Tumgik
#ववदल
nepal123 · 7 years
Photo
Tumblr media
मेयर उमेद्बार विवादले पार्टी कार्यालयमा तालाबन्दी १६ बैशाख, काठमाडों । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा उमेद्बार उठाउने विषयमा विवाद भएपछि कार्यकर्ताले पार्टीको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । डम्बर अर्याललाई उमेद्बार बनाउने निर्णयसँगै कार्यकर्ताले आज कार्यालयमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिकाको मेयरमा जिल्ला पार्टी कार्यालयले धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इँ र बालकृष्ण देउजालाई सिफारिस गरेको थियो । एमाले स्थायी कमिटीले अर्याललाई निर्णय गरेसँगै तालाबन्दी गरेको हो । The post मेयर उमेद्बार विवादले पार्टी कार्यालयमा तालाबन्दी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नवलपरासीमा जग्गा विवादले लियो उग्ररुप, सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ जना घाईते रबिन्द्र यादव नवलपरासी, १९ फागुन- नवलपरासीमा सशस्त्र प्रहरीले गरेको लाट्ठीचार्जबाट ८ सर्वसाधारण घाईते भएका छन् । नवलपरासीको बैदौली ५ श्रीरामपुरमा गएराती जमीनको विषयलाई लिएर दुईपक्षबीच भएको विवादलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठीचार्ज गरेको हो । विवादको सूचना पाएपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले दुई पक्षको विवाद नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको थियो । घटनामा बैदौली ५ बस्ने ३० वर्षीय आसमा खातुन, २२ वर्षीय अजहर अली, २७ वर्षीय सद्दाम हुसैन, १३ वर्षीय रियाज अन्सारी, ५० वर्षीय हसिबुन नेशा, ५० वर्षीय अमिरुन नेशा, र ५६ वर्षीय कासीम अली घाईते भएका छन् । विवाद समान्य हुँदाहुँदै पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी घाइते तुल्याएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पदाधिकारी विवादले  राप्रपा जुम्लाको अधिवेशन लम्बियो जुम्ला, २८ माघ । यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ । अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिनुभयो । राप्रपाको पहिलो एकता अधिवेशनले माघ २५ गतेदेखि सहमतिका लागि गरेको प्रयासमा पदाधिकारी चयन गर्न नसकेपछि आजसम्मका लागि अधिवेशन लम्बिएको प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँका अनुसार आज बिहान ११ बजेसम्म पदको टुङ्गो लगाउने र त्यसपछि मात्र सबै पदाधिकारीको सूची सार्वजनिक गरिनेछ । समावेशी जिल्ला कार्यसमितिसहित मनोनीत र अन्य सदस्य चयनका लागि अहिले पनि छलफल प्रक्रिया जारी रहेको राप्रपा जुम्लाले जनाएको छ ।
0 notes
nepal123 · 8 years
Text
दलहरुबीचको विवादले संविधान कार्यान्वयनमा समस्याः सिंह
दलहरुबीचको विवादले संविधान कार्यान्वयनमा समस्याः सिंह
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रदेशको विवाद चाडो टुङ्ग्याउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस टोखा नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले संविधान संशोधन पूर्व प्रदेशका विषयमा उठेका समस्याको राजनीतिक समाधान गर्नुपर्ने बताए । नेता सिंहले रजनीतिक दलहरुबीचको विवादले संविधान कार्यन्वयन नहुन भन्दै त्यसले जनतामा निरासा ल्याउने बताए । कांग्रेस नेता सिंहले संविधान…
View On WordPress
0 notes