Tumgik
#उपध
sonita0526 · 5 years
Text
हैरी-मेगन अपने नाम में शाही उपाधि का इस्तेमाल नहीं करेंगे, घर के रेनोवेशन में खर्च किए 22 करोड़ भी लौटाएंगे
हैरी-मेगन अपने नाम में शाही उपाधि का इस्तेमाल नहीं करेंगे, घर के रेनोवेशन में खर्च किए 22 करोड़ भी लौटाएंगे
लंदन। ब्रिटेन के राजकुमार प्रिंस हैरी और उनकी पत्नी मेगन ने शाही उपाधि का इस्तेमाल न करने का फैसला किया है। इसके साथ ही दोनों को अब राजपरिवार के लिए मिलने वाले सार्वजनिक फंडों में हिस्सा नहीं मिलेगा। इसके अलावा वे किसी भी देश में महारानी एलिजाबेथ के प्रतिनिधि नहीं होंगे। महारानी के आधिकारिक महल बछम पैलेस की ओर से शनिवार को यह ऐलान किया गया। इसमें बताया गया कि प्रिंस हैरी और मेगन ने अपने…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथुनको उपाधी नेपाली सेनाका रिमाललाई १ बैशाख, कैलाली । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधी नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन् । उनले २१ दशमलव एक
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
लांस स्ट्रोक तुर्की जीपी में लुईस हैमिल्टन की उपाधि का पीछा करने के लिए युवती पोल लेता है | रेसिंग न्यूज - टाइम्स ऑफ इंडिया https://tinyurl.com/y286ebvg #f1 #formula_one #lance_stroll #lewis_hamilton #turkish_gp #turkish_grand_prix #इडय #उपध #ऑफ #क #करन #जप #टइमस #तरक #नयज #पछ #पल #म #यवत #रसग #लईस #लए #लत #लस #सटरक #ह #हमलटन
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: बमल समत भलबलक उपध सनलई http://ift.tt/2j9zbut
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
वार्नर अल्वर्ट सिक्स एसाइड फुटबलको उपाधि कुलेश्वर ‘ए’लाई २७ चैत, काठमाडौं । कुलेश्वर ‘ए’ ले वार्नर अल्बर्ट सिक्स ए साइड यू १४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल युथ प्रोग्राम र कुलेश्वर आवास युथ काउन्सिल -केवाइएसी)
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नवौ इन्डियन आइडलको उपाधी रेवन्तलाई विशाखापत्तनमा जन्मिएका एलवी रेवन्त नवौ इण्डियन आइडल भएका छन् । सोही कार्यक्रममा खुदा बख्स फष्ट रनरअप र पीवीएनएस रोहित सेकेण्ड रनरअप भए । रेवन्तले सफल चलचित्र ‘बाहुवली’का लागि समेत
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
पश्चिमाञ्चल स्तरीय शारीरिक सुगठनको उपाधि तारालाई २० चैत, बुटवल । पश्चिमाञ्चल स्तरीय शारीरिक शुगठन प्रतियोगिता बुटवल श्री को उपाधि तारा थापाले जितेका छन् । निबोध जिम एण्ड एरेविक बुटवल श्री को उपाधि सहित थापाले ३०
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
सातौ ‘बिग आइकन’को उपाधी सुवासलाइ सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगम टोलकी पि्रया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ संस्करणको बिग
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मिसेस चितवनको उपाधि सुष्मा थापालाई भरतपुर । चितवनमा पहिलो पटक आयोजना भएको मिसेस चितवनको उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन् । अन्य १८ जनालाई पछि पार्दै सुष्माले उक्त उपाधि जितेकी हुन् । प्रथम मिस
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा अावसीय विद्यालयलार्इ फागुन–१२ । बाग्लुङमा भएकाे छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिल्लाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले ५५ हजार ५ सय ५५ रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । तीनवटा निर्वाचन क्षेत्रमा भएका क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आएका एक हजार ३३८ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै बहिरा विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । उक्त विद्यालयले युवा तथा खेलकुद मन्त्रालयबाट ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सलगायत १५ विधामा भएको प्रतियोगितामा ११२ अङ्कका साथ कालिका कन्या माध्यमिक विद्यालय दोस्रो र बलेवा नारायणस्थानको जनताधन माध्यमिक विद्यालयले ९५ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेको समितिका सदस्य सचिव भीमसेन शाक्यले जानकारी दिए । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३३ हजार ३ सय ३३ र‍ २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले अब पश्चिमाञ्चल क्षेत्रीयस्तरको छनोट खेलमा सहभागिता जनाउने छन् । एकल विधामा पहिलो हुने खेलाडीले सोझै क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीले कुल २२२ पदकको लागि प्रतिस्पर्धा गरेका थिए । रासस The post छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा अावसीय विद्यालयलार्इ appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गण्डकी तारा प्रतियोगिताको उपाधि यमवहादुर नेपालीलाई लेखनाथ, ९ फागुन- १३ औं लेखनाथ महोत्सवको मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारा प्रतियोगिताको उपाधि यमवहादुर नेपालीले जितेका छन् । गण्डकी ताराको उपाधी हात पर्दौ उनले ५० हजार प्राप्त गरेका छन् भने उप विजेतामा सोनु कुमार विक घोषित भई रु २५ हजार प्राप्त गरेका छन् । यसै गरि महोत्सवको आर्को थप आर्कषका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा तोरीबारी आमा समुह लेखनाथ १७ भरतपोखरीले प्रथम स्थान हासिल गरेको छ भने द्धितियमा प्रगतिशिल महिला समुह लेखनाथ १२, तृतियमा खास्टेताल बराही महिला समुह लेखनाथ ४ र ६ भएको छ । दर्शकहरुको समेत मुल्याङकनबाट उत्कृष्ठ समुह छनोट गर्ने प्रक्रियमा माछापुच्छ्र आमा समूह पोखरा १४ पुरस्कृत भएको हो । यसैविच महोत्सवको उद्रघाटनका दिन राखिएको झाकी ¥याली प्रदशनीमा नेपाल कपडा तथा सिलाई ब्यवसायी समिति लेखनाथ प्रथम भएको छ भने द्धितियमा बह्माकुमारी ईश्वरीय विद्यालय र तृतियमा क्षेत्री समाज नेपाल लेखनाथ घोषित भएको छ । महोत्सव आइतबारदेखि सकिएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
टाइपिङ प्रतियोगितामा सबैभन्दा फास्ट टाइप गरेर उपाधि जिते श्रेष्ठले पोखरा, ८ फागुन- पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ‘जेरक्स क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ मेलामा खुल्ला टाइपिङ प्रतियोगिता सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह आयोजनामा चलिरहेको आठौं संस्करणको क्यान इन्फोटेक विथ मोबाइल एक्स्पो’ मेलामा खुल्ला टाइपिङ प्रतियोगिता सम्पन्न भ​एको हो । गत​ बिहिबार देखी सुरु भ​एको मेला फागुन ८ गतेसम्म आइतबार सम्म जारी रहने छ ।जिल्ला स्तरिय र क्षेत्रिय गरि दुई चरणमा सम्पन्न भएको प्रतियोगितामा जिल्ला र क्षेत्रिय दुवै तर्फबाट कास्की जिल्लाका नविन श्रेष्ठ प्रथम भएका छन् ।त्यसैगरि क्षेत्रिय तर्फ तनहुँका प्रेम बहादुर आले र पर्वतका राजु पौडेल क्रमशः द्धितिय र तृतिय भएका छन् । त्यसैगरि जिल्ला तर्फ कास्कीका प्रदिप पौडेल र शिव श्रेष्ठ क्रमशः द्धितिय र तृतिय भएका छन् । क्यान महासंघ कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाको अध्यक्षता एव पूर्व उपप्रधान तथा उर्जा मन्त्री माननिय टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन संस्थाका सदस्य तथा टाइपिङ प्रतियोगिताका उप समिति संयोजक महेन्द्र भुर्तेलले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव विश्वास भण्डारीले गरेका थिए । सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने लक्ष्यले इन्फोटेक इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटि कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानियस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी मोवाइल गेमिङ,वैज्ञानिक क्ष्ऋत् उपकरण प्रर्दशनी एवं लेटेस्ट टेक्नोलोजीका मोवाइलहरुको प्रर्दशनी एवं विक्री वितरण गर्ने कार्यक्रममा शनिवारको दिन करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि सेनाका नवराज साउदलाई पोखरा, ७ फागुन– एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम हुनुभएको छ । भूपू खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आज भएको सो प्रतियोगितामा प्रथम हुनुभएका साउदले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पार गरी प्रथम हुनुभएको हो । उहाँले रु ६० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली सेनाकै लालबहादुर थापाले दुई घन्टा ३४ मिनेट ५७ सेकेन्ड, सेनाकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३६ मिनेट चार सेकेन्ड र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले दुई घन्टा ३७ मिनेट ३ सेकेन्डमा सो दूरी पार गरी क्रमशः द्धितीय, तृतीय र चतुर्थ पुरस्कार प्राप्त गर्नुभएको छ । द्धितीयले रु ४० हजार, तृतीय रु २५ हजार र चतुर्थ हुनेले रु चार हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको हो । यस्तै पाँच किलोमिटर पुरुष दौडमा महेन्द्र राजभण्डारी, गौरव सुवेदी र प्रज्जवल राई प्रथम, द्धितीय र तृतीय हुनुभएको छ, भने महिलातर्पm ललिता लामिछाने, अस्मिता मगर, श्रृष्टि चौधरीले क्रमशः प्रथम द्धितीय र तृतीय भई क्रमशः रु सात हजार, रु पाँच हजार र रु. तीन हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यसरी नै ह्विल चियर पुरुषतर्पm सुरेश गौली प्रथम, भरत अधिकारी द्धितीय र धु्रव न्यौपाने तृतीयभई क्रमशः रु तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । सो प्रतियोगिताको म्याराथनमा एक विदेशीसहित १७०, पाँच किलोमिटर पुरुषमा १२५०, महिलामा ८६०, ह्विल चियर पुरुषमा १६ र महिलामा सातजना तथा रनफर फनमा १५६० धावकले भाग लिएका छन् । प्रतियोगिताका विजयी धावकलाई लक्ष्मी ग्रुपका कार्यकारी प्रमुख गणेशबहादुर श्रेष्ठ, नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल, चलचित्रकर्मी चेतन कार्की र विभोर सोसाइटी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख सुशील पराजुलीले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
ज्ञानज्योति सिङ्गिङ स्टारको उपाधि राजकुमारलाई माघ २९, पोखरा- लेखनाथ–१३, गगनगौंडा स्थित ज्ञानज्योति विद्याकुञ्ज मा.वि. ले विद्यार्थीमा लुकेर रहेको प्रतिभाको खोजी गर्ने हेतुले सिङ्गिङ स्टार सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य अर्जुन प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजकुमार सुनार, दिक्षा शाही, पविना छन्त्याल र किशु पुर्जा क्रमशः प्रथम, द्वितिय, तृतीय र सान्त्वना भएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्यले विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्नमा विद्यालयले प्लेटफर्मको सिर्जना गर्ने र यस्ता कार्यक्रमलाई विद्यालयले आगामी वर्षहरुमा समेत निरन्तरता दिने बताए । कार्यक्रममा निर्णायकको भूमिका शिक्षक द्वय मित्रबन्धु सुबेदी, बिचित्र न्यौपाने साथै भू.पू. विद्यार्थी एवम् तेस्रो ज्ञानज्योति सिङ्गिङ स्टार सौजन्या तामाङ रहेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मनकुमारी पराजुलीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षिका चन्द्रा थापाले गरेकी थिइन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रंगशाला बास्केटबलको उपाधि काठमाण्डौलाई पोखरा, २९ माघ- रंगशाला बास्केटबल क्लबले पोखरामा आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि काठमाण्डौंबाट आएको द टाईम्स क्लबले जितेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा शुक्रबार भएको फाईनल खेलमा कास्कीको ताङतिङ बास्केटबल क्लबलाई १०६–६३ स्कोरले पराजित गर्दै उपाधि जितेको हो । द टाईम्सले उपाधि सहित नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टीम ताङतिङले ३० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । हाई स्कोरर द टाईम्सकै सतिश प्रधानले २९ स्कोर गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी द टाईम्सकै रबिन खत्री (मेट्रो) घोषित भए । गत माघ २६ गतेदेखि सुरु तीन दिने प्रतियोगितामा काठमाण्डौं, धरान सहित १४ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक नबिन गुरुङले जानकारी दिए । कास्की जिल्ला बास्केटबल संघका पूर्व अध्यक्ष जुमकाजी गुरुङको प्रमुख आतिथ्यता एवं क्लबका अध्यक्ष आशिष गुरुङको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । उपाध्यक्ष विकास गुरुङले स्वागत, सचिव रोजन गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । चार वर्ष अघि स्थापित क्लबले अब अर्को वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रुस्लान जावलाखेल कप भेट्रान फुटबलको उपाधी अभिषेक चर्च रजहरलाई माधब भुसाल माघ २३, कावासोती- बगर भाइखलः फुटबल क्लब पोखरालाई पराजीत गर्दै रजहरको अभिषेक चर्च काठमाडौंमा आयोजीत रुस्लान जावलाखेल कप भेट्रान फुटबलको उपाधी हात पारेको छ । शनिबार भएको फाइनल खेलमा नवलपरासीको रजहरमा अवस्थित अभिषेक चर्चले बगर भाइखलः फुटक्लबलाई ३ ४ गोलको नतिजा निकाल्दै उपाधी हात पारेको हो । उपाधीसँगै अभिषेक चर्चले एक लाख रुपैंया , मेडल र प्रमाण पत्र प्राप्त गर्यो । यस्तै बेष्ट डिफेण्डरमा चर्चकै दिप बहादुर पुन भए । वेष्ट स्ट्राइकर चक्रबहादुर पुन पनि चर्चकै खेलाडी हुन् । म्यान अफ दि म्याच चर्च कै गोलकिपर जित बहादुर तमाङ बन्न सफल भए । उनिहरुले जनही ५ हजार रुपैंया प्राप्त गरे । सेमिफाइनलमा चर्चले हिमालय शेर्पा क्लबलाई पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो । ए डिभिजन कलबहरुको सहभागीता रहेको प्रतियोगीतामा नवलपरासीले अभिषेक चर्चको नामबाट सहभागीता जनाएको नवराज अधिकारीले जानकारी दिनुभयो ।
0 notes