Tumgik
#परहरक
nepal123 · 7 years
Photo
Tumblr media
पेरिसमा गोलीबारी एक प्रहरीको मृत्यु, जवाफी कारबाहीमा आतंककारी मारिए ८ वैशाख, एजेन्सी। पेरिसमा बिहिबार राती गोली हानाहानमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जवाफी कारबाहीमा एक आतंककारीको मृत्यु भएको छ। गोलीबारी गर्ने दुई जना रहेको मानिएको छ र प्रहरीले दोस्रो व्यक्तिको खोजी कार्य तीव्र गरेको छ। घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। राती नौ बजे च्याम्प्स एलिसिस बुलेवार्ड इलाकामा घटना भएको हो। प्रहरीको गाडी नजिक एक कारण आएर रोकियो, तब एक आतंककारी त्यसबाट बाहिर निस्की गोलीबारी गर्न सुरु गरेको बताइएको छ। घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन्। फ्रान्समा राष्ट्रपति चुनाव हुनु दुई दिन अघि यस्तो घटना भएको हो । यहाँ अघिल्लो दुई वर्षमा भएको आतंककारी आक्रमणमा अहिलेसम्म २३० जनाको ज्यान गइसकेको छ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
नवलपरासीमा नेपाल भारत प्रहरीको संयुक्त गस्ती नवलपरासी – नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु गरिएको छ । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल (एसएसबी) झुलनीपुर महाराजगन्जले संयुक्त गस्ती गरेका छन् । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुनको नेतृवमा गएको गस्ती टोली र भारतको तर्फबाट झुलनीपुर महाराजगन्जको शसस्त्र उपरीक्षक सुरेन्द्र ठाकुरको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०१/६ देखी स्तम्भ संख्या ५०२/७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले बताएको छ । नेपाल भारतको सम्बन्ध कायम राख्न र खुल्ला सिमाना भएकोले अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि संयुक्त गस्ती सुरु गरिएको जनाइएको छ । दशगजामा वातावरण दुर्गधित प्रदुषित बन्दै गएको स्थानीयहरुको गुनासो बढदै जादा र नेपाल भारतको विभिन्न संचार माध्यम समाचार अाएपछि त्यसलाई नियन्त्रण गर्न पनि संयुक्त गस्ती भएको बुझ्न सकिन्छ । गस्तीको क्रममा सिमाको किनारमा राखिएको पसल दोकान तथा बस्दै आएका बासीन्दाहरुले राखेको पराल, माटो, घुर लगायत समानहरु तत्काल हटाउन निर्देशन समेत दिईएको छ । संयुक्त गस्ती टोलीमा नेपाल र भारतबाट करिब २० भन्दा बढि सुरक्षा कर्मीको सहभागीता रहेको थियो । The post नवलपरासीमा नेपाल भारत प्रहरीको संयुक्त गस्ती appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु १९ चैत, काठमाडौं । म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
म्यादी प्रहरीको तालिमको क्रममा एक युवकको मृत्यु १९ चैत, नेपालगञ्ज । म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका एक युवकको मृत्यु भएको छ । २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
प्रहरीकी श्रीमतीको शंकास्पद मृत्यु, माइती भन्छन् : छोरो पाइन भन्दै कुट्थे भरतपुर, चैत १७  – तनहुँको देवघाट गाउँपालिका ५, देवघाटस्थित प्रहरी जवान घनश्याम बस्नेतको घरमा उनकी २४ वर्षीया श्रीमती सुष्मा बस्नेत आइतबार दिउँसो सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। सलको गाँठो राम्रोसँग नबाँधिएको, नाकबाट रगत बगेर छाती भिजेको, रगतको छिटा नजिकैको विस्तारामा परेको, ओठ सुन्निएर निलो भएको र मुख सुन्निएको अवस्था शव भेटिएपछि मृतकका माइती पक्षले मृत्यु शंकास्पद ठहर्‍याएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। माइतीका तर्फआट मृतकका बाबु श्यामबहादुर क्षेत्रीले मृतकका श्रीमान घनश्याम, ससुरा चन्द्रबहादुर, सासु कलावती बस्नेत र अमाजु तारा पन्तविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या आरोपमा किटानी जाहेरी दिएका छन्। भारतको आसाममा रहेका श्यामबहादुर मंगलबार राति भरतपुर आइपुगेपछि उनले बुधबार प्रहरीमा किटनी जाहेरी दिएका हुन्। उनको जाहेरीपछि प्रहरीले घनश्याम, चन्द्रबहादुर र ताराका श्रीमान नवीन पन्तलाई पक्राउ गरी हिरासतमा राखेको छ। घटनास्थलको मुचुल्कापछि सोमबार भरतपुर ल्याइएको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। बिहीबार बिहान पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि शवका भित्री अंग काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय भरतपुरमा मृतकका माइती पक्ष र आफन्त एवम् नातेदारको भीड बुधबार साँझसम्मै थियो। स्याङ्जाको फेदीखोला गाउँपालिका ४, पौवा निवासी श्यामबहादुरले आफ्ना चार छोरा र तीन छोरीमध्ये माहिली सुष्माको विवाह २०६९ सालको वैशाखमा प्रहरी जवान घनश्यामसँग गरिदिएका थिए। बिहेपछि सुष्माले जन्माएको छोरी खुसी अहिले साढे तीन वर्षकी भइन्। घटनाका बेला घरमा खुसीबाहेक कोही नभएको मृतककी दिदी सुमित्रा क्षेत्रीको भनाइ छ। ‘बहिनी झुण्डिएको घटना आइतबार दिउँसो दुई बजेतिर भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्, ‘मैले साँझ पाँच बजेतिर बहिनीलाई फोन गर्दा नउठेपछि ज्वाईंलाई फोन गर्दा बल्ल घटनाबारे थाहा भयो।’ सुमित्राका अनुसार, घटनाका बेला सुष्माको घरमा उनका श्रीमान्, सासु, ससुरा, अमाजु कोही पनि थिएनन्। सुष्माका श्रीमान् घनश्यामले फोनमा आफू जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रहेको र आफूलाई केही थाहा छैन भनेको सुमित्राले सुनाइन्। बहिनीको मृत्युको खबरपछि आइतबार मध्यरात देवघाट पुगेकी सुमित्राले आफूहरु सुष्मा झुण्डिएको कोठामा पुगेर सुसाइड नोट खोज्दा फेला नपरेको र पहिले नै बहिनीको कोठाका सरसामान छरपष्ट अवस्थामा भेटिएको बताइन्। ‘नाकबाट रगत बगेको, मुख सुन्निएको थियो,’ उनले भनिन्, ‘लोबेडमा रगतको छिटा कसरी पुग्यो ? घटना शंकास्पद छ।’ बिहेपछि नै बहिनीलाई उनकी सासु, ससुरा र अमाजुले माइतीबाट पैसा नल्याएकी, छोरो नपाएकी भन्दै तनाव दिने गरेका थिए। The post प्रहरीकी श्रीमतीको शंकास्पद मृत्यु, माइती भन्छन् : छोरो पाइन भन्दै कुट्थे appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कुमारीको कथाः भत्केको घर बनाउन र टुक्रेको मन बुझाउन म्यादी प्रहरीको सहारा १७ चैत, सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका इर्खुकी ३३ वर्षीया कुमारी नेपालीको पीडा सुनाउने हो भने एउटा ठूलो कथा बन्छ । तर, मनको बह पोख्न छाडेर उनी म्यादी प्रहरीको लाइनमा उभिएकी
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतीय प्रहरीको गोली लागि नेपालीको मृत्यु भएपछि पुनर्वासमा कफ्र्यु लाग्यो फागुन २८ गते- भारतीय प्रहरीको गोली लागि नेपालीको मृत्यु भएपछि पुनर्वासमा कफ्र्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका क्षेत्रमा विरोध प्रदर्शन जारी रहेपछि निषेधाज्ञा घोषणा गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा शनिबार पनि विरोध भएको थियो । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले अर्को आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको बताएका छन् । सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख दिने र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा बालबच्चालाई निःशुल्क उच्चशिक्षासम्म पढाउने निर्णय गरेपनि स्थानीयले शवको पोष्टमार्टम गर्न मानेका छैनन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालीका घर घरमा पसेर भारतीयले लुटपाट मच्चाए, भारतीय प्रहरीको गोली लागेर नेपालीको मृत्यु फागुन २६ गते- कञ्चनपुरमा भारतीयहरुले नेपालीका घर घरमा पसेर लुटपाट मच्चाएका छन् । आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा प्रहरीकै अगाडी भारतीयले लुटपाट मच्चाएका हुन् । भारतीयले नेपालीका बाख्रा, खसीबोका, मोटरसाईकल, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेका छन् । भारतीयले कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजार क्षेत्रमा एसएसबीसँगै छिरेपछि आतंक मच्चाएका हुन् । एसएसबीले गोली चलाएपछि भारतीयहरु भागेका थिए । एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरीले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । यसैबीच, एसएसबीले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको छ । कम्मरमा गोली लागेर सिपी अस्पताल पुर्याइएका स्थानीय गोविन्द गौतमको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सप्तरी झडप अपडेट :- प्रहरीको गोली लागेर ३ जनाको मृत्यु ताजा खबर काठमाडौं :– सप्तरीमा सोमबार भएको झडपमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । प्रहरीको गोली लागेर रञ्जन मेहता, दिगम्बर यादव र अर्का नाम नखुलेका एक जना गरी ३ जनाको मृत्यु भएको मधेसी मोर्चाका नेता गजेन्द्र मण्डलले जानकारी दिए । एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेपछि मोर्चाका कार्यकता र प्रहरीबिच आज अपराह्न्नपछि भएको झडप भउको थियो । यसैबिच राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले अवस्थाको पुष्टी गर्दै मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको बताएका छन् । झडपमा २ दर्जन बढी घाइते भएको बताइएको छ । जसमध्ये छ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको हो । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइएको नेता मण्डलले बताए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
प्रहरीको गोली लागि सप्तरीमा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त २३ फागुन, सप्तरी। प्रहरीको गोली लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । एमालेको मेची-महाकाली अभियान विथोल्ने क्रममा प्रहरीको गोली लागेर सप्तरी राजविराजमा मठेल-२ का संजय मेहेताको मृत्यु भएको हो। एमालेको कार्यक्रमको अन्त्य तिर मोर्चाका कार्यकर्ताले उत्तेजित भएर नारावाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र शाहले आफ्नो तर्फ १५ जना घाइते भएको बताएका छन्। अहिले त्यहाँको स्थिति तनावग्रस्त छ। The post प्रहरीको गोली लागि सप्तरीमा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नवलपरासीमा जग्गा विवादले लियो उग्ररुप, सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ जना घाईते रबिन्द्र यादव नवलपरासी, १९ फागुन- नवलपरासीमा सशस्त्र प्रहरीले गरेको लाट्ठीचार्जबाट ८ सर्वसाधारण घाईते भएका छन् । नवलपरासीको बैदौली ५ श्रीरामपुरमा गएराती जमीनको विषयलाई लिएर दुईपक्षबीच भएको विवादलाई नियन्त्रणमा लिने क्��ममा प्रहरीले लाट्ठीचार्ज गरेको हो । विवादको सूचना पाएपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले दुई पक्षको विवाद नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको थियो । घटनामा बैदौली ५ बस्ने ३० वर्षीय आसमा खातुन, २२ वर्षीय अजहर अली, २७ वर्षीय सद्दाम हुसैन, १३ वर्षीय रियाज अन्सारी, ५० वर्षीय हसिबुन नेशा, ५० वर्षीय अमिरुन नेशा, र ५६ वर्षीय कासीम अली घाईते भएका छन् । विवाद समान्य हुँदाहुँदै पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी घाइते तुल्याएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कञ्चनपुरका आरक्षपीडितमाथि प्रहरीको हवाइ फायर १२ फागुन, कञ्चनपुर । आफूहरुलाई राज्यले बेवास्ता गरेको भन्दै राजमार्ग बन्द लगायतको आन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितहरुले पूर्व पश्चिम राजमार्गको अत्तरिया-महेन्द्रनगर खण्डमा पर्ने कलुवापुरमा प्रदर्शन गर्दै राजमार्ग बन्द गरेपछि खुलाउन गएको प्रहरीसँग झडप भएको हो । आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए । झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट सात जनालाई पक्राउ गरेको छ । आरक्षपीडितको आन्दोलनले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । २०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने भनिएपनि उनीहरुले जमिन पाएका थिएनन् । त्यतिबेलैदेखि आरक्षपीडितहरु आन्दोलनमा थिए । सरकारले जग्गा उपलव्ध नगराएपछि उनीहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने कलुवापुरमा बस्दै आएका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रुपन्देहीमा प्रहरीको हतियार लुटियो, प्रहरी चौकीमा तोडफोड फागुन ८ गते- रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा स्थानीय बासिन्दाले प्रहरी चौकीमा तोडफोड गरेका छन् । उनीहरुले प्रहरीको हतियार समेत लुटेका छन् । प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ । लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार झडपको क्रममा प्रहरीको साथमा रहेको लङ ब्यारेल गन लुटिएको छ । हतियारको खोजी भैरहेको प्रहरीले बताएको छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपाल प्रहरीको प्रवक्तामा सर्वेन्द्र खनाल नियुक्त काठमाडौँ, ३ फागुन- नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहनुभएका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा हुनुभएको थियो । यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उहाँको ठाउँमा खनाल आउनुभएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अफगानिस्तानमा मध्यरातमा यसरी हत्या गरियो ८ जना प्रहरीको अफगानिस्तान, २२ माघ- अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको एक प्रहरी चौकीमा भएको प्रहरीको आन्तरिक आक्रमणमा परी आठजना प्रहरीको मृत्यु भएको छ । उत्तरी क्षेत्रको फर्याबमा शुक्रबार आक्रमण भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्ला करिम युराशले जानकारी दिनुभयो । “पस्तुनकोट जिल्लामा पर्ने प्रहरी चौकीमा रक्तपातपूर्ण घटना भएको छ, घटना राति स्थानीय समयअनुसार २ः३० मा भएको हो” – युराशले सिन्ह्वालाई भन्नुभयो । यद्यपि यस आक्रमणमा तालिवान लडाकुको हात रहेको अनुमान गरिएको छ । ती लडाकुले १५ दिन अगाडि स्थानीय प्रहरी कमाण्डर शिर अलाम खानसमक्ष आत्मसमर्पण गरेका थिए । उनले पुनः तालिवान आतङ्ककारी समूहमा सहभागी भएका बताइएको छ । घटनामा परी मृत्यु भएका मध्ये अधिकांश एउटै प्रहरी चौकीका सदस्यहरु रहेका अधिकारीहरुले बताएका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गोंगबुको जुवाखालमा प्रहरीको छापा, ४ लाख नगदसहित १० जुवाडे पक्राउ १५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंको गोगंबुको एक होटलमा सञ्चालित जुवाखालमा छापा मारेको छ । शनिबार अपरान्ह मारिएको छापाक्रममा देउती दर्शन होटलमा तास खेलिरहेका १० जना पक्राउ परेका छन् । खालबाट प्रहरीले ३ लाख ९९ हजार ७ सय रुपैयाँ पनि बरामद गरेको छ । होटलका सञ्चालक भने फरार रहेको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ । होटलमा जुवा र तास खेल्ने खाल चलाइएको विशेष सूचनाका आधारमा छापा माएकिो प्रहरीस्रोते जनाएको छ ।
0 notes