Tumgik
#भरतयल
nepal123 · 8 years
Photo
Tumblr media
भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो १५ चैत, गुलरिया । बर्दियाको मधुवन नगरपालिका-५ मा दशगजा मिचेर भारतीय पक्षले खनेको कुलो सशस्त्र प्रहरीले पुर्न लगाएको छ । भारतीय वन विभागका कर्मचारीहरुले कुलो खनेको कुलो नेपालको सशस्त्र
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालीका घर घरमा पसेर भारतीयले लुटपाट मच्चाए, भारतीय प्रहरीको गोली लागेर नेपालीको मृत्यु फागुन २६ गते- कञ्चनपुरमा भारतीयहरुले नेपालीका घर घरमा पसेर लुटपाट मच्चाएका छन् । आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा प्रहरीकै अगाडी भारतीयले लुटपाट मच्चाएका हुन् । भारतीयले नेपालीका बाख्रा, खसीबोका, मोटरसाईकल, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेका छन् । भारतीयले कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजार क्षेत्रमा एसएसबीसँगै छिरेपछि आतंक मच्चाएका हुन् । एसएसबीले गोली चलाएपछि भारतीयहरु भागेका थिए । एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरीले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । यसैबीच, एसएसबीले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको छ । कम्मरमा गोली लागेर सिपी अस्पताल पुर्याइएका स्थानीय गोविन्द गौतमको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
0 notes