Tumgik
#घईत
nepal123 · 8 years
Photo
Tumblr media
मधेशी मोर्चाका कार्यकर्ताबीच वीरगञ्जमा पनि झडप, राष्ट्रिय मधेस पार्टीका जिल्ला अध्यक्ष घाईते पर्सा, २५ फागुन- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् । व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ । मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको आज दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन् । वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नवलपरासीमा जग्गा विवादले लियो उग्ररुप, सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ जना घाईते रबिन्द्र यादव नवलपरासी, १९ फागुन- नवलपरासीमा सशस्त्र प्रहरीले गरेको लाट्ठीचार्जबाट ८ सर्वसाधारण घाईते भएका छन् । नवलपरासीको बैदौली ५ श्रीरामपुरमा गएराती जमीनको विषयलाई लिएर दुईपक्षबीच भएको विवादलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठीचार्ज गरेको हो । विवादको सूचना पाएपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले दुई पक्षको विवाद नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको थियो । घटनामा बैदौली ५ बस्ने ३० वर्षीय आसमा खातुन, २२ वर्षीय अजहर अली, २७ वर्षीय सद्दाम हुसैन, १३ वर्षीय रियाज अन्सारी, ५० वर्षीय हसिबुन नेशा, ५० वर्षीय अमिरुन नेशा, र ५६ वर्षीय कासीम अली घाईते भएका छन् । विवाद समान्य हुँदाहुँदै पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी घाइते तुल्याएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पोखरामा सुटिङ गर्दा घरको छतबाट लडेर घाईते पोखरा, १९ फागुन- पोखरा १३ बाँझापाटनमा लेकप्रसाद गुरुङको घरमा सुटिङ गर्ने क्रममा खसेर एक जना घाइते भएका छन् । घरको ३ तला माथीबाट सिन्धुली जिल्ला लाङपुटार घर भई हाल जिल्ला कास्की पोखरा ८ पृथ्वीचोक बस्ने वर्ष २६ को नविन रसाइली घाईते भएका हुन् । घाइते रसाइलीको पोखराको फेवासिटि अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ । उनले भिडियो खिच्ने क्रममा माथिबाट लडेका थिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
ट्याक्टरबाट लडेर घाईते भएकाको मृत्यु लहान, १५ फागुन- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामाल– ५ मा ट््याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सिरहा मल्हनिया खोरी पिडारी– २ का नीतकुमार कापर रहेका छन् । स १ त १८१६ नम्बरको ट््याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिरहाको कर्जनास्थित अस्पतालमा आज बिहान ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चीनमा शक्तिशाली भूकम्पको धक्का, पाँच जना घाईते कुन्मिङ्ग, २७ माघ- चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । सो भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पमा परी घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी ६१७ व्यक्तिको मृत्यु हुनुको साथै भारी मात्रामा सम्पत्ति क्षति भएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पोखराको पिएन क्याम्पसमा ओली र नेपाल पक्षका विद्यार्थीबीच झडप, आठजना घाईते, उपचार हुँदै पोखरा, २७ माघ- पोखराको पृथ्वीनाराण क्याम्पस (पिएन क्याम्पस) मा एमाले निकट विद्यार्थीबीच आज बिहान झडप भएको छ । झडपमा परी केपि ओली र माधव नेपाल पक्षका गरी ८ जना घार्इते भएका छन् । घार्इतेहरुको पोखराको मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते हुनेहरुमा केपि ओली पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन रहेका छन् । यस्तै, माधव नेपाल पक्षका विनय राना, दिनेश ढुङगाना, विमल पौडेल, बज्रराज अधिकारी रहेका छन् । हिजो बुधबार विद्यार्थीबीच भएको विवादको बिषयमा छलफलका लागि आज बिहान छलफल थियो । छलफलकै क्रममा विवाद हँदा हानाहान भएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भैरहवाबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट भिजन अर्याल घाईते नवलपरासी, १० कात्तिक- नवलपरासीको डण्डामा मङ्गलबार साँझ बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री मध्यविन्दु–५ का १४ वर्षीय भिजन अर्याल घाइते भएका छन् । भैरहवाबाट पोखरातर्फ गुडिरहेको लु १ ख ८२२७ नं. को बसले ठक्कर दिएपछि घाइते साइकल यात्री अर्यालको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
0 notes
nepal123 · 8 years
Text
घरमा चट्याङ पर्दा छोराको मृ्त्यु, आ‍मा घाईते
घरमा चट्याङ पर्दा छोराको मृ्त्यु, आ‍मा घाईते
दाङ,  भदौ २८ । चट्याङ लागेर आज दाङमा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । दाङ बाघमारे– ३ पेघास्थित जुद्धकुमारी केसीको घरमा चट्याङ पर्दा उनका १६ वर्षीय छोरा पवन केसीको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । प्रहरीका अनुसार केसीको छाती, कम्मर र हात जलेको अवस्थामा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो…
View On WordPress
0 notes