Tumgik
#आउद
nepal123 · 7 years
Photo
Tumblr media
राष्ट्रपति आउँदा आधा घण्टा विमानस्थल बन्द ! ८, बैशाख काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम भएकाले विमानस्थल अवरुद्ध हुने भएको हो । विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार आज बेलुकी पौने ८ देखि सवा ८ बजेसम्म विमानस्थल अवरुद्ध हुनेछ । ‘भीभीआइपीको आगमन भएकाले त्यो आधा घण्टा कुनै पनि नर्मल फ्लाइट हुँदैन, प्रवक्ता ठाकुरले नेपाली हेडलाइन्ससँग भने, तर, आपत्तकालिन उडान भने रोकिँदैन ।’ राष्ट्रपति भण्डारी नेपाल वायुसेवा निगमको जहाजबाट बेलुकी ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । यसअघि साढे ७ बजे आइपुग्ने भनिएपनि आधा घण्टा ढिलो हुने जानकारी आएको प्रवक्ता ठाकुरले बताए । राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा सोमबार भारत गएकी हुन् ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नयाँ सो लिएर आउँदै सुनिल बैशाख – ७ । बहुचर्चित कपिल शर्मा र सुनिल ग्रोभर प्रकरणमा फेरि चर्चा सुरु भएको छ । कपिलसँगको सहकार्यमा कमेडी सो गर्दै आएका सुनिले कपिलसँग झगडापछि अर्कै सो प्रशारण गर्ने घोषणा गरेसँगै भारतीय सञ्चारमाध्यममा चर्चा सुरु भएको हो । केही समयअघि अष्ट्रेलिया टुरबाट फर्किदाँ कपिलले सुनिललाई हातपात गरेपछि सुनिललगायत सोका अन्य सदस्यले द कपिल शर्मा [���] The post नयाँ सो लिएर आउँदै सुनिल appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नयाँ वर्षको अवसरमा सांगीतिक प्रस्तुतिका लागि कर्मा ब्याण्ड र गायक सञ्जय श्रेष्ठ एडिलेड आउँदै एडिलेड । नमस्ते नमस्ते इभेन्ट्सको आयोजनामा कर्मा ब्याण्ड र गायक संजय श्रेष्ठले एडीलेडमा ��्रस्तुति दिने भएका छन् । नेपाली नयाँ वर्षको अवसरमा यहाँ रहेका नेपालीहरुलाई मनोरञ्जन दिन अस्ट्रेलिया टुरमा
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतीय ‘गुगल ब्वाय’ कौटिल्य नेपाल आउँदै , शनिबार काठमाडौँमा देखाउनेछन् आफ्नो अद्भुत प्रतिभा काठमाडौं । अद्भुत स्मरण शक्तिका कारण विश्वभर चर्चामा रहेका भारतिय बालक कौटिल्य पंडित अर्थात गुगल ब्वाई आज नेपाल आउने भएका छन् । शनिबार राजधानीको सभागृहमा प्रतिभा देखाउन हाइल्यान्ड इन्टरटेन्टमेन्टले नेपाल ल्याउन लागेको बताइएको छ । ९ वर्षको कलिलो उमेरमा अद्भुत क्षमताका कारण चौतर्फी चर्चित बनिरहेका यि बालकले विश्वका धेरैजसो कुराको बारेमा निर्धक्क सवालको जवाफ दिन सक्छन् । नेपाल बसाईको क्रममा उनले काठमाडौँ उपत्यकाका चर्चित पर्यटकीय स्थल तथा पोखरा लगायतका क्षेत्रको भ्रमण गर्नेछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
१६ वर्षपछि गाउँमा स्वाथ्यकर्मी आँउदा बाजागाजा सहित स्वागत चैत्र ३ । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् । विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताए । आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताए । मेलौलीमा चिकित्सक आएसँगै स्वास्थ्य बीमाको सेवासमेत सुरु हुने भएको छ । स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । यसैबीच, डा कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् । १६ वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्तरुपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताए । सरकारसँग धेरै पटक अनुरोध गरेपछि बल्ल चिकित्सक आएका छन् । सरकारले चालु आवको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा गत फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए । The post १६ वर्षपछि गाउँमा स्वाथ्यकर्मी आँउदा बाजागाजा सहित स्वागत appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
विश्वकै सस्तो फोर जी मोबाईल बजारमा आउँदै, नेपालमा पनि उपलब्ध हुने फागुन २८ गते- विश्वकै सबैभन्दा सस्तो फोरजी चल्ने मोबाइल सेट बजारमा आउने भएको छ । कागागी मोबाइलले सबैभन्दा सस्तो फोरजी स्मार्टफोन लन्च गरेको हो । यो फोनको मूल्य झण्डै ५ हजार नेपाली रुपैयाँ पर्नेछ र केही समयपछि यो फोन नेपालमा पनि उपलब्ध हुने बताईएको छ । निकै सस्तो दावी गरिएको यो फोनको प्रि बुकिङ समेत सुरु भैसकेको छ । यसमा ५ इन्चको डिस्प्ले र ७२० ७२० एचडी रिज्योलुसन छ । २२०० एमएएचको ब्याट्री जडान गरिएको यो फोनमा ८ मेगापिक्सेल���ो रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । प्रयोग गरिएको छ । एजेन्सी
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि हजारौं मानिसको सडकको बास, लगातार पराकम्प आउँदा आतंकित फिलिपिन्स, १ फागुन- दक्षिणी फिलिपिन्स सहरका हजाराँै वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्प��ो दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ । मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी यस भूकम्पको कारण हजारौँ घरहरु क्षति तथा ध्वस्त भएका छन् । राज्यको भूकम्प विज्ञान कार्यालयका अनुसार शुक्रबार आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्समा एक सयभन्दा बढी पराकम्प गइसकेको छ । यद्यपी अधिकारीहरुका अनुसार यस शक्तिशाली भूकम्पछि थप हताहतको भन्ने कुनै समाचार प्राप्त भएको छैन् । फिलिसिन्समा सन् २०१३ गएको ७.१ रिक्टर स्केलको भूकम्पमा परी २२० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
बलिउड अभिनेत्री करिना कपुर अब टेलिभिजन कार्यक्रममा आउँदै माघ २७ गते- बलिउड नायिका करिना कपुर अब टेलिभिजन कार्यक्रममा समेत सहभागि हुने भएकी छिन् । कपुर छिट्टै सुरु हुने च्यानल बीबीसी अर्थमा आबद्ध भएकी हुन् । उनी कार्यक्रम फिल अलाइभको एम्बेष्डर नियुक्त भैसकेकी छिन् । उनी टेलिभिजनमा जोडिन लागेको यो पहिलो पटक हो । करिनाको नामकै कारणले पनि यो कार्यक्रम चर्चामा आउने अपेक्षा गरिएको छ । – एजेन्सी
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गायक जस्टिनका डिजे डिप्लो नेपाल आउँदै, काठमाडौंमा सुरु भयो टिकट बिक्री माघ २४ गते- चर्चित गायक जस्टिन बिबरका डिजे नेपाल आउने भएका छन् । उनी गत वर्षको ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो काठमाडौंमा हुने कार्यक्रममा सहभागि हुन नेपाल आउन लागेका हुन् । डिप्लोले गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका थिए । डान्ससम्बन्धि विभिन्न कार्य गर्दै आएको डान्समाण्डूले डिप्लो आगामी फागुन १८ गते काठमाडौंमा आउने जानकारी दिएको छ । कार्यक्रमका लागि टिकट बिक्री समेत सुरु गरिसकिएको छ । ‘डिप्लो इन नेपाल’ नामक कार्यक्रममा डिजे डिप्लोले आफ्ना नयाँ पुराना डिजे रिमिक्सहरु प्रस्तुत गर्ने डान्समान्डुले जनाएको छ । अन्तराष्ट्र्रिय टुरअन्तर्गत नेपाल आउन लागेका उनी नेपालका कन्सर्टलगत्तै बंगलादेश, अष्ट्रेलिया र कोष्टारिकालगायत देशमा पुगेर आफ्नो प्रस्तुती दिनेछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
लन्डनका लर्ड मेयर शनिबार काठमाडौँ आउँदै काठमाडौँ, ७ माघ- नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार अपराह्न यहाँ आउनुहुने भएको छ । बेलायतमा मन्त्रिस्तरको पद सम्हाल्नुभएका उहाँ उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिनुहुन्छ । गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व उहाँलाई विश्वका विकसित मुलुकसमेत आफ्नो देशको भ्रमण गराउन लालायित हुने गरेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । यहाँ रहँदा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उहाँको भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमको उहाँले अवलोकन गर्नुहुनेछ । बेलायतको ‘सम्माननीय’ पदवीबाट विभूषित उहाँ आठ सय ६९ औँ लर्ड मेयर अफ द सिटी अफ लन्डन हुनुहुन्छ ।
0 notes
nepal123 · 8 years
Text
चीनमा छापिएको हजारको नोट आउँदै
चीनमा छापिएको हजारको नोट आउँदै
window.$tbn = window.$tbn || {“d”:function(){}}; $tbn.d(“15cf88c7-44de-1662-4811-b1a1b9e7f6b8”); ५ माघ, काठमाडौं । नेपालले पहिलोपटक चीनमा नेपाली नोट छापेको छ । यसअघि सिक्का मात्रै छाप्दै आएको नेपालले चीन नोट छापेको हो । 1st shipment of #Nepal‘s 1,000-rupee banknotes printed in China sent out for delivery from Nanchang in S #China‘s Jiangxi province pic.twitter.com/i5XYamLBlV —…
View On WordPress
0 notes