Tumgik
#वयवसथत
satyakosh · 4 years
Text
व्यवस्थित घर के लिए जरूरी है सलीका, ऐसे में वक्त है अब सफाई की रणनीति बदल कर इसकी आदत डालने का
व्यवस्थित घर के लिए जरूरी है सलीका, ऐसे में वक्त है अब सफाई की रणनीति बदल कर इसकी आदत डालने का
घर को व्यवस्थित और साफ-सुथरा रखना उतना भी आसान नहीं, जितना लगता है। अगर चंद दिनों में फिर बिखर जाए, तो क्या फायदा। सफाई की मुहिम नहीं, आदत डालना ही असली सफलता है। व्यवस्थित घर के लिए सलीका जरूरी है। ये सब रोज का अभ्यास होता है, जो करना जरूरी है। अब करना कैसे है इसके लिए सफाई की विशेषज्ञ नागीसा तातसुमी से जानिए-
पहला कदम- ऐसा हिस्सा चुनें जहां कोई भी सामान नहीं रखेंगे, जैसे-
किचन का काउंटर टॉप
डा…
View On WordPress
0 notes
news4me · 4 years
Text
India News: सीएम योगी पर बरसीं प्रियंका, कहा- कोरोना जांच सिस्टम लचर, व्यवस्थित करिए - priyanka gandhi target to cm yogi adityanath for coronavirus testing
India News: सीएम योगी पर बरसीं प्रियंका, कहा- कोरोना जांच सिस्टम लचर, व्यवस्थित करिए – priyanka gandhi target to cm yogi adityanath for coronavirus testing
[ad_1]
Vineet Tripathi | नवभारतटाइम्स.कॉम | Updated: 14 Apr 2020, 04:36:00 PM IST
हाइलाइट्स
कांग्रेस महासचिव प्रियंका गांधी ने की योगी सरकार से मांग
प्रदेश में कोरोना वायरस के जांच की रफ्तार बढ़ाई जाए
सूबे में कोरोना जांच सिस्टम लचर, इसको सुधारिए- प्रियंका
नई दिल्ली कांग्रेस की राष्ट्रीय महासचिव प्रियंका गांधी ने यूपी के सीएम योगी आदित्यनाथ को पत्र लिखकर कोरोना की टेस्टिंग बढ़ाने का आग्रह किया…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने काठमाडौँ, ४ चैत – ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताउनुभयो । “गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतारिएको छ”–उहाँले भन्नुभयो । सफाइ महाअभियानका तर्फबाट अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई दिइएको प्रतिवेदनलाई जग्गा नापजाँच सम्बन्धी विज्ञले कार्यालयमै बसी कहाँ कति नदीको जग्गा मिचिएको छ भनी हेर्न सकिने आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिनुभयो । “तस्बिर खिचिएका तीन स्थानमा जमिनमुनिबाट ल्याइएको ढल कहाँ खसालिएको छ भनी हेर्न सकिन्छ, अब वाग्मतीको पूरै क्षेत्र र उपत्यकाका अन्य सहायक नदीको पनि ड्रोन क्यामेराबाट तस्बिर उतारिनुपर्छ”–उहाँले भन्नुभयो । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सम्बन्धित महानगरपालिका एव्म नगरपालिकामा बुझाइएको छ । वागमती सफाइ महाअभियान सुरु हुँदा समेत सोचे अनुरुप नदी सफाइ हुन नसकेपछि माघ २९ गते ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको थियो । ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । वाग्मती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटे पनि अपेक्षाकृत सफा हुन नसकेको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
आयुर्वेदलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित गरिने कल्पना पौडेल काठमाडौँ, २८ फागुन- आयुर्वेद तथा पूरक चिकित्सा पद्धतिलाई समेटेर लैजान सरकारले २१ वर्षपछि ‘राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३’ ल्याउने गृहकार्य सुरु गरेको छ । यसअघि विसं २०५२ सालमा राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति बनेको भए पनि अन्य पूरक चिकित्सा पद्धतिलाई समेट्न नसकेको र सङ्घीय संरचनाअनुसार यसको विकास र विस्तार गर्न नयाँ नीति ल्याउन लागिएको बताइएको छ । प्रस्तावित नीतिको अन्तिम मस्यौदा तयार भइसकेकाले छिट्टै मन्त्रिपरिषद्को बैठकमा लैजान तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । आधारभूत आयुर्वेद तथा पूरक चिकित्सा सेवा मौलिक हकका रुपमा रहेको गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकहरूको सहज पहुँच हुने गरी प्रभावकारी रुपमा उपलव्�� गराउन भूमिका निर्वाह गर्ने, आधारभूत आयुर्वेद एवम् पूरक चिकित्सा सेवा निशूल्क उपलब्ध गराउने नयाँ चिकित्सा नीतिमा उल्लेख गरिएको छ । मन्त्रालयले नीतिको मस्यौदा तयार पार्न प्रा डा चन्द्रराज सापकोटाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको थियो । मस्यौदा समितिका सदस्यसचिव डा शकर गौतमले आयुर्वेद तथा पूरक चिकित्सा (होमियोप्याथी, युनानी, सोवा रिक्पा र परम्परागत चिनियाँ चिकित्सा (टिसिएम) पद्धतिलाई समेटेर नीतिले मुलुकको आयुर्वेदको संस्थागत संरचना, औषधि गुणस्तर, जडीबुटी प्रवद्र्धन, सर्ने तथा नसर्ने दीर्घ रोगको रोकथाम, ज्येष्ठ नागरिक सेवा, मानसिक स्वास्थ्य, बाल तथा मातृत्व स्वास्थ्य, वातावरणीय स्वास्थ्य प्रवद्र्धनलगायत विषय प्रस्तावित नीतिमा समेटिएको बताउनुभयो । मुलकुभर नै प्रत्येक गाउँपालिकामा कम्तीमा पनि एक आयुर्वेद स्वास्थ्यकर्मी उपलब्ध गराउने नीतिमा समावेश गरिएको छ । आयुर्वेद तथा पूरक चिकित्सालाई समसामयिक विकास गर्दै सुशासनको प्रत्याभूत हुने गरी विकास गर्ने, शिक्षा एवम् जनशक्ति विकासका लागि अध्ययन÷अध्यापनको व्यवस्था, प्राप्ति, विकास, उपयोग र योजनाका माध्यमबाट गुणस्तर वृद्धिका साथसाथ क्षमता अभिवृद्वि गर्ने, गुणस्तरीय अनुसन्धानलाई प्रवद्र्धन गर्दै, अनुसन्धानबाट प्राप्त प्रमाणमूलक व्यवहार वा अभ्यासलाई नीति निर्माण, योज���ा तर्जुमा, औषधि उपचार पद्धति एवम् स्वास्थ्य सेवा प्रवाहमा उपयोग गर्ने नीति लिइएको बताउनुभयो । उहाँले गुणस्तरीय औषधि उत्पादन, व्यवसाय, आपूर्ति एवम् उपयोग (आयुर्वेद तथा अन्य पूरक चिकित्सासँग सम्बन्धीत औषधिको गुणस्तरीय उत्पादन, व्यवसाय, आपूर्ति, उपयोगमा लिइने, आयुर्वेद तथा पूरक चिकित्सा सेवालाई मर्यादित र गुणस्तरीय बनाउनका लागि नियमित अनुगमन, नियमन र व्यवस्थापनको सुनिश्चितता गर्ने पनि नीतिमा समेटिएको छ । राष्ट्रिय स्वास्थ्य कार्यक्रममा आयुर्वेद तथा पूरक चिकित्सासहितको एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने, घरेलु जडीबुटी प्रयोगको प्रवद्र्धन, आयुर्वेद तथा पूरक चिकित्सासम्बन्धी प्राचीन ग्रन्थ, वाङ्ग्मय, जडीबुटी, परम्परागत ज्ञानसीप, व्यवस्थित अभिलेखीकरण, प्रकाशनको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सङगठनसँग सहकार्य गर्ने विषय पनि नीतिमा छ । स्रोत तथा वित्तीय व्यवस्थापन एवम् मूलप्रवाहीकरण वित्तीय व्यवस्थापन गर्ने, स्वास्थ्य पर्यटन, आयुर्वेद तथा पूरक चिकित्साको विशेष क्षेत्र निर्धारण गरि विशेष क्षेत्र घोषणा र खेलकुद चिकित्सालाई पनि नीतिले समेट्ने डा गौतमले बताउनुभयो । नीति पारित भई कार्यान्वयनमा आएपछि आयुर्वेदको गुणस्तरीय र आर्थिक विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल केन्द्रीय आयुर्वेद चिकित्सालय, केन्द्रीय पशुपति होमियोप्याथी चिकित्सालय, युनानी औषधालय, क्षेत्रीय आयुर्वेद चिकित्सालय १४ अञ्चल आयुर्वेद औषधालय, ६१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ३०५ आयुर्वेद औषधालय सञ्चालित छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मेघौली विमानस्थललाई व्यवस्थित गराइने चितवन, २६ पुस- प्रधानमन्त्री पुष्पकमल दाहालले पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई व्यवस्थित र सुदृढ गराएर नियमित हवाई सेवा सञ्चालनका लागि पहल गरिने बताउनुभएको छ । मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको आज नारायणी नगरपालिका–३ बुद्धनगरमा उद्घाटन गर्दै उहाँले नियमित उडान भएर विमानस्थल व्यवस्थित भएमा मेघौली क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले सरकारी तवरबाट नीतिगत रुपमा गर्न सकिने कामका लागि आफ्नातर्फबाट सहयोग हुने बताउनुभयो । नारायणगढ–मेघौली हुँदै गोलाघाट जाने सडक छिटो स्तरोन्नति गर्न प्रधानमन्त्रीको कार्यालयबाट पहल गरिने वचन दिँदै उहाँले सडक पुनःनिर्माण भएसँगै मेघौली क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तुका कारण प्रभावित भएकाले वन्यजन्तुबाट हुने क्षतिबापतको राहतका लागि अधिकतम क्षतिपूर्ति दिलाउन सरकारी तवरबाट सहयोग गरिने उहाँको भनाइ छ । “वन्यजन्तुकै कारण पर्यटक बढेका हुन्, वन्यजन्तुबाटै हुने मानवीय र भौतिक क्षति कम गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।” कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद अधिकारी, मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष इन्द्रबहादुर केसी, उपाध्यक्ष मीना न्यौपानेलगायतले बोल्नुभएको थियो । नारायणी नगरपालिका वडा नं ३ बुद्धनगरमा तीन वर्षअघि निर्माण थालिएको सो खानेपानी आयोजना रु १७ करोड २० लाख आठ हजारको लागतमा बनेको हो जसमा नेपाल सरकारको रु आठ करोड ६० लाख चार हजार, नगर विकास कोषको ऋण रु सात करोड ७९ लाख १० हजार र उपभोक्ताको रु ८० लाख ९४ हजार खर्च भएको थियो । दैनिक २१ लाख लिटर पानी वितरण गर्ने क्षमता भएको सो आयोजनाले एक हजार ५९५ घरधुरीमा धारा जडान गरिसकेको छ । आयोजनाबाट एक हजार ७६५ परिवार लाभान्वित हुने बताइएको छ । रासस
0 notes