Tumgik
#कठमडम
nepal123 · 7 years
Photo
Tumblr media
नयाँ वर्षसँगै काठमाडौंमा ‘नो हर्न’, कुन अवस्था मात्र बजाउन पाइन्छ ? ३१ चैत, काठमाडौं । नयाँ वर्षसँगै काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरिँदैछ । वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
काठमाडौंमा मोडलिङको नाममा हुन्छ यस्तो खेति काठमाडौं। पत्याउनु हुन्छ ? काठमाडौंमा मोडलिङको नाममा उच्चस्तरीय जीवनयापन गर्ने युवतीले एकचोटी दुबई छिर्न मात्र पाए काठमाडौं विमानस्थलका प्रहरीलाई हाताहाती ५० हजार नगद, स्टार होटलमा एकरातको खानपानसहित यौनसम्पर्कको व्यवस्था पनि गरिदिन्छन् । नपत्याए, महानगरीय प्रहरी परिसरको हिरासतमा पाताकसेर राखिएका प्रहरी हवलदार महनीलाल बसेकलाई भेट्नुस र सोध्नुस् । राणाकी छोरी बताउने एक युवतीले यस्तो प्रस्ताव मात्र राखिनन् होटलमा बोलाइवरी पुलिसको जिम्मा लगाएर खोरमा पठाइन् । आइतबार दरबारमार्गस्थित होटेल उडल्याण्डबाट पक्राउ परेका नवलपरासी स्थायी घर भइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा गार्ड दरबन्दीका बसेकले युवतीहरूसँग गरेको यस्तो कारोबार पहिलो थिएन । यहाँ सिपाही र हवलदारमार्फत हाकिमसम्मलाई यस्तो रकम र मस्तीको व्यवस्थापन हुने कुरा हिरासतमा पुगेपछि उनैले खुलासा गरिसकेका छन् । तर, एक महिनादेखि दुबई जाने नाममा सम्पर्कमा आएकी सरु राणा (नाम परिवर्तन) ले आइतबार सफाइ दिएको हाकिमहरू सुनाएका छन् । हवलदार बताएअनुसार, काठमाडौंमा महँगो गाडी चढ्ने, महँगा होटल, क्याफे र पवहरूमा टहलाउने र त्यही स्तरका ग्याजेट चलाउने युवतीको दुबई आवत–जावत बाक्लिएको छ । ।जनआस्था साप्ताहिकबाट The post काठमाडौंमा मोडलिङको नाममा हुन्छ यस्तो खेति appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
इलामको चिज काठमाडौँमा बिक्री इलाम (पशुपतिनगर), २४ चैत । इलाममा उत्पादन भएको चिज काठमाडौँमा बिक्री भइरहेको छ । पशुपतिनगर–९ तीनखुट्टेमा रहेको लक्की डेरी उद्योगले उत्पादन गरेको करिब आठ सय किलो चिज काठमाडौँमा बिक्री गरेको हो । सो उद्योगका सञ्चालक तुलु तामाङका अनुसार उद्योगले एक हजार ६०० लिटर दूधबाट दैनिक करिब एक हजार २०० किलो चिज उत्पादन गर्दैआएको छ । चिज उद्योगबाट प्रतिकिलो रु ६५० मा चिज बिक्री भइरहेको छ । सो उद्योगले उत्पादन गरेको चिज काठमाडौँबाहेक भारतको दार्जिलिङ, मनाङ र जोमसोममा समेत बिक्री भइरहेको छ । उद्योगमा अहिले करिब रु २५ लाखको लगानी रहेको छ । The post इलामको चिज काठमाडौँमा बिक्री appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतीय ‘गुगल ब्वाय’ कौटिल्य नेपाल आउँदै , शनिबार काठमाडौँमा देखाउनेछन् आफ्नो अद्भुत प्रतिभा काठमाडौं । अद्भुत स्मरण शक्तिका कारण विश्वभर चर्चामा रहेका भारतिय बालक कौटिल्य पंडित अर्थात गुगल ब्वाई आज नेपाल आउने भएका छन् । शनिबार राजधानीको सभागृहमा प्रतिभा देखाउन हाइल्यान्ड इन्टरटेन्टमेन्टले नेपाल ल्याउन लागेको बताइएको छ । ९ वर्षको कलिलो उमेरमा अद्भुत क्षमताका कारण चौतर्फी चर्चित बनिरहेका यि बालकले विश्वका धेरैजसो कुराको बारेमा निर्धक्क सवालको जवाफ दिन सक्छन् । नेपाल बसाईको क्रममा उनले काठमाडौँ उपत्यकाका चर्चित पर्यटकीय स्थल तथा पोखरा लगायतका क्षेत्रको भ्रमण गर्नेछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौंमा हुँदै आएको अटो एक्स्पो पोखरामा गर्न नाडा तयार पोखरा, १९ फागुन- नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले राजधानीमा गर्दै आइरहेको अटो एक्स्पोलाई पोखरामा पनि गर्न तयार भएको छ । पोखराका अटो व्यवसायी तयार रहे नाडाले पोखरामा अटो एक्स्पो गर्न तयार रहेको अध्यक्ष अञ्जन श्रेष्ठले बताए । विभिन्न क्षेत्रको भ्रमणका क्रममा काठमाडौं आएको पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को टोलीसँग अन्तरक्रिया गर्ने क्रममा अध्यक्ष श्रेष्ठले काठमाडौं बाहिर अटो एक्स्पो गर्ने आफूहरुको योजना नै रहेको जानकारी दिए । पोखरामा अटो एक्स्पो गर्न वाडाले गरेको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘हामी पोखरामा अटो एक्स्पो गर्न तयार छौं । त्यसका लागि तपाईंहरु ढुक्क हुनुहोस् ।’ उक्त अवसरमा बोल्दै नाडाका उपाध्यक्ष तथा वाडाका पूर्व अध्यक्ष ध्रुव थापाले पोखरामा अटो एक्सो गर्न पोखराका अटो व्यवसायी तयार रहेको बताए । ‘वाडाले सहयोग गरेमा पोखरामा अटो एक्स्पो आगामी वर्ष नै गर्न सकिन्छ,’ उनले भने । पोखरामा अटो व्यवसायको बजार राम्रो रहेकाले र प्रदेश नम्बर ४ को केन्द्र भएकाले पनि अटो एक्स्पो आवश्यक रहेको उनको धारणा छ । यसैबीच, उक्त अवसरमा बोल्दै नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले यातायातका साधन सबैका लागि आवश्यक बस्तु भइसकेको धारणा राखे । ‘यातायातका साधनले देशको प्रगति र समृद्धिको प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘यातायातलाई अनुत्पादक क्षेत्र भन्न मिल्दैन ।’ कार्यक्रममा वाडाका सल्लाहकार वसन्त प्रधान, अध्यक्ष कालिदास पौडेल लगायतले वाडाका गतिविधिका बारेमा जानकारी गराएका थिए । पोखराका अटो व्यवसायी ४ दिने भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेको हो । टोलीले आइतबार हेटौंडा अटोमाबाइल्स डिलर्स एसोसिएसनको टोलीसँग छलफल तथा अन्तरक्रिया गरेको थियो । नगलपरासीको चौधरी ग्रामको अवलोकन र सास्वत धामको दर्शनसमेत गरिएको कार्यक्रम संयोजक तथा वाडाका उपाध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए । हेटौंडा, सिन्धुली हुँदै काठमाडौं आइपुगेको टोली मंगलबार पोखरा फर्किने कोषाध्यक्ष किसनमान बुद्धाचार्यले बताए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दक्षिण एसियाका सांसदहरूको बैठक काठमाडौंमा सुरु, खास के हुँदैछ बैठकमा ? काठमाडौँ, १९ फागुन- दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सहकार्यमा सुरु गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसदको उपस्थिति रहेको छ । व्यवस्थापिका संसद अन्तर्गतको समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले दक्षिण एसियाका बालबालिकाको समृद्धि र विकासका लागि ती देशका सांसदहरूले गरिरहेको पहलका बारेमा कुराकानी गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जानकारी दिए । एसियाली मुलुकमा बालमृत्युदर साझा र एउटा प्रमुख समस्याका रूपमा रहँदै आएको छ । नेपालको सन्दर्भमा संसारमा पाँच वर्षमुनिका बालबालिकाको धेरै मृत्यु हुने देशहरुको सूचीमा नेपाल ६३ औँ स्थानमा छ । युनिसेफका लागि दक्षिण एसियाली निर्देशक जिन गोगले दक्षिण एसियाका अधिकांश मुलुकमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा कर कम उठ्ने हुँदा पर्याप्त मात्रामा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेको बताए । “नीति निर्माताका रुपमा तपाईं सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गरेर परिवर्तन ल्याउन सक्नुहुन्छ, बालबालिकाका लागि कार्यक्रम, नीति र बजेटमा सकारात्मक प्रभाव पार्न सकेमा दक्षिण एसियामा रहेको गरिबी र अन्यखालका समस्या रोक्न सकिन्छ” – उनले भने । अझै पनि दक्षिण एसियाका धेरै बालबालिका विद्यालय जान पाएका छैनन् । यो क्षेत्रका तीन करोडभन्दा धेरै बालबालिका अझै पनि विद्यालयभन्दा बाहिर छन् । यो समस्या दक्षिण एसियाका सबै देशको साझा समस्याका रूपमा देखा परेको सभापति झाले बताए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पहिलोपटक अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाडौँमा हुने काठमाडौँ, १९ फागुन । मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ ।नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक÷एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् । सो संस्थाले बुधबार आयोजना गरेको पत्रकारसम्मेलनमा संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन अन्तर्राष्ट्रिय तहको सो प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी युवतीले अन्तर्राष्ट्रिय तहमा सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन् । सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभालगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गरी त्यस विधामा सम्मान प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । मुलुकमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको आयोजक संस्थाले नेपालमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्दै सरकार फागुन ५ गते- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दावी गरेका छन् । साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए । घिसिङले केही समयभित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने बताए । साथै काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अब लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अब काठमाडौंमा झुण्डिएर चल्ने मोनो रेल गुड्ने, सम्भाव्यता अध्ययनका लागि भयो सम्झौता काठमाडौँ, २६ माघ- दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गर्नुभएको हो । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताउनुभयो । कम्पनीले तीन महिनाभित्रै काठमाडौँको कुनै १० किमीको रुटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले जानकारी गाराउनुभयो । अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताउनुभयो । आकासमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर पनि गर्ने छैन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौंमा एकाबिहानै घरमा पसेको चितुवा नियन्त्रणमा लिन सकिएन, किर्तीपुरबासी आतंकित माघ २६ गते- काठमाडौंको किर्तीपुरमा आज एकाबिहानै घरभित्र बसेको चितुवा नियन्त्रणमा लिने प्रयास भैरहेको छ । जिल्ला वन कार्यालय र चिडियाखानाको टोलीले कीर्तिपुरका श्रीकृष्ण महर्जनको घरमा पसेको चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको हो । महर्जनको घरमा बुधबार बिहान चितुवा पसेपछि वन र प्रहरीको टोली नियन्त्रणका लागि पुगेको थियो । चितुवा भर्याङमुनि लुकेकाले नियन्त्रणमा समस्या भएको छ । घरभित्र चितुवा लुकेपछि किर्तीपुरबासी आतंकित बनेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गायक जस्टिनका डिजे डिप्लो नेपाल आउँदै, काठमाडौंमा सुरु भयो टिकट बिक्री माघ २४ गते- चर्चित गायक जस्टिन बिबरका डिजे नेपाल आउने भएका छन् । उनी गत वर्षको ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो काठमाडौंमा हुने कार्यक्रममा सहभागि हुन नेपाल आउन लागेका हुन् । डिप्लोले गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका थिए । डान्ससम्बन्धि विभिन्न कार्य गर्दै आएको डान्समाण्डूले डिप्लो आगामी फागुन १८ गते काठमाडौंमा आउने जानकारी दिएको छ । कार्यक्रमका लागि टिकट बिक्री समेत सुरु गरिसकिएको छ । ‘डिप्लो इन नेपाल’ नामक कार्यक्रममा डिजे डिप्लोले आफ्ना नयाँ पुराना डिजे रिमिक्सहरु प्रस्तुत गर्ने डान्समान्डुले जनाएको छ । अन्तराष्ट्र्रिय टुरअन्तर्गत नेपाल आउन लागेका उनी नेपालका कन्सर्टलगत्तै बंगलादेश, अष्ट्रेलिया र कोष्टारिकालगायत देशमा पुगेर आफ्नो प्रस्तुती दिनेछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालमा फोरजी प्रयोगमा चुनौती, एनसेल पनि पाेखरा र काठमाडाैंमा फाेर जी दिने तयारीमा हरि लामिछाने काठमाडौँ, २१ माघ– आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट (फोरजी) सुरु गरेसँगै थपिएको छ । इ–कमर्स, इ–गभर्नेन्स, इ–एडुकेसनजस्ता प्रणालीलाई अवलम्बन गरेर सेवा दिनुपर्ने अनिवार्यता अहिले हुँदै गएको छ । सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति पहिलो संशोधनमा प्रविधि तटस्थताअन्तर्गत दस्तुर निर्धारण गरेको छ । दूरसञ्चार प्राधिकरणले एक हजार ८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भएको टुजीलाई प्रविधि तटस्थता कायम गरी फोरजी सेवा प्रदान गरेको हो । प्राधिकरणले आगामी दिनमा ६०० मेगाहर्ज र दुई हजार ६०० मेगाहर्जलाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । फोरजी सेवामा अडियो, भिडियो, डेटा तथा मोबिलिटी (क्वाड्रुपल प्ले) सेवा उपलब्ध हुने भएकाले यसलाई विश्वमै अधिकतम प्रयोग गरिन्छ । यो सेवाबाट सहजरुपमा उच्च गतिमा इन्टरनेट सेवा पाइन्छ । यसको प्रयोग उच्चदरमा हुने हुँदा दूरसञ्चार सेवाप्रदायक कम्पनीले चौथो पुस्ताको इन्टरनेट सेवा प्रदान गर्न निवेदन दिइसकेका छन् । टेलिकमले सुरु गरेसँगै एनसेल, स्मार्ट र युटिएलले उक्त सेवा सञ्चालन गर्न निवेदन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा काठमाडौँ र पोखरामा सेवा प्रदान गर्ने योजना उनीहरुले प्रस्तुत गरेका छन् । एनसेलले पोखरापछि व्यास नगरपालिकामा फोरजी सेवा सुरु गर्ने जनाएको छ । एनसेलले राज्यलाई तिनुपर्ने सबै कर तिरेपछि मात्र फोरजी सञ्चालन दिनुपर्ने भएकाले अनुमतिको प्रतीक्षामा छ । उपभोक्ताको मागअनुसारको प्रविधिमा आधारित सेवा प्रदान गनुपर्ने राज्यको कर्तव्य हो । सोहीअनुसार सूचना तथा सञ्चार मन्त्रालयले सेवालाई विस्तार एवम् नयाँ प्रविधि भित्र्याउन अनुमति प्रदान गर्दै आएको छ । डेटा तथा भ्वाइसमा केन्द्रित एप्लिकेसन बनाउन सकेमात्र विश्वमा आएको सूचना प्रविधिको द्रुत विकासलाई सही तवरले सम्बोधन गर्न सकिनेछ । अर्थ, सूचना, सञ्चार एवम् शिक्षा मन्त्रालयका गतिविधिलाई अनलाइनमार्फत सेवा दिन थालिए पनि अन्य मन्त्रालयको सेवा दूरसञ्चारमा आधारित हुन सकेको छैन । राष्ट्रिय योजना आयोगले हालै पारित गरेको १४औँ आयोजनाको आधार पत्रमा सूचना तथा सञ्चार प्रविधिलाई सामाजिक, सांस्कृतिक, आर्थिक विकास गर्ने उपकरणका रुपमा लिइएको छ । सन् २०२० सम्ममा अन्तर्राष्ट्रिय सञ्जाल तयारी (नेटवर्क रिडलाइन्स) तथा विद्युतीय सरकार (इ–गभर्नेन्स) जस्ता विविध लक्ष्य तय गरिएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले टेली मेडिसिन, दूर शिक्षा र स्मार्ट भिलेजका नीतिलाई आयोगले प्राथमिकता दिएको बताउनुभयो । ग्रामीण उत्पादनलाई सहरमा पु¥याउन स्मार्ट भिलेज कार्यविधि तयार भइरहेको छ । सूचना प्रविधिमार्फत सेवा दिने र समस्यालाई समाधान गर्ने तयारी गरिएको छ । डेटा सङ्कलन भएर नेपालका क्षमताअनुसार इ– गभर्नेस सेवामा जाने र त्यसलाई योजनाबद्ध रुपमा अगाडि बढाइने भएको छ । दूरसञ्चार प्��ाधिकरणले मूल नीति जारी गर्दा थ्रिजीको आधार मूल्य निर्धारणका क्रममा दुई हजार १०० ब्यान्डलाई माथिल्लो प्रविधिमा चल्ने ब्यान्ड मानेर प्रतिमेगाहर्ज एकतर्फी रु एक करोड २० लाख कायम गरेको थियो । यसैलाई आधार मानेर सरकारले ९०० मेगाहर्ज ब्यान्डलाई हाल टुजी र थ्रिजी दुवैका लागि सर्वोत्तम ब्यान्ड मानेको छ र दुई हजार १०० ब्यान्डको आधार दस्तुरलाई दुई गुणा गरी प्रतिमेगाहर्ज रु दुई करोड ४० लाख कायम गरेको छ । एक हजार ८०० मेगाहर्ज ब्यान्डलाई हालका लागि टुजीको निरन्तरता र फोरजीका लागि सर्वोत्तम ब्यान्ड मानेर दुई हजार १०० मेगाहर्ज ब्यान्डको आधार दस्तुरभन्दा बढी तर ९०० मेगाहर्जको दस्तुरभन्दा कम तथा दुवै ब्यान्डको औसत दस्तुर गरी प्रतिमेगाहर्ज लागि रु एक करोड ८० लाख कायम गरिएको छ । दूरसञ्चार प्राधिकरणले दुई हजार १०० मेगाहर्ज ब्यान्डको प्रयोग मूलरुपमा थ्रिजी सेवाका लागि हुने र सो मूल्य तोक्दा थ्रिजी सेवामा तोकिएकाले यथावत राखेको छ । विश्वमा आएको परिवर्तनलाई नेपालमा प्रयोग गर्ने उद्देश्यले आगामी दिनमा अनुसन्धान भइरहेको फाइभजी सञ्चालनको स्थान बनाउनुपर्ने देखिएको छ । बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल केशरी शाहले सूचना प्रविधिमा आधारित गतिविधिलाई अगाडि बढाउन सकेमा असल शासन कायम गर्न सकिने र त्यसबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताउनुभयो । उहाँका अनुसार सूचना प्रविधि भनेको हार्डवेयर र सफ्टवेयरमात्र होइन, यो आम मानिसको सोच हो । त्यसमा परिवर्तन ल्याउन सकियो भने नेपालले राखेको लक्ष्यमा पुग्न असम्भव छैन । कुनै पनि व्यवसायी होस् या बैंकर्स आफ्नो सबै गतिविधि इन्टरनेटमार्फत गर्ने अवस्था सिर्जना गर्न सोचमै परिवर्तन आवश्यक छ । बैंक जस्तै कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई सूचना प्रविधिमा आधारित बनाउन सहरदेखि ग्रामीण तहसम्म सूचना प्रविधिलाई सशक्त बनाउन जरुरी छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन कार्यक्रम समितिको ५३ औँ बैठक काठमाडाैंमा सुरु काठमाडौँ, १९ माघ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३ औँ बैठक आज यहाँ सुरु भयो । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्नुभएको छ । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गरेको हो । सार्क सचिवालयको सक्रियतामा भएको उक्त बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र। विदेश÷बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन् । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुनेछ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सार्क कार्यक्रम समिति बैठक बुधबार काठमाडौँमा काठमाडौँ, १८ माघ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार यहाँ हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र। विदेश÷बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले राससलाई बताउनुभयो । पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौंमा आजदेखि १५ वटा अपाङ्गमैत्री बस सञ्चालनमा काठमाडाँै, १४ माघ- सिटी मेट्रो प्रालिले आजबाट उपत्यकामा अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । हाल १५ वटा त्यस्ता बस सञ्चालनमा ल्याइएको हो । एउटा बसमा ४४ वटा सिट रहेका छन् । अपाङग, ज्येष्ठ नागरिक र बालबालिकालाई बसमा चढ्नका लागि सहज हुने व्यवस्था गरिएको सो प्रालिले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले आज एक समारोहबीच उक्त बसको उद्घाटन गर्दै उपत्यकामा बाटो सुधार र यातायातका साधनले भइरहेको प्रदूषण न्यूनीकरणका लागि सरकार गम्भीरताकासाथ कार्य गरिरहेको बताउनुभयो । ‘‘अहिले उपत्यकामा सडक विस्तारका नाम खानपानी, बिजुली र सञ्चारमा बाधा पुगिरहेको अवस्था छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने गृहकार्यमा सरकार जुटेको छ,’’ उहाँले भन्नुभयो, यातायातको समग्र सुधारका लागि सरकारको एक्लै प्रयास पर्याप्त नहुने भएकाले यसमा यातायात व्यवसायी, ग्राहक सबैको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । सिटी मेट्रो प्रालिका अध्यक्ष हेमेन्द्र शेरचनले आधुनिकतासँगै यातायातका साधन आउन पनि आवश्यक रहेको चर्चा गर्दै फरक शारिरिक क्षमता भएका व्यक्तिका लागि यस्ता सुविधाजनक बसले सहजता ल्याउने धारणा व्यक्त गर्नुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौंमा आजदेखि मोबाइल एक्स्पो सुरु, ९ सयदेखि डेढ लाखसम्मका मोबाइल किन्न पाइने ललितपुर, १४ माघ- ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले आजदेखि शुरु गरेको मोबाइल एक्स्पो २०१७ औपचारिकरुपमा शुरु भएको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरिरहेको छ । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोको औपचारिक उद्घाटन माननिय उद्योग मन्त्री श्री नविन्द्रराज जोशी ज्यूले गर्नुभयो । कार्यक्रममा बोल्दै उद्योग मन्त्री जोशीले मोबाइलको उद्योग खोल्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो । त्यसैगरी मोबाइल एक्स्पोले ग्राहकहरुलाई विभिन्न सुविधा दिनुपर्ने भन्दै बारम्बार ग्राहकहरुलाई आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक हुने उहाँले बताउनुभयो । उद्योग मन्त्रीले मलमा आयोजना भईरहेको दाफा संस्कृतीको बारेमा पनि आफ्नो विचार व्यक्त गर्नुभयो । उहाँले संस्कृती र कलाको संरक्षण गर्नुपर्ने भन्दै दाफा संस्कृति राष्ट्रिय गौरबको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्कृतिको संरक्षण अति महत्वपूर्ण हो ।’ कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल एक्स्पोमा हरेक ग्राहकलाई खुशीका साथ मोबाइल किन्ने वातावरण बनाएको जानकारी दिनुभयो । निशुल्क भ्रमण गर्न सकिने एक्स्पोमा हरेक मोबाइलको खरिदमा उपहार राखिएको उहाँले बताउनुभयो । नेपालको एक मात्र व्यवस्थित र सक्कली सामाग्री मात्र पाईने ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । प्रवेश निशुल्क रहेको मोबाइल एक्स्पोमा ग्राहकहरुले न्यूनतम रु.९०० देखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु किन्न सक्नेछन् । ग्राहकहरुलाई नयाँ मोबाइल प्रविधिको बारेमा जानकारी दिनका लागि निशुल्क प्रवेश राखिएको छ भने नयाँ प्रविधिसँगै अपडेट गराउने गरि विभिन्न ब्राण्डका मोबाइलहरु प्रदर्शनमा राखिएको छ । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।
0 notes