Tumgik
#मनछ
sureshkarki · 1 year
Text
कविता (पाठ्शाला)
शैक्षिक पाठसाला मा कहिल्यै
अनुत्तीर्ण न भएको म
जिन्दगीको पाठशाला मा कहिल्यै
उतिर्ण हुन सकिन
मलाई मन छ म फेरि त्यस्तो
पाठशाला जाउ र प्रश्न गरौ
घटाउ घटाउ जोर भए जस्तै
दु:ख दु:ख कहिले सुख हुन्छ
कति चोटिको अभाव पछि
सम्पन्नता हुन्छ
पिडालाई कतिले गुणान गरे पछि
सन्तुष्टि हुन्छ
मलाई जान्न मन छ
आसुको घनत्व कति हुन्छ
पीडा नाप्ने एकाई के हो
अभाव लाई कुन इकाइले नापिन्छ
बेदना हरुको रेखा कस्तो हुन्छ
मलाई सोध्न मन छ
टाढा टाढा ग्रह हेरे जस्तै
आफ्नै भाग्य हेर्न मिल्छ कि मिल्दैन
निधारमा लागेको दाग जस्तै
भाग्यमा लागेको दाग मेटन मिल्छ कि मिल्दैन
समान मान्छे हरुको
पिडाको रेखा समान हुन्छ कि काटिन्छ
यदि काटिन्छन भने त्यहा कति डिग्रीको कोण बन्दछ
त्यो कोण खुसिको हुन्छ या दुखको
मलाई जान्नु छ
दुनियाँ बनाएको बिज्ञान ले
मान्छे को
भाग्य देख्ने कर्म मिटर अनि
दुख नाप्ने मर्म मिटर
बनायो कि बनाएन होला
त्यसैले मलाई फेरि एकचोटि
पाठशाला जान मन छ र बुझ्न मनछ
एउटा जिन्दगिको परिभाषा
suesh karki nisad
थाह नगरबासी दामन मकवानपुर
हाल जापान टोकियो
0 notes
sthakuri-com · 4 years
Text
खाली छन् मन्दिर यस सहरमा
देउता बन्न खोज्दा हजुर ढुंगा बन्छ मान्छे यस सहरमा भरिएको मनछ हजुर खाली छन् मन्दिर यस सहरमा बिचल्ली छ प्रजाको हजुर राजा बिनाको यस सहरमा सत्य निष्ठा छैन हजुर बुद्ध जन्मेको यस सहरमा कुल्ची हिड्छन् यहाँ पाईला हजुर गोरेटो बिनाको यस सहरमा कोहि खोज्दै आशा हजुर गर्दैछन् तपस्या यस सहरमा
2 notes · View notes
nepal123 · 7 years
Photo
Tumblr media
अक्षय कुमारले भने ‘म अवार्ड किन्ने मान्छे हैन’ चैत २९ । बलिउड अभिनेता अक्षय कुमारले राष्ट्रिय अवार्ड पाएदेखि उनको नाममा धेरै मजाक उडाइयो । फिल्म ‘रुस्तम’ बाट राष्ट्रिय अवार्ड हात पारेका अक्षयलाई सामाजिक सञ्जालमा खुब उडाइएको थियो । फिल्म क्षेत्रका धेरै व्यक्तिहरुले पनि अक्षय भन्दा अरुले नै उक्त अवार्ड पाउनुपर्ने कुरा गरेका भारतीय संचारमाध्यमले जनाए । अक्षयलाई दुबै फिल्म ‘एयरलिफ्ट’ र ‘रुस्तम’ मा […] The post अक्षय कुमारले भने ‘म अवार्ड किन्ने मान्छे हैन’ appeared first on नेपाल आज.
0 notes
lchapagain4 · 7 years
Text
धन को दरवार नभएनि मनको महल दिन्छु तिमिलाइ !
आफैलाइ बेची बरु सारा खुसी किन्छु तिमिलाइ !
हामी बिचको सम्बध लाई सुइकार गर्ने भय !
अनमायर डोली चडाई दुलही बनाई लिन्छु तिमिलाई !
पिलाई देउन प्रेम को मधिरा मद्धुस बन्न मनछ !
तिर्खा लाग्दा पिरती को सराव बनाई पिन्छु तिमिलाइ !
बाचे संगैइ मरे तेहि काख अजम्वरी हाम्रो साथ !
आखैमा छु सजायको मन्मा बसाई सिन्छु तिमिलाइ !
तिम्रै यदले सताउछ हरेक रात हरेक दिन !
भुल्ने…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
झापामा जातीय घर, जहाँ अर्को थरको मान्छे बस्न पाउँदैनन् ! २६ चैत, झापा । भनिन्छ, विश्वमा मानिसहरुको एउटै जात छ । त्यो हो, मानव जाति । समाज परिस्कृत भयो । मानिसहरु शिक्षित भए । तर, उनीहरुको सोच बदलिएन ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
युवाजति, विदेश पलायन, गाउँमा तरकारीखेती गर्ने मान्छे छैनन् पाल्पा, १ फागुन-| पाल्पा जिल्लाको हुगी गाविस– १ र २ वडामा प्रशस्त सिँचाइयोग्य जमिन छ । स्थानीयवासीले स्याङ्जाको आँधिखोला जलविद्युत् परियोजनाबाट पानी ल्याएकाले सय हेक्टर भन्दा बढी क्षेत्रफल जमिन रहेको यहाँ बाह्रैमहिना सिँचाइको सुविधा भएकोे हो । व्यावसायिक तरकारी खेतीप्रति युवा आकर्षित हुननसक्दा साँझबिहान बजारबाट तरकारी किन्नुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा रोकिएको छैन । युवा विदेश पलायन हुने क्रम नरोकिएपछि ग्रामीण क्षेत्रमा व्यावसायिक तरकारीखेती सुरू हुन नसकेको स्थानीय बासिन्दा विनोद अर्यालले बताउनुभयो । तरकारी खेतीबाट स्वदेशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने अज्ञानताका कारण यहाँका युवा विदेश पलायन हुने क्रम बढेको हो । प्रशस्त खेतबारी भएका आफ्नै भूमिमा तरकारीखेती गर्न सकिन्छ भन्ने चेतनाको अभावले विदेश पलायन हुने क्रम अझै नरोकिँदा आफ्नै गाउँमा उत्पादन भएको तरकारी खानुभन्दा किन्नुपर्ने बाध्यता सिर्जना भएको उहाँको भनाइ छ । युवा विदेश पलायन हुने क्रम बर्सेनि बढेसँगै गाउँका खेतीयोग्य जमिनमा उत्पादनमा ह्रास हुन थालेकाले यहाँका बासिन्दाले महँगो मूल्यमा तरकारी किन्नु परेको छ । ‘युवा जति वैदेशिक रोजगारमा छन्, गाउँमा बुढापाका, महिला र बालबालिका मात्र बस्छन्, गाउँदेखि सदरमुकाम तानसेनसम्म बाटो खुलेको छ, सिँचाइका लागि पानी उपलब्ध भएपनि, व्यावसायिक तरकारीखेती गर्ने युवा गाउँमा नै छैनन्,’ अर्का स्थानीयवासी कुलराज पौडेलले भन्नुहुन्छ, “खेतीयोग्य जमिन गाउँमा प्रशस्त छ, तर तरकारीखेती गर्ने मान्छे नै छैनन् ।” जिल्लाका अन्य गाविसका युवा तरकारीखेती गरी मनग्य आम्दानी गर्दछन्, तर यहाँका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम नरोकिँदा विदेशमा कमाएको पैसा स्वदेशमा आएपछि खानपान र शृृङ्गारपटारमा उडाउँने गरेको उहाँको भनाइ छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
आफ्नै गीत मान्छे लगाएर खोज्दै चर्चित लोक गायक राजु परियार, अहिलेसम्म कति गाए थाहै छैन अच्युत रेग्मी काठमाडौँ, २७ माघ- धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर । यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् । साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखि कै मोहले साङ्गीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा लालिचढेछ भन्ने गीति एल्बमका लागि ‘किसिमकोटमा लालिचढेछ’ भन्ने गीतमा स्वर रेकर्ड गरे । उनले आफ्नै रचनाका सय बढी गाएका छन् । हजार बढी अरुका शब्दमा स्वर दिएका छन् । उनी भन्छन्, “मैले कति गीत गाए भन्नेबारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।” उनको गीतले धेरैको मन र मुटु छोएको छ । धेरै प्रशंसक कमाएको पनि छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् । तर उनी आफैँलाई भने सुनपानीले छर्क मायालु, रुमाल धोको छु, वनमा काँडा छ, मौरी फूलमाथि, दरौँ सिरुबारी, जानेलाई जानदेउ मायाँ, मिर्मिरेको घाम, हङकङ मलाया, धोका दिनेलाई के भनौँ र खै र लमजुङ जाने दाइ जस्ता बढी मनपर्छ । झन्डै दुई दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसक मात्र हैन पुरस्कार पनि दिलाएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभासहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न सङ्घ संस्थामार्फत थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् । परियार पहिले र अहिलेको गीतमा फरक पाउनुहुन्छ । उनी भन्छन्, “पहिले मौलिक खालको शब्द, गीत र शैली थियो तर अहिले गायनको पूरै ढर्रा परिवर्तन भएका छन्, सायद सर्जक टाठाबाठा भएर हो कि ।” उनको गीत नेपालकै हिमाल, पहाड र तराईमा मात्र गुञ्जिएको छैन । भारत, चीन, बेलायत, जापान, इजरायल, साउदी अरब, दुवई, कतार, बहराइन, मलेसिया, सिङ्गापुर, हङकङ, कोरिया र युरोपेली मुलुुकमा पुगेर गीत गाइसकेका छन् । अहिलेसम्मको बुझाइमा लोकभाका गाउने तर लोकगायक बन्न गाह्रो हुने राजुको अनुभव छ । शब्द चयन, गायनप्रतिको समर्पण र निरन्तर साङ्गीतिक अभ्यास बिना साङ्गीतिक क्षेत्रमा टिक्न गाह्रो हुन्छ । अग्रज र गुरुले स्वरमा निखार ल्याउन दिनुभएको निर्देशन र मेरो गीतप्रतिको आफ्नै रुचीले मलाई एउटा सफल गायकका रुपमा उभ्याए जस्तो लाग्छ । नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसङ्गीतको मर्मअनुसार प्रतिस्पर्धा गर्नसक्ने गरी यो क्षेत्रमा लाग्न सुझाव दिने उनी आफैँ भने गीत गाएर अझै थोकेका छैनन् । उनको नयाँ लोकगीत छिट्टै बजारमा आउँदैछ । जसको शब्द छ, “बग्यो कालीगण्डकी, बल्लबल्ल दियाँै प्रभु, नयाँ साथी नयाँ जिन्दगी ।”
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक राई खोटाङ, २५ माघ- “भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।” सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भन्नुभयो – “सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म । मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि ठूलो थियो । जुत्ता पनि अट्दैनथ्यो । अहिले पनि १६ नम्बरको जुत्ता लाउँछु । यो पनि विदेशबाट ल्याइएको ।” गुल्म उद्घाटनका लागि हेलिकप्टरमार्फत सोमबार खोटाङ आउनुभएका महानिरीक्षक राईले विगत सम्झँदै भन्नुभयो – “जुत्ता बनाइ माग्न उसबेला गाउँमा बल्लबल्ल एकजना सार्की मामालाई नमस्कार गरेँ । उहाँले उत्तिसको काठ हालेर जुत्ता बनाइ दिनुभयो । गाईको नसुकेको छाला परेछ । के लाउन सकिँदो रहेछ र !” महानिरीक्षक राईले हाँस्दै भन्नुभयो – “एक दिन लगाएको खुट्टामा घाउ नै घाउ भएछ । त्यो देखेपछि बुबाले सुङ्गुरको बोसो बेस्सरी दल भन्नुभयो । बोसो दलेर घाममा सुकाएर स्कुल गएँ बेलुका आउँदा त कुकुरले खाइदिएछ । त्यो देखेर बाँकी रहेको अर्को पनि खा भनेर त्यही कुकुरलाई दिएँ ।” गाउँमा जन्मिएर हरेस नखाई अघि बढेको चर्चा गर्दै उहाँले भन्नुभयोे, “जुत्तै नलगाई भलिबल खेलेँ । भलिबल खेल्दा हामीलाई सिकाउने जापानिज गुरु छक्क परेका थिए । गुरुलाई एक दिन भोजपुरमा पु¥याउँदा कसैको खुट्टामा पनि जुत्ता नदेखेपछि उनी छक्क परेका थिए । जुत्ताको सोलजत्तिकै कडा त हाम्रो खुट्टाको पाइताला हुन्थ्यो । यो हँस्यौली पनि हो सत्य पनि हो ।” गुल्मका जवानलाई महानिरीक्षक राईले सुझाव दिनुभयो – “मैले भन्न खोजेको जवान भाइहरुलाई हो । म निवृत्त हुन लागेको छु । मैले यसरी देश र जनताका लागि गरेँ । ढिँडो खाएर हिँडे । दुःख गरेको भन्नुहोला । हाँस्नु होला । हाँस्ने होइन । हाम्रो आइजिपी सा’वले यत्रो दुःख गरेर यत्रो हुनु भएछ हामी पनि सक्छौँ भन्ने अठोट लिनुस् ।” उहाँले थप्नुभयो – “हाम्रो सा’व त ढिँडो खाँदो रहेछ भनेर हाँस्ने होइन । ढिँडो खाएकै मान्छे बलियो हुन्छ । स्वस्थ हुन्छ । आफू स्वस्थ भएमात्रै देश र जनताको सेवा गर्न सकिन्छ ।” महानिरीक्षक राईले काम छैन भनेर डाँडामा बसेर जाडो भयो भन्दै कुक्रुक्क भएर नबस्न जवानहरुलाई निर्देशन दिनुभयो । “खाली समयमा पढ्ने हो । अहिले असईको भर्ना खुलेको छ । सबैले आवेदन दिनुस् । एकपल्ट फेल भएर के हुन्छ ? अर्को चोटी पक्कै पास हुन्छ । प्रहरीमा शिक्षा पनि उत्तिकै आव���्यक छ ।” सेवाबाट अवकाश भएपछि जन्मथलो फर्कने सोचाई बनाउनुभएका उहाँले भन्नुभयो, “ जागिर सकिएपछि घर फर्कन्छु र दुई चार हल गोरु पाल्छु, नसके भेडा गोठाला गर्छु ।” कार्यक्रममा गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई प्रहरी महानिरीक्षक राईले सम्मानपत्र प्रदान गर्नुभयो । दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो । करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । विसं २०६६ स्थापना भएको गुल्मको भवन सोमबार औपचारिक उद्घाटन गरिएको हो ।
0 notes
nepal123 · 8 years
Text
उपकुलपतिलाई खुल्ला पत्र: ‘पोई होला जस्तो मान्छे शत्रु भएपछि बोल्न कर लाग्यो !’
उपकुलपतिलाई खुल्ला पत्र: ‘पोई होला जस्तो मान्छे शत्रु भएपछि बोल्न कर लाग्यो !’
उपकुलपति शारदा चित्रकार ज्यू नमस्कार !!! यदि हजूर महाभारतको भिष्मपितमा, द्रोण, कर्ण बन्न खोज्नू भएको हो भने हाम्रो भन्नु केहि छैन तर गान्दारी भै सदस्य सचिब पूरै फलामको शरिर हो भन्न चाहानु भएको हो भने तपाई माथि गुनासो छ । सातौ प्रज्ञा सभा बन्द सत्र छैटौ दिन आदि माईन्युटीङ्ग लेख्दा लेख्दै रोकिएको सदस्य सचिबले लेखन नमानेर बाहिरिएको तपाईलाई अबगतनै छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको नियमावली २०६८…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
मधेसमा २५ लाख मान्छे परिचालन गर्ने एमालेको दाबी
मधेसमा २५ लाख मान्छे परिचालन गर्ने एमालेको दाबी
९ माघ, काठमाडौं । सरकारले मधेसी मोर्चालाई समेत मनाएर संविधान संसोधन गर्दै स्थानीय चुनावको मिति घोषणा गर्न खोजिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले भने तराई मधेसमा २५ लाख मान्छे परिचालन गर्ने योजना बनाएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालयले फागुन २१ देखि शुरु हुने मधेस जनपरिचालन अभियानको कार्ययोजना बनाइरहेको छ । संविधान संशोधनबिना मधेसले संविधान…
View On WordPress
0 notes
nepal123 · 9 years
Text
उपेन्द्र यादवको प्रश्न: मान्छे समात्ने अनि वार्तामा बोलाउने ?
उपेन्द्र यादवको प्रश्न: मान्छे समात्ने अनि वार्तामा बोलाउने ?
बन्दीहरु तत्काल रिहा गर्न र घाइतेको उपचार गर्न माग
(more…)
View On WordPress
0 notes