थे । दीपकले नै भनेको थियो–  बोक्सीकाँडामा बोक्सीहरू लुकेर बस्छन् । हावाको पातलो सर्कोले पनि अनेक अदृश्य निशाचरलाई बौराउँथ्यो । फेरि बोक्सीलाई चमेलीको फूल मन पथ्र्यो, अनि इन्दु दिदीको बारी चमेलीको बगान थियो । चमेलीको मादकतामा लठ्ठिएर हो वा बोक्सीको वशीभूत भएर त्यो रात हामीले गर्न नहुने काम ग-यौँ । स–साना क्यारी बनाएर सम्याएको त्यो बगानमा अफिमका गुच्छा बिछट्टै खुलेका थिए । तिनका कोमल पत्रदल पवनसँगै स्पन्दित भएर फर्फराउँथे । कदमको हाँगाबीचबाट देखिँदै, छेकिँदै चन्द्रमा अनेक टुना गर्दै थियो । गँड्यौलाको साटो हामी भकाभक फूल उखेल्न थाल्यौँ । एक अँगालो धनियाँ फूल मात्रै के उखेलेका थियौँ, घरभित्र कोही खोक्न थाल्यो । हामी बेतहासा दौडियौँ । इन्दु दिदीको घरबाट हाम्रो घर अलि टाढै थियो, तर हामी एकै सासमा घर आइपुग्यौँ । घर आएपछि केही नबोली ती बिरुवालाई माटोमा गाड्यौँ । मलाई भने अफिमको पनि फूल चोर्न मन थियो । भोलिपल्ट बिहानै दूध किन्न जाने पालो मेरो थियो । हिजो फूल चोरेको किस्सा मेलै बिर्सिसकेकी रहेछु । त्यसै पनि चोर्न हामी यति अभ्यस्त भइसकेका थियौँ कि बिहान उठेर पश्चात्ताप गर्ने दिन गइसकेका थिए । निश्चिन्त, दूध लिन म लड्डु अंकलको दोकानतिर लागेँ । पानी परेपछिको बिहान त्यसै मोहक हुन्छ, म फुरुङ्ङ हँुदै दीपेन्द्र स्कुलको ग्यारेजनिर मात्र के पुगेकी थिएँ– अचानक, कराउँदै इन्दु दिदीका बुवा कदमका रूखमुनि देखिए । ‘किसने हमारे बगिचेसे फूल चुराए, हम उनके हाथ–पैर एक कर देंगे!’ मेरो मुटु ढक्क फुलेर आयो । वरिपरि मबाहेक कोही थिएन । हुन पनि बगैँचा विरूपै भएको रहेछ । छेउमा बडेमानको बुढो गुलमोहरको रूख थियो, बिस्तारै म रूखपछाडि गएर छलिएँ । केही फूलका बोटहरू भाग्दाभाग्दै बाटोमै खसेका रहेछन् । ‘उस चोरकी अब खैरियत नही!’ बोट समेट्दै बुढा भन्दै थिए । मेरा हात–गोडा चिसा भए । दूध–सुध बिर्सिएर म थपक्क घर फर्किएँ । मामु भान्सामा हुनुहुन्थ्यो, छलिएर पछाडिको बगैँचामा पुगेँ र राति सारेका फूल उखेल्न थालेँ । उखेलिसकेपछि ती फूललाई रहरको दालका बोटमुनि गाडिदिएँ । डरले मेरो आङ शीतांग भएको थियो । केही नबोली मामुको छेउमा गएर बसेँ । दूध खोइ भनेर मामुले सोध्नुभयो, ‘मैले मसिनो स्वरमा भनेँ, ‘जरो आयो ।’साँच्चै मलाई केही दिनसम्म ज्वरो पनि आयो । त्यस रातपछि हाम्रो गँड्यौला–हन्टको परियोजना त्यसै तुहियो । तर, हिजोआज पनि झरी पर्दा ती अफिमका फूल चाँदनीमा नुहाएर आउँछन् र मलाई व्याकुल बनाउँछन् । मेरो बालहृदयमा तिनको सौन्दर्यले गहिरो आस्तिकताको बीज रोपिदियो । सायद त्यस रात त्यो दृश्य नदेखेको भए मलाई पुराणहरूमा अप्सराको सौन्दर्यको वर्णन सुन्दा शंका लाग्दो हो, तर मलाई थाहा थियो– यो जगत् अकल्पनीय सौन्दर्यले  व्याप्त थियो । कहिलेकाहीँ स्वर्गको ढोका खुलेको वेला सो सौन्दर्यले आफ्नो दर्शन दिन्छ । मेरा लागि त्यो द्वार अक्सर पानी परेपछिको बिहान खुल्छ । https://www.nayapatrikadaily.com/news-details/7433/2019-03-02
8 notes · View notes
mithilanchaltoday · 2 years
Text
ज्याकारान्डा फूलले सहर मगमगाउँदै «
ज्याकारान्डा फूलले सहर मगमगाउँदै «
वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । वसन्त ऋतु आफैंमा निकै रमणीय ऋतु हो । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बैजनी रङमा फुल्ने फूलले सहर नै ढकमक्क देखिएको छ, तिनै फूलका बास्नाले सहर नै मगमगाएको छ । ज्याकारान्डा नामक बोटमा फूल फुलेपछि सडकका आसपासमा बैजनी रङका फूल फुलेको देख्न सकिन्छ । यो फूल फुल्नाले सडकको सौन्दर्यमा समेत परिवर्तन देखिएको छ ।…
Tumblr media
View On WordPress
0 notes
sanskritifarms · 3 years
Photo
Tumblr media
"फूलबारीको फूलहरू" - Flowers of the Garden . If you are also looking for an escape from the crowd, office retreat, family gathering, strategic meeting, and more in a peaceful environment, visit Phoolbari Homestay in Namobuddha Kavre. . 👉 We Offer fresh and homegrown food with an authentic Nepali taste, a spacious seminar hall, and a peaceful village environment. Namobuddha hike is special. . 👉 Contact us for Bookings and details: ☎️ +977-9841891265 (Call/Viber/Whatsapp), 📧 [email protected] 🌐Namobuddha, Kavre #nature #phoolbarihomestay #sanskrititfarms #nepalnow #homestay #organicgardening #nutrition #safefood #sustainablefarming #organic #ruralstay #sustainablefarming (at Phoolbari Homestay) https://www.instagram.com/p/CXum6nsq0Nb/?utm_medium=tumblr
0 notes
gtwodahit · 3 years
Text
कसरी काट्ने बगैचा डिजाइन गर्ने
कसरी काट्ने बगैचा डिजाइन गर्ने
तपाईंको घरमा ताजा फूलहरूले भरिएको फूलदान भन्दा धेरै राम्रा चीजहरू छन्, यद्यपि यसलाई कायम राख्नु महँगो सजावट हुन सक्छ। भाग्यवस, तपाईं प्रदर्शन मा सधैं एक रंगीन गुलदस्ता गर्न प्रत्येक हप्ता बजार जानु हुँदैन। यदि तपाईंसँग बाह्य स्थानमा पहुँच छ भने, तपाईं सजिलैसँग आफ्नै बढ्न सक्नुहुन्छ – र यसो गरेर पैसाको बन्डल बचत गर्नुहोस्। बगैचा काट्ने बगैंचामा, तपाईंसँग सबै ग्रीष्म र गिरावटमा घरका फूलहरू छन्।…
Tumblr media
View On WordPress
0 notes
videgme · 3 years
Photo
Tumblr media
here from stories and then on IGTV: https://youtu.be/CQSNFv3zlDM 🇱🇻 3️⃣1️⃣ 31 Letón - latviešu - Latvian #Ziedi, viņi mums to #māca, nekas nav #pastāvīgs. 🇱🇹 3️⃣2️⃣ 32 Lituano - lietuvių - Lithuanian #Gėlės, jie mus to #moko, niekas nėra #nuolatinis. 🇱🇺 3️⃣3️⃣ 33 Luxemburgués - Lëtzebuergesch - Luxembourgish Den #Blummen, si #léieren eis dat, näischt ass #permanent. 🇲🇰 3️⃣4️⃣ 34 Macedonio - македонски - Macedonian На #Цвеќиња, тие нè #учат на тоа, ништо не е #трајно. 🇲🇾 3️⃣5️⃣ 35 Malayo - Melayu - Malay Yang #Bunga, mereka #mengajar kita bahawa, tiada yang #kekal. 🇲🇹 3️⃣6️⃣ 36 Maltés - Malti - Maltese Il- #Fjuri, huma #jgħallmuna li, xejn mhu #permanenti. 🇮🇷 🇮🇶 🇦🇫 🇹🇯 🇺🇿 3️⃣7️⃣ 37 Persa - فارسی fârsí - Persian #گل ها, آنها به ما یاد #می دهند که ، هیچ چیز #دائمی نیست 🇮🇳 3️⃣8️⃣ 38 Euskera - Euskaldunak - Basque Du #Loreak, hori #irakasten digute, ezer ez da #iraunkorra. 🇮🇩 3️⃣9️⃣ 39 Javanés - ꦧꦱꦗꦮ - Javanese #Kembang, padha #mulang manawa, ora ana sing #permanen. 🇳🇵 4️⃣0️⃣ 40 Nepalés - नेपाली - Nepali #फूलहरू, तिनीहरूले हामीलाई त्यो #सिकाउँछन्, केहि पनि #स्थायी छैन। (en Kuala Lumpur, Malaysia) https://www.instagram.com/p/CPKCHRZBRCe/?utm_medium=tumblr
0 notes
Text
जापानको प्रख्यात चेरी फूलहरू मौसमको तापक्रमको रूपमा छिमेकिन्छन्
जापानको प्रख्यात चेरी फूलहरू मौसमको तापक्रमको रूपमा छिमेकिन्छन्
जापानको प्रख्यात चेरी फूलहरू यस वर्षको सुरूमै धेरै ठाउँमा आफ्नो पुष्पक्रम शिखरमा पुगेको छ र औपचारिक रेकर्ड करीव 70० वर्ष अगाडि राख्न थालिसकेको थियो, विज्ञहरूले जलवायु परिवर्तन सम्भावित कारण हो भन्दै। जापानको मनपर्ने फूल, “सकुरा”, अप्रिलमा उनीहरूको शिखरमा पुग्न प्रयोग गरियो, जसरी देशले आफ्नो नयाँ स्कूल र व्यापार वर्षको शुरुआत मनाउँछ। अझै त्यो मिति पहिले क्रिम्प गरिएको छ र अब प्रायः बर्षहरूमा…
Tumblr media
View On WordPress
0 notes
chris-florist · 1 year
Photo
Tumblr media
#護膚品 🥝】早前有 YCshopping 美容批發零售 開業🥑 歐美日韓護膚品批發零售 🍉🧖🏻‍♀️🥝💆🏻‍♀️🥥🧖🏻‍♂️🍠💆🏻‍♂️🥒🧖🥑💆🏼 💁🏻‍♂️ Follow佢哋Facebook ig @yc_shopping -------------------- 忽然奇想🌸【世界各地“花”嘅寫法👇🏻】上網揾唔到資料,於是續個國家翻譯😅 㩒入去打咗 #號嘅位置,欣賞下其他國家嘅花藝💁🏻‍♂️ ផ្កា Fjuri Bunga പൂക്കള് फूल voninkazo Цвеќе. 꽃 вәҗәннәтләрдә б��лырлар. ফুল أزهار lule አበቦች güllər گل Hoa flores མེ་ཏོག flor fugalaau mga bulaklak bloemen flowers Paj Kukkia ດອກຈໍາປາ Flori ပန်းပွင့်များ گۈل maruva ubaxyo Gėlės iintyatyambo izimbali blommor Lilled bláthanna flè ดอกไม้ சொல்லணி పువ్వులు Cveće kwiecie fleurs fleur blómur matalaʻiʻakau Ngā putiputi ყვავილები гүлдөр bafololo ګلان 花 ਫੁੱਲ Maua cvetje kvety senikau ዕምባባታት květiny Ziedi fiori Blumen gul گوڵ Λουλούδια פרחים loreak Сәскәләр फूलहरू loolo'ob ফুল blodau ଫୁଲ [ସମ୍ପାଦନା] Цвеже Cveжe Temautiare Çiçek güller ᓄᓇᕋᑦ гүлдер ફૂલો Bunga पुष्प ಹೂವುಗಳು Blomme Virágok Flors Flores Blómyado̲ni cvijeće chal цветя менструация okooko osisi ծաղիկներ Blomster پھول Gullar Квіти Blomster Kwětki awọn ododo Flora Tsang Lego Blossoms Lipalesa tsa lipalesa Mau nyoba maluwa ᠴᠡᠴᠡᠭ᠃ цэцэг Byebyeflowers nunarait #nauttiaq #furanni #Ebimuli -------------------- #florist #花籃 #開業花籃 #flowershop #花店 #花 # flowers #flower #香港花店 #天水圍花店 #元朗花店 #屯門花店 #開張花籃 #開張花牌 #花束 # 現成花束 #求婚 #花牌 #grandopening # 99枝玫瑰 #開業花牌 # 優惠花 # 99支玫瑰 # 優惠 # hkflowershop #開張 #開業 # 現成花 # 賞花 #일상 # 現成 # freelanceflorist #訂花 #日常 # 新店開張 # 優惠花束 #網上花店 # 網上訂花 #hkflorist # HomeKong # hello 上水 粉嶺 大埔 沙田 旺角 紅磡 尖沙咀 太子 長沙灣 深水埗 美孚 荃灣 錦田 元朗 天水圍 屯門 兆康 花名 https://www.instagram.com/p/CqipWg2PJTD/?igshid=NGJjMDIxMWI=
0 notes
acharya123himal · 4 years
Text
एक्लाएक्लै सुसाइरहे साकुराका हाँगाहरू
एक्लाएक्लै सुसाइरहे साकुराका हाँगाहरू
[ad_1]
जसरी दसैँको बेला मावली हजुरआमा आफ्नी सानी नातिनीको बाटो हेर्दै कुरिरहेकी हुन्छिन्, ठीक त्यसैगरी सयौँ वर्षदेखि यामाताका जिन्दाइ जाकुराले जापानीहरूलाई कुर्ने गर्छिन् ।
साना नाति–नातिनीहरूलाई पटुकीको फेरमा बाँधेको नरिवल र मिश्री निकालेर भावपूर्ण हृदयले दिएझैँ आफ्नो बूढो शरीरबाट यामाताकाले हजारौँ फूलहरू मार्च र अप्रिलभरि आफूलाई हेर्न आउनेलाई दिने गर्छिन् ।
यिनै बुढीमाउलाई हेर्न हजारौँ मानिसको…
View On WordPress
0 notes
jhamak · 4 years
Video
चाडपर्व सुरु भएसँगै बगैंचामा फूलहरू फुल्न सुरुभएको अवस्था https://www.instagram.com/p/CDwOowJF8Yo/?igshid=18wm4bab2ey8f
0 notes
mithilanchaltoday · 2 years
Text
लेखक डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा
लेखक डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा
काठमाण्डाै – शिखा बुक्सले प्रकाशनले प्रकाशन गरेको लेखक डा.खगराज बरालको गैह्रआख्यान अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो सातादेखि बजारमा आएको छ । साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सातओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झण्डै एक दर्शन कृति नेपाली पाठकसामु पस्किसकेका छन् । वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा…
Tumblr media
View On WordPress
0 notes
rahim-tuphan · 7 years
Quote
यी फूलहरू फूलि झर्छन त्यसो त यँहा, तड्पी तड्पी प्रेमी मर्छन त्यसो त यँहा
पुरानो किताब
0 notes
gtwodahit · 3 years
Text
केहि नयाँ 'नयाँ' को लागी यी पुरानो शैलीको फूलहरू बढाउनुहोस्।
केहि नयाँ ‘नयाँ’ को लागी यी पुरानो शैलीको फूलहरू बढाउनुहोस्।
तपाईको स्थानीय बगैंचा केन्द्रमा धेरै यारो र कोनिफरहरू हुन सक्छन्, तर यदि तपाईं वास्तवमै केही फरक चाहनुहुन्छ भने के हुन्छ? कहिलेकाँही जुन पुरानो जमानाको देखिन्छ यो एकदम नयाँ देखिन्छ। यो हुने नै छ, हाम्रा हजुरबा हजुरआमा र हजुरबुबा हजुरआमाले बढेका धेरै फूलहरू आफ्नै बगैंचामा आमन्त्रित हुन योग्य छन्। कम सामान्य, पुरानो शैलीको प्रकारका फूलहरू स्वाभाविक रूपमा टाउको घुम्छन्। केहीले गुलदस्तामा गम्भीर…
Tumblr media
View On WordPress
0 notes