Tumgik
#समदयक
gostcoder · 4 years
Text
COVID-19: 10 हॉटस्पॉट शहरों में सेरोसेर्वे, 60 अन्य जिलों में सामुदायिक ट्रांसमिशन का निर्धारण
COVID-19: 10 हॉटस्पॉट शहरों में सेरोसेर्वे, 60 अन्य जिलों में सामुदायिक ट्रांसमिशन का निर्धारण
[ad_1]
Tumblr media
एक डॉक्टर कोरोनोवायरस के लिए एक स्वैब परीक्षण आयोजित करता है। (एपी)
सरोसुरवे में जिला स्तर पर SARS-CoV2 के प्रचलन की निगरानी के लिए व्यक्तियों के रक्त सीरम का परीक्षण शामिल है ।–
PTI
आखरी अपडेट: 26 मई, 2020, 12:49 AM IST
इंडियन काउंसिल ऑफ मेडिकल रिसर्च (ICMR) के शोधकर्ताओं द्वारा तैयार किए गए प्रोटोकॉल के अनुसार, देश में सबसे ज्यादा सीओवीआईडी ​​-19 मामलों की रिपोर्ट करने वाले शीर्ष 10…
View On WordPress
0 notes
ckpcity · 4 years
Text
बंगाल ने प्रत्येक क्षेत्र में 2-दिवसीय लॉकडाउन हर सप्ताह, कोविद -19 सामुदायिक ट्रांसमिशन रिकॉर्ड करने की घोषणा की
बंगाल ने प्रत्येक क्षेत्र में 2-दिवसीय लॉकडाउन हर सप्ताह, कोविद -19 सामुदायिक ट्रांसमिशन रिकॉर्ड करने की घोषणा की
Tumblr media Tumblr media
प्रतिनिधित्व के लिए: कोलकाता में एक झुग्गी को साफ करने के लिए एक नगरपालिका कार्यकर्ता कीटाणुनाशक है। (रायटर)
गृह सचिव अलपन बंद्योपाध्याय ने कहा कि मुख्यमंत्री ममता बनर्जी की अध्यक्षता में एक उच्च स्तरीय बैठक के बाद यह निर्णय लिया गया।
News18.com कोलकाता
आखरी अपडेट: 20 जुलाई, 2020, 7:38 PM IST
बंगाल के कुछ इलाकों में सीओवीआईडी ​​-19 के समुदाय के प्रसार के बीच – राज्य सरकार ने 23 जुलाई से हर…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
रोल्पा पुगेर उर्जामन्त्री शर्माले दिए मधेसी समुदायका विषयमा यस्तो अभिब्यक्ति रुकुम, २३ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज बिहान यहाँ ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पु¥याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उहाँको दाबी थियो । सिंहदरबारको अधिकार गाउँ÷गाउँसम्म पु¥याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो । उहाँले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिनुभयो । सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उहाँले बताउनुभयो । The post रोल्पा पुगेर उर्जामन्त्री शर्माले दिए मधेसी समुदायका विषयमा यस्तो अभिब्यक्ति appeared first on Etajakhabar.
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
एसए संस्करण: सामुदायिक मामलों के बाद तत्काल परीक्षण https://tinyurl.com/y37vov4x #एसए #क #ततकल #परकषण #बद #ममल #समदयक #ससकरण
0 notes
ckpcity · 4 years
Text
जैसा कि इंडिया नेयर्स 3 लाख कोरोनोवायरस के मामले हैं, विशेषज्ञों का कहना है कि सामुदायिक संप्रेषण निरर्थक है
जैसा कि इंडिया नेयर्स 3 लाख कोरोनोवायरस के मामले हैं, विशेषज्ञों का कहना है कि सामुदायिक संप्रेषण निरर्थक है
लोग अहमदाबाद में सिटी बस के अंदर बैठते हैं। भारत के कोरोनावायरस के मामले 2 महीने से अधिक पुराने लॉकडाउन के बाद अपने अधिकांश राज्यों में रेस्तरां, शॉपिंग मॉल और धार्मिक स्थलों को फिर से खोलने के बीच घूम रहे हैं। (एपी फोटो / अजीत सोलंकी)
विशेषज्ञों ने कहा कि इसे सार्वजनिक रूप से नहीं करने के फैसले ने महामारी, सीमित परीक्षण रणनीतियों पर संदेश को प्रभावित किया है और सरकार को लंबे समय तक लॉकडाउन को…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मट्टितेल र गोबर गुइँठाबाट छुट्कारा, सामुदायिक वनले दिएको खुसी तेह्रथुम, २ चैत- छातेढुङ्गा– ९, माझीगाउँका बिमाया माझीको परिवारलाई एक वर्ष अघिसम्म अँध्यारोमा रात कटाउनुपथ्र्यो । दिनभर मेलापात गरी साँझमा घर फर्केर अन्धकारमै भात पकाइ खानुपथ्र्यो । केटाकेटीले पनि पढ्न पाउँदैनथे । तर अहिले माझी परिवारले अन्धकारमा बस्नु परेको छैन । गाउँको सामुदायिक वन समूहबाट निःशुल्क रुपमा सोलार पाएपछि माझी परिवारको दिन फेरिएको छ । सामुदायिक वनले अनुदानमा सोलार उपलब्ध गराएको हो । “मट्टितेल किन्ने पैसा नहुँदा गोबरका गुइँठा बालेर रात गुजार्नुपथ्र्यो, धिपधिपे उज्यालोमा केटाकेटी पढ्न मन गर्दैनथे,” माझीले भन्नुभयो– “सोलार जडान गरेपछि केटाकेटी रातिसम्म मन लगाएर पढ्न् थालेका छन् ।” माझी परिवारलाई जस्तै छातेढुङ्गा– ८ का गोपाल बर्देवाको परिवारलाई सामुदायिक वन समूहमार्फत पाएको सोलार बत्तीले राहत मिलेको छ । घरमै सिलाइकटाई व्यवसाय गर्ने बर्देवाको ६ जनाको परिवारलाई पनि मट्टितेल र गोबर गुइँठाबाट छुट्कारा मिलेको छ । सोलार बत्ती जोडेपछि सबैभन्दा बढी राहत विद्यार्थीलाई पुगेको छ । सोलार बत्ती जोडेपछि राति अबेरसम्म काम गर्ने गरेका छन् । रेडियो बजाउन र मोबाइल चार्ज गर्न समेत सहज भएको छ । सामुदायिक वन समूहमार्फत सोलार पाएपछि विपन्न परिवारका झुप्रामा बत्ती बलेको छ । छातेढुङ्गा र इवा गाविसका सामुदायिक वन समूहमा आवद्ध विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता महासङ्घको साझेदारीमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत यहाँका २९० घरधुरीलाई २० वाट क्ष���ताको सोलार प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष तुलसी सङ्ग्रौलाले बताउनुभयोे । इवाका १४ वटा सामुदायिक वनका ८२ र छातेढुङ्गाका १५ वटा सामुदायिक वनका दुई सय आठ उपभोक्ताले अहिले सोलार बत्ती प्रयोग गर्न थालेका छन् । सोलार खरिदमा सरकारले ५० प्रतिशत अनुदान दिएको छ । वन समूहको साझेदारीमा कार्यक्रममार्फत सोलार खरिद बत्ती जडान गरिएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु : प्रधानमन्त्री काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताउनुभएको छ । आज दक्षिण एसियाका दलित सांसदसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक, सामाजिक र सांस्कृतिकलगायत राज्यको मूलधारबाट सदियौँदेखि किनारामा पारिएको दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत लगायतका मुद्दालाई गम्भीरताका साथ राष्ट्रसङ्घमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । दलित समुदायले भोगिरहेका समस्या उनीहरूको मात्र समस्या नभएर समग्र नेपालकै समस्या भएको हँुदा त्यसलाई विश्वव्यापी रुपमै सङ्गठित भएर अन्त्य गर्न दलित अधिकारको पक्षमा आवाज उठाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विसं २०१७, २०४६, २०६२÷०६२ मा भएका सङ्घर्ष र सशस्त्र द्वन्द्वलगायत मुलुक निर्माणमा दलित समुदायको उल्लेख्य योगदान रहेको स्मरण दिलाउँदै उहाँले राज्यका हरेक संयन्त्रमा ती समुदायको समान सहभागिताका लागि आफूले सक्दो प्रयास गरेको बताउनुभयो । “राजतन्त्र र एकात्मक सत्ताले दलित समुदायलाई विभेद गर्दै आयो, हाम्रो पार्टीले त्यसको विरुद्धमा सङ्घर्ष ग¥यो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र मेरो सपना थियो, अब यसलाई सफल बनाउनु छ”–उहाँले भन्नुभयो । भेटका क्रममा सांसदहरूले एसियाली दलित अधिकार मञ्चद्वारा आयोजित ‘दक्षिण एसियाका दलित सांसद सम्मेलन’ले घोषणा गरेको चारबुँदे ‘घोषणा पत्र’ प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । एसियाली देशहरुमा विद्यमान जातीय तथा वर्र्गीय विभेदका विषयमा अन्तर देशीय अवस्था र अनुभवको आदानप्रदान गर्ने लगायतका चारबुँदे घोषणा पत्र जारी गरी उक्त सम्मेलन सम्पन्न भएको सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी जुम्ला, १२ फागुन- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् । विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई राखेर उनीहरुले सामुदायिक स्वास्थ्य शिक्षा दिन थालेका हुन् । जुम्लाका रारालिही, कुडारी, तातोपानी, लाम्रा, तत्कालीन तलिमउ र कार्तिकस्वामी गाविसमा उनीहरुले स्वास्थ्य शिक्षा र प्राथमिक स्वास्थ्य उपचार सेवासमेत दिँदै आएको सो महाविद्यालयका डिन गायत्री राईले जानकारी दिनुभयो । “यो महाविद्यालयमा अध्ययनरत प्रथम वर्षका विद्यार्थीले समुदायमा गएर आधारभूत स्वास्थ्य शिक्षा, शुद्ध खानेपानी, वातावरणीय सरसफाइ, दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले मातृशिशु स्वास्थ्य, गर्भवती जाँच, आइरन चक्की, पोषणयुक्त खाना र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले व्यवस्थापनसम्बन्धी शिक्षा दिदैं आएका छन्” – उहाँले भन्नुभयो । डिन राईले भन्नुभयो “विद्यार्थीले एकसय पूर्णाङ्कको सामुदायिक स्वास्थ्य शिक्षा कोर्स पूरा गर्नुपर्छ, त्यसका लागि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले पाँच, दोस्रो वर्षकाले चार र तेस्रो वर्षकाले दुई हप्ता यो अभ्यास गर्नुपर्ने हुन्छ ।” स्वास्थ्य चौकीसँग मिलेर त्यहाँ हुने स्वास्थ्यजन्य क्रियाकलापमा पनि यहाँका विद्यार्थी संलग्न हुँदै आएको छ, उहाँले भन्नुभयो –स्थानीयस्तरमा सामुदायिक स्वास्थ्य शिक्षा प्रभावकारी देखिएकाले आगामी दिनमा यसलाई सिंजा भेकमा रहेका ११ गाविसमा पनि विस्तार गर्ने योजना छ । महाविद्यालयमा नर्सिङ प्रथम वर्षमा ३०, दोस्रो वर्षमा ६० र तेस्रो वर्षमा २८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत सामुदायिक स्वास्थ्य सेवा र गर्भवती महिलाको स्वास्थ्य, नवजात शिशुमा देखिने खतराका लक्षण, त्यसबाट बचाउन अपनाइने उपाय र गर्न सकिने प्राथमिक उपचारका विषयमा महिलालाई जानकारी गराउँदै आएको नर्सिङ अधिकृत समीक्षा अर्यालले जानकारी दिनुभयो । ‘एउटा कक्षामा दुईवटा समूह विभाजन गरेका छौँ, जसमा विद्यार्थी स्वयम्ले स्वास्थ्य शिक्षाका बारेमा महिलालाई सिकाउँदै आफू पनि पढ्छन्, अधिकृत अर्यालले भन्नुभयो, सामुदायिक स्वास्थ्य शिक्षाअन्तर्गत परिवार नियोजनका बारेमा पनि जानकारी गराउँदै आएको छ ।’ नर्सिङ तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हरिमाया बुढाले अरुलाई सिकाउँदै पढ्दा आफूलाई बुझ्न सजिलो र निकै स्मरणीय हुने बताउनुभयो । यसरी पढ्दा बोल्ने बानीको विकास हुँदै गएको र व्यावहारिक रुपमा सिक्न सजिलो भएको उहाँको बुझाइ छ । गर्भवती हुँदा गह्रुङ्गो भारी बोक्ने र गोठमै सुत्केरी भएर बच्चा जन्माउँदै गरेका ग्रामीण महिलाले यसबाट बढी लभान्वित भएका छन् । कुडारी–४ का स्थानीय महिला हाँसु कामीले यो स्वास्थ्य शिक्षाले गर्भ रहँदा र सुत्केरी हुँदा अपनाउनुपर्ने सावधानीका उपाय तथा बच्चा जन्मिएपछि उनको स्याहारसुसार कसरी गर्ने भन्नेबारे ज्ञान प्राप्त भएको बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अपाङ्गता भएकालाई भत्ता दिँदै सामुदायिक वन कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरुलाई कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनले भत्ताको रकम उपलव्ध गराउने व्यवस्था गरेको छ । सामुदायिक वनले समूह बचत तथा राहत कोष स्थापना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रुपमा रु तीनसयका दरले भत्ता उपलव्ध गराउने व्यवस्था गरेको हो । “बौद्धिक, शारीरिक, मानसिक अपाङग र दृष्टीविहीन १४ जनालाई भत्ताको रकम चौमासिक रुपमा उपलब्ध गराउँदै आएका छौं” सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भन्नुभयो । सामुदायिक वनले कार्य क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी आर्थिकरुपमा विपन्न र अरूको सहारामा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी भत्ताको रकम उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । पूर्ण अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखी भत्ताको रकम उपलव्ध गराउने व्यवस्था पछि मात्रै आंशिक अपाङ्गता भएकालाई भत्ताको रकम दिइने गरिएको छ । भत्ताको रकम उपलब्ध गराउनका लागि सामुदायिक वनको काठ, दाउरा र घाँस बिक्रीबाट आएको आम्दानीको पाँच प्रतिशत रकम समूह बचत तथा राहत कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ । हाल कोषमा रु एक लाख २४ हजार रकम रहेको छ । सामुदायिक वनले आव ०७३/७४ देखि अपाङ्गता भएकाहरुलाई भत्ताको रकम दिने व्यवस्था गरेको हो । विसं २०५८ सालमा स्थापना भएको सामुदायिक वनमा ५४० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन २३० दशमलव ०१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला बनेपा, १० फागुन- काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला परेका छन् । महाभारत शृङ््खलाडाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडीबुटी फेला परेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो । खासगरी ओखर, लौठसल्ला, जटामसी, सतुवा, सतिसाललगायत जडीबुटी काभ्रेपलाञ्चोकका लागि लोपोन्मुख तथा सङ्कटापन्न अवस्था रहेको मानिएका छन् । “प्राकृतिक रुपमा भएको दोहन र वन डढेलोका कारण जडीबुटी सङ्कटापन्न अवस्थामा छन्” जिल्ला वन अधिकृत खनालले भन्नुभयो । उहाँले जडीबुटी संरक्षणका लागि सामुदायिक वनलाई निःशुल्क रुपमा जडीबुटी वितरण भएको र जडीबुटीसम्बन्धी उद्योगमा अधिकतम रु १० लाखसम्म अनुदान दिइने जानकारी दिनुभयो । जिल्लामा दुई सय प्रजातिका विभिन्न जडीबुटी छन् । तीमध्ये ८१ वटाको मात्र पहिचान भएको जिल्ला वन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । जडीबुटी मानव समुदायका लागि औषधिका रुपमा प्रयोग हँुदै आएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको अधिवेशन फागुन ७ गते पोखरामा पोखरा, १ फागुन- नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको प्रदेश नं. ४ को भेला तथा कास्की जिल्लाको दोस्रो अधिवेशन यहि फागुन ७ गते शनिबार पोखरामा हुने भएको छ । युनियनका केन्द्रिय उपाध्यक्ष, संगठन विभागप्रमुख तथा कास्की जिल्ला अध्यक्ष ताराप्रसाद पोखरेलको अध्यक्षतामा अमरसिंह उच्च माविमा बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले सो निर्णय गरेको हो । अधिवेशनलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नको लागि उपाध्यक्ष पुनम राणा बस्नेतको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा शिक्षकहरु देवराज शर्मा, विजय शर्मा, संजय सुवेदी, भोविन्द्र गिरी रहेका छन । त्यसै गरि युनियनका सचिव शंकर तिवारीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको छ । सो समितिमा सुरजमोहन पोखरेल, चेतनारायण सुवेदी, भेषराज पौडेल, माधव अधिकारी, तारानाथ आचार्य र सत्यराज कंडेल रहेका छन । समितिले कालिप्रसाद भुर्तेलको संयोजकत्वमा मञ्च तथा खाजा व्यवस्थापन उपसमिति, ताराप्रसाद पोखरेलको संयोजकत्वमा अतिथि सत्कार र स्टेरिङ्ग उपसमिति, विजय शर्माको संयोजकत्वमा सदस्यता नविकरण तथा विस्तार उपसमिति, भेषराज पौडेलको संयोजकत्वमा प्रचारप्रसाद उपसमिति गठन गरिएको युनियन कास्कीका सचिव शंकर तिवारीले बताउनुभएको छ । सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापनरत साविक उच्च माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकहरु आवद्ध रहेको युनियनको केन्द्रिय अधिवेशन गत कात्तिक ४ र ५ मा काठमान्डौमा सम्पन्न भएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कञ्चन सामुदायिक क्याम्पसमा अज्ञात समूहद्धारा आगजनी, महत्वपूर्ण कागजात जलेर नष्ट भीमदत्तनगर, २७ माघ- कञ्चनपुरको भीमदत्तनगरमा रहेको कञ्चन सामुदायिक क्याम्पसमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् । क्याम्पसको प्रशासन र लेखाकक्षमा गरिएको आगजनीका कारण क्याम्पसका सबै कागजात जलेर पूर्णरुपमा नष्ट भएका छन् । मध्यरातमा गरिएको आगजनीबारे क्याम्पसमा रहेका चौकीदारले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरीले दमकलको सहारामा आगो नियन्त्रणमा लिएको थियो । आगजनी कसले र किन ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । क्याम्पस प्रमुख डा राजकुमार साउँदले आगजनी गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको छ । आगजनीका कारण आज बिहान क्याम्पसको अध्ययनसमेत प्रभावित भएको छ । विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस परिसरमै प्रदर्शन समेत गरेका छन । केही साताअघि मात्रै क्याम्पसबाट अज्ञात समूहले नै एक थान ल्यापटप र रु दुई लाख चोरी भएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
महोत्तरी जिल्लाको सामुदायिक वनमा काठ तस्करी बृद्धि गौशाला, २५ माघ- महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा बृद्धि भएको छ । समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निक्कै बढेको पाइएको छ । वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयाँैं क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेका छन् । तस्करीका लागि राखिएका त्यस्ता बरामद गरिएका काठ जिल्लाको लक्ष्मिनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसरमा अहिले भरिएका छन् । वन गस्तीले खयरमारा– ५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ । काठ व्यवसायीकाअनुसार बरामद काठको बजार मूल्य करिब रु तीन लाख अनुमान गरिएको छ । बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद गरिएका थिए । जिल्लामा यो समेत तीन साझेदारी र सात भन्दा बढी सामुदायिक वन छन् । वन पदाधिकारीकाअनुसार काठ चोरी तस्करी नियन्त्रण हुननसक्दा सबै वनको अवस्था एकै जस्तो छ । सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको जनाइएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
हलोजुवा र ढिकीजाँतो संरक्षणमा सामुदायिक वन म्याग्दी, २३ माघ- म्याग्दीको एक सामुदायिक वन उपभोक्ता समूहले वन पैदावरको प्रयोग गरी स्वावलम्बी हुने उद्देश्यले हलोजुवा र ढिकीजाँतो संरक्षण अभियान सुरु गरेको छ । जिल्लाको बेनी नगरपालिका–१० तोरीपानीमा अवस्थित घोर्लास सामुदायिक वन उपभोक्ता समूहले वनमा खेरजाने काठको उपयोग गरी हलोजुवा र ढिकीजाँतो बनाई बिक्री गर्नुका साथै हलोजुवा र ढिकीजाँतो बनाउनेलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ । एक सय ५८ घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनमा ६ जनाको संलग्नता रहने गरी विभिन्न २५ वटा समूह गठन गरी टिमुरखेती गरिएको घोर्लास सामुदायिक वनका सचिव इब गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार तीन हेक्टर क्षेत्रफलमा टिमुरको बगँैचा स्थापना गरिएको छ भने उत्पादित बिरुवा जिल्लाका विभिन्न गाउँका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत, स्याङ्जा र कास्की जिल्लामा समेत निर्यात गर्दै आएका छन् । प्रतिविरुवा रु २० मा बिक्री हुँदै आएको छ । त्यसैगरी सोही वन समूहले हलोजुवा उद्योग पनि सञ्चालन गरेका छन् । सो उद्योगमा हलो, जुवा, मोही र अनौ निर्माण गरी बिक्री–वितरण गर्दै आएको सचिव गिरीले बताउनुभयो । एउटा हलोको रु ६ सय र सेटको (हलो, जुवा, मोही र अनौ)को रु एक हजार मूल्य निर्धारण गरिएको छ । त्यस्तै लोप हुन लागेका ढिकीजाँतोको संरक्षण गर्ने उद्देश्यले वन समूहले गाउँमा स्थानीयवासीले प्रयोग गर्नका लागि ढिकीजाँतो पनि स्थापना गरिदिएको छ । अहिले स्थानीयवासीले प्रयोग गर्नका लागि मात्र बनाइएको र बिस्तारै व्यावसायिक रुपमा नै ढिकीजाँतो उद्योग सञ्चालन गर्ने तयारी रहेको सचिव गिरीले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अब गाउँका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन पर्वत, २० माघ- बसाईसराईका कारण सुनसान बन्दै गएको पर्वतको आर्थरडाँडाखर्क गाउँ बिकास समितिमा रहेका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाउने तयारी भएको छ । बसाईसराई रोक्न र गाउँमै शहरबजारको जस्तो शिक्षा दिने अभियान अन्तर्गत गाबिसमा रहेका रहेको पञ्चकोशी उच्च मावि तथा एक आधारभूत तथा ७ वटा प्राथमिक बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन शुरु हुन लागेको हो । पञ्चकोशी माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा आर्थिक संकलन गरेर नर्सरी र कक्षा २ सम्म आगामी शैक्षिकसत्र देखि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिने उद्देश्य राखिएको छ । सबै बिद्यालयले यस शैक्षिकसत्रमा २ कक्षा सम्म र त्यसपछि क्रमश कक्षा बढाउँदै लैजाने योजना बनाएका हुन् । अहिले बिद्यालयहरुमा अंग���रेजी तथा मन्टेश्वरी माध्यमबाट शिक्षा दिनका लागि शिक्षकलाई तालिम दिने काम भैरहेको छ । भूपु बिद्यार्थी मञ्चको आयोजनामा सोमबार देखि १५ दिने मन्टेश्वरी तालिम शुरु भएको छ । तालिममा बिद्यालयहरुमा बालबिकास केन्द्र तथा प्राथमिक तहमा अध्ययन गराउने दुई दर्जन शिक्षकहरु सहभागी छन् । पोखराको प्राइम मन्टेश्वरी टिचर टे«निङ्ग इन्सिच्युटको प्राबिधिक सहयोगमा सञ्चालित तालिमपछि सबै बालबिकास केन्द्र र कक्षा दुई सम्म मन्टेश्वरी बिधीबाट अंग्रेजी माध्यममा पठनपाठन गर्न जनशक्रि तयार हुने भएकाले आगामी शैक्षिकसत्र देखि नै यो अभियान शुरु हुने मञ्चका सल्लाहकार मनोज गुरुङ्गले जानकारी दिए । गाउँबाट शिक्षाको खोजीमा बिद्यार्थी र अभिभावक शहर झरेपछि गाउँ सुनसान बन्दै गएको छ । त्यसलाई रोक्दै सामुदायिक बिद्यालयहरुले पनि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिन सक्छन भन्ने सबैका सामु उदाहरण पेश गर्न पनि अभियान शुरु भएको उनको भनाई छ । आर्थर डाडाँखर्क गाबिसबाट मात्रै बिगत डेढ दशकको अवधिमा ४ सय भन्दा बढी परिवार बसाईसराई गरेका छन् । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको संख्या बर्षेनी सय भन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने बिश्वास लिइएको गुरुङ्ग बताउँछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘सामुदायिक विपद व्यवस्थापन समिति गठन’ चितवन, १९ माघ- विपद जोखिम व्यवस्थापन गर्ने उद्देश्ले चितवनको लोथर गाविसमा सामुदायिक विपद व्यवस्थापन समिति गठन गरिएको छ । आरआरएन जल उत्पन्न प्रकोप नियन्त्रण परियोजनाको सक्रियतामा गाविसका १, २, ३, ४ र ९ नम्बर वडामा सो समिति गठन गरिएको हो । विपदको जोखिम न्यूनीकरणका लागि जोखिम क्षेत्र पहिचान गरेर यो समिति बनाइएको हो । स्थानीय विपद तथा जलवायुजन्य जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०७३ अनुसार सो गाविसको बढी जोखिममा रहेका पाँच वडामा समिति गठन गरिएको परियोजनाका फिल्ड संयोजक सरिता पौडेलले जानकारी दिनुभयो । लोथरको उक्त क्षेत्र पहिरोबाट उच्च जोखिममा छ । जसअन्तर्गत वडा नम्बर १ मा कल्पना लामा मोक्तान, २ मा राजेन्द्र प्रजा, ३ मा चन्द्रबहादुर तामाङ, ४ मा गङ्गाराम प्रजा, ९ मा सन्तुमाया चेपाङको संयोजकत्वमा समिति बनाइएको हो । हरेक समितिमा ११ देखि १३ जना सदस्य छन् । आरआरएनले यस वर्ष पहिरोको जोखिममा रहेका वडा नम्बर ३ को गणेश निमावि यौरालीटार र ९ को कान्देश्वरी प्राविमा सुरक्षात्मक पर्खाल बनाउने परियोजनाका जिल्ला संयोजक रवीन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत चितवनको लोथरमा पहिरो व्यवस्थापन र माडीको बाँदरमुढे खोलामा बाढी व्यवस्थापनमा काम गरिने संयोजक ठकुरीले बताउनुभयो । भूकम्पका कारण चितवनको पहाडी क्षेत्र पहिरोका उच्च जोखिममा छ ।
0 notes