Tumgik
#परहरल
nepal123 · 7 years
Photo
Tumblr media
बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् । घाइतेमध्ये प्रनानी खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल पठाइएको र अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । टौमढीबाट सोमबार अपराह्न ५ बजेदेखि सुरु भएको भैरवको रथ तान्ने क्रममा रथलाई माथिका बासिन्दाले गोल्मढी पु¥याएको र रथलाई पुनः तलका बासिन्दाले तानेर टौमढी ल्याइएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहानमा भएको थियो । ढुङ्गा हानाहान मध्यराति १२ः३० बजेसम्म जारी रहेपछि प्रहरीले भीडलाई हस्तक्षेप गरेर तितरवितर पारेको थियो र प्रहरीले नै रथलाई टौमढीबाट तानेर गःहिटी पु¥याएको थियो । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ । The post बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
विमानस्थलको पानी बग्ने नाला भित्र पसेको चितुवालाई प्रहरीले थुन्यो, राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि निकाल्ने काठमाडौँ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रहेको ड्रेन ९पानी बग्ने नाला० भित्र चितुवा छिरेपछि समस्या परेको छ । आज बिहान ८ बजे एक्कासि चितुवा ड्रेनभित्र छिरेपछि समस्या परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको बताउनुभयो । प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुवै मुख थुनेर राखिएको र राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एयरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने जानकारी दिनुभयो । The post विमानस्थलको पानी बग्ने नाला भित्र पसेको चितुवालाई प्रहरीले थुन्यो, राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि निकाल्ने appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
प्रहरीले नै लुटे ६० तोला सुन, हवल्दारसहित ६ पक्राउ २० चैत, काठमाडौं । काठमाडौं न्यूयोडमा भएको सुन लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् । न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो १५ चैत, गुलरिया । बर्दियाको मधुवन नगरपालिका-५ मा दशगजा मिचेर भारतीय पक्षले खनेको कुलो सशस्त्र प्रहरीले पुर्न लगाएको छ । भारतीय वन विभागका कर्मचारीहरुले कुलो खनेको कुलो नेपालको सशस्त्र
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
गाई करणी गर्ने युवकलाई जीन्दगिभर नभुल्नेगरी यस्तो सजाय दियो प्रहरीले … फागुन २४ गते- थाइल्याण्डको लाम्पांगमा गाई करणी गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरी सजाय दिएको छ । थाइल्याण्डको लाम्पांग गाउँका ती पुरुषले गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएको थाहा पाएपछि भागेर एउटा बाथरुमभित्र लुकेका ती पुरुषलाई प्रहरीले पक्राउ गर्न सफल भयो । पक्राउपछि प्रहरीले ती पुरुषलाई नाङ्गै बजार डुलाउँदै प्रहरीचौकीसम्म पुर्यायो । उनका लागि जीन्दगिको सबैभन्दा भुल्न नसक्ने यो घटनापछि ती पुरुष लाज र डरले निकै रातो भएका थिए । प्रहरी चौकीमा उनले जनावरसँग यौनसम्पर्क गर्ने तीव्र इच्छा भएपछि त्यो गरेको बताएका थिए । – एजेन्सी
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सप्तरी झडप : मोर्चा कार्यकर्ताले पहिले हाने पेट्रोल बम, प्रहरीले गर्यो प्रतिकार राजविराज । सप्तरीमा सोमबार भएको झडपमा १ जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । यसैबिच राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले अवस्थाको पुष्टी गर्दै मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी तिमल्सिनाका अनुसार मोर्चाका कार्यकर्तालाई थुप्रै पटक सम्झाए पनि उनीहरुले प्रहरीमाथि र एमालेको कार्यक्रम स्थलमा गुलेली र पेट्रोल बम आक्रमण गर्न थालेपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नु परेको बताए । झडपका क्रममा १ जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौँको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, घुँडाभन्दा मुनी गोली हानेर प्रहरीले १ जनालाई पक्राउ गर्यो काठमाडौं । काठमाडौँको स्वयम्भूमा फिरौती रकम असुल्ने क्रममा रहेको ७ जनाको समुहलाई प्रहरीले  पक्राउ गर्ने क्रममा १ जनालाई मात्रै पक्राउ गर्न सफल भएको छ । बौद्धबाट  अपहरणमा परेका नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङबाट मागेको फिरौती रकम असुल्ने क्रममा स्वयम्भूको भगवानपाउमा अपराध मह���शाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोज्दा दोहोरो गोली हानाहान भएपछि दुर्गा तामाङलाई घुँडाभन्दा मुनी गोली हानेर पक्राउ गर्न सफल बनेको हो । अपहरणकारीले ६ लाख फिरौती मागेपछि रकम बुझाउने क्रममा अपराध महाशाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोजे पनि अन्य भगौडाहरुलाई खोजीकार्य जारी राखेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए । घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सिके राउतको संगठनले भन्योः ‘राउतको रिहाईको माग गर्नेलाई प्रहरीले नरसंहारको प्रयास गर्यो’ फागुन २ गते- स्वतन्त्र मधेश गठबंधनका केन्द्रीय संयोजक डा. सीके राउतको रिहाईको माग गर्नेहरुलाई नरसंहारको प्रयास गरिएको गठबन्धनले आरोप लगाएको छ । संगठनका सह संयोजक कैलाश महतो साहले विज्ञप्ति निकालेर इलाका प्रहरी कार्यलय, लहानमा थुनामा रहेका १० जना स्वराजीलाई जिल्ला अदालत, सिहरा लाने थाहा पापछि राउतको समर्थनमा अदालत जान खोज्नेहरुलाई प्रहरीले त्रसित बनाई अन्धाधुन्ध लाठीचार्ज गरेको आरोप लगाएका हुन् । अदालत अगाडी शान्तिपूर्ण रुपमा भेला भएका हजारों मधेशी जनताहरुमाथी अन्धाधुन्ध लाठी चार्ज गर्दा ६ जना महिला सहित दर्जनों घाइते भएका विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा बजार आउन लागेका जनतालाईलाई बाटोमा रोकी नेपाल प्रहरीले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारमा प्रतिबन्ध लगाएको जनाईएको छ । प्रहरीले राष्ट्रविरोधी गतिविधीमा संलग्न भएको आरोपमा माघ २० गते बुधबार सिराहाको लहानबाट पक्राउ गरेको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
एउटा भैँसीमाथी दुईजनाको आँखा लागेपछि अप्ठ्यारोमा प्रहरी, मालिक छुट्याउन प्रहरीले लियो भैँसीको बयान एजेन्सी । भारतमा एउटा भैँसीमाथी दुईजनाले आफ्नो भएको दाबी गरेपछि प्रहरी अप्ठ्यारोमा परेको छ । उक्त भैँसी आफ्नो भनेर दुईजना मानिसले दाबी गरेपछि पुलिसलाई भैँसीको मालिक को हो भनेर छुट्टाउन भैँसीलाई सोध्नुपरेको छ । दुई जना झगडीया सचिन र रमेशले भैसी आफ्नै भएको ढिपी पछाडी प्रहरीले अनेकथरी उपाय निकाल्यो तर केही गर्दा पनि नलागेपछि अनौठो उपायो फुरायो । सचिन र रमेशले आफ्नो भनी दाबी गरेको भैँसीलाई चौबाटोमा लगेर छाड्ने र भैँसी जसकोमा जान्छ उसैको आधकारिक मान्ने कुरा । जुन तर्कमा सचिन र रमेशले पनि सहमति जनाए । तर भैँसी कसकोमा गयो भन्ने कुराचाहीँ अहिलेसम्म खुलेको भने छैन ।
0 notes
nepal123 · 8 years
Text
प्रहरीले भन्योः तिवारीको हत्या व्यक्तिगत रिसिइवीले
प्रहरीले भन्योः तिवारीको हत्या व्यक्तिगत रिसिइवीले
५ पुस, काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा राजनीतिक कारण नरहेको प्रहरीले स्पष्ट पारेको छ । तिवारीको हत्याको दोषीलाई कारवाही गरेरै छाड्ने: गृहमन्त्री हत्याको प्रारम्भिक अनुसन्धानका आधारमा राजनीतिक कारणले हत्या भएको नदेखिएको रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले बताए । एमालेले भने राजनीतिक कारणले हत्या भएको बताइरहेको छ । तिवारीको हत्या…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
‘सशस्त्र प्रहरीले निर्दोषलाई फसायो’
‘सशस्त्र प्रहरीले निर्दोषलाई फसायो’
२ कात्तिक, रौतहट । रिसिइबी साँध्न अरुको इसारामा सशस्त्र प्रहरीले निर्दोष व्यक्तिलाई फसाएको आरोप रौतहटमा लागेको छ । एक साता अघि रौतहटको भसेडवा ६ का भुपेन्द्र महतोलाई सशस्त्र प्रहरीको सन्तपुर बेसले पाँच समय ग्राम चरेस र तीन थान गोलीसहित पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले महतोलाई पक्राउ गरी ना ३२ प ७२५० नम्बरको मोटरसाइलमा खानतलासी गर्दा लुकाइ राखेको लागुऔषध र गोली बरामद भएको थियो । गोप्य सूचनाका…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
दुई हजार यात्रुबाट लिइएको १० लाख भाडा प्रहरीले फिर्ता गरायो
दुई हजार यात्रुबाट लिइएको १० लाख भाडा प्रहरीले फिर्ता गरायो
२३ असोज, काठमाडौं । महानगरिय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति सुरक्षाका लागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन् ।  थापाले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘चाडपर्वलाई लक्षित गरेर हामीले विशेष अभियान नै चलाएका छौं, योबेलामा अपराधिक क्रियाकलाप नहोस् भनेर हामी पूर्ण सचेत छौं ।’ यात्रुहरुको गन्तव्यसम्मको…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राजनीतिक दबाबमा प्रहरीले काम गर्नुहुन्न : महानिरीक्षक अर्याल भीमदत्तनगर, १४ असोज । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा यहाँ आज आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ । महानिरीक्षक अर्यालले “राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्छ भन्नुभयो । कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उहाँले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Text
प्रदर्शनकारीको प्रहारले असईको औंला भाँच्चियो
प्रदर्शनकारीको प्रहारले असईको औंला भाँच्चियो
४ जेठ, काठमाडौं । संघीय गठवन्धनले गरेको बालुवाटार धर्नाका क्रममा झडप हुँदा एक प्रहरी नायव निरीक्षक असई घाइते भएका छन् । (more…)
View On WordPress
1 note · View note
nepal123 · 8 years
Text
सिंहदरबार घेराऊ गर्न खोज्ने राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेपछि…
सिंहदरबार घेराऊ गर्न खोज्ने राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेपछि…
काठमाडौं, २ जेठ । संघीय गठबन्धनको सिंहदरबार घेराऊ आन्दोलनको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेको छ। (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
प्रहरीले गोप्य राखेको एउटा भयानक दुर्घटना
प्रहरीले गोप्य राखेको एउटा भयानक दुर्घटना
शनिबार बिहान राजधानीको माइतीघर मण्डलामा दुर्घटनाग्रस्त कार जुन घटना प्रहरीले सार्वजनिक गर्न चाहेको छैन। तस्बिर सौजन्य: आर्थिक दैनिक
काठमाडौं-गृह प्रशासनले माइतीघरमण्डलामा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ । प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ ।
(more…)
View On WordPress
0 notes