Tumgik
#सङकटपनन
nepal123 · 7 years
Photo
Tumblr media
सङ्कटापन्न सालक शुक्लाफाँटामा छाडियो कञ्चनपुर, ७ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिकाको पचगडीमा फेला परेको दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको वयस्क पोथी इन्डियन सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । सालकलाई इलाका वन कार्यालय पचगडियाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सेक्टरका कर्मचारीलाई बुझाएका थिए । मङ्गलबार साँझ सालकलाई निकुञ्जको टोलीले उपयुक्त बासस्थान रुचाउने ठाउँमा छाडेका हुन् । पोथी वयस्क सालकको लम्बाइ एकसय ५० सेन्टिमिटर र जिब्रोको लम्बाइ ४० सेन्टिमिटर रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । रातिका बेला सक्रिय हुने सालकले आहाराका रुपमा धमिरा र कमिलालाई खाने गर्दछ । तराईको घना बनको राटो माटो भएको क्षेत्रमा सालक पाइने गर्छ, अधिकृत चौधरीले भन्नु भयो, “सालकको कत्ला र छालाका लागि यसको तस्करी बढ्दोरुपमा रहेकाले यसको संरक्षण गरिनु जरुरी छ ।” सालकबारे छुट्टै अनुसन्धान र सर्भेक्षणको कार्य नगरिए पनि निकुञ्जभित्र र आसपासका क्षेत्रमा यसको सङ्ख्या निकै थोरै मात्रामा रहेको निकुञ्जका रेन्जर यमबहादुर रावतले बताउनुभयो । उहाँका अनुसार सालक १५ देखि २० वर्षसम्म बाँच्ने गर्दछ । सालक यहाँ पाँच वर्षपछि पहिलो पटक देखापरेको हो । The post सङ्कटापन्न सालक शुक्लाफाँटामा छाडियो appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
दुर्लभ सङ्कटापन्न सालक शुक्लाफाँटामा कञ्चनपुर, ६ वैशाख । पुनर्वास नगरपालिकाको पचगडीमा फेला परेको दुर्लभ सङ्कटापन्न वयस्क पोथी इन्डियन सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबार छाडिएको छ । सालकलाई इलाका वन कार्यालय पचगडीयाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सेक्टरका कर्मचारीलाई बुझाएको थियो । पोथी वयस्क सालकको लम्बाइ १५० सेमी र जिब्रोको लम्बाइ ४० सेमी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । राति सक्रिय हुने सालकले आहाराका रुपमा धमिरा र कमिला खाने गर्छ । तराईको घना वनको रातोमाटो भएका क्षेत्रमा सालक पाइने गरिन्छ । अधिकृत चौधरीले भन्नुभयो, “सालकको कत्ला र छालाका लागि यसको तस्करी बढ्दो रुपमा रहेकाले यसको संरक्षण गरिनु जरुरी छ ।” सालकबारे छुट्टै अनुसन्धान र सर्वेक्षण नगरिए पनि निकुञ्जभित्र र आसपासका क्षेत्रमा यसको सङ्ख्या निकै थोरै मात्रामा रहेको निकुञ्जका रेन्जर यमबहादुर रावतले बताउनुभयो । उहाँका अनुसार सालक १५ देखि २० वर्षसम्म बाँच्ने गर्छ । सालक यहाँ पाँच वर्षपछि पहिलो पटक देखा परेको हो । The post दुर्लभ सङ्कटापन्न सालक शुक्लाफाँटामा appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला बनेपा, १० फागुन- काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला परेका छन् । महाभारत शृङ््खलाडाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडीबुटी फेला परेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो । खासगरी ओखर, लौठसल्ला, जटामसी, सतुवा, सतिसाललगायत जडीबुटी काभ्रेपलाञ्चोकका लागि लोपोन्मुख तथा सङ्कटापन्न अवस्था रहेको मानिएका छन् । “प्राकृतिक रुपमा भएको दोहन र वन डढेलोका कारण जडीबुटी सङ्कटापन्न अवस्थामा छन्” जिल्ला वन अधिकृत खनालले भन्नुभयो । उहाँले जडीबुटी संरक्षणका लागि सामुदायिक वनलाई निःशुल्क रुपमा जडीबुटी वितरण भएको र जडीबुटीसम्बन्धी उद्योगमा अधिकतम रु १० लाखसम्म अनुदान दिइने जानकारी दिनुभयो । जिल्लामा दुई सय प्रजातिका विभिन्न जडीबुटी छन् । तीमध्ये ८१ वटाको मात्र पहिचान भएको जिल्ला वन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । जडीबुटी मानव समुदायका लागि औषधिका रुपमा प्रयोग हँुदै आएको छ ।
0 notes