Tumgik
#एउट
nepal123 · 7 years
Text
‘बाहुबली–२’ले तोड्न नसकेको एउटा रेकर्डमा अझै पनि शाहरुख खान अगाडी छन्, थाहा पाउनुहोस् रहस्य
‘बाहुबली–२’ले तोड्न नसकेको एउटा रेकर्डमा अझै पनि शाहरुख खान अगाडी छन्, थाहा पाउनुहोस् रहस्य
एजेन्सी । सुप्रसिद्ध चलचित्र ‘बाहुबली–२’ ले बलिउडका अहिलेसम्मका अधिकांश रेर्कड तोड्न सफल भए पनि शाहरुख खानको एउटा रेकर्ड भने तोड्न असफल भएको छ । शाहरुख खानको ३ वर्षअघि अर्थात सन् २०१४ को २४ अक्टोबरमा रिलिज भएको फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाईको रेकर्ड ‘बाहुबली–२’ले तोड्न नसकेको भारतयि मिडियाले उल्लेख गरेको छ । भारतीय मिडियाका अनुसार शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्मले पहिलो…
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
शैलेश थापाको सेक्रेट : बाबु डीआईजी, छोरो आईजीपी
२३ असार, काठमाडौं । नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो ।
यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।
थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरेका छन् । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
पूर्वडीआईजीका छोरा
आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशका दाजु कर्मचारी सञ्जय कोषमा कार्यरत छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेका हुन् ।
प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।
तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन् ।
राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् ।
सरकारले ६ कात्तिक २०७५ मा थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पियो । जहाँ उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सत्तारुढ दलका अन्य नेतासँग सुमधुर सम्बन्ध बनाउने अवसर थियो । तर, थापाले त्यतातिर ध्यान दिएनन् ।
गृह मन्त्रालयका अधिकारीहरु त्यसवेला थापाले राम्रो अवसर गुमाएको बताउँछन् । तर, राजनीतिक दलका नेतासँगै खासै अनौपचारिक सम्बन्ध नराख्ने थापाको यही स्वाभावलाई मन पराउने पनि थुप्रै छन् ।
उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।
इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् ।
प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि उनी बोस्निया, इस्ट टिमोर र डार्फर (सुडान) गएका छन् ।
निवर्तमान आईजीपी ज्ञवालीजस्तै थापा पनि संगठनमा रहँदा त्यति धेरै चर्चामा आएका अधिकृत होइनन् । थापाको नेतृत्व अहिलेसम्म विवादमा पनि परेको छैन ।
झापामा रहँदा थापाले १५ करोड रुपैयाँ पर्ने जग्गा हडप्न भएको अपहरणमा संलग्न एउट हाई–प्रोफाइल गिरोहको पटाक्षेप गरेका थिए । जसमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की राम कार्की) का स्वकीय सचिव राजु आचार्य (अग्नि) समेत संलग्न थिए ।
झापामा प्रहरी प्रमुख हुँदा थापा ।
चुनौतिका चाङ
नवनियुक्त आईजीपी थापासामु चुनौतिका चाङ छन् ।
विगतमा एकजना महानिरीक्षकमा नियुक्त भएलगत्तै प्रतिष्पर्धीसँग पानी बाराबारको स्थिति हुने गरेको थियो । तर, यसपालि थापा र प्रतिस्पर्धी हरिबहादुर पालले दुवैजना एकअर्कामा आरोप प्रत्यारोप नगरी अघि बढ्ने पूर्वघोषणा गरेका छन् ।
सरकारले दुईमध्ये जसलाई आईजीपी बनाए पनि स्वीकार गर्ने दुवैले बताएकाले विगतमा जस्तो दुई ब्याचीबीच तिक्ततापूर्ण सम्बन्ध नहुने अपेक्षा गरिएको छ । कार्यकालभरि यो सम्बन्धलाई कायमै राख्न सके थापाको नेतृत्व उदाहरणीय बन्ने छ ।
अहिले प्रहरी कर्मचारीमा संगठनप्रति विश्वास देखिँदैन । प्रहरी निरीक्षकभन्दा तल्लो तहका अधिकृत पनि सरुवा, बढुवाका शक्ति केन्द्र धाउने गरेका छन् ।
प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यस्तो परिस्थितिमा थापाले कसरी संगठन हाक्लान् भन्ने निकट भविष्यले बताउनेछ
हालका आईजीपी ठाकुर ज्ञवालीकै अनुभव हेर्ने हो भने उनलाई एक तालिम केन्द्रमा सरुवा हुन शक्ति केन्द्रका ५ जना व्यक्तिबाट सिफारिस आए । तर, ज्ञवालीलाई नै भेटेर कसैले पनि त्यहाँ जाने इच्छा व्यक्त गरेनन् ।
यो ज्ञवालीले संगठनको आन्तरिक सम्बोधनमा उल्लेख गरेको उदाहरण हो । त्यसैले नवनियुक्त महानिरीक्षक थापाको सबैभन्दा ठूलो चुनौति संगठनप्रति गुमेको कर्मचारीको विश्वासलाई फर्काउनु हुनेछ ।
सरुवा–बढुवामा अहिले राजनीतिक दलका नेताको तीब्र हस्तक्षेप देखिन्छ । यसलाई मुक्त गर्न थापाले सक्लान् कि नसक्लान् भन्ने पनि चासोको विषय हुनेछ । र, यसको सुरुवात केही समयमै हुने एआईजी बढुवाबाट हुनेछ ।
रिक्त रहेको एआईजीको दुई पदका लागि थापाकै ब्याची प्रद्युम्न कार्की, निरज शाहीलगायत प्रतिस्पर्धामा छन् । वैकल्पिक टोलीका विश्वराज पोखरेल, सहकुल थापाहरु पनि अहिल्यै एआईजीमा बढुवा भएर २९ औं महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् ।
महामारीका बीचमा नेतृत्व सम्हालेका थापालाई फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति पनि छ । कोरोना (कोभिड–१९) का बीच लकडाउन खुकुलो भएसँगै अपराधको स्वरुप र विम्व परिवर्तन हुने थापाकै ब्याजी एआईजी हरिबहादुर पाल नेतृत्वको अपराध अनुसन्धान विभागको निष्कर्ष छ ।
यो अवधिमा चोरी, डकैती, हत्या, घरेलु तथा महिला तथा बालबालिकासम्बन्धी हिंसा, आर्थिक अपराध लगायत हुनसक्ने विभागको रिपोर्ट छ । तीसँगै अहिले प्रविधि जोडिएका अपराध पनि बढी रहेको अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।
प्रहरीमा नेतृत्व परिवर्तन हुँदै पिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने चलन छ । गृहमन्त्री फेरिँदैपिच्छे पनि नयाँ कार्ययोजना आउने गरेका छन् । त्यसैले थापाले कस्तो रणनीति, प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने पनि महत्वपूर्ण हुने ठकुरी बताउँछन् ।
अहिले नेपाली प्रहरीलाई संघीय संरचनामा लैजाने प्रक्रिया सुरु भएको छ । यो अवस्थामा थापासामू समायोजन प्रक्रियालाई अघि बढाउने चुनौति पनि छ । ‘संगठन संक्रमणकालीन अवस्थामा रहेका वेला संघीय संरचनामा सही ढंगले लैजानु पर्ने उहाँको चनौति हो’, अवकाश प्राप्त डीआईजी पिताम्बर अधिकारी भन्छन् ।
Tumblr media
यो पनि पढ्नुहोस आईजीपीका दुई दाबेदार : हिलो छ्यापाछ्याप होइन, कानेखुसी
अहिले अपराध अनुसन्धानमा संलग्न अधिकृतहरु संगठनकै एम्बुसमा पर्ने गरेका छन् । साढे ३३ किलो सुनकाण्डदेखि निर्मला हत्या प्रकरणसम्ममा अनुसन्धान अधिकृत नै आरोपित बनाइएका छन् । यो स्थितिमा प्रहरीको गिरेको मनोबल उकास्नुपर्ने चुनौति पनि थापासामू छ ।
विगतमा आरोपित बनेका केही अधिकृतलाई अदालतले ‘क्लीन चिट’ दिइसकेको छ भने कतिपयमाथिको आरोप तथ्यहिन साबित भइसकेको छ । त्यसैले निलम्बन र कारबाही फुकुवाको थप प्रक्रिया कसरी अघि बढ्छ भन्ने पनि चासोका साथ हेरिनेछ ।
प्रहरीले गर्नुपर्ने अपराध अनुसन्धानका जिम्मेवारी सरकारले निजामती सेवाका व्यक्तिलाई नेतृत्व दिएर छानविन समिति बनाउने प्रवृत्ति देखिएका छन् । जसले अनुसन्धान थप गिजोलिएका उदाहरणहरु छन् । थापाले यो अवस्थाबाट संगठनलाई कसरी टाढा राख्न सक्लान् भन्ने पनि हेर्न लायक हुनेछ ।
प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यसका लागि सरकारले प्रहरी अधिकृतहरुसँग छलफल र परामर्श पनि गर्ने गरेको छैन ।
ज्ञवालीका पालामा डीआईजीको दरबन्दी कटौति गर्न खोज्दा गृह सचिव महेश्वर न्यौपानेसँग भनाभन नै पर्‍यो । थापाले अब संगठन कसरी हाक्लान् भन्ने चाहिँ भविश्यले नै बताउला ।
0 notes
kamalsanjyal · 4 years
Photo
Tumblr media
छाेरीकाे खुट्टामा गहिराे चाेट लाग्याे, पैसाकाे अभाबमा उपचार गर्न नसकेपछि आमा भारत हुदै दुबई गईन् । दुबई पुगेपछि मात्र एक पटक घरमा फाेन गरिन् , दुबईमा आफु असुरक्षित भएकाे र छिटाे मलाई बचाउनुस् भन्दै रूदै फाेन गरिन् त्याे नै श्रीमती सगँकाे अन्तिम कुरा थियाे । अहिले जेठि छाेरीकाे अबस्था छन् अम्भिर भएकाे छ । खुट्टाबाट हड्डि पनि खसेकाे छ । छिट्टै उपचार हुन सकेन भने खुट्टा नै काट्नु पर्नेछ ।सम्पति भनेकाे श्रिप त्यहि एउट घर रहेछ । मादल बनाएपछि केहि आम्दानी हुने रहेछ तर अहिले देश नै लकडाउनमा छ । मेरा भगवनरूपि दर्शकहरू माझ आज यहि दुखद् भिडियाे सार्बजनिक गर्दैछु । र पहिलाे पटक मलाई हुर्काउने मेरी दिदिलाई पनि हजुर माझ देखाउदै छु दिदिले पनि केहि सहयाेग गर्नु भएकाे छ । मेराे सम्पर्क नम्बर : ९८४७८७९७७३ https://www.instagram.com/p/CASbIQ8B9VG/?igshid=6vyt2hthi6jo
0 notes
duisabda · 5 years
Text
व्यापार युद्धको चेपुवामा गुगल र ह्वावे
गुगलले ह्वावेलाई ९० दिनको समय दिएर अमेरिकी सरकारको निर्देशनमा आएको उसको कदम ‘एन्टि ह्वावे कदम’ आफैमा व्यापार युद्ध र ह्वावे–एन्ड्रोइड द्वन्द्वको ‘अग्नी परिक्षा’ को सुरुवातको रुपमा लिन सकिन्छ । पछिल्ला विकसित प्रसंग आफैमा प्राविधिक भन्दा पनि दुई देशका व्यापार युद्धको उपज हो । यस हिसाबले अबक दिनमा चीन र अमेरिकी सरकारका कदमल यी र यस्ता विषयलाई टुंगो लगाउनेछन् । 
Tumblr media
काठमाडौं, १० जेठ ।
अमेरिकी सरकारले सुरक्षाको कारण देखाउदै ह्वावेका मोबाइट सेटहरूको विक्रीमा त यसअघि नै प्रतिबन्ध लगाइ नै सकेको छ । सिंगो अमेरिकामा विक्री गर्न नपाउदा पनि गत वर्षको तेस्रो चौमासमा अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै सामसुङपछि विश्वकै दोस्रो स्मार्र्टफोन निर्माता कम्पनी बनेको थियो ह्वावे । यो तथ्यांकसँगै हौसिएको ह्वावे गत वर्ष भरको विक्रीमा तेस्रो स्थानमा झरे पनि सन् २०१९ को सुरुको चौमास भने पुनः दोस्रो ठूलो स्मार्टफोन कम्पनी बन्यो । विश्वभरका प्रविधि साइटहरू, ब्लगरहरूले हुवावेलाई अबको स्मार्टफोनको लिडरको रुपमा व्याख्या गर्न थाले । ह्वावेलाई यो खुशी विश्वभर बाँडिरहेकै बेला एन्ड्रोइडले ९० दिनपछि ह्वावेसँगको सम्बन्धमा पूर्ण विराम लगाउने आशय ब्यक्त गरेपछि विश्वको बहस ह्वावेको भविष्यमाथि केन्द्रीत छ । 
अमेरिकी सरकारको प्रत्यक्ष अप्रत्यक्ष निगरानी र प्रतिबन्धकाबीच नरोकिएको ह्वावेको विकासको गतिले केही समय विश्राम लिने देखिएको छ । यद्यपी देखिएको गुगल, अमेरिका भर्सेस हुवावे, चीनको असमmदारी सन् २०१९ को दोस्रो चौमासमै वार–पार हुने संकेतका रुपमा पनि हेर्न सकिन्छ । 
Tumblr media
गुगलले ह्वावेलाई ९० दिनको समय दिएर अमेरिकी सरकारको निर्देशनमा आएको उसको कदम ‘एन्टि ह्वावे कदम’ आफैमा व्यापार युद्ध र ह्वावे–एन्ड्रोइड द्वन्द्वको ‘अग्नी परिक्षा’ को सुरुवातको रुपमा लिन सकिन्छ । जहाँसम्म नेपाल लगाएत विश्वभरका ह्वावेका प्रयोगकर्ताको अन्यौलताको प्रश्न छ, अहिलेकै अवस्थामा ह्वावेका सेटमा एन्ड्रोइड ९.० र यसका अपडेटहरू निरन्तर आउने नै छन् । नयाँ आउने सेटहरूमा एन्ड्रोइड १० राख्ने वा नराख्ने विषयलाई ९० दिनभित्र ह्वावे र एन्ड्रोइडले निर्धारण गरेपछि मात्र यसै भन्न सकिने विषय हो ।
अमेरिकी प्रशासनले ह्वावे लगाएतका आफूलाई संकास्पद लागेका कम्पनीलाई कालोसूचीमा राख्दै गरेको छ । खासगरी ह्वावेको फाइभजीलाई अमेरिका मात्र हैन युरोपमा पनि प्रवेश गर्न नदिने मनसायको अमेरिकी सरकारको कदम यही निर्णयलाई पालना गर्दै गुगलले एन्ड्रोइडको अबको अपडेट ह्वावेका स्मार्टफोनमा नदिन सक्ने अवस्था आएको छ । विश्वभर विक्री भइसकेका स्मार्टफोनले एन्ड्रोइडको अपडेट पाउने घोषणा गुगलले गरिसकेको छ । तर, विश्व स्मार्टफोन बजारलाई लिड गर्ने ह्वावेको योजनामा भने पुर्नविचार गर्न�� समय आएको छ । 
Tumblr media
ह्वावेले गुगलसँग निरन्तरता दिंदा वा नदिंदा पनि आफ्नो ग्राहकलाई असर नपर्ने र भविष्यको व्यापारमा पनि फरक नपर्ने खालको सन्देश दिइरहेको छ । यसबीच चीन सरकारले एप्पललाई रोक लगायो भने एप्पललाई हुने घाटाको खबर पनि प्रविधि साइटमा आइरहेका छन् । यदी यसो भयो भने पनि ह्वावेको स्थान नघट्ने अवस्था पनि आउन सक्छ । किनकी एप्पल बजार पनि घट्न सक्छ । यो सब व्यापारिक र प्राविधिक विषय हुन् । तर, ह्वावे र एप्पल जस्ता विश्वकै उत्कृष्ट कम्पनीहरू चीन अमेरिकाबीचको व्यापार युद्धमा पिसिन सक्ने (शक्तिसाली) घुन बन्ने संकेत घटनाक्रमले दिएका छन् ।
ह्वावेसँगको सम्झौता रद्द गर्दा गुगललाई पनि प्रत्यक्ष अप्रत्यक्ष घाटाको सामना गर्नु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न । ह्वावेसँगको ब्यापारबाट हुन सक्ने अर्वौं डलरको घाटा अमेरिकी प्रशासनले गुगललाई क्षतिपूर्ति स्वरुप दिने वाला त छैन नै । प्रत्यक्ष सम्झौताबाट ह्वावेबाट लिने रकम भन्दा पनि गुगलका एप्लिकेसनहरू मार्फत् गुगलले विश्वभरबाट ह्वावेका सेटबाट कमाउने विज्ञापन वापतको कमाइ पनि रोकिनेछ ।
Tumblr media
यसअघि हार्डवेयरमा मात्र प्रतिबन्ध लगाउदा ह्वावे वा चीन र अमेरिकासँग मात्र सरोकार राखे जस्तो लाग्ने विषय थियो भने विश्वका उपभोक्तासँग जोडिएको विषय भएकाले अबको कदम चाल्नु दुबै देशका लागि चुनौतिपूर्ण छ । यसअघि पनि ह्वावे अमेरिका चीन ब्यापार युद्धको मियोको रुपमा थियो भने अब दुबै देशको व्यापार युद्धलाई विराम लगाउने विषयमा पनि ह्वावे विरुद्धको कदमपछि निर्णय हुने अनुमान लगाउन सकिन्छ । 
प्रतिबन्धको संकेतले ह्वावेको प्रतिक्रियालाई विश्वभरका संचारमाध्यमले प्राथमिकताकासाथ हेरेका छन् । अब ह्वावेले के गर्छ? सबैको प्रश्न हो । ह्वावेको एउट मूल सन्देश छ, आवश्यक परेको खण्डमा अपरेटिङ सिस्टम बनाएर उपभोक्ताको चित्त बुझाउछौं । बिहीबार नै ह्वावेका उपभोक्ता विभाग प्रमुखले ह्वावेले यसै वर्ष स्मार्टफोन र ल्यापटपको आफ्नै अपरेटिङ सिस्टमा तयार हुने बताएका छन् ।
“हामी अभैm पनि माइक्रोसफ्ट विन्डोज र गुगल एन्ड्रोइडप्रति प्रतिबद्ध छौं, यदि हामीले प्रयोग गर्न पाएनौं भने हुवावेले आफ्नै ओएसको प्रयोगका लागि प्लान बी तयारी गर्नेछ,” हुवावेका उपभोक्ता व्यवसायका सीईओ रिचार्ड यूले बताएका छन् । यद्यपी गुगल र माइक्रोसफ्टको सफ्टवेयर प्रयोग गर्नबाट पूर्ण प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयका आधारमा आफ्नो अपरेटिङ सिस्टमको विकासलाई गति दिने संकते ह्वावेको छ । वासिङटनले हुवावेलाई ९० दिनको छुट दिएको आधारमा ह्वावेले अझै निर्णय गर्न सोच्नुपर्ने बताएको हो ।
Tumblr media
ह्वावेलाई गुगल तथा माइक्रोसफ्टको उत्पादन प्रयोग गर्नबाट स्थायी रूपमा प्रतिबन्ध लगाइएको अवस्थमामा मात्रै हुवावेको आफ्नै अपरेटिङ सिस्टम ल्याउने विषयमा जोड दिइने हुवावेका कार्यकारीले बताए । “हामी यसो गर्न चाहँदैनांै । तर, अमेरिकी सरकारका कारण हामी बाध्य हुन सक्छौं । यदि अमेरिकी सरकारले सोही बमोजिम गरेपनि यो हाम्रा लागि खराब हुनेछैन,” उनले भनेका छन्, “तर यो अमेरकी कम्पनीहरूका लागि खराब समाचार हुन सक्नेछ, किनकि हामीले अमेरिकी व्यवसायलाई सहयोग गरिरहेका छांै । आफूहरूसँग अरु विकल्प नरहेकाले एन्ड्रोइड र माइक्रोसफ्टसँग सहकार्य नभएमा आफ्नो ओएस बनाउने निर्णयमा पुग्ने देखिएको हो ।
एन्ड्रोइडसँगको सम्बन्ध तोडेर ह्वावेले माइक्रोसफ्टसँग साइनो गाँस्न सक्ने अवस्था आउन पनि सक्छ । चीनको थिंक ट्यांकमा सदस्य समेत रहेका माइक्रोसफ्टका संस्थापक विल गेट्स र कम्पनीका लागि आफ्नो ओएसको प्रवद्र्धनको राम्रो अवसर पनि बन्न सक्छ । तर, यो आफैमा जोखिमपूर्ण भने छ । एकातिर ब्ल्याकवेरी, नोकिया र माइक्रोसफ्टको ओएस मोबाइलमा प्रयोग गर्दा सफल देखिएका छैनन् भने एन्ड्रोइडलाई जस्तै अमेरिकन सरकारले माइक्रोसफ्टलाई पनि निर्देशन दिन सक्छ र कुनै पनि समय एन्ड्रोइड जस्तै कदम माइक्रोसफ्ट पनि चाल्न बाध्य हुन सक्ने सम्भावना पनि रहन्छ । 
Tumblr media
ह्वावे र चीनको एप्पलसँगको प्रतिस्पर्धा र सम्बन्धलाई पनि पछिल्लो घटनाक्रमको एउटा कारकका रुपमा लिन सकिन्छ । त्यसले एक खाले संचारमाध्यमहरू यस विषयमा केन्द्रीत सामग्रीमा जोड दिएका छन् । ६ महिनाअघि अमेरिकन अनुरोधमा ह्वावेकी संस्थापककी छोरी तथा फाइनान्स प्रमुखलाई क्यानडामा पक्राउ गर्दा चीनमा पनि केही अमेरिकी अधिकारीहरूमाथि चीनिया सरकारले निगरानी बढाएको थियो । यसै घटनासँग जोडेर यदी अमेरिकी कम्पनी एप्पलमाथि चीनले प्रतिबन्ध लगाए के हुन्छ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
चीनले प्रतिबन्ध लगाएमा एप्पलको नाफा ३० प्रतिशत घट्ने हिसाब समेतका समाचार अन्तराष्ट्रिय संचारमाध्यममा आएका छन् । चीनले कम्पनीको उत्पादनमा पूरै प्रतिबन्�� लगाएमा एप्पलको नाफामा झन्डै ३० प्रतिशतले गिरावट आउने गोल्डम्यान सक्सले जनाएको छ । एप्पल फोनहरू भारी मात्रमा चीनमा उत्पादन हुन्छन् । र चीनले यस्तो कदम चालेमा डलरमा गणना गर्दा वार्षिक १५ अर्ब डलरको नोक्सानी हुनेछ ।
Tumblr media
गोल्डम्यान सक्सका विश्लेषक रड हलका अनुसार एप्पलको आम्दानीमा चीनको हिस्सा १७ प्रतिशत रहेको छ । कम्पनीको नाफाको २९ प्रतिशत चीनमा बिक्री हुने उच्च नफा हरदै आएको छ भने उत्पादनका आधारमा एप्पलले ४५ प्रतिशतको नाफा कमाउँदै आएको अनुमान गोल्डम्यान सक्सको रहेको छ ।
व्यापारयुद्धकै क्रममामहिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार शुल्क बढाएका थिए । ट्रम्पले थप ३ सय २५ अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाउने बताएका छन् । र यसबीच ट्रम्पले गुगल र क्वालकमजस्ता अमेरिकी फर्मलाई चिनियाँ फर्म हुवावेलाई कम्पोनेन्ट बिक्री गर्नबाट प्रतिबन्ध लगाएपछि चीनिया कदमको अनुमान गरिएको हो । यद्यपी चीनले यस्तो संकेत गरिसकेको छैन ।
Tumblr media
पछिल्ला विकसित प्रसंग आफैमा प्राविधिक भन्दा पनि दुई देशका व्यापार युद्धको उपज हो । यस हिसाबले अबक दिनमा चीन र अमेरिकी सरकारका कदमल यी र यस्ता विषयलाई टुंगो लगाउनेछन् । र विश्व अर्थबजार कता जान्छ भन्ने कुरा यी दुई ठूला अर्थतन्त्रको कदम र चुनावबाट आउने मोदी सरकारको नीतिले पनि बाटो कोर्नेछ ।
कारोबार दैनिकमा प्रकाशित
0 notes
janatakoawaz · 4 years
Text
ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १८९ घाइते
ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १८९ घाइते
बेइजिङ: चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ ।
देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ ।
स्थानीय समय अनुसार बेलुका ४.४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर…
View On WordPress
0 notes
nepalionlinenews · 5 years
Text
नायिक करिष्मा मानन्धरको घरमा चट्याङ् (भिडियो )
नायिक करिष्मा मानन्धरको घरमा चट्याङ् (भिडियो )
काठमाडाैँ । चर्चित नायिक करिष्मा मानन्धरको घरमा चट्याङ् परेको छ । केहीबेर अघि हवाहुरी सहित मेघ गर्जि रहेको अवस्थामा चट्याङ परेको हो । चट्याङ बाट मानवीय क्षति भनेको भएको छैन । करिष्माको घरको एउटा रूघ पुरै चिरिएक�� छ । नायिक मानन्धर अाफैँले रूख चिरिएको एउट भिडियो पोष्ट गरेकी छिन । उनले अाफू सुरक्षित रहेको बताएकी छिन ।
‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो,’ करिश्माले…
View On WordPress
0 notes
one-is-too-much · 5 years
Text
जीवनसाथीसँग सुख-दुख, घाम-छाँया विताउन पाएका भाग्यमानीहरुलाई ‘म’ जस्ता अभागीको पीडा के थाहा !
जीवनसाथीसँग सुख-दुख, घाम-छाँया विताउन पाएका भाग्यमानीहरुलाई ‘म’ जस्ता अभागीको पीडा के थाहा !
पछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ ।
विद्धान दर्शकहरुले न्यायाधीशको भुमिका निर्वाह गरिदिनु हुनेछ । जिवनको एउटा कालखण्डमा घटेको घटनालाई लिएर निराश बनेर निधार खुम्च्याउने कि…
View On WordPress
0 notes
pnpmedia · 6 years
Text
१८ वर्षपछि फेरी एकसाथ देखिदै अनिल कपुर र माधुरी दिक्षितको जोडी
१८ वर्षपछि फेरी एकसाथ देखिदै अनिल कपुर र माधुरी दिक्षितको जोडी
बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री माधुरी दिक्षितको जोडीलाई कुनै बेला खुब मन पराइएको थियो । उनीहरुले धेरै ओटा हिट फिल्महरु दिईसकेका छन । उनीहरुको तिनै हिट फिल्महरु मध्ये एक फिल्म थियो ‘बेटा’ । १८ वर्षपछि अनिल र माधुरीलाई एउट फिल्ममा ल्याउन सफल भएका छन्, सोही फिल्म बेटाका निर्देशन इन्द्र कुमार । उनको कमेडी फिल्म ‘टोटल धमाल’ मा यो जोडीको कमेस्ट्री देख्न सकिनेछ । शनिबार यो फिल्मको मुम्बईमा सुटिङ…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी सोलुखुम्बु, २९ चैत । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् । सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार शिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिनुभयो । एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन् । दुईपटक आरोहणका लागि उनले पर्यटन विभागमा दुईपटकका लागि २२ हजार डलर बुझाएर अनुमति लिइसकेको पर्यटन विभागको पर्वतारोही शाखाका प्रमुख लक्ष्मण शर्माले जानकारी दिनुभयो । ती भारतीय महिलाका साथै यसपालि विभिन्नखालका कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन आएको शाखाले जनाएको छ । एउटा भारतीय टोलीले बिना अक्सिजन सगरमाथा चढ्ने भनेर निवेदन आएको छ भने नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिइसक्नुभएको छ । The post एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एउटी आमाको भरमा ४५ सन्तान पथरी (मोरङ), २५ चैत । एउटी महिलाका सन्तान ४५ जना छन् भन्दा कसैले पत्याउँदैन । तर उर्लाबारीकी मीना बरालका भने ४५ जना सन्तान छन् । तर मीनाले ती ४५ सन्तान आफूले जन्माएका भने हैनन्, सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका उहाँले निर्वाह गरिरहनुभएको छ । सुरुका दिनमा बालगृह सञ्चालन गर्दा ‘कमाइखाने’ भाँडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भनेर चिन्ता लागेको थियो । तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणीय महिलासमेत बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, “अहिले सुरुमा विरोध गर्नेले अहिले मलाई सकारात्मकरूपमा लिएका छन् ।” मीनाले कसैको सहयोगबिना नै १६ वर्षअघि आठ अनाथ बालबालिकालाई आफ्नै घरमा लगेर पाल्नुभयो । हाल मीना अध्यक्ष रहेको नमुना बालगृहमा ४५ बालबालिका छन् । वैवाहिक जीवनको सुरुआतबाटै दुःखकष्ट बेहोर्नु परेपछि बाँकी जीवन अनाथका लागि सुम्पने निर्णय गर्नुभएकी मीना अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय र प्रशंसनीय महिला बन्नुभएको छ । यो क्षेत्रमा अहिले उहाँको कामको प्रशंसा नगर्ने व्यक्ति कमै भेटिन्छन् । २०५७ सालमा सात अनाथ बालबालिकालाई घरमा ल्याएर पाल्न सुरु गर्नुभएकी मीनालाई अहिले स्थानीय १४ महिलाले सहयोग गरिरहेका छन् । उहाँले २०५७ साल साउन १९ गते महिला विकास केन्द्र र बालबालिका चेतना केन्द्रका रूपमा नमुना शिक्षा सदन दर्ता गर्नुभएको थियो । उर्लाबारी, राजघाट, पथरी, दमकलगायत क्षेत्रका मानिसबाट सहयोग उठाएर सुरुका दिनमा सञ्चालन भएको यस संस्थामा हाल रु तीन करोडभन्दा बढी सम्पत्ति जम्मा भइसकेको छ । उर्लाबारी–४ स्थित यस संस्थाको नाममा १७ कट्ठा जग्गासहित २२ कोठे भवनसमेत बनिसकेको छ । मुगु, भक्तपुर, धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथरलगायत २० जिल्लाका नर्सरीदेखि बाह्र कक्षासम्म पढ्ने बालबालिका यस संस्थामा छन् । The post एउटी आमाको भरमा ४५ सन्तान appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली बर्दिवास, २२ चैत । महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ । पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको हो । यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको जानकारी दिनुभयो । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भन्नुभयो–, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।” बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताउनुभयो । एसोसिएसनले आफूले गरेको सहयोगभित्रबाटै गोर्खाको कसुण्डे गाउँका भूकम्प प्रभावितको घरमा छाना लगाउन एक हजार ९०० थान जस्तापाता समेत व्यवस्थापन गरिदिन धुर्मुससुन्तली फाउन्डेसनसँग अनुरोध गरेको छ । गत पुस २५ गते रु चार करोड ३८ लाखको लागतमा मुसहरका ५० घर निर्माण थालिएको बस्तीमा पछि भ्यू–टावर र मुसहरबाहेकका तीन परिवारलाई व्यवस्थापन गर्न थप घर बनाउन पर्दा लागतसमेत बढेको फाउन्डेसनले जनाएको छ । अहिले निर्माण कार्य ९५ प्रतिशत सकिएर हस्तान्तरण चरणका अन्तिम काम भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । बस्ती अब ठीक १० दिनपछि नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने छ । यसैबीच सोमबारै धुर्मुससुन्तली फाउन्डेसनलाई अमेरिकामा बस्दै आएका बर्दिवासका सुमन चालिसे र तारा पौडेलले पठाउनुभएको रु ५० हजार १५१ उहाँहरुका परिवारजनले धुर्मुसलाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी बर्दिवासको स्वास्थ्य सरोकार मञ्चले पनि सोमबारै फाउन्डेसनलाई रु ५३ हजार नगद हस्तान्तरण गरेको छ । The post एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एउटै घर भित्र खिचिएको ‘मन्दिरा’ एउटै घर भित्र सम्पूर्ण कथा खिचिएको चलचित्र ‘मन्दिरा’ असार २ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रलाई एउटा प्रयोगको संज्ञा
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
उत्तर कोरियाले एउटै प्रविधिको रकेट इन्जिन तेस्रो पटक परीक्षण गर्यो १५ चैत, एजेन्सी। शुक्रबार उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइल परिक्षण गरेको सोमबार अमेरिकी अधिकारीहरुले बताएका छन्। यो पढ्नुस् : ‘चीनले कुनै पनि बेला दक्षिणी चिनियाँ सागरमा युद्ध विमान तैनाथ गर्न सक्ने’ उत्तर कोरियाले अघिल्ला हप्ता भित्र गरेको उस्तै प्रविधिको यो तेस्रो रकेट इन्जिन परीक्षण हो। यो रकेट इन्जिन उत्तर कोरियाले अन्तरमहादेशीय मिसाइल प्रहार गर्न प्रयोग गर्ने अनुमान अमेरिकी अधिकारीहरुले लगाएका छन्। अन्तरमहादेशीय मिसाइल भएमा उत्तर कोरिया अमेरिकालाई सिधा चेतावनी दिनसक्ने हुनेछ। उत्तर कोरियाले विकास गरिरहेको आइसीबीएम प्रविधि कठिन प्रविधि मानिन्छ तर सफल भएमा उत्तर कोरियासंग शक्तिशाली रकेट प्रविधि हुनेछ। यता सोमबार अमेरिकी सेनाले दक्षिण कोरियामा एफ-३५बी युद्धक विमान पहिलो पटक अभ्यासमा ल्याएको छ। The post उत्तर कोरियाले एउटै प्रविधिको रकेट इन्जिन तेस्रो पटक परीक्षण गर्यो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख भित्र्याए म्याग्दी, २६ फागुन- म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर रु ५० लाख गाउँमा भित्र्याएका छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट रु ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनुभयो । सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ । सिमी सङ्कलन गरेर निकासीको व्यवस्था गर्दै आएका गर्बुजाका अनुसार प्रतिकिलो रु २०० का दरले सिमी बिक्री भएको हो । सिमी बिक्री गरेर एकजना कृषकले रु २० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका दोवा–६ का किरण पुर्जाले बताउनुभयो । बोटबाट नटिप्दै अग्रिम पेस्की दिएर सहरी क्षेत्रका व्यापारी गाउँमै आएर सिमी खरिद गरेका थिए । दुई सय ८० घरधुरीको बसोबास रहेको दोवाका बासिन्दाले सिमीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । दोवामा खेती हुने छिर्केमिर्के जातको सिमी स्वादिलो र गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । स्वास्थ्यवद्र्धक, स्वादिलो, छिटो पाक्ने र लयालो हुने भएकाले दाल बनाउनका लागि छिर्केमिर्के सिमीलाई उपभोक्ताले रुचाएको बेनीका होटल व्यवसायी कृष्णबहादुर बरुवालले बताउनुभयो । सिमीलगायतका कृषि उपज निकासी र आवतजावतको सुविधाका लागि दोवाका बासिन्दाले गत वर्ष गाउँसम्म सडक पु¥याएका थिए ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
गाउँभरी टमाटर, एउटै किसानले कमाउँछन् १० लाख खगेन्द्र दाहाल बाँके, २४ फागुन- बाँके, सितापुरका गेनालाल मुराउ जिल्लामै धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा चिनिन्छन् । मुराउले ६ विघा क्षेत्रमा टमाटर खेती गर्छन । १० कठ्ठा बाट व्यवसायिक टमाटरखेती गर्न सुरु गरेका उनले टमाटरमै राम्रो आम्दानी हुन थालेपछि थप बढाउँदै लगेका हुन् । पहिले सबै किसिमको तरकारी लगाउने मुराउले टमाटर मात्रै लगाउन थालेका छन् । उनले १६ जनाको परिवारलाई टमाटर खेतीमै व्यस्त राखेका छन । १४ रुपैया किलो देखी ३५ रुपैया सम्म टमाटर थोक मुल्यमा विक्रि गरेका छन । केही दिनको फरक पारेर टमाटर टिप्दा समेत एक पटकमा २५ क्विन्टल सम्म उत्पादन गरी विक्रि गरेको मुराउले बताए । सितापुर ३ केगाउका गेहेन्द्र धितालले एक विगाह क्षेत्रफलमा लगाएको टमाटर खेती बाट १ सय ३५ क्विइटल विक्रि गरीसकेका छन् । ‘अझै टमाटर फल्ने क्रम जारी छ,’ कृषक गेहेन्द्रले भने । उनले पोहोर भन्दा यो वर्ष २ गुना उत्पादन बढेको बताए । सितापुर ७ का लाल बहादुर खत्रिले डेढ विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा टमाटर खेती गरिरहेका छन् । केही वर्ष सम्म एक विघा क्षेत्रफलमा टमाटर खेती गर्ने गरेका उनले यो वर्ष थप १० कठ्ठा क्षेत्रफलमा खेती विस्तार गरेका छन् । उनले यो सिजनमा १० लाख बढी टमाटर विक्री गरेरै मुनाफा गर्दै छन् । बाँकेको सितापुर तरकारी मध्यपनि टमाटर उत्पादन गर्ने क्षेत्रका रुपमा विकसित हुदै गएको छ । सितापुर गाविस क्षेत्रमा रहेका कृषकले उत्पादन गरेको टमाटर नेपालगन्ज, कोहलपुर, खजुराका बजार सम्म जाने गरेको छ । टमाटर खेती गर्ने कृषकको आय स्तरमा समेत बृद्धि हुदै आएको छ । सितापुरमा मात्रै व्यवसायिक टमाटर खेती गर्ने १५ देखी २० जना कृषक रहेको पाइन्छ । टमाटर उत्पादन गरेरै भएको आम्दानीले छोरा छोरी पढाउने, घर बनाउने, सामाजिक क्रियाकलापमा सहयोग गर्ने बचत गर्ने गरेका छन् । माघ, फागुन र चैत्रको महिनामा नेपालगन्ज क्षेत्रलाई पुग्ने टमाटर सितापुर क्षेत्रमा उत्पादन हुने गरेको छ । कृषकहरु समुह, सहकारी मार्फत पनि व्यवसायिक टमाटरखेती गरेका छन् । सितापुर क्षेत्रमा हुने टमाटर उत्पादनले बाँके जिल्लालाई चिनाउन समेत मद्धत गरेको छ । जिल्ला कृषि विकास कार्यालयले पनि सितापुर क्षेत्रलाई टमाटर खेती पकेट क्षेत्रका रुपमा विकास गर्न खोजेको छ । विभिन्न जिल्लादेखि कृषकहरु टमाटर खेती गरेको हेर्न र केही कुरा सिक्न सितापुरमा भ्रमण गर्न आउने गरेका छन् । उत्पादन भएको टमाटर कृषक स्वयंले नेपालगन्जमा रहेको थोक व्यापारीलाई विक्री गर्ने गरेका छन् ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
एउटै कार्यक्रममा पुगे सलमान–युलिया तर बोलेनन् एजेन्सी – बलिउड अभिनेता सलमान खानले गत वर्ष नै विवाह गर्ने व्यापक चर्चा थियो । यो चर्चा उनले एक अन्तर्वार्तामा ‘नोभेम्बरमा विवाह गर्छु’ भनेपछि सुरु भएको थियो । उनको यो अभिव्यक्तिसँगै भनिएको थियो– सलमानले विवाह गर्न लागेकी गर्लफ्रेन्ड रोमानियाकी युलिया वन्तुर हुन् । तर, यी दुईको विवाहको कुरा त परै छाडौँ अब उनीहरू एक–अर्कासँग बोल्न पनि छाडिसकेका छन् । केही दिनअघि यी दुई मराठी फिल्म ‘रुबिक्स क्युब’को म्युजिक लन्च कार्यक्रममा पुगेका थिए । कार्यक्रममा युलियाले नृत्य प्रस्तुत पनि गरेकी थिइन् । तर, सलमान र युलिया यो कार्यक्रम अवधिभर बसे पनि एक–अर्कासँग नबोलेको भारतीय मिडियाले जनाएका छन् । -नयाँ पत्रिका दैनिकवाट सलमानलाई यसबारे मिडियाले प्रश्न पनि गरेका थिए, तर उनले यसबारे केही बताएनन्, इशारामै जवाफ दिए । सलमानले इशारामा चाहिँ यस्ता प्रश्न नजिकै रहेका महेश मान्जरेकरलाई गर्न अनुरोध गरेका थिए ।
0 notes